Monday, December 2, 2013

दाम्पत्य जीवनको भबिष्य थाहा पाउन ‘लव टेष्ट’ आबिस्कार

२०७० मंसिर १७ गते १०:४९ मा प्रकाशित
 1025  1
 0
बैज्ञानिकहरुले एक नयाँ ‘लव टेस्ट’ फर्मूला तयार पारेका छन्, जसले बैबाहिक सम्वन्धको सफलताका लागि नवदम्पत्तिलाई राम्रो गाइड गर्न सक्ने दावी गरिएको छ ।
अध्ययनका अनुसार साथीको तस्वीरको बारेमा एक अवचेतन प्रतिक्रिया विवाहको परिणाम जन्न उपयोगी सावित हुनसक्छ । जर्नल साइन्समा प्रकाशित अध्ययनका अनुुसार जुन मानिसको मनमा नकारात्मक कुरा आउँछ, केही वर्षपछि उनीहरुको सम्वन्धमा दराद आउने सम्भावना बढ्छ ।
weddingमुख्य शोधकर्ता फ्लोरिडा स्टेट यूनिभर्सिटीका प्रोफेसर जेम्सका अनुसार नयाँ अध्ययनले नवदम्पत्तिको एक अर्काप्रतिको साँेचबारे सही अनुमान लगाउन सकिने देखिएको छ । उनका अनुसार मनको यो कुरा विवाहका क्रममा तपाई खुसी हुनुभयो कि भएन भन्नेबारे अनुमान लगाउन निकै महत्वपूर्ण सावित हुनसक्छ ।
जेम्सको टोलीले विवाह लगतैका १ सय ३५ जोडीसँग कुराकानी गरेको थियो । शोधकर्ताहरुले उनीहरुलाई विवाहको मूल्यांकन सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट र असन्तुष्ट कुन प्रकारले गर्नु भयो भनेर सोधेका थिए । त्यसपछि लव टेस्टको प्रयोग गरेर एकअर्काप्रति उनीहरुको मनको अबस्था मापन गरिएको थियो । जसमा एक पार्टनरको तस्वीर अर्कोलाई एक सेकेन्डको तेस्रो अंशसम्मका लागि देखाइएको थियो ।
त्यसपछि उनीहरुले जति सक्दो छिटो शानदार, आश्चर्यजनक, डरलाग्लो र भयानक मध्ये कुनै एक जवाफ दिनु पर्ने हुथ्यो । यो टेस्ट सम्वन्ध बनाउने मनोबैज्ञानिक सिद्धान्तमा आधारित छ । यो सिद्धान्तअनुसार विवाहमा सम्वन्ध बनाइएको मानिसहरुमा पार्टनरको तस्वीर क्षणभरका लागि हेरेपछि सकारात्मक वा नकारात्मक विचार आउँछ
- See more at: http://www.onlinekhabar.com/2013/12/141188/#sthash.KaUeFy6R.dpuf

दाम्पत्य जीवनको भबिष्य थाहा पाउन ‘लव टेष्ट’ आबिस्कार

२०७० मंसिर १७ गते १०:४९ मा प्रकाशित
 1025  1
 0
बैज्ञानिकहरुले एक नयाँ ‘लव टेस्ट’ फर्मूला तयार पारेका छन्, जसले बैबाहिक सम्वन्धको सफलताका लागि नवदम्पत्तिलाई राम्रो गाइड गर्न सक्ने दावी गरिएको छ ।
अध्ययनका अनुसार साथीको तस्वीरको बारेमा एक अवचेतन प्रतिक्रिया विवाहको परिणाम जन्न उपयोगी सावित हुनसक्छ । जर्नल साइन्समा प्रकाशित अध्ययनका अनुुसार जुन मानिसको मनमा नकारात्मक कुरा आउँछ, केही वर्षपछि उनीहरुको सम्वन्धमा दराद आउने सम्भावना बढ्छ ।
weddingमुख्य शोधकर्ता फ्लोरिडा स्टेट यूनिभर्सिटीका प्रोफेसर जेम्सका अनुसार नयाँ अध्ययनले नवदम्पत्तिको एक अर्काप्रतिको साँेचबारे सही अनुमान लगाउन सकिने देखिएको छ । उनका अनुसार मनको यो कुरा विवाहका क्रममा तपाई खुसी हुनुभयो कि भएन भन्नेबारे अनुमान लगाउन निकै महत्वपूर्ण सावित हुनसक्छ ।
जेम्सको टोलीले विवाह लगतैका १ सय ३५ जोडीसँग कुराकानी गरेको थियो । शोधकर्ताहरुले उनीहरुलाई विवाहको मूल्यांकन सकारात्मक, नकारात्मक, राम्रो, नराम्रो, सन्तुष्ट र असन्तुष्ट कुन प्रकारले गर्नु भयो भनेर सोधेका थिए । त्यसपछि लव टेस्टको प्रयोग गरेर एकअर्काप्रति उनीहरुको मनको अबस्था मापन गरिएको थियो । जसमा एक पार्टनरको तस्वीर अर्कोलाई एक सेकेन्डको तेस्रो अंशसम्मका लागि देखाइएको थियो ।
त्यसपछि उनीहरुले जति सक्दो छिटो शानदार, आश्चर्यजनक, डरलाग्लो र भयानक मध्ये कुनै एक जवाफ दिनु पर्ने हुथ्यो । यो टेस्ट सम्वन्ध बनाउने मनोबैज्ञानिक सिद्धान्तमा आधारित छ । यो सिद्धान्तअनुसार विवाहमा सम्वन्ध बनाइएको मानिसहरुमा पार्टनरको तस्वीर क्षणभरका लागि हेरेपछि सकारात्मक वा नकारात्मक विचार आउँछ
- See more at: http://www.onlinekhabar.com/2013/12/141188/#sthash.KaUeFy6R.dpuf

Tuesday, July 9, 2013

पत्थरियाको सरल उपचार

आलोक चाम्लिङ :

 यहाँहरुको बिचमा
एक जना अपरिचित मित्रले मलाई आज बिहानै फोन गर्नु भयो ।
मैले फोन उठाएर सोधे, हजुरले कस्लाई खोज्नु भयो ? र को हुनुहुन्छ हजुर ?
मलाई सोध्नु भयो हजुर आलोक जि होइन र, मैले हो भने, म के सेवा गर्न सक्छु? हजुरले सेवा गर्न पर्दैन, किनकी हजुरले सेवा गरी सक्नु भयो ।।। म अचम्मित् भए कसरी सेवा भयो त हजुर ? हजुरले फेस्बूकमा राखेको पथ्थरियाको बारेमा जो मैले उपचार गरे एक दम राम्रो भयो र ठीक पनि भई सक्यो, अब म सबैलाई यो म्यासेज बाड्ने छु ।
सेमुना, सेवारो !!
हुन सक्छ हजुरहरु सँग समयको आभाव छ, तरै पनि थोरै समय दिएर यो जरुर पढि दिनु होला, सबै कहाँ पुर्‍याउनु होला है ।!

आज म तपाईंहरु प्रती एउटा सानो कोसेली, (पत्थरियाको) उपचार घर्मै र आँफैले कसरी गर्न सकिन्छ भन्ने थोरै यहाँहरु प्रती मैले भोगेको र उपचार राम्रै सँग भएको हुँदा हजुरहरु सँग सेयर गर्न चाहन्छु । आज भन्दा ठीक ०७ महिना पहिले म पत्थरियाको बिरामी थिए, एक दिन म कानडा कम्पनीमा मिटिङ एटेण्ड गर्न भनी मिटिङमा सहभगि जनाए, तर मेरो पत्थरिया बिरामको कारण त्यहाबाट म बाहिरिए, तर त्यहा को मेनेजर इटालीको मनमा जिज्ञासा परेछ र, मलाई अफिस बाहिर आएर सोध्नु भयो, मैले पनि सबै उहालैइ बताइ दिए, उहाले मलाई एउटा पेपर प्रिन्ट गरेर दिनु भयो र मैले पनि सोही लेखे बमोजिम उपचार गर्न थाले, अहिले म निरोगी र पत्थरियाबाट मुक्त छु ।

मेरो कलेजो मा पत्थर : 16-22mm
मेरो पिसाब थैलीमा पत्थर :14-27mm

यस्को उपचार कसरी गर्ने ? माथि फोटो समेत मैले राखेको छु, यो उपचार ०५ दिन सम्म लगतार गर्नु पर्ने छ ।

