Wednesday, May 18, 2011

संसारको पहिलो थ्री डी यौन चलचित्र रिलिज {अबतार पनि पर्यो पछि

 

गएको बिहीबार हङकङमा संसारकै पहिलो थ्रीडी अश्लील फिल्म रिलिज भएको छ। रमाइलो त के छ भने, सोचेजस्तै यो फिल्मको टिकट मारामार बिक्री भएको छ।  

चीनको पुरानो यौन साहित्यमा आधारित 'थ्रीडी सेक्स एन्ड जेनः एक्स्ट्रीम एक्स्टासी' नामक यो फिल्मको बजेट ३२ लाख डलर रहेको बताइएको छ।  
 विश्वकै पहिलो थ्रीडी फिल्म ठूलो पर्दामा रिलिज भएपछि अफिसका कामदारहरु, कामबाट बिदा लिएका बूढाहरु र विद्यार्थीहरुको ओइरो लागेको थियो।  
रमाइलो त के थियो भने, फिल्म हेर्न भनेर केही महिलाहरु समेत देखिएका थिए। भिडभाडमा उनीहरुलाई कुनै लाज नभएको स्पष्ट अनुभव गर्न सकिन्थ्यो।
 'सामान्यतयाःसिनेमा हलमा म फिल्म हेर्दिनँ तर यो छुटाउन चाहिँ मन लागेन', ३२ वर्षीय जस्टिन लाईले भनिन्। उनी कज बेको सिनेमा घरमा फिल्म प्रदर्शन बेला कुरेर बसिरहेकी थिइन्। यो क्षेत्र मनोरञ्जन गर्ने व्यस्त क्षेत्रमध्येमा गनिन्छ। उनलाई थ्रीडीमा यौन फिल्म हेर्न निकै मनपर्ने समेत खुलेर बताइन्।
 कलेजकी विद्यार्थी यान शेक, २१, पनि यौन थ्रीडी फिल्म पहिलो दिनको पहिलो शोमा आफूले नछुटाउन बिहानै आइपुगेको बताए। ११३ मिनेटको यो फिल्मलाई हङकङ सरकारले क्याटगरी थ्री भनेर वर्गीकृत गरिदिएको छ। जसको अर्थ १८ वर्षभन्दा मुनिका मानिसलाई हेर्न उपयुक्त छैन भन्ने सङ्केत हो।


प्राचीन चीनी कामसूत्रमा आधारित यस चलचित्रमा रहेका नग्न दृश्यहरूलार्इ हेर्न मानिसहरूले तछाड मछाड गर्न थालेका छन्। फिल्म व्यवसायका मानिसहरूका अनुसार यस चलचित्रको व्यापार जेम्स कैमरूनको की मशहूर ३डी चलचित्र अवतारको भन्दा बढी रहेको छ। हंगकंगमा प्रदर्शन शुरू गरिएको यस चलचित्रलार्इ हेर्न कैयन देशका मानिसहरू हंगकंग पुगेको छ। 

 'जबदेखि यो फिल्मका बारेमा सुनेँ, हामीलाई ज्यादै कौतुहल थियो', उनले भनिन्– 'सिनेमा घरमै म पहिलो पटक यौन फिल्म हेर्न आइरहेकी छु। यो पक्कै पनि रोचक अनुभव हुनेछ।' अर्का फिल्म दर्शक त काम छाडेर नै फिल्म हलमा आएको बताए।
'म पहिलो दिनको पहिलो शो नै हेर्न काम छाडेर आएको हुँ किनभने म मेरा साथीहरुमध्ये सबैभन्दा पहिले हेर्ने व्यक्ति म नै हुन चाहन्छु', स्थानीय एउटा कम्पनीमा बिक्री प्रबन्धकको रुपमा काम गर्ने र आफूलाई डेभिड नाउँले चिनाउने उनले भने। उनले आफू पूरा परिचय खुलाउन चाहेनन्।
चीनको मिङ राजवंश ताकाको कथामा आधारित यसमा एउटा तरुण दरबारको यौनिक संसारमा पुगेपछि आफ्नी पूर्वपत्नी नै जीवनको आधार रहेको पत्ता पाउँछ। फिल्ममा जापानी यौन कलाकार युकिको सुओ र साओरी हाराले अभिनय गरेका छन्।
 यो फिल्म शुक्रबारदेखि ताइवानमा पनि रिलिज भएको छ। फिल्मको तगडा चर्चा हुन थालेपछि जापान, दक्षिण कोरिया, यूरोप र अमेरिकामा समेत यस फिल्मलाई रिलिज गर्न फिल्मका निर्माताहरुसँग चियो सुरु गरेका छन्।
मुख्य भूमि चीनमा चाहिँ यौनप्रधान फिल्म प्रतिबन्धित भएकाले मुख्य भूमिका मानिसहरु ताइवान र हङकङ गएर भए पनि फिल्म हेर्न थालेको फिल्मका प्रवक्ता शेरिन याउले बताएका छन्। 'टिकट बिक्रीबाट हामी ज्यादै खुसी भएका छौँ', चाइना थ्रीडी डिजिटल इन्टरटेन्मेन्ट लिमिटेडका प्रवक्ता याउले एएफपीलाई बताए।
उनको कथन थियो– 'हामीले गएको साता ७०–८० प्रतिशत बिक्री भयो भन्ने खबर पाएका थियौँ तर अहिले फिल्मले मज्जैले गति लिएको देख्दा हामीलाई स्वाभाविक खुसी लागेको छ।'
 यता साउथ चाइना मोर्निङ पोस्टका फिल्म समीक्षक पल फोनोरफले चाहिँ यो फिल्म थ्रीडीमा निकै लामो र अस्वाभाविक भएको प्रतिक्रिया लेखेका छन्।
 यो फिल्म सन् १९९१ मा बनेको फिल्म 'सेक्स एन्ड जेन”को रिमेक भएको बताइएको छ। यो फिल्मले अहिलेसम्मकै अश्लील फिल्ममध्येमा सबैभन्दा बढी कमाउने भनी गनिएको थियो।
 थ्रीडी सेक्स फिल्मको सफलतासँगै अन्य सेक्स फिल्मका निर्माताहरुले पनि अन्य फिल्म निर्माण गर्ने घोषणा गर्न थालेका छन्। यसको शुरुवात इटालीका सेक्स फिल्म निर्देशक टिन्टो ब्रासले १९७९ को बहुचर्चित यौन फिल्म 'क्यालिगुला'लाई पुनः निर्माण गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्का निर्माता हस्टलरले 'अवतार'को यौन संस्करण थ्रीडीमा निर्माण गर्ने घोषणा गरेका छन्।

No comments:

Post a Comment