Friday, December 30, 2011

"माया नगरेपनि घृणा चाहि नगर्नु होला" -युबराज भट्टराई

PATHIVARA FM 93.6MHZ (JHAPA)



Sunday, December 25, 2011

विश्वका सबैभन्दा रोमाञ्चक सडक



विश्वमा केही सडकहरु यस्ता छन् जसमा यात्रा गर्दा प्रकृतिको मज्जा लुट्न पाइन्छ । प्राकृतिक सुन्दरता प्राप्त गर्नेमात्र होइन यी सडकहरुको यात्रा निकै खतरनाक तथा साहसिक समेत मानिन्छ । विश्वका सबैभन्दा बढि रोमाञ्चक तथा खतरनाक दशवटा सडककको नाम यसप्रकार छ ।

१. बोलिभियाको नर्थ युंगास रोड : यसलाई मृत्युको सडक भनेर पनि चिनिन्छ । राजधानी लापाज र कोरिओको क्षेत्र जोड्ने यो सडक ४३ माइल लामो छ । निकै जोखिमपूर्ण पर्वतीय क्षेत्रमा रहेको यो नागबेली सडक देख्दा डरलाग्दो भएपनि सुरक्षाका भरपर्दा उपाय अपनाइएको छ ।



२. अटलान्टा रोड, नर्वे : नर्वेको मोल्डे र क्रिस्टियानसन्ड जोड्ने यो सडक ५ माइल लामो छ । सामुदि्रक छालजस्तो गरी तलमाथि उठाएर बनाइएको यो सडकमा यात्राका क्रममा प्रकृतिको भरपूर मज्जा लुट्न पाइन्छ ।




३.ब्लू रिज, अमेरिका : उत्तरी क्यारोलिनामा रहेको यो सडकको लम्बाइ ४ सय ९६ माइल छ । यसको यात्राका क्रममा पनि प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ ।


४. कोलम्बिया जर्ज हाइवे, अमेरिका : यो पनि उत्तरी अमेरिकामा रहेको निकै रोमाञ्चक सडक मानिन्छ ।






५. गुओलियांग टनेल, चीन : यो सडक चिनको ताइहांग पर्वतलाई काटेर बनाइएको छ । निकै कडा चट्टानलाई खोपेर बनाइएको यो सडकलाई निकै खतरनाक पनि मानिन्छ । यो निकै उचाइमा रहेको सडक पनि हो ।




६. अमाल्फी कोस्ट रोड, इटाली : यो विश्वकै सबैभन्दा रोमाञ्चक सडक मानिन्छ । यो सडक समुद्रको किनारै किनार भएर अघि बढेको छ ।






७. थ्री केप्स रुट, अमेरिका : यो सडक अमेरिकाको ओरेगनमा रहेको छ । यो सडकमा यात्राका क्रममा जंगल र समुद्र दुबैको दृश्यावलोकन गर्न सकिन्छ ।





८. ट्रान्सफगारसन रोड, रोमानिया : यो सडकले देशका दुइ उच्च पहाडलाई जोडेको छ । जंगलबीचको यात्रा निकै रोमाञ्चक हुन्छ ।







९. रेड रक सिनिक रोड, अमेरिका : यो अमेरिकाको अरिजोनामा अवस्थित छ । विभिन्न राष्ट्रिय सम्पदाहरुको दृश्यावलोकन गर्न सकिने यो सडक निकै सुन्दर मानिन्छ ।





१०. सेबर्ड हाइवे, अलास्का : १ सय २७ माइल लामो यो सडकले अलास्काको सेबर्ड र एंकोरेजलाई जोडेको छ । हिमसिखर सागै तालहरुको दृश्यावलोकन गर्न पाउनु यहाँको मुख्य रोमाञ्चकता हो ।



Tuesday, December 6, 2011

नासाले सौर्यमण्डल बाहिर एक ग्रह फेला पर्‍यो






अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डल बाहिर एक ग्रह फेला परेको जनाएको छ । उक्त ग्रह खनिज, 
जल र तरलको रुपमा रहेको पुष्टी गरेको छ । नयाँ ग्रहको नाम केप्लर २२ बी नामाकरण गरिएको नासाका वैज्ञानिकहरुले जनाएका छन् । यो ग्रह आकारमा पृथ्वीभन्दा लगभग अढाई गुना बढी छ र यसको तापमान २२ डिग्री सेल्सियससम्म भएको बताइएको छ । पृथ्वीसँग मेल खाने यो ग्रह केप्लर बी २२ ठोस, तरल र ग्यास मध्ये कुनचाहिँ पदार्थबाट बनेको भन्नेबारे अनुसन्धान भइरहेको बैज्ञानिकहरुको भनाइ छ । सूर्यभन्दा पृथ्वी जति टाढा छ त्यसको तुलनामा यो ग्रह सूर्यभन्दा १५ प्रतिशत नजिक रहेको बैज्ञानिकहरुको दाबी छ ।