ध्यान दिनुस् यो हामी सबैलाई काम लाग्ने घारायसि उपचार हो, र तपाईंहरु कोही पत्थरियाको बिरामी हुनुहुन्छ भने आजै बाट उपचार गर्न थाल्नु होस् । र सबै कहाँ यो जानकारी फैलाउनु होला ।

यसरी उपचार् गर्न सकिन्छ, तल दिएको तालिका हेर्नु होला ।

०१ : लगतार पाच दिन सम्म (०५)वटा स्याउ अथवा ०४ कप शुद्ध स्याउको रस (जुस) पिउनु होस्, अथवा खानु होस् । तर ०५ दिन सम्म भने बमोजिम खान नछोड्नु होस् । बिहान् बेलुकी खाना खान सक्नु हुनेछ ।

०२ : छ (०६) दिनको दिनमा बिहानिको खाना खानु होस्, तर बेलुकीको खाना नखानु होला । त्यही दिन बेलुकी (०६:००) बजे एक चम्चा (एपसोम) नुन एक कप मनतातो पानीमा घोलेर पिउनु होस् ।

फेरी त्यही दिन बेलुकी (०८:००) बजे अघी झै एक चम्चा (एपसोम) नुन मनतातो पानी मा घोलेर पिनु होस् ।

फेरी त्यही दिन बलुकी (१०:००) बजे आधा कप (ओलिव ओइल) मतलब दैतुनको तेल, र आधा कप शुद्ध कागतीको रस घोलेर पिउनु होस् ।

भोली पल्ट बिहानि दिशा अथवा पिसाब गर्दा ध्यान दिनुस् पत्थरिया झर्यो कि झरेन ?
यो साच्चिकै राम्रो उपचार् हो तपाईंले पनि एक चोटि कोशीस गरी हेर्नुस्, यो कतीको राम्रो उपचार रहेछ ।
यो घारायसि औषधीले : 81.3mm सम्मको उपचार् गर्न सक्छ ।


Dear all, i am going to share with you about, Liver stones, Bile Duct stones, Gallstones, Gallbladder stones, how to treatment.

Please follow the below instruction.

01: For the first five days, take four glasses of apple juice every day, or eat four or five apple.
02: On the sixth day, do not take dinner.
03: At 6 PM take a teaspoon of epsom salt with a glass or warm water.
04: At 8 PM repeat same again.
05: At 10 PM take half cup olive oil (Daitun Tel) with half cup fresh lemon juice. mix it well and drink it. the oil lubricates the stones to ease their passage.

The next morning you will find green stones in your stools or urine (Usually they float.

Note: sorry friends i am not a doctor but i have experience about it, so please if you able to trust me please share with your friends, your relatives, your parents and your world.

Wednesday, June 26, 2013

कम्प्युटर छिटो बनाउने पाँच तरिका

            कम्प्युटर, यो उपकरणसँग हाम्रो दैनिकी र रोजीरोटी नै जोडिइसकेको छ। कम्प्युटर बिना संसार मात्र होइन घरबार पनि चल्न सक्छ भन्ने सोच निक्कै कमसँग हुने अवस्था बनिसकेको छ। यसको माध्यम भएर नै हिसाब किताब देखी लेखन र सम्पर्क सबै हुने गर्दछ। त्यसो त अनलाइन भइसकेको दैनिकीमा यो नै इन्टरनेट र साथीभाईसँग जोडिने सर्म्पर्कमा बस्ने माध्यम हो। मनोरञ्जन देखी कार्यालयको काम अनि व्यवसायको प्रबर्द्धन सबै काम हुन्छ यो प्राविधिक बट्टो कम्प्युटरमा। घर वा कार्यालय २४ सै घण्टा जस्तो कम्प्युटर खुल्ला पनि हुन्छ अनि सक्रिय पनि। यसरी कम्प्युटरमा काम गरिरहँदा तपाइँलाई कम्प्युटर सुस्तो भएको अनुभव भएको पनि होला। कम्प्युटर चलाउँदा चलाउँदा तपाइँको हातले दिने कमाण्ड कम्प्युटरले काम गर्ने गति भन्दा छिटो पनि भइसकेको हुन्छ। जसका कारण पनि तपाइँलाई कम्प्युटर सुस्तो भएजस्तो लाग्छ। त्यसो त लामो समय सम्म इन्टरनेट हेर्दा वा दैनिक जस्तो चलाउँदा कम्प्युटरमा बन्ने टेम्पोररी फाइलका कारण पनि कम्प्युटरको काम सुस्तो हुनसक्छ। कारण जे भएपनि तपाइँ हामी आजकल कम्प्युटर सुस्तिएको मन पराउँदैनौं। हामीलाई कम्प्युटर छिटो खुलोस् अनि छिटो छिटो काम गर्न सकियोस् भन्ने लाग्छ। तर विभिन्न कारणले कम्प्युटर भने सुस्तो भइरहेको हुन्छ।

तपाइँको कम्प्युटर पनि सुस्तो भएको अनुभव गर्नुभएको छ भने कम्प्युटरलाई छिटो बनाउनका लागि यस्ता पाँच उपाय अपनाउन सकिन्छ।

