गर्भवति महिलाका लागि बिरालो महा हानिकारक(FOR PREGNANT WOMEN CAT IS VERY DANGEROUS
सामान्यतय बिरालो सबैका घरमा पालिन्छ । कतिपय मुसामार्नका लागि बिरालो पाले पनि यसलाई हेर्ने दृष्टिकोण भने फरक फरक छन ।
बिरालोले बाटो काट्यो भने शुभसाइत हुँदैन भन्ने आममान्यता छ। आममानिस यो परम्परालाई आत्मसात गर्छन्। तर त्यो अप्रमाणित कुरो हो। गर्भवती महिलाका लागि बिरालो नजिक जानु अशुभ हो भन्ने कुरा चाहिँ प्रमाणित भइसकेको छ। यदि गर्भवती महिला बिरालोको सम्पर्कमा आइन् भने जन्मने बच्चा मानसिक वा शारीरिक रूपमै अशक्त हुन सक्छ। जन्मने बच्चाको दिमागमा गम्भीर असर परेको हुन्छ अथवा अनिमियाको सिकार भने पक्कै हुने बताइएको छ। कतिपय परिस्थितिमा त बच्चा गम्भीर अवस्थामा नै जन्मने गरेको भेटिएको छ। बिरालोमा टाक्सोप्लाज्मा गोन्डाइ नामको जीवाणु हुने गर्छ। जसको संक्रमणले भू्रणलाई खतरा उत्पन्न हुने गरेको विज्ञहरूले बताएका छन्।
Good news
ReplyDelete