Friday, December 2, 2011

क्रिस्टियानो रोनाल्डोकी प्रेमीका इरिना सायक नांगिएकी छिन

08_irina-shayk_11
नेपाल होराइजन्स सम्वाददाता
काठमाडौं,  

फुटबल स्टार क्रिस्टियानो रोनाल्डोकी प्रेमीका  इरिना सायक नांगिएकी छिन् । ख्यातिप्राप्त फेसन डिजाइनर मार्क ज्याकोब्सका लागि इरिना  नांगिएकी हुन् । ज्याकोब्सका लागि काम गरेपछि आफू रोमाञ्चित भएको पनि इरिनाले बताएकी छिन् । द स्किन यु आर इन प्रचारका लागि ज्याकोब्सले तयार पारेको टिसर्टमा २५ वर्षिया रुसी मोडल इरिनाको नांगो तस्बिर छापिएको छ । तर, ती टिसर्टमा उनको पछाडि भाग मात्रै नग्न देखाइएको छ, जसमा उनको लामो कामुक खुट्टालाई बढी महत्त्व दिइएको छ । २००८ देखि न्युयोर्क विश्वविद्यालय क्यान्सर इन्स्टिच्युटका लागि कार्य गर्दै आएका ज्याकोब्सले आफ्ना पहिरनमा असंख्य मोडललाई छापिसकेका छन् । उनको पहिरनमा केटी प्राइस र लरेन पोपले समेत काम गरिसकेका छन् । सो च्यारिटीका लागि ज्योकब्सको पहिरनमा डिटा भोन टिज, भिक्टोरिया बेकह्याम तथा मारिसा मिलरले पनि आफ्नो नग्न शरीर देखाएर सहयोग गरिसकेका छन् । गत फेब्रुअरीमा स्पोट्र्स इलुस्ट्रेटेडको कभरमा छापिएकी पाँच फिट १० इन्च अग्ली मोडलको सो अभियानलाई भने गोप्य राखिएको थियो । गत वर्षको सुरुवातदेखि इरिना रोनाल्डोसँग घुम्दै छिन् । २६ वर्षिय फुटबल स्टार रोनाल्डो फेरी(फेरी मोडलहरू घुमाउन माहिर भए पनि उनले इरिनासँगै बिहे गर्ने घोषणा गरिसकेका छन् ।  हालै मात्र इरिनाले आफ्नो छरितो शरीर प्रदर्शनका क्रममा आफूले कहिल्यै डायटिङ नगर्ने बताएकी थिइन् 

Wednesday, November 30, 2011

संबिधान सभाको आयु छ महिना थप

                             अन्तत २ बर्षको आयु लिएर जन्मेको संबिधान सभाको मगलबार थपेको छ महिना सँगै अब  ४ बर्ष  भएको छ ।
                            के के न गर्ने भनेर संबिधान सभाको चुनाब गरे न त जनताले कुनै राहात पाए नत देशले निकाश।  जसरि भएपनि कसरि प्रधानमन्त्रि बन्ने होडमा थपेको कार्यकालमा पनि कुनेता झगडा गरेर समय बिताउन भन्दा केहि पनि  प्रगति  भएको देखिएको छैन  र अबको थपिएको म्याद पनि यस्तै हुने निश्चित छ किनकि  सकभर चाडो सहमतिको सरकार बनाउने भन्ने आसयको छ बुदाको एक बुदे ले बिबाद निम्त्याउने निश्चित छ राता रात समय थप्दै  दिनमा उनिहरुको कहिल्यै नटुङ्गिने नाटक मण्चन नेपालि जनता ले हेरि राख्नु पर्नेछ र सुनि राख्नु पर्नेछ।
                    को प्रधानमन्त्रि बन्ने भन्ने ष्पस्ट न  खुलाइए पनि नेपालि काङ्ग्रेसका रामचन्द्र पौडेल प्रधान मन्त्रि बन्न दौरासुरुवाल लगाएर बसेको १बर्ष भइसकेको छ भने  तराई फोरमले बाबुरामलाई सहयोग गर्ने  बताई सकेको छ यस्तो अबस्थामा नेकपा एमाले कुन किसिमको भुमिका खेल्छ त्यसैले  बिबाद सुल्झिन्छ कि बल्झिन्छ ,  निर्णय गर्ने देखिएको छ । 
            हुनत अहिले सम्म ने क पा एमाले ले  मुख त खोलेको छैन   र माओबादि  भित्रको अस्नतुष्ट पक्ष पनि बाबुरामको बिरोध मा उत्रि राखेको छ  सस्थाँपन पक्षले कसरि उनिहरुलाई मिलाएर लैजान्छन त्यसबाट पनि बाबुरामको सरकारको  आयु बढने  या बिघटन हुने   प्रभाब पार्दछ ।

Friday, November 25, 2011

६ महिनाभित्र नलेखे संविधान विघटन


E-mailPrint
 
(1 vote, average 4.00 out of 5)
विनिता दाहाल, काठमाडौं, मंसिर १० - सर्वोच्च अदालतले संविधानसभाको म्याद अन्तिमपटक बढीमा ६ महिनामात्र थप्न सकिने आदेश दिएको छ। म्याद अनन्तकालसम्म थप्न नपाइनेबारे मन्त्रिपरिषद् र संसदको ध्यानाकर्षण गराउँदै अदालतले त्यतिन्जेल संविधान लेख्न नसके संविधानसभा स्वतः विघटन हुने ठहर गरेको छ। 


प्रधानन्यायाधीश खिलराज रेग्मी र उनीपछिका न्यायाधीशहरू दामोदरप्रसाद शर्मा, रामकुमारप्रसाद साह, कल्याण श्रेष्ठ र प्रेम शर्माको विशेष इजालसले शुक्रबार गरेको आदेशमा ६ महिनाभित्र संविधान लेखन कार्य सकिँदैन भने अहिल्यै ताजा जनादेशमा जान निर्देश गरेको छ।

'संविधानको अहिलेसम्मको काम समीक्षा गरी बढीमा छ महिना थप्नू र नसकिने भए जनमत संग्रह कि नयाँ संविधानसभा चुनावमा जाने हो त्यसको निर्णय लिन सरकार र संविधानसभालाई आदेश दिएको हो,' सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले नागरिकसँग भने।

अन्तरिम संविधानको दसौं संशोधनविरुद्ध अधिवक्ता बालकृष्ण न्यौपाने र भरतमणि जंगमले दायर गरेको रिटमा सर्वोच्चले यसअघि अदालतले दिएको व्याख्या र निर्देशनबमोजिम संविधानसभाले केही नगरेको भन्दै अबको म्याद थप अन्तिमपटकका लागि हुने जनाएको छ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालय, प्रधानमन्त्री बाबुराम भट्टराई, संविधानसभा, व्यवस्थापिका संसद, सभामुख र कानुन मन्त्रालयलाई विपक्षी बनाइएको थियो।