टेम्पोररी फाइल फाल्नुस
01 Boost your computer Speed search-for-temporary-filesकम्प्युटर चलाउँदा कम्प्युटरमा हामीले खोलेका फाइल तथा सफ्टवेयर चल्ने क्रममा धेरै अरु टेम्पोररी फाइलहरु बन्ने गर्दछन्। त्यस्ता फाइलहरुले पनि कम्प्युटरलाई सुस्तो बनाउँछन्। त्यसैले यस्ता फाइल समय समयमा हटाउनु (डिलिट गर्नु) पर्छ। कम्प्युटरमा यस्ता खालका फाइलहरु जम्मा हुने एउटै मात्र वीण्डो हुन्छ। कम्प्युटरलाई छिटो बनाउन चाहनुहुन्छ भने तपाइँले कम्प्युटरको स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर %temp% टाइप गर्नुपर्छ।यती टाइप गरेर इन्टर गरेपछि तपाइँको कम्प्युटरमा उत्पन्न भएका सबै टेम्पोररी फाइल भएको फोल्डर वीण्डो खुल्छ। त्यहाँ भएका सबै फाइल तथा फोल्डर डिलिट गर्न सक्नुहुन्छ। जसले तपाइँको कम्प्युटरलाई छिटो बनाउँछ।
इन्डेक्सीङ बन्द गर्नुस
02 Boost your computer Speed Drive allows to contents indexedकम्प्युटरमा एउटा सुविधा हुन्छ तपाइँले सुरक्षित (सेभ) गरेको फाइल तथा फोल्डरलाई इन्डेक्सीङ गर्ने। जसको कारण कम्प्युटरले तपाइँले कुनै पनि ड्राइभमा राखेको फाइल तथा फोल्डर खोज्दा छिटो पत्ता लगाउँछ। कम्प्युटरको कुनै पनि ड्राइभको प्रोपर्टिजमा तपाइँले इन्डेक्सीङको सुविधा उल्लेख गरेको पाउनु हुन्छ। जसले कम्प्युटरको प्रोसेसर र मेमोरीको धेरै अंश खपत गर्दछ। यसको मतलब हो तपाइँको कम्प्युटर सुस्त हुन्छ। यसखालको इन्डेक्सीङ सुविधा नीजि तथा व्यक्तिगत प्रयोगका कम्प्युटरहरुमा प्रयोग नगर्दा पनि हुन्छ। किनभने तपाइँ आफूले राखेको फाइल तथा फोल्डर कहाँ हो भन्ने थाहा नै नहुने भन्ने हुँदैन इन्डेक्सीङ सेवालाई प्रयोग नगर्दा (डिसेबल गर्दा) कम्प्युटरमा पर्ने प्रभाव भनेको खोजी (सर्च) सुस्तो (स्लो) हुने मात्र हो। यसरी कम्प्युटरमा इन्डेक्सीङ बन्द गर्न वा प्रयोग नगर्न कुनै पनि ड्र्राईभ (सी, डी वार् इ)को आइकनमा दायाँ (राइट) क्लिक गरेर प्रोपर्टिजमा गएर ‘Allow files on this drive to have content indexed in addition to file properties ‘ मा रहेको ठीक (चेक)लाई हटाउन सक्नुहुन्छ। यसो गर्नुभयो भने तपाइँको कम्प्युटर छिटो हुन्छ।
डिस्क क्लिनअप
03 Boost your computer Speed Disk Clean up in computer to make speed operationकम्प्युटर चलाउँदा यसमा रहेका विभिन्न ड्राइभमा अनावश्यक वा आवश्यक फाइलहरुले गर्दा खाली ठाउँको कमी हुँदै गयो भने पनि कम्प्युटर सुस्तो हुन्छ। कम्प्युटरका प्राथमिक र दि्वतिय खालका ड्राइभमा विभिन्न सफ्टवेयर वा फाइलहरु चलाउँदाका अनावश्यक टेम्पोररी फाइल साथै विभिन्न समयका इरर रिपोर्ट जम्मा हुन्छन्। वीण्डोज प्रणालीले यस्ता खालका फाइल हटाउने सुविधा दिएको हुन्छ। जुन तपाइँले सम्बन्धित ड्राइभमा दायाँ क्लिक गरेर डिस्क क्लिनअप भन्ने सुविधा पाउनुहुन्छ। जसले अनावश्यक त्यस्ता फाइल हटाइ दिन्छ र तपाइँको कम्प्युटरको गति बढ्छ। त्यसका लागि तपाइँले कम्प्युटरमा स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क क्लिनअपमा जानुपर्छ। त्यसपछि देखीने वीण्डोमा गएर डिस्क क्लिनअपमा क्लिक गरेपछि तपाँइको कम्प्युटरको छनौट गरिएको डिस्कमा रहेका अनावश्यक फाइलहरु हटेर तपाइँको कम्प्युटर छिटो चल्छ।
हार्ड ड्राइभ डिफ्र्यागमेन्ट गर्ने
04 Boost your computer Speed Defragmentation of Hard diskकम्प्युटरको डिस्कमा गरिने डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कलाई केही थप कामहरु लगाउँछ। जसको कारण कम्प्युटरले गर्ने कामहरु सुस्तो हुन्छ। यसको विपरित डिफ्र्यागमेन्टेसनले कम्प्युटरको हार्ड डिस्कमा रहका फाइलहरुलाई क्रमबद्ध रुपमा यसरी मिलाउँछ ताकि उसले त्यसलाई छिटो भेट्न र खोल्न सकोस्। त्यसैले समय समयमा कम्प्युटरका ड्राइभहरुलाई डिफ्र्यागमेन्ट गर्नुपर्छ। यसो गरेको खण्डमा पनि कम्प्युटरको गति केही बढेको अनुभव गर्न सकिन्छ। डिफ्र्यागमेन्ट गर्नका लागि कम्प्युटरमा क्रमैसँग स्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको डिस्क डिफ्र्यागमेन्टर जानु पर्दछ। त्यसो त कुनै पनि ड्राइभका दायाँ क्लिक गरेर प्रोपर्टिजमा रहेको टुल भन्ने विकल्प (अप्सन)मा गएर डिफ्र्यागमेन्ट गर्ने बटन पाउन सक्नुहुन्छ।
अनावश्यक सुरुवाती प्रोग्राम हटाउने
05 Boost your computer Speed Disable Unnecessary StartUp itemsजब तपाइँ कम्प्युटर खोल्नुहुन्छ। कम्प्युटरसँगै विभिन्न सफ्टवेयरहरु पनि खुल्छन्। मेसेन्जर, नेपाली मिती र क्यालेण्डर, डाउनलोड मेनेजर लगायतका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुलिरहेका हुन्छन्। जुन तपाइँका लागि सँधै आवश्यक नभएपनि तपाइँको कम्प्युटरमा पृष्ठभूमिमा चलिरहेका हुन्छन्। जसले तपाइँको कम्प्युटर र इन्टरनेटको गति दुवैलाई सुस्तो बनाउँछन्। यस्ता सफ्टवेयरहरुलाई बन्द गराउनु भयो भने कम्प्युटरको गति कम्तिमा २० प्रतिशत बढ्छ। कम्प्युटरका सुरुवाती (स्टार्टअप) प्रोग्राम हटाउनका लागि तपाइँले कम्प्युटरको स्र्टार्ट त्यसपछि अल प्रोग्राम र एसोसरिजमा गएर त्यसमा भएको रन वीण्डोमा गएर msconfig टाइप गर्नुपर्छ। त्यसपछि गरिने इन्टरले तपाइालाई सिस्टम कन्फिगरेसनको विकल्पमा पुरयाउँछ त्यहाँ रहेको स्टार्टअप विकल्पमा गएर तपाइँलाई कम्प्युटरसँगै खुल्नु आवश्यक नभएका सफ्टवेयरहरुलाई नखुल्ने बनाउन सक्नुहुन्छ। स्टार्टअपमा देखिएका सफ्टवेयरहरु मध्ये आफूलाई आवश्यक नलागेकामा भएको ठीक (चेक)लाई हटाउनुस् र ओके गर्नुहोस्। तपाइँको कम्प्युटर अब छिटो खुल्छ

Sunday, May 12, 2013

जनावर प्रति बालमष्तिष्कको माया

       बच्चाहरू सकेसम्म खेल्न पाए निकै खुसी हुन्छन् । सकेसम्म केहि साथीहरू मिलेर खेल्न पाए उनीहरू निकै खुसी हुने गर्छन् । तर, ६ वर्षिय बालिका इमिली ब्लाड भने साथीसँग त रमाउँछिन् तर मानिस साथी होइन चिम्पान्जीसँग । उनी करिब २ वर्षको हुँदा देखी एक चिम्पान्जीसँग रमाउने, खेल्ने, खाने गर्दै आएकी छिन् ।
६ वर्षीय इमिलीले विगत चार वर्ष देखी एक चिम्पान्जीको साथित्व पाएकी छिन् भने चिम्पान्जीले पनि साथी अझ त्यो भन्दा पनि प्रेमीका पाएकोमा निकै खुसी देखिएको छ । यी दुईको चर्तिकला हेर्दा लाग्छ यी कुनै प्रेम जोडी हुन्, बालिका इमिलि प्रेमिका र चिम्पान्जी रिसी प्रेमी ।
तर, अब भने ती बालिका इमिलीलाई उक्त चिम्पान्जीबाट छुट्टाउने प्रयत्न गरिएको छ । उक्त चिम्पान्जी निकै ठुलो भएको र बालिकाका लागी हानिकारक हुन सक्ने भन्दै यी दुईलाई छुट्टयाउन खोजीएको हो । तर, यो निर्णय पूरा गर्नु निकै कठिन काम भएको समेत यी दुईको प्रेमले देखाइसकेको छ । हरेक क्षण साथमा नै रहेर एक-अर्कालाई खुसी राख्ने प्रयत्नमा देखिनुले यी दुईको माया निकै गाढा भइसकेको र सहजै छूट्टाउन नसकिने समेत बालिका इमिलीका बाबु तथा फोटोग्राफर ब्यारी ठान्दछन् । 
करिब १८ महिनापछी चिम्पान्जीको तौल अहिलेको भन्दा दुगुना हुने भन्दै अब पनि चिम्पान्जीलाई साथमा राख्न नसकिने उनका बाबुले जनाएका छन् । विगत ४ वर्षदेखी सँगै बस्दै आएका यी दुई सधै सँगै हुने हुनाले पनि यी दुईलाई छुटाउन निकै कठिन हुने देखीन्छ । यी दुईको प्रेमले पनि यीनीहरुलाई छूट्टयाउन निकै सकस खेप्ने छ ।
इमिलिका बाबुले उक्त चिम्पान्जीसँग छोरीको प्रेम अर्थात् मित्रता करिब ४ वर्ष पुरानो भएको बताएका छन् । उनले आफूले चिम्पान्जीसँगको इमिलिको पहिलो दिनदेखी नै हेर्दै आएको र उनीहरु एक अर्कामा निकै लिन रहेको आफूले पाएको बताएका छन् ।
उनले आफ्नी छोरी र चिम्पान्जीको विगत चार वर्षअघी देखिको क्रियाकलापलाई निकै नजिकबाट तस्विरमा उतारेका छन् । तस्विरमा दुई वर्षकी इमिलि र चिम्पान्जीको प्रेम देखी ६ वर्षको उमेर टेकेकी इमिलि र चिम्पान्जीको प्रेमलाई तस्विरमा यहाँ पनि देखाउने प्रयास गरिएको छ ।
हेरौ उक्त प्रेमलापका केही तस्विरहरू...
love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan love bet Six-year-old Emily Bland and Rishi the Orangutan

Sunday, April 14, 2013

हजुर यता पनि हेर्ने कि ? यदि तपाई छोराछोरी हुर्काउदै हुनुहुन्छ भने

521900_451416058209132_192771600_n


अभिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार गरियो भने भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको असावधानीले भविष्यमा पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्‍याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा नकारात्मक प्रभाव पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ। त्यसकारण छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं।
तँ नजन्मिएको भए हुन्थ्यो
धेरैजसो अभिभावक रिसाएका बेला छोराछोरीलाई यही भनेर गाली गर्छन्। क्षणिक आवेगमा बोलिएको यस्तो वाक्यले बालबालिकाको मनमा निकै उथलपुथल ल्याउँछ। आमाबुवाले त बोलिसकेपछि बिर्सेलान् तर छोराछोरीले कहिल्यै बिर्संदैनन्। यस्तो वाक्यबाट उनीहरू आफूलाई उपेक्षित महसुस गर्छन्। त्यसैलेजस्तै रिस उठे पनि अभिभावकले यस्तो कुराभन्नु हुँदैन।
आफ्नो भाइबाट केही सिक
सबै बालबालिकाको आ-आफ्नै क्षमता हुन्छ। त्यसैले अभिभावकको इच्छाअनुसार उनीहरू अघि बढ्न सक्दैनन्। छोराछोरीलाई अरूसिततुलना गरेर सम्झाउन खोज्नु उनीहरूको अवमूल्यन गर्नु हो। अझ हुर्किसकेका छोराछोरीलाई साना भाइ-बहिनीबाट केही सिक भनेर सम्झाउनु हुँदैन। आफूभन्दा सानाका अगाडि बेइज्जत हुनुपर्दा उनीहरूमा हीनताबोध हुन्छ। फलस्वरूप उनीहरू हुर्कने क्रमसँगै आमाबुवासित टाढिँदै जान्छन्। यसबाट कालान्तरमा अभिभावकलाई नराम्रो हुन्छ। त्यसैले अरूसँग तुलना गर्दा बालबालिकाको आत्मसम्मानमा नकारात्मक परिणाम आउँछ।
तिमी परिश्रम गर्दिनौ अभिभावकहरू बालबालिकाहरूबाट क्षमताभन्दा बढी सफलताको आशा गर्छन्। अपेक्षाअनुरूपको परिणाम नपाउँदा उनीहरू बालबालिका अल्छीभएको आरोप लगाउँछन्। बालबालिकाहरूका स-साना उपलब्धिमा पनि खुसी हुनुपर्छ। बालबालिकालाई धेरै मानसिक दबाब दिनु हुँदैन। उनीहरूको क्षमता पहिचान गरी व्यवहार गर्नुपर्छ। कहिलेकाहीँ अभिभावकलाई खुसी राख्न बालबालिकाहरू क्षमताभन्दा बढी गर्न खोज्छन्। यस्तो अवस्थामा तिमी परिश्रम गदैर् नौ भनियो भने नकारात्मक परिणाम आउन सक्छ। बढी श्रम गराएर बालबालिकाबाट उनीहरूको बालापन खोस्नु हुँदैन। उनीहरूको इच्छा एवं रुचिमा ध्यान दिएर व्यवहार गर्नुपर्छ।
तिम्रो संगत ठीक छैन
अभिभावकहरू छोराछोरीका साथीभाइका विषयमा प्रहरीले झैं सोधपुछ गर्छन्। कोसँग खेल्ने कोसँग नखेल्ने आदि कुराको निर्धारण पनि उनीहरू आफै गछर् न्। छोराछोरीका साथीहरूको मूल्याङ्कन पनि उनीहरू नै गर्छन्। बालबालिकाहरू साथीकामामिलामा निकै भावुक हुन्छन्। उनीहरू आफ्ना साथीका बारेमा नकारात्मक कुरा सुन्न रुचाउँदैनन्। बालबालिकाहरूलाई कुबाटोमा जान दिनु हुँदैन तर त्यसो भन्दैमा उनीहरूलाई हरेक समय तिम्रो संगत ठीक छैन भनेर चिढाउनु पनि हुँदैन।
यस्तो पहिरन लगाऊ त्यस्तो नलगाऊ
बाल्यावस्थामा विशेषगरी छोरीहरू पहिरन लगाउने कुरामा निकै सतर्क हुन्छन्। उनीहरू इच्छाअनुसारका पहिरनमा ठाँटिन मन पराउँछन् तर अभिभावकहरू आफ्नो इच्छा बालबालिकामाथि थोपर्न खोज्छन्। यसको परिणाम राम्रो हुँदैन। उनीहरू पहिरनका विषयमा गरिने नकारात्मक टीका-टिप्पणी मन पराउँदैनन्। त्यसकारण यस्तो पहिरन लगाऊ उस्तो नलगाऊ भन्नु हुँदैन। यस्तो पहिरन तिमीलाई सुहाउँछ भनेर सल्लाह भने दिन सकिन्छ।
तिमीले मलाई लज्जित बनायौ
अभिभावकले बालबालिकाहरूसित तिमीले गरेको गल्तीले मलाई लज्जित बनायौ भनेर ठाडै भन्नु राम्रो मानिँदैन। यसो गर्दा उनीहरू आफ्नो गल्ती लुकाउन थाल्छन्। त्यसैले बालबालिकाहरूले गल्ती गरे भने उनीहरूलाई ‘गल्ती मानवीय स्वभाव हो, अबदेखि यसो गरे राम्रो हुन्छ’ भनेर गल्ती सुधार्ने अवसर दिनुपर्छ। यसो गर्दा उनीहरूको आत्मविश्वास बढ्छ। अभिभावकको साथ पाए उनीहरू गल्ती महसुस गरी त्यसलाई स्वीकार गर्न पछि हट्दैनन्।
तिमी टेलिभिजनका कीरा हौ
बालबालिकाहरू कम्प्यटुरमा गेम खेल्न, टेलिभिजन हेर्न तथा साथीभाइहरूसँग फोनमा गफ गर्न रमाइलो मान्छन्। स्कुलबाट घर फर्किएपछि धेरैजसो बालबालिका यसै गर्छन्। यसमा उनीहरू तिमी टेलिभिजनका कीरा हौ’ भनेर हप्काउनुहुँदैन। टेलिभिजन बन्द गरी पढ्न दबाब दिनु हुँदैन। बरु उनीहरू लाई सबै कुराकोमहत्व बताउनुपर्छ, प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई टेलिभिजन हेर्दा पढाइमा असर पर्छ, आँखा बिग्रन्छ भनेर सम्झाउन सकिन्छ। कहिलेकाहीँ बालबालिकालाई उनीहरूले मन पराउने कार्यक्रम हेर्न बोलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई अभिभावकले आफ्नो ख्यालराखेको महसुस हुन्छ

Friday, March 22, 2013

गगन थापा लाई मोहनराज बरालको उपदेश

मोहनराज बराल “मुन” / बेलायत

कुनैबेला मानवशास्त्री सुरेश ढकाल भन्ने थिए । सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकप्रियता चुलिएको हो । ‘त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका छन् । फेरि मानवशास्त्रीले भनेका यी तिनमा रमेश खरेललाई आफ्नो प्रतिष्ठा बचाउन जति सजिलो छ बाकी दुईलाई पक्कै छैन भन्ने कुराको पुष्टी अहिले फेरि  बजारमा बाबुराममा देखिएको लोकप्रियताको गिरावटले दिन्छ । फेरि रमेश खरेलको केसमा कस्तो सरकार हुन्छ भन्नेमात्रै मुख्य प्रश्न हुन्छ । मानौ अहिले रमेश खरेलले केहि गरेनन भनेर कसैले प्रश्न सोध्न नपाउँदै उत्तर यति छिटो आउँछ कि विजय कुमार गच्छदार छन् त बरा के गरुन ?