'संविधान निर्माणमा अहिलेसम्म के कति उपलब्धि भएका छन् र कति काम बाँकी छन्, ती कार्य पूरा गर्न अन्तरिम संविधान २०६३ को धारा ६४ को प्रतिबन्धात्मक वाक्यांशले अभिनिश्चित गरेको अवधि ननाघ्नेगरी अन्तिमपटकका लागि संविधानसभाले वास्तविक रूपमा जेजति समय आवश्यक पर्छ यकिन गरी सोही अवधिभित्रै संविधान निर्माणको कार्य सम्पन्न गर्नू,' आदेशमा छ, 'त्यसरी निश्चित गरिएको अवधिमा पनि संविधान नबने त्यसपछि संविधानसभाको कार्यकाल स्वतः समाप्त हुने हुँदा सो अवधिभित्रै संविधानको धारा १५७ बमोजिम जनमत संग्रह वा धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन वा संविधानबमोजिम अन्य उपयुक्त प्रबन्ध मिलाउन जो चाहिने आवश्यक काम कारबाही गर्नू।'

धारा ६४ को प्रतिबन्धात्मक वाक्यांशमा संविधानसभाको म्याद बढीमा छ महिना थप्ने व्यवस्था छ। सरकारले सर्वोच्चमा पेस गरेको जवाफमै जति कार्यतालिका बनाए पनि त्यसअनुसार काम नभएको देखाएको भन्दै सर्वोच्चले अबको ६ महिनामा 'संविधान निर्माण यथासम्भव प्रयास गर्ने अपेक्षा गर्नु स्वाभाविक' हुने आदेशमा उल्लेख छ।

'यो संविधानसभा संविधानद्वारा तोकिएको अवधिमा संविधान निर्माण गरिसक्ने जनादेश प्राप्त जनप्रतिनिधिको संस्था भएकोले यदी यसले आफ्नो जिम्मेवारी तोकिएको अवधीमा सम्पन्न गर्ने कार्यको सुनिश्चितता प्रदान गर्न नसक्ने हो भने नयाँ संविधान निर्माणको लागि बैकल्पिक मार्ग प्रशस्त गर्ने जिम्मेवारी पनि यही संविधानसभाको हुन्छ,' आदेशमा छ, 'संविधान निर्माण गर्न नसकेको अवस्थामा वर्तमान संविधानसभाले नै बाँकी काम पूरा गरी संविधान निर्माण गर्न थप समय आवश्यक भए वर्तमान संविधानसभालाई अन्तिम अवसर प्रदान गरिनु उपयुक्त र वाञ्छनीय हुन्छ।'

यसअघि सर्वोच्चले म्याद थपविरुद्ध तीनपटक परेको रिटमा छिट्टै संविधान बनाएर देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन संविधानसभा र सरकारको ध्यानाकर्षण गराएकोबारे आदेशमा उल्लेख छ।

तर संविधानसभाले कुनै उपलब्धि नगरेको बरु संविधानका धाराहरूको गलत व्याख्या गरी संविधानसभालाई व्यवस्थापिका संसदका रूपमा बढी उपयोग गरी सरकार निर्माण र विघटनमा मात्र बढी ध्यान दिएको देखिएको सर्वोच्चले आदेशमा भनेको छ।

संविधानसभाको म्यादबारेको धारा ६४ को प्रावधानको मनोगत अर्थ गरेर जनादेश प्रतिकूल हुनेगरी संविधानसभाले आफ्नै कार्यकाल बढाउने काम विधिशास्त्र विपरीत भएको सर्वोच्चले ठहर गरेको छ।

सर्वोच्चले संविधानसभाले कार्यतालिका बनाए पनि त्यसलाई कार्यान्वयन गर्न भने उदासीन देखिएको बताएको छ। संविधानसभा बनेदेखि अहिलेसम्म संविधान बनाउनमा कति समय खर्च भयो र अब कति समयमा बनिसक्ने भन्ने जानकारी जनतालाई नदिएर संविधान बन्छ भन्ने आसमात्रै देखाएको आदेशमा उल्लेख छ।
'जनताले गरेका जायज अपेक्षालाई सम्बोधन गर्दै संविधासभाले संविधान निर्माणको कार्यतालिका समेत सार्वजनिक गरेको अवस्थामा जनता संविधान निर्माणप्रति पूर्णरुप आश्वस्त बन्नु उनीहरूको बैध अपेक्षा नै हो। जनताको त्यस्तो बैध अपेक्षालाई संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पाएको निकायले सम्मान गर्नुपर्दछ र तदनुरुपको जवाफदेहीता बहन गर्नुपर्दछ,' आदेशमा भनिएको छ, 'कार्यतालिका अनुसार क्रियाशील हुनुको बदला मनोगत तर्कका आधारमा कार्यतालिकालाई निष्प्रभावी हुने गरी शुन्यमा परिणत गर्दै जाने उपक्रम जारी नै रहेको पाइएको छ।'

सर्वोच्चले यसअघि म्याद थपविरुद्ध परेको रिट खारेज गरेपछि संविधानसभाले सर्वोच्चको आदेशलाई पटकपटकको संशोधनलाई वैधानिकता दिएको भन्ने अर्थमा बुझेको सर्वोच्चले आदेशमा उल्लेख गरेको छ।