सायद बाबुराममा नेपाली मिडिया र सामाजिक संजालहरुमा गिरावट आइरहेको  नजिकबाट देखेका गगन थापाले मिडियाबाटै प्रचण्डसँग चुनाव लडने उद्घोष गरेका छन्  । यो उद्घोष सँगै गगन थापालाई साहसी भन्दै उत्साह थप्नेहरु पनि उत्तिकै छन् । फेरि घमण्डी  र अहंकारी भनेर आलोचना गर्नेहरु नै उत्तिकै छन् । तर गगन थापाले के बुझ्न जरुरी छ भने आफु उभिएको यथार्थ धरातल के हो ? आफ्नो पाटी कुन हो ? आफ्नो पाटीका विचारहरु के के हुन् ? पाटीमा आफ्नो अवस्था र स्थान कस्तो छ ?पाटीले आफ्नो विचार सुन्छ कि नाई ? यी यावत कुराहरुलाई विचार गर्नैपर्ने हुन्छ ।

फेरि लोकतन्त्रमा विश्वास गर्छु । नेताहरु बुढा भए । अब युवाहरुको पालो भन्दै चर्को चर्को भाषण गर्दै हिँड्ने एक युवा नेता हुन् गगन थापा । के देशलाई साँच्चैनै लोकतान्त्रिक भएको देख्ने या लोकतन्त्रलाई देशमा संस्थागत गराउने हो भने पहिला आफ्नो पाटी नै लोकतान्त्रिक हुन जरुरी छ कि नै ? हिजोको २००७ सालदेखि हालसम्मको इतिहास हेर्नु भो भने तपाईहरु आफ्नैमा घात प्रति घातको राजनीति गर्दै आउनु भाको छ । देशले राम्रो र असल नेता मानेका किसनजी र गणेशमानहरु तपाईहरुकै यहि राजनैतिकका सहिदहरु भएका छन् । के लोकतन्त्रलाई संस्थागत गर्नेहो भने घात प्रति घातको राजनीतिलाई अन्त्य गर्न पर्छ कि ? फेरि देश युवाहरुले चलाउने हो भने किन दारी फुलेका ति बुढा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाई पाम भन्दै पुछार समाएर डेकेन्द्र थापाको लास खोज्दै दैलेख पुग्नु भो ? युवा आउनु पर्छ मुखले भन्ने । हातले बुढाको पुछार पनि समाउने र खुट्टाले बुढाको पाहिला पाहिला पछ्यौना नछोड्ने ? के देश युवाहरुले हाक्ने हो भने पाटीमा युवाहरु आउन जरुरी छ कि नै ?

फेरि आफ्नो पाटीमा अहिले युवाहरुको अवस्था हेर्नुश त कस्तो छ । फेरि हिजो तपाईको पाटीमा के थियो युवाहरुको अवस्था तपाईलाई थाहा नै होला । बीपी कोइराला युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । किसुनजी सभामुख हुँदा जल्दोबल्दो युवा नै हुनुहुन्थ्यो । शेरबहादुर देउवापनि युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । २०१७ सालसम्मको स्थितिलाई हेर्ने हो भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा ४५ वर्षभन्दा कम उमेरका नेताहरूको संख्या  ९५ % को हाराहारीमा थियो । फेरि २०४५ साल जति बेला तपाई कक्षा ८ मा हुनुहुन्थ्यो । त्यो सालकै केन्द्रीय समिति हेर्ने हो भने पनि आधाभन्दा बढी युवाहरू नै थिए । तर त्यसपछि भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरूको सहभागिता क्रमश : खस्कँदै जान थाल्यो । यतिबेला आइपुग्दासम्म नेपाली कांग्रेस केन्द्रीय समितिमा ६० वर्ष उमेर नाघेकाहरूको बाहुल्यता छ । फेरि मुलुकको कूल जनसंख्याको ९३ प्रतिशत हिस्सा ६० वर्षभन्दा कम उमेरका हुँदा तपाईको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिमा अधिकांश नेताहरूको उमेर ६० वर्षभन्दा बढी उमेर हुनु भनेको के होला ? यो ज्यादै सोचनीय पक्ष हो कि हैन ?

हुन त सबैलाई थाहा छ कि तपाई पार्टीसँग पनि लड्नु भा कै हो । गणतन्त्रको नारा लगाउँदा राजद्रोहको मुद्दा लागेर जेल बस्ने तपाईलाई दरबारियाको ट्याग भिराउँदा हच्किनु भएन । फेरि जतिबेला २०६२ भदौमा पोखरामा ने बि संघको महाधिबेसन हुँदै थियो त्यो बेलामा तपाईकै पाटीको निर्देशनमा ढुंगाको छपनीले तपाई माथि प्रहार गरेका थिए । सुरेन्द्रराज ज्ञवालीले नै आफ्नो टाउकोमा बगेको रगतको प्रवाह नगरी तपाईलाई ठूलो दुर्घटनाबाट बचाएका थिए । तैपनि तपाई पछि हट्नु भएन । लडिनै रहनु भयो । के अब  पाटी प्रतिको तपाईको लडाई सकिएको हो ? फेरि तपाई र तपाईको पाटीलाई हेर्दा खिलराज काण्डमा तपाईको कुरा सुन्दा  तपाईहरु पंचायतकालिन अवस्थाका मुखिया र गाउँका दासी जनता झैँ लाग्छ ।

अहिले खिलराज काण्डमा काँग्रेस नेताले किर्ते गरे । जालसाँची गरे भन्दै हिड्नु हुन्छ । फेरि चुनावमा टिकट दिए लड़छु भन्नेकुरा नि गर्नुहुन्छ । फेरि तपाई मुखियाको दासी हो कि हैन ? यदि तपाई दासी नहुने भए किर्ते र जालसाँची गर्ने मुखियासँग किन लड्ने आँट गर्न सक्नुहुन्न ? मानौ तपाईको दासीहुने नेता साथी हुनेहरु धेरै भए । प्रदिप नेपालको झैँ नैतिकता देखाएर पाटीमा राजिनामा दिन सकिन्छ नि ? नेपाली काँग्रेसको इतिहास हेर्दा जसले पाटीमा अग्रगामी विचार दिन्छ त्यसले चुनाबमा टिकट पाउँदैन । यो कुराको उदाहरण २०५६ सालमा नरहरि आचार्य लगायतका अन्य नेताहरु र २०६४ सालको संबिधान सभाको चुनाबमा तपाई स्वयं हुनुहुन्छ । अनि फेरि तपाईलाई आफ्नै उमेर समुहका त्याग, तपस्या र समर्पणका बलिदानको कीर्तिमानी रचेर आएका माओबादी युवा नेताहरु जसको नाम न त मिडियामा नै सुन्न्थियो न त कतै । तिनै युवाहरु जनताको भोटले तपाईको मुखिया बाहरुलाई जितेर आउँदा तपाई पाटीको “टिका प्रथा” बाट छिर्नु भो । वास्तबमा तपाई गएको बाटो बाट त विभिन्न क्षेत्रका बिज्ञहरु  छिर्न पर्ने हो । यो बाटोबाट जाँदा आफ्ना उमेर समुहका दलित, जनजाती,उत्तपिडित,  सहिद परिवार, अपाङ्ग आदि देख्दा औडाहा चल्दो हो !

मुखिया बाको कस्तो दासी भने गोबिन्दराज जोशीलाई भ्रस्टाचारी भनेर सम्मानित अदालतले जेल हाल्दा खै स्वागत ? उल्टै किन जेल भनेर लबिङ्ग गरिरहदा उता आफ्नै उमेर समुहका माओबादी युवाहरु आफ्ना नेता बिरुद्द  लडाकुको रासनपानीमा भ्रस्टाचार गरेको भएर आन्दोलन गर्दा कस्तो पोल्दो हो । जेलर शिव पौडेल जसलाई ठेक्का पट्टा बिबाद भएर अर्को कैदीले हत्या गरेका थिए । यिनलाई लागेको मुद्धा फिर्ता र सहीद घोषणा गर्नुपर्ने, राहत दिनुपर्ने अडान राखेर नेपाल बन्द गर्दा ति युवाहरु जसले आफ्ना बेपत्ता भएकाको खोजिकोलागि या आफ्ना सहिद परिवारलाई तपाईहरुले कैदीको लागि जति हर्कत गर्नु भो जति देशलाई बन्दक बनाउनु भो त्यो यिनले नगर्दा कति पोल्दो हो ।
गगन थापा जी,
तपाई स्वीकार गर्नुस या नगर्नुस । तपाई पाहिला दासता बाट मुक्त हुनैपर्छ ! पहिला पाटीमा लड़नुस । यस्तो होस् न हिजो देवकोटाले शंकर लामिछाने लाई “रेपिटेसन अफ सेम लाईन ह्याज नो मिनिंग”भन्दा नि लामिछाने साहित्यमा आए झैँ अहिलेको युवाहरु पनि राजनीतिमै आउन न । थापा जी तपाई पाटी मै लड्न पर्ने यावत कुरा छन् । तर तपाईको टिकट सुरक्षित नै नगरी प्रचण्ड सँग चुनाव लडने चुनौती दिँदा तपाईलेनै टिकट पाउने के भर ? तपाईको पार्टी त्यहि हो २०६४ मा नि टिकट पाउनु भएन । नेता उही हुन् । जति चर्को कुरा गरे पनि तपाई कान्छो को कान्छो नै हो टिकट पाउन । तपाईले प्रचण्डलाई चुनौती दिईराख्दा तपाईलाई सरल सहयात्रीले चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन भन्दै चुनौती दिएका छन् ! फेरि हिमाल शर्माले  तपाईलाई सालिन र सभ्य तरिकाबाट जवाफ फर्काएका छन् उनको उत्तर यस्तो छ
“प्रीय मित्र गगन थापाजी, अलि हतार भयो की ? आफ्नो जेन्टलनेस नघटाउनु होस् । सर्वप्रथम निर्वाचनको ग्यारेन्टी गरौं । पहिला कांग्रेस पार्टिबाट टिकट पक्का गर्नुस् । हामी पनि तपाईको च्यालेञ्ज सामना गर्न आतुर छौ ।”

हिमाल शर्मा तिनै हुन् तपाई हजुरको मुखियाबाको फेरिया समातिरहँदा सरकारी शिक्षाको सुधार भन्दै नेताहरुले आफ्नो छोरा छोरी सरकारी स्कुलमा हाल्नपर्छ भन्दै चीनमा एम बि बिएस गर्दै गरेको छोरालाई झिकाएर नेतालाई चुनौती दिने हुन् हिमाल शर्मा । जनतालाई नपचेको र लोक लाई नै हँसाउने गरि जेलरलाई सहिद बनाउनै पर्छ भनेर हजुर प्रधानमन्त्री सँग धर्ना दिन जाँदा राष्टसंघले कारवाही गर भनेका भैरबनाथ गणका मानवअधिकार हननको आरोपीलाई बढुवा नगर भनि घर्ना दिने हुन् हिमाल शर्मा । फेरि तपाई सडकमा आन्दोलन गर्दा र मिडियामा ठुलो ठुलो अक्षरको समाचार र फोटो आउँदा तपाईकै जस्तै माग लिएर भैरवनाथ गणमा तपाईकै नेताले टाउकोको मुल्य तोकिएर नर्कको जीवन बिताएका बन्दि पनि हुन् हिमाल शर्मा ।

गगन थापा जी,
तपाई देशको हिरो नै हो । मिडियाको हिरो पनि हो । तर यो नभुल्नुस तपाईको देशप्रतिको योगदानको बारेमा लेखिँदा अक्षरको रंग सधै कालो नै हुन्छ । तर हिमाल शर्माहरुको यदि लेखियो भने कालो रंगको अक्षर भैकन रातो हुन्छ । फेरि तपाईले प्रचण्डलाई कालो अक्षरले दिएको चुनौतीमा हिमालहरुको रातो अक्षरले लेखिएको जवाफले कत्तिको पोल्यो
? तपाईलाई याद नै होला रामायणमा वालीले रामलाई मर्ने बेलामा के भन्छ भने मलाई नमारेको भए सीतालाई त म “तु”  ल्याईदिने थिएँ । वालीले त्यसो भन्नु र तपाईले पार्टीले टिकट दिए भन्नु उही नै हो ।

थापा जी यो कलियुग हो । ‘दियो भने’, ‘गरे भने ‘र ‘भए भने ‘जस्ता कुरा किन गर्नु हुन्छ । साँच्चै प्रचण्डलाई चुनौती हो भने भन्ने मात्रै हैन प्रचण्ड उठेको ठाउँमा यदि पाटीले टिकट दिएन भने स्वतन्त्र रुपमा नि लड़छु भनेर मैदानमा आउनुहोला । के अठोट, चुनौती र बहादुरी यहि हैन र ? नत्र “चुनाव जित्ने एजेण्डाले हो । अनुहारले हैन ।

आफूलाई धुरी बनाउँदै सस्तो प्रचारवाजी र हल्ला गरेर जनसमुदायमा भ्रम छर्ने प्रवृती राम्रो संस्कार होइन” भनेर हिमाल शर्मा ले भने झैँ हुनेछ । यथार्थको धरातलमा उभिएर फलाक्नु पर्छ । देशमा योजनाबिनाको पार्टीको हिरो र दिशाबिहिन पार्टी अर्कोको योजनामा लत्तारिने पार्टीको दासीहरु हुनुभन्दा पहिला आफ्नो पार्टीलाई एक योजना दिएर अरु पार्टीपनि आफ्नो पार्टीमा लत्तारिने बनाउनुहोस । तपाई फलानोसँग लड़छु भनेर फुर्ति दिनै पर्दैन ।  फेरि एक दासी जसले फलानोसँग चुनाब लडेर या चुनाव जितेर पनि आखिर हुने दासीनै हो भने यो फुर्ति किन ? के टिके सभासद भएर संबिधान सभाको प्रचण्ड जस्तै “उही ड्याङको मूला” भएका गगन थापालाई हिमाल शर्माको उत्तर काफी छैन र ?

Wednesday, March 20, 2013

*जानी राखे राम्रो *


# साङ्ग्ला आफ्नो टाउको काटिएपनि धेरै हप्ता सम्म बाँच्न सक्छ।

# मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।

# आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

# Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।

# मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,०००(एक लाख) पल्ट
धड्किन्छ ।

# University of London मा गरिने सबै important meeting हरुमा "Jermy
Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।


# दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।

# हात्ती नै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।


# मानिसको शरीरको सबै हड्डीहरु मध्ये बाट एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।


# हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।


# हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।


# महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउँछन ।


# महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।


# कलर नमिसाउने हो भने coca-cola को रंग हरियो हुन्थ्यो ।


# हात्तीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।


# संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर धेरै हुने गरेको छ ।


# धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ।


# उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।


# गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।


# संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic,
Chinese, Russian र Spanish हो ।


# देउताको नाम बाट नजुराइएको एउटै planet पृथ्वी (Earth) हो ।


# हामी जन्मिदा शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।


# डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।


# आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।


# उल्लुनै यस्तो चरा हो जसले निलो कलर देख्न सक्छ ।


#जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।


#मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।


#Ostrich को आँखा उसको दिमागभन्दा ठुलो हुन्छ ।


धन्यवाद तपाईको महत्वपुर्ण समयको लागि।

Sunday, March 17, 2013

पाँच पतिहरुकि एक्लि श्रिमति

                नयाँ दिल्ली, चैत ५ (एजेन्सी) - पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए। ठ्याक्कै उस्तै सुनिने गरी भारतकी एक २१ वर्षीया युवती राजो वर्माका अहिले पाँच पति छन्। महाभारतमा जस्तै सबै दाजुभाइ। अनि त्यसमा जस्तै पालैपालो उनी दाजुभाइसँग सुत्ने गर्छिन्।
कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि पश्चिमी ट्याब्ल्वाइडहरुका लागि यो अनौठो खबर बनेको छ। राजो सुरुमा आफूलाई अनौठो लागे पनि अहिले बानी परिसकेको बताउँछिन्।
आधिकारिक रुपमा भने उनका एक पति मात्र छन् २१ वर्षका गुद्दु। चार वर्षअघि १८ वर्ष पुगेपछि उनले विहे गरेका थिए। तर गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार गर्नुपर्‍यो। 
उनीहरुको एउटा बच्चा पनि छ १८ महिनाको। राजोलाई छोराको बुबा को हो थाहा छैन।

चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन थापा!!