'म्याद थपविरुद्ध परेका रिट खारेज गर्दै स्पष्ट रुपमा अभिव्यक्त भएका, ध्यानाकर्षण गराइएका र गम्भीरता देखाइएका संवैधानिक व्याख्यालाई विपक्षी निकायले पर्याप्त रुपमा मनन गरेको, मार्गदर्शनको रुपमा लिएको र तदनुरुप क्रियाशील भएको अवस्था देखिएन,' आदेशमा भनिएको छ, 'संविधानसभाले आफ्नो ध्यान र समय संविधान निर्माणमा लगाउनुको सट्ट संविधान संशोधन गर्दै संविधान निर्माणको कार्यलाई अनिश्चितता र अनन्तता तर्फ उन्मुख गराउने र संविधानसभालाई संविधान निर्माणको कार्यमा केन्द्रित गर्नुको सट्टा व्यवस्थापिका संसदको रुपमा बढी उपयोग गरी सरकार निर्माण र विघटनमा मात्र बढी ध्यान दिइएको पाईनु थप बिडम्बनापूर्ण भएको छ।'

सर्वोच्चले पहिलोपटक थपिएको म्यादको सुनुवाईमा जेठ ११ गते धारा ६४ को संशोधनको वैधताबारे, आवश्यकताको सिद्धान्तका बारेमा र समयसीमा समेतका बारेमा चाहिने विवेचना गरी न्यायिक टिप्पणी गरे पनि त्यसअनुसार संविधानसभाले कुनै काम नगरेको ओदशमा उल्लेख छ। 'सर्वोच्चले रिट खारेज गर्दै विवेचना र अभिव्यक्त गरेका न्यायिक दृष्टिकोणहरू तर्फ कुनै वास्ता नगरी ती रिट निवेदनहरू खारेज भएको परिणाम मात्रलाई आधार लिई संविधानको धारा ६४ को संशोधनले वैधानिकता पाएको भन्ने निष्कर्ष निकाली पटक पटकको संशोधन ग्राह्य हुन सक्दैन,' आदेशमा भनिएको छ, 'संविधानसभाको म्याद बढाउने गरी संविधानको आठौं र नवौं संशोधनलाई सर्वोच्चले बदर घोषित सम्म नगरिएको अवस्थालाई संशोधनले नै वैधता पाएको अर्थमा बुझ्दा यस अदालतबाट धारा ६४ र ८२ को व्याख्या र निर्णय विपरित हुन जान्छ।'

सर्वोच्चले जनताको भावना बुझेर आवश्यकताको सिद्धान्त उल्लेख गर्दै यसअघि रिट खारेज गरी संविधानसभालाई मार्गनिर्देश गरे पनि त्यो अनुसार काम नभएको देख्दा सधैँ यही आडमा म्याद थपिरहनु जनतालाई ठग्नु भएको बताएको छ।

'एउटै विषयमा पटक पटक आवश्यकताको सिद्धान्तको आड लिन खोज्नु कुनै पनि जीवन्त संस्थाका लागि शोभनीय विषय होइन,' आदेशमा भनिएको छ, 'संविधान एउटा त्यस्तो जीवन्त लिखत हो, जसले राज्यको जीवनमा आउन सक्ने अनेकौं बाधा, व्यवधान र कठिनाईहरूका बीचमा पनि क्रियाशील भई समग्र शासन सञ्चालनलाई गतिशिल तुल्याई राख्ने सामर्थ्य बोकेको हुन्छ।'

आवश्यकताकै सिद्धान्तको आधारमा थपिँदै जाँदा झण्डै दोब्वर कार्यकाल सकिन लागिसकेको यथार्थ, संविधान सभा जनतालाई संविधान निर्माणप्रति आश्वस्त बनाउन र मुलुकलाई अन्यौल र अनिश्चयको भूमरीबाट मुक्त गराउन समर्थ नभएको सर्वोच्चले ब्याख्या गरेको छ

क्या जमाए किराँतीहरुले बेल्जियममा तङनाम



 • सन्तोष न्यौपाने / बेल्जियम
मान्छे जुनसुकै ठाउँमा पुगोस् उसका लागि आफ्नै कला संस्कृति र संस्कार प्यारो हुन्छ । देशभित्र मात्रै होइन बिदेश पुगेका पनि आफ्ना चाडपर्व उत्तिकै उतसाहका साथ मनाउँछन् । बेल्जियमको आन्तरपेन शहरमा किरात समुदायको मुख्य चाड मध्येको एक उधौलि पर्व तथा चासोक तङ्नाम मनाए ।
बेल्जियममा कुनै पनि कार्यक्रम समय भन्दा धेरै अबेर सुरु हुने गर्दथ्यो । वरिस्ठ भन्नेहरुबाट धेरै भाषण गरिन्थ्यो तथा आयोजकले बोल्नकालागि  समय दिने गर्दथे । तर किरात समुदायले गरेको यस कार्यक्रम समयमै सुरु भएको थियो भने भाषण गर्न दुतावास बाहेक अन्यलाई दिइएन । उता ब्यवस्थापन पनि शशत्त रहेको थियो । जसले गर्दा समय सदुपयोग तथा कार्यक्रम सन्देश मुलक बन्न सफल बन्यो ।
कार्यक्रममा उपस्थितहरुले बेल्जियममा आगामि दिनहरुमा गर्ने विभिन्न कार्यक्रमहरु यसै किसिमले गर्न सके भने केहि परिवर्तन हुने आशा छ ।
किरात संस्कृति अनुसार नयाँ फलेका खाद्यान्न उभौलि पर्वका अवशरमा पितृलाई चढाईन्छ र त्यसपछि खान थालिन्छ । यो पर्व प्रकृतिकलाई उत्पादनका लागि कृतज्ञता व्यक्त गर्ने पर्व पनि हो । युरोपेली मुलुकमै भएपनि किराँत समुदायले उधौलीका अवशरमा धान चुटेको र बिभिन्न जीवजन्तुको नक्कल गर्दै नाँचे ।
अरु कार्यक्रममा भन्दा उधौली मनाउन धेरै सहभागी जम्मा भएका थिए । बेल्जियममा बस्दै आएका हरेक जातिले आफ्ना चाडपर्व यसरी नै मनाउँछन् ।
प्रवासमा गरिने यस्ता कार्यक्रमले नेपालीलाई एकै थलोमा जम्मा हुने अवशर त दिन्छ नै बिभिन्न जातीय संस्कार र संस्कृतिलाई संरक्षण गर्न पनि उत्तिकै सहयोग गरिरहेको छ ।

Friday, June 3, 2011

साहसि नेपालि



काठमाडौं, जेठ २० (नागरिक) - अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बेलायती सेनाका नेपाली कर्पोरल दीपप्रसाद पुनलाई महारानी एलिजाबेथ द्वितीयाले वीरतासम्बन्धी दोस्रो ठूलो पदक प्रदान गरेकी छन्। बकिङ्घम दरबारमा बुधबार राति आयोजित विशेष समारोहमा महारानी एलिजाबेथले पुनलाई 'कन्स्पिस्युअस ग्यालन्ट्री क्रस' अवार्डले सम्मानित गरेकी हुन्। 






बेलायती रक्षा मन्त्रालयका अनुसार यो अवार्ड भिक्टोरिया क्रसपछि दोस्रो ठूलो हो। उदाहरणीय बहादुरीका लागि प्रदान गर्न सन् १९९३ मा स्थापित यो अवार्ड पाउने पुन बेलायती सेनाका पहिलो नेपाली हुन्।
गोर्खा राइफल्स फस्ट बटालियनका पुन सन् २००० मा बेलायती सेनामा भर्ती भएका हुन्। उनी यसअघि बोस्निया र कोसोभोमा खटिएका थिए। पुनका बुबा र हजुबाले पनि गोर्खा सेनामा काम गरेका थिए।

पुरस्कार प्राप्त गरेपछि बेलायती सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिँदै पुनले भनेका छन्, 'दरबारमा आएर कन्स्पिस्युअस ग्यालन्ट्री क्रस प्राप्त गर्दा धेरै उत्साहित र खुशी छु। यो भविष्यका लागि राम्रो सम्झना हुनेछ।'
पुनले प्राप्त गरेको पदक र उनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चार माध्यमहरूले प्रमुखतासाथ समाचार दिएका छन्।

म्याग्दी बिम गाविसका ३१ वर्षीय पुन २०६७ असोज १ राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित सैनिक चौकीमा आक्रमण गर्न आएका लडाकुसँग एक्लै लडेका थिए। यो भिडन्तमा उनले चौकी बचाएका थिए। 


सानो जाँच चौकीमा तीनमात्रै सैनिक रहेको बेला ड्युटीमा रहेका पुनले १५ मिनेटभन्दा बढी करिब तीस तालिबान लडाकुसँग एक्लै लडेका थिए।

लडाकुले चौकीमा एके ४७ र मोर्र्टार आक्रमण गरे पनि पुनको निरन्तर प्रतिरक्षाले तालिबान पछि हटेका थिए। तालिबानले उनको चौकीमाथि नियन्त्रण कायम गर्न सकेको भए त्यहाँ रहेका सबै सैनिक मारिने उनले बताए। तालिबानसँग संघर्षका क्रममा उनले ४ सय राउन्ड गोली, १७ वटा ग्रिनेड र एउटा माइन विष्फोट गराएका थिए।

'चौकीलाई तालिबानले वरिपरिबाट घेरेका थिए, मसँग लड्नेबाहेक विकल्प थिएन,' उनले एएफपीसँग भनेका छन्, 'म निश्चित रूपमा मारिन्छु भन्ने थियो। मर्नुभन्दा अघि धेरैभन्दा धेरैलाई मार्नुपर्छ भनेर मैले सोचेँ।'
उनले भने, 'त्यसपछि मलाई उनीहरूले मार्न सक्छन् भन्ने नै कहिल्यै लागेन।' -एजेन्सीको सहयोगमा
पदविका साथ दीप्रसाद पुन



यु.ए.ई. सारजाह  (युबराज) june  03 - अफगानिस्तान युद्धमा देखाएको बहादुरीका लागि बेलायती सेनाका नेपाली कर्पोरल दीपप्रसाद पुनलाई महारानी एलिजाबेथ द्वितीयाले वीरतासम्बन्धी दोस्रो ठूलो पदक प्रदान गरेकी छन्। बकिङ्घम दरबारमा बुधबार राति आयोजित विशेष समारोहमा महारानी एलिजाबेथले पुनलाई 'कन्स्पिस्युअस ग्यालन्ट्री क्रस' अवार्डले सम्मानित गरेकी हुन्। 

बेलायती रक्षा मन्त्रालयका अनुसार यो अवार्ड भिक्टोरिया क्रसपछि दोस्रो ठूलो हो। उदाहरणीय बहादुरीका लागि प्रदान गर्न सन् १९९३ मा स्थापित यो अवार्ड पाउने पुन बेलायती सेनाका पहिलो नेपाली हुन्।
गोर्खा राइफल्स फस्ट बटालियनका पुन सन् २००० मा बेलायती सेनामा भर्ती भएका हुन्। उनी यसअघि बोस्निया र कोसोभोमा खटिएका थिए। पुनका बुबा र हजुबाले पनि गोर्खा सेनामा काम गरेका थिए।

पुरस्कार प्राप्त गरेपछि बेलायती सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिँदै पुनले भनेका छन्, 'दरबारमा आएर कन्स्पिस्युअस ग्यालन्ट्री क्रस प्राप्त गर्दा धेरै उत्साहित र खुशी छु। यो भविष्यका लागि राम्रो सपुनले प्राप्त गरेको पदक र उनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चार माध्यमहरूले प्रमुखतासाथ समाचार दिएका छन्।

म्याग्दी बिम गाविसका ३१ वर्षीय पुन २०६७ असोज १ राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित सैनिक चौकीमा आक्रमण गर्न आएका लडाकुसँग एक्लै लडेका थिए। यो भिडन्तमा उनले चौकी बचाएका थिए। 


सानो जाँच चौकीमा तीनमात्रै सैनिक रहेको बेला ड्युटीमा रहेका पुनले १५ मिनेटभन्दा बढी करिब तीस तालिबान लडाकुसँग एक्लै लडेका थिए।

लडाकुले चौकीमा एके ४७ र मोर्र्टार आक्रमण गरे पनि पुनको निरन्तर प्रतिरक्षाले तालिबान पछि हटेका थिए। तालिबानले उनको चौकीमाथि नियन्त्रण कायम गर्न सकेको भए त्यहाँ रहेका सबै सैनिक मारिने उनले बताए। तालिबानसँग संघर्षका क्रममा उनले ४ सय राउन्ड गोली, १७ वटा ग्रिनेड र एउटा माइन विष्फोट गराएका थिए।

'चौकीलाई तालिबानले वरिपरिबाट घेरेका थिए, मसँग लड्नेबाहेक विकल्प थिएन,' उनले एएफपीसँग भनेका छन्, 'म निश्चित रूपमा मारिन्छु भन्ने थियो। मर्नुभन्दा अघि धेरैभन्दा धेरैलाई मार्नुपर्छ भनेर मैले सोचेँ।'
उनले भने, 'त्यसपछि मलाई उनीहरूले मार्न सक्छन् भन्ने नै कहिल्यै लागेन।' -एजेन्सीको सहयोगमा
पदविका साथ दीप्रसाद प

Wednesday, May 18, 2011

प्रहरी कार्यलय भित्रै लछार पछार पार्दै छुटाईयो अन्तरजातिय बिबाह को जोडि


गणेश लम्साल
विराटनगर । कसैमाथि पनि जातीय विभेद गर्नुहुदैन भन्दै नेपालमा समेत   ४६ औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाईरहेको वेला  जिल्ला प्रहरी कार्यलय मोरंगमा भने मंगलवार एक जना दलित युवाले प्रेम विवाह गरिसकेकी प्रेमीकालाई भने लछारपछार पार्दै मंगलवार प्रहरी कार्यलय  परिसरभित्रवाट छुटाएर लगिएको छ । 
जातिय छुवाछुतको अन्त र समानताको सन्देश दिन एकहप्ता अघिमात्र उनीहरुले  दुई वर्षदेखि गर्दे आएको आफनो प्रेमलाई हिन्दुविधि अनुसार मन्दिरमा भगवान साक्षी राखेर सिन्दुर पोते र वरमाला एकआपसमा वरमाला पहिरिएर  काठमाण्डौमा विहे गरेका थिए । तर उपल्लो जातिको अंहंकारले धपक्क वलेको कथित उपल्लो जाति भनिने केटिका आफन्तले चार महिना केटीको राजी खुशी विहे गर्ने उमेर नपुगेको भन्दै जिल्ला प्रहरी मोरंगका डिएसपी सहाकुल थापा र महिला प्रहरीकी निरिक्षक सुमा कार्की लगायत दर्जनौ प्रहरीको अगाडि कार्यलय भित्रै मारुती भ्यान ल्याएर केटीलाई लछार पछार पार्दे जर्वदस्ति छुटाएर लिएर गए । 
भोजपुरको घोडेटार ८ घर भै काठमाण्डौमा वस्दै आएकी  १९ वर्ष १०  महिना उमेर भएकी , अनमी पेशामा संलग्न सकुन्तला भण्डारी र सोही जिल्ला घरभै काठमाण्डौको न्युरोडमा सुन पसलमा काम गर्दै आएका २७ वर्षीय  मनोज राज विकले २ वर्षअधि देखी प्रेम गर्दै आएको र एक हप्ताअघि काठमाण्डौको पशुपतिनाथमा गै गन्र्धव विवाह गरेका थिए । तर दलितसँग विवाह गरेको जानकारी पाएर उमेर नपुगेकी छोरीलाई मनोजले अपहरण गरेर लगेको भनेर सकुन्तलाका आफन्तले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि पुहँचको वलमा प्रहरीले मोवाईल टे«सगरि नव विवाहित पे्रमीकालाई हनुमान ढोका प्रहरीले काठमाण्डौवाटै पक्रेर मंगलवार हवाई जहाजवाट विराटनगरमा रहेको जिल्ला प्रहरी कार्यलय मोरंगमा पठाएको थियो । जिल्ला प्रहरी कार्यलयले पनि  उमेर नपुेगेको भन्दै केटालाई हिरासतभित्र थुनेर केटिलाई अभिभावकको जिम्मा लगाएको थियो । सकुन्तलाकी आमा , मामा , दिदि र ठूलो वुवालाई केटा पक्षले विभेद नगर्न दशऔला जोडर विन्ति गर्दा पनि उनीहरुले प्रहरी कार्यलय भित्रै मारुती भ्यान ल्याएर महिलासेलवाट केटिलाई घिर्सादै निकालेर कोच्दै लिएर गए । आफनो प्रेमीसँग विछोडिनुपर्दा सकुन्तला भने रुदै , म जान्न म जान्न भन्दै गुहार मागिरहेकी थिईन । अधिकारकर्मीहरुले पनि जर्वदस्ति छुटाएर पठाउनु उचित नहुनेभन्दा पनि प्रहरीले कुरो सुनेन । 

प्रेमी मनोजले आफुले सकुन्तलालाई वेच्न विहे नगरेकोेले छुटाउन नमिल्ने आग्रह गर्दा पनि केही लागेन । महिला सेलकै अगाडि भेन ल्याएर सकुन्तलालाई लान खोजेपछि  केटा पक्षका आफन्तले वाटो छेक्न खोजेपनि प्रहरीले तिमिहरु को हौ आफनो सन्तान लान नदिने भन्दै हप्काएको थियो ।    केटाका आफन्तहरु भेनरोक्न गेट  वाहिर सम्म दौडेर पछयाएका थिए ।   
केटा र केटीलाई साथ दिन राष्टिय  दलित आयोगका अध्यक्ष  विजुल विश्वकर्मा , एमाले नेता छविलाल विश्वकर्मा देखी अधिकारकर्मी र पत्रकारहरु गुहार्दा समेत कुनै सुनवाई भएन । केटिले जान नचाहेको वताएपनि प्रहरीले तिमिले नजाई धर पाउँदैनौ भन्दै केटि जिम्मा लगाएको थियो । केटा र केटीलाई साथ दिन काठमाण्डौवाट आएका  उत्पिडित दलित जातीय विकास समितीका सदस्य वुद्धि विश्वकर्मा , पत्रकार यादव भट्टराई र दलित अधिकारकर्मी उमेश विश्वकर्माले समेत केटिका आफन्तलाई विभेदको मानसिकता त्यागेर विहेलाई मन्जुरी दिन अनुनय विनय गरेपनि  केही नलागेपछि सवैले प्रहरी  परिसरवाटै सकुन्तलालाई घिसोरेर लगेको हेर्नु वाहेक केही गर्न सकेनन । प्राण प्यारी आफनी  प्रेमीका जर्वदस्ति आँखै अगाडि घिसारेर लगेपछि व्याकुल वनेका प्रेमी मनोजले भने “ समानताको अधिकार  , कोठे प्रतिवद्धता र कार्यक्रममा मान सम्मानकालागि वोलिने भाषण मात्र रहेछन । ,,   
यसैगरि उमेर पुगेर पनि कानुनी विहे दर्ता गराउन अदालत जान असुरक्षित भएको भन्दै मोरंगको सोराभाग ३ का २५ वर्षका अखिलेश पासवान ्र छिमेकी गाविस विवियाविर्तााकी सुभद्रा ठाकुरले विवाह गर्दा असुरक्षित हुनु परेको र अदालतसम्म जाने अवस्थामा पनि आफन्तले वाधा हालिरहेको भन्दै जिल्ला प्रहरी कार्यलय मोरङमा उजुरी दर्ता गराएका छन । उनीहरुले विहेगरेर ४८ दिनसम्म भारतमा गएर लुक्न वाध्य भएको र हाल कानुनी विवाह दर्ता गराउन चाहेको वताएका छन 

संसारको पहिलो थ्री डी यौन चलचित्र रिलिज {अबतार पनि पर्यो पछि

 

गएको बिहीबार हङकङमा संसारकै पहिलो थ्रीडी अश्लील फिल्म रिलिज भएको छ। रमाइलो त के छ भने, सोचेजस्तै यो फिल्मको टिकट मारामार बिक्री भएको छ।  

चीनको पुरानो यौन साहित्यमा आधारित 'थ्रीडी सेक्स एन्ड जेनः एक्स्ट्रीम एक्स्टासी' नामक यो फिल्मको बजेट ३२ लाख डलर रहेको बताइएको छ।  
 विश्वकै पहिलो थ्रीडी फिल्म ठूलो पर्दामा रिलिज भएपछि अफिसका कामदारहरु, कामबाट बिदा लिएका बूढाहरु र विद्यार्थीहरुको ओइरो लागेको थियो।  
रमाइलो त के थियो भने, फिल्म हेर्न भनेर केही महिलाहरु समेत देखिएका थिए। भिडभाडमा उनीहरुलाई कुनै लाज नभएको स्पष्ट अनुभव गर्न सकिन्थ्यो।
 'सामान्यतयाःसिनेमा हलमा म फिल्म हेर्दिनँ तर यो छुटाउन चाहिँ मन लागेन', ३२ वर्षीय जस्टिन लाईले भनिन्। उनी कज बेको सिनेमा घरमा फिल्म प्रदर्शन बेला कुरेर बसिरहेकी थिइन्। यो क्षेत्र मनोरञ्जन गर्ने व्यस्त क्षेत्रमध्येमा गनिन्छ। उनलाई थ्रीडीमा यौन फिल्म हेर्न निकै मनपर्ने समेत खुलेर बताइन्।
 कलेजकी विद्यार्थी यान शेक, २१, पनि यौन थ्रीडी फिल्म पहिलो दिनको पहिलो शोमा आफूले नछुटाउन बिहानै आइपुगेको बताए। ११३ मिनेटको यो फिल्मलाई हङकङ सरकारले क्याटगरी थ्री भनेर वर्गीकृत गरिदिएको छ। जसको अर्थ १८ वर्षभन्दा मुनिका मानिसलाई हेर्न उपयुक्त छैन भन्ने सङ्केत हो।


प्राचीन चीनी कामसूत्रमा आधारित यस चलचित्रमा रहेका नग्न दृश्यहरूलार्इ हेर्न मानिसहरूले तछाड मछाड गर्न थालेका छन्। फिल्म व्यवसायका मानिसहरूका अनुसार यस चलचित्रको व्यापार जेम्स कैमरूनको की मशहूर ३डी चलचित्र अवतारको भन्दा बढी रहेको छ। हंगकंगमा प्रदर्शन शुरू गरिएको यस चलचित्रलार्इ हेर्न कैयन देशका मानिसहरू हंगकंग पुगेको छ। 

 'जबदेखि यो फिल्मका बारेमा सुनेँ, हामीलाई ज्यादै कौतुहल थियो', उनले भनिन्– 'सिनेमा घरमै म पहिलो पटक यौन फिल्म हेर्न आइरहेकी छु। यो पक्कै पनि रोचक अनुभव हुनेछ।' अर्का फिल्म दर्शक त काम छाडेर नै फिल्म हलमा आएको बताए।
'म पहिलो दिनको पहिलो शो नै हेर्न काम छाडेर आएको हुँ किनभने म मेरा साथीहरुमध्ये सबैभन्दा पहिले हेर्ने व्यक्ति म नै हुन चाहन्छु', स्थानीय एउटा कम्पनीमा बिक्री प्रबन्धकको रुपमा काम गर्ने र आफूलाई डेभिड नाउँले चिनाउने उनले भने। उनले आफू पूरा परिचय खुलाउन चाहेनन्।
चीनको मिङ राजवंश ताकाको कथामा आधारित यसमा एउटा तरुण दरबारको यौनिक संसारमा पुगेपछि आफ्नी पूर्वपत्नी नै जीवनको आधार रहेको पत्ता पाउँछ। फिल्ममा जापानी यौन कलाकार युकिको सुओ र साओरी हाराले अभिनय गरेका छन्।
 यो फिल्म शुक्रबारदेखि ताइवानमा पनि रिलिज भएको छ। फिल्मको तगडा चर्चा हुन थालेपछि जापान, दक्षिण कोरिया, यूरोप र अमेरिकामा समेत यस फिल्मलाई रिलिज गर्न फिल्मका निर्माताहरुसँग चियो सुरु गरेका छन्।
मुख्य भूमि चीनमा चाहिँ यौनप्रधान फिल्म प्रतिबन्धित भएकाले मुख्य भूमिका मानिसहरु ताइवान र हङकङ गएर भए पनि फिल्म हेर्न थालेको फिल्मका प्रवक्ता शेरिन याउले बताएका छन्। 'टिकट बिक्रीबाट हामी ज्यादै खुसी भएका छौँ', चाइना थ्रीडी डिजिटल इन्टरटेन्मेन्ट लिमिटेडका प्रवक्ता याउले एएफपीलाई बताए।
उनको कथन थियो– 'हामीले गएको साता ७०–८० प्रतिशत बिक्री भयो भन्ने खबर पाएका थियौँ तर अहिले फिल्मले मज्जैले गति लिएको देख्दा हामीलाई स्वाभाविक खुसी लागेको छ।'
 यता साउथ चाइना मोर्निङ पोस्टका फिल्म समीक्षक पल फोनोरफले चाहिँ यो फिल्म थ्रीडीमा निकै लामो र अस्वाभाविक भएको प्रतिक्रिया लेखेका छन्।
 यो फिल्म सन् १९९१ मा बनेको फिल्म 'सेक्स एन्ड जेन”को रिमेक भएको बताइएको छ। यो फिल्मले अहिलेसम्मकै अश्लील फिल्ममध्येमा सबैभन्दा बढी कमाउने भनी गनिएको थियो।
 थ्रीडी सेक्स फिल्मको सफलतासँगै अन्य सेक्स फिल्मका निर्माताहरुले पनि अन्य फिल्म निर्माण गर्ने घोषणा गर्न थालेका छन्। यसको शुरुवात इटालीका सेक्स फिल्म निर्देशक टिन्टो ब्रासले १९७९ को बहुचर्चित यौन फिल्म 'क्यालिगुला'लाई पुनः निर्माण गर्ने घोषणा गरेका छन्। त्यस्तै अर्का निर्माता हस्टलरले 'अवतार'को यौन संस्करण थ्रीडीमा निर्माण गर्ने घोषणा गरेका छन्।

Monday, April 18, 2011

झलनाथ खनालको मन्त्रि परिषदमा बिदेशि नागरिक मन्त्रि कतै देश भारतलाई सुम्पिन खोजेको होइन झल्लुले खबरदार !!!!!!!!!!!!!!नेपालि जनता

Exclusive: लौ हेर्नुस् प्रमाण अर्थराज्यमन्त्रीको 

                                 अर्थ राज्यमन्त्री डाक्टर ल्हार क्याल लामा (खेन्पो छिमी छिरिङ लामा)को तीन देशको नागरिक भएको प्रमाण माइसंसारलाई नाम बताउन नचाहने एक पाठकले उपलब्ध गराएका छन्। यो हेर्नुस् उनको तिब्बती शरणार्थी कार्ड। तिब्बतको नागरिक नभई यस्तो शरणार्थी कार्ड बनाउन मिल्दैन-



अनि यो हेर्नुस् उनको भारतीय पासपोर्ट। भारतको नागरिक नभई भारतीय पासपोर्ट बनाउन मिल्दैन।

भारतीय पासपोर्टमा उनले राष्ट्रियता भारतीय लेखेका छन्। A2129812 नम्बरको यो पासपोर्ट उनले गुवाहाटीबाट निकालेका हुन्। यसमा उनको ठेगाना कुलिगल (के.एस.) लेखिएको छ। उनको जन्ममिति यसमा १९६५ अक्टोबर १ तारिख उल्लेख छ।
तिब्बती नागरिक भन्दै उनले तिब्बती शरणार्थी कार्ड पनि भारतमा नै लिएका हुन्।


अहिले यही व्यक्ति नेपालका अर्थ राज्यमन्त्री छन्। नेपाली नागरिक नभई नेपालको मन्त्री हुन मिल्दैन।

किन चुप छन् प्रधानमन्त्री झलनाथ खनाल ? किन यस्ता विवादास्पाद व्यक्तिलाई मन्त्री बनायौ ? जनताले जवाफ खोजिरहेका छन्।

किन चुप छन्, आफ्नो महान त्यागले भारतको हस्तक्षेप बिनाको स्वाधिन सरकार बनाएको दावी गर्ने माओवादी अध्यक्ष प्रचण्ड ? जनताले जवाफ खोजिरहेका छन्।