सरल सहयात्री
युवा नेता गगन थापाज्यू,

एकजना राजनैतिक सहकर्मीका रुपमा म तपाईलाई देशको राजनीतिमा एउटा उर्जाशील भविष्य बोकेको युवा नेताका रुपमा चिन्दछु । देशले तपाईमा जागृत उर्जाको सदुपयोग लामो समय गर्न पाउनुपर्छ । तपाईप्रति अपेक्षा राख्ने एउटा तप्काको चाहना हो यो । साथसाथै तपाईले बिर्सन नहुने अर्को सत्य के हो भने, धेरै जुझारु राजनैतिक युवा नेताहरुलाई नेपालको राजनैतिक कालो बादलले छोपेर राखेको छ । तपाई ती ‘भाग्यमानी’ युवाभित्र पर्नुहुन्छ, जो त्यो बादलभन्दा बाहिर देखिन सक्नुभएको छ । त्यसको मूख्य भुमिकामा तपाईको योगदानको साथसाथ संञ्चार जगतको ठूलो भूमिका रहेको कुरामा सायद तपाईभित्र पनि विवाद नहोला ।

saralजे होस, मेरो विषय तपाइको प्रसंसा गर्नु होइन । वरु तपाईको पछिल्लो अभिव्यक्तिप्रति सुझाव गर्नु हो । केही समय अगाडि तपाईले कुनै कार्यक्रममा बोल्नुभएको थियो ‘म प्रचण्ड लडेको कुनै पनि क्षेत्रवाट लडेर जित्ने छु’ । मलाइ लागेको थियो – कहिलेकाहिं युवाहरुमा संवेगको उत्कर्षको रुपमा यस्ता अभिव्यक्ति हुन्छन् नै, जुन मेरो समेत अनुभव हो । तर रेग्मी नेतृत्वको चुनावी सरकार बन्नासाथ अनलाइनखबरमार्फत तपाईले सो अभिव्यक्ति दोहोर्‍याएर मलाई प्रतिक्रिया लेख्न बाध्य बनाउनुभएको छ ।

तपाईले चुनाब जित्नुहोला, वा हार्नुहोला त्यो भविष्यको कुरा हो । तर, अघिल्लो चुनावको तीतो सत्य के छ भने एमालेका जिम्वेवार नेताहरुले काठमाण्डौंभित्र तत्कालीन माओवादीसंगको सहकार्यलाई खिल्ली उडाउदै ‘१६ औं क्षेत्रमा मात्रै सहकार्य गर्नुपर्ला π’ भन्ने अभिव्यक्ति दिएका थिए । परिणामतः माधव नेपाल नै हारेर काठमाण्डौमा एमालेको नील भयो । भलै यस्ता उदाहरण र तथ्यांकहरु राजनीतिका लागि सान्दर्भिक मानिँदैनन् । तर, फलेको फल नुहिएको हुन्छ भन्ने नेपाली उखान चाहिँ सार्वभौम छ । तपाईले देखाएको घमण्डले युवाहरुको उर्जालाई मुडाग्रहमा रुपान्तरण गर्ने जवरजस्त कोशिस गरेको छ ।

थापाजी, हामीले आजको परिवेशमा राजनीतिको केही प्रवर्गबारे अलि गहिरो बहस गर्न आवश्यक भएको छ । दक्षता र राजनीतिवीच के फरक छ ? यसले समाजमा के असर पारिरहेको छ ? यसले राजनीतिमा र पार्टिभित्र कस्तो प्रकारको असर पारिरहेको छ ? यो अध्ययनमात्र होइन, हरेक पार्टीभित्रको कार्यान्वययनको विषय बनाउने गरी बहसको आवश्यकता छ । आजको हाम्रो समाजमा बुद्धिजीवी र राजनीतिज्ञवीचको मूख्य भिन्नता भनेकै वुद्धिजीवीहरु दक्ष तर मनोगत हुने, तथा राजनीतिक व्यक्तिले दक्षतामा ध्यान नदिने र व्यावहारवादी हुने भएको छ । वुद्धिजीवीहरु आफ्ना मनोगत अध्ययनलाई समाजका अन्तरविरोधसंग मेलै नखाने गरी हुबहु प्रयोग गरियोस् भन्ने ठान्छन् । आफुलाई देशको सबभन्दा उत्तरदायित्व भएको अब्बल व्यक्ति ठान्छन् । यता राजनैतिक व्यक्तिहरु यथार्थसंग खेल्दै अगाडि बढेका हुन्छन् । भलै दक्षता पूर्ति गर्ने कुरासँग मेल नखाँदा उनीहरुको विरोध हुने गरेको छ । जस्तोसुकै भएता पनि कोठामा बसेर हजारौं किताव अध्ययन गर्नेभन्दा समाजमा गएर हजारौं अन्तरविरोधसंग खेल्ने व्यक्तिले परिस्थितिको ठीक ठीक मूल्यांकन गर्न सकेका हुन्छन् र तिनैले देशलाई ठीक तरिकाले अगाडि लैजान सक्छन् ।

अहिलेको परिवेशमा कुशलता र दक्षताले कुशल राजनीतिज्ञलाई सघाउने र कुशल राजनीतिज्ञले दक्षहरुको सहयोग लिने सौहार्दता हुनपर्नेमा यी दुबै प्राणीहरु आफ्नो दुनो सोझ्याउनमा मस्त छन् । तर, वुद्धिजीवी र राजनीतिज्ञमध्ये वुद्धिजीवीको मनोगत हठ नै सबैभन्दा खराब हो । उनीहरु समाजको अन्तरविरोधहरुलाई सही तरिकाले मूल्यांकन गर्न चुकेका हुन्छन् र आफ्नो वौद्धिक मूर्खताबाट पछारिँदासमेत चेत खाँदैनन् । तपाई आफैं भन्नुस् यी दुई प्राणीमध्ये तपाई कुनचाहिँमा पर्नुहुन्छ ? अर्थात यी दुबैको संयोजनमा बनेको एक शालीन, उर्जाशील र अपेक्षाकृत युुवा बन्ने अभियानमा हनुहुन्छ ? यो छनौटको चुनौति हामी आम युवाकै हो, जसमा तपाई अलग हुनुहुन्न ।

गगनजी, विषयलाई केहीबेर फरक प्रसंगमा मोडेर चर्चा गरौं । वास्तवमा तपाई र मेरो वीचमा के-के भिन्नता होलान् ? सामान्यतया भन्न सकिएला । जस्तैः तपाई नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ उर्जाशील कार्यकर्ता हुनुहुन्छ र म अहिलेको नेपालको ठूलो र नयाँ पार्टी एनेकपा माओवादीको उर्जाशील कार्यकर्ता हुँ । तपाईले आफ्नो पार्टीको दर्शनअनुसार सडक संघर्षबाट आफ्नो जीवनको उर्जाशील समय राजनीतिमा खर्च गर्नुभएको छ र मैले मेरो पार्टीको दर्शनअनुसार त्यो समय जनयुद्धको मोर्चामा खर्चिएको छु । तपाई लोकतान्त्रिक गणतन्त्रका लागि लडें भन्नुहुन्छ र म जनवादी गणतन्त्रको लागि लडें भन्छु । तपाई शान्तिपूर्ण संघर्षको कुरा गर्नुहुन्थ्यो र म सशस्त्र युद्धमा विश्वास राख्थें । तपाई समानुपातिकबाट सभासद हुनुभयो र म क्यान्टोनमेन्टभित्र बसिदिँदा देशमा केही हुन्छ की भन्ने ठानेर बसें । आज राजनीतिको चासो राख्ने सबैले सजिलै तपाइलाई चिन्न सक्छन् तर मलाई शायद एकाध कसैले मात्र चिन्ला ।

तपाई र ममा के समानता छ ? यो पनि हेर्ने कोशिस गरौं । सामान्यतया तपाईले विद्यार्थी राजनीतिवाट राजनीतिको शुरुवात गर्नुभयो र मैले पनि त्यहींबाट । तपाई राजतन्त्रको विरुद्धमा सडकमा खडा हुनुभयो, म पनि राजतन्त्रको विरुद्ध युद्धमोर्चामा खडा भएँ । तपाईले पार्टीभित्रको कु-परम्पराको विरुद्धमा निरन्तर आवाज उठाउनु भएको छ र म पनि आफ्नो पार्टीभित्र लडिरहेको छु । अबको राजनीतिमा युवाहरुको भूमिका पार्टी तथा सरकारमा अगाडि हुनुपर्छ भन्ने मान्यता तपाई राख्नुहुन्छ र म पनि त्यही मान्यता राख्छु । अबको राजनीति दक्ष र रोजगारसहितका युवाले गर्नुपर्छ भन्ने तपाई ठान्नुहुन्छ र म पनि त्यही भन्दै आइहेको छु ।

हरेक क्षेत्रमा युवाहरुको सक्रिय भूमिकाले मात्र यो देशको परिवर्तन संभव छ भन्ने मान्यता सायद हामी दुवैजना राख्छौं । सायद धेरै भिन्नता र समानतामध्य माथिका केही मुख्य कुरा हुन सक्लान् π तर, माथि उल्लेखित समानता वा असमानताका आधारमा मूल्यांकन गर्ने हो भने तपाई र मेरो वीचखासै फरक हुनु नपर्ने हो । हामीवीचको फरकमध्ये महत्वपूर्ण फरक अर्को पनि छ । गगन थापा राजनैतिक मिडियाको हिरो हो । त्यसमा कसैको दुईमत छैन । यसमा युवाहरुले गर्व गर्नुपर्छ । मेरो कुनै अपसोच छैन । तर, मेरो थप कुरा यतिमात्र हो, तपाईमात्र त्यस्तो युवा सुपरम्यान होइन, जो यो देशको राजनीतिक कायपलट एक्लैले गर्न सक्नुहुन्छ । तपाइलाई यो जानकारी हुन जरुरी छ कि तपाई बराबरका युवाहरु देशको राजनीतिमा धेरै छन् । फरक यति हो, उनीहरुका साथमा तपाइका साथमा जस्तो मिडिया छैन । अर्थात सबैले चिन्नु र सबैलाई जित्नुमा धेरै फरक छ भन्ने कुरा तपाइजस्तो वौद्धिक राजनीतिक युवा नेताले बुझ्नै पर्छ । साथसाथै देशमा विकाश भइरहेको मिडिया र आर्थिक सामाजिक रुपले पछाडि रहेको समाजको अन्तरविरोध वीचमा फरक छुट्याउनै पर्छ । अन्यथा निकै ठूला वादशाह पनि आज जंगलको बास बसेर मन्दिरको भ्रमण गर्दै समय व्यतीत गर्छन् भन्ने कुरालाई नजर अन्दाज गर्नुहँुदैन । व्यक्तिलाई चिन्नु र व्यक्तिलाई छान्नुका वीचमा आकाश र जमीनको फरक छ ।

सबभन्दा धेरै व्यक्तिलाई देखेको र सुनेको आधारमा चुनावमा जितिने हो भने आजभन्दा २० वर्ष अगाडि नै राजेश हमाल नेपालका राष्ट्रपति भइसक्ने थिए होलान । त्यो अर्कै कुरा हो । नायक फिलिम हेरेर देशलाई परिवर्तन गर्छु भन्ने सपना प्रचण्डले पनि नदेखेका होइनन् । तर, सिष्टमलाई परिवर्तन गर्न व्यक्ति महत्वपूर्ण भएता पनि आम रुपमा जनतालाई परिवर्तनको एजेण्डा जानकारी हुन अत्यावश्यक छ । कोही युवा हँुदैमा, देश बन्ने पनि होइन र कोही बुढा हुनेवित्तिकै देश बर्वाद हुने पनि होइन । मूल रुपमा आवद्ध भएको पार्टीको संस्थागत मान्यता के हो, त्यो नै देशका लागि काम लाग्ने चिज हो ।

अन्तमा, यावत कुरा गर्नुको मेरा लक्ष तपाईलाई प्रचण्ड उठ्ने चुनावक्षेत्रबाट भड्काएर प्रचण्डलाई सुरक्षित गर्नु होइन । यथार्थको धरातलमा तपाई हुनुहुन्छ भने र देशमा केही गरौं भन्ने लागेको छ भने तपाई अरुलाई पछार्ने अभियानमा नलाग्नुस् र आफु कहाँबाट जित्न सक्नुहुन्छ, त्यहीँबाट जितेर केही गर्ने सोच राख्नुस् । होइन भने तपाई आजको युवा नेता होइन, पूर्वाग्रहले ग्रसित परम्परागत सोच भएको र उमेरले मात्र युवा नेता कहलिनु हुनेछ । होइन, तपाईलाई चुनौतीमै खेलेर, दुनियाँलाई देखाएर अर्थात मिडियामा हिरो कहलिएर नै आजको युवाहरुको भुमिका राजनीतिमा पर्याप्त छ भन्ने लाग्छ भने धेरै ठूला कुरा नगरिकन मेरो जिल्ला सिन्धुपाल्चोकमा आउनुस् र कम्तिमा कांग्रेसलाई सिन्धुपाल्चोकमा जिताएर देखाउनुस् । तपाईलाई सायद धेरै मान्छेले मान्न सक्छन् । तर, तपाई कतै जाँदैमा वा आउँदैमा तपाईका पछि दगुर्ने गणेशमानजीका पालाका ‘भेडाहरु’ आज कहाँ छन् र देशमा ?

     युग मगर द्वारा लिखित

Thursday, February 7, 2013

९ वर्षीया बालिकाले बच्चीलाई जन्म दिइन्!


feb 06 । मेक्सिकोमा ९ वर्षीया एक बालिकाले एक बच्चीलाई जन्म दिएकी छिन् । स्थानीय अधिकारी र बालिकाका परिवारले यस कुराको पुष्टि गरेका छन् । बालिका गर्भवती भएको समयमा उनको उमेर ८ वर्ष भएको जनाइएको छ । ९ वर्षीया बालिकाले पछिल्लो महिना जोकिपान अस्पतालमा ५ दशमलव ७ पाउन्डको बालकलाई जन्म दिएकी हुन् । ९ वर्षीया आमा र बच्चाको स्वास्थ्य राम्रो भएको बताइएको छ भने उनीहरुलाई अस्पतालले समेत छुट्टी दिईसकेको जनाइएको छ । नवजात पिताको उमेर भने १७ वर्षको रहेको बताइएको छ भने उनको पहिचान भएको छैन । युवक फरार भएको जनाइएको छ । अधिकारीहरुका अनुसार बालिकाले बच्चाको बाबुको नाम मात्रै जान्छिन् । अस्पतालबाट छुट्टी पाएपनि सानै उमेरमा आमा बनेका कारण बालिका र उनको बच्चालाई नियमित परीक्षणमा रहन अस्पतालले भनेको बताइएको छ । कलिलै उमेरमा आमा बनेको घटना यो नै पहिलो भने होइन । गतवर्ष पनि कोलम्बियाकी एक १० वर्षीया बालिकाले एक बच्चालाई जन्म दिएकी थिइन् 

Thursday, January 31, 2013

भूतको जुलुस (फोटोफिचर सहित)



                         हामीकहाँ प्राकृतिक प्रकोपबाट पीडितहरुको उद्दार र सहयोगका लागि भन्दै वर्षायाम लाग्नै बित्तिकै विभिन्न संस्थाहरु चन्दा सहयोग माग्दै हिड्छन् । माइकिङ गर्नेदेखि लिएर ब्यानर बोकी डुल्ने र सांगितिक कार्यक्रम समेत हुन्छन् ।

तर इण्डोनेसियामा भने बाढि पीडितका लागि आर्थिक सहयोग जुटाउन भन्दै भुतको जुलुस निकालिएको छ । इण्डोनेसियन जोम्बी क्लबका युवाहरुले राजधानी जकार्तामा भुत जुलुस निकाले ।

 

जसमा युवाहरु विभिन्न डरलाग्दा भुतको जस्तो अनुहार बनाएर सडकमा उत्रिएका छिन् । भुतको जुलुसमा सयौं युवा सहभागी थिए ।




Friday, January 25, 2013

सल्मान खानले अब बिबाह गर्ने

             नायक सलमान खानले  अब बिहे गर्ने पक्का भएको छ  उनले बिभिन्न सञ्चारमाध्यममा भन्ने गरेका थिए जब मेरो मुद्दा किनारा लाग्छ तब बिबाह गर्ने छु । उनले  एउटा मुद्दाबाट  हिजो छुटकारा पाएका हुन।                   

बिहिबार लामो समयदेखि खेपिरहेका एक मुद्दाबाट छुटकारा पाएका छन् । हरिणको शिकार गरेको आरोपमा सलमानले खेपिरहेको मुद्दालाई अदालतले खारेज गरेको हो । सलामनले सन् १९९८ मा जोधपुर नजिकै रहेको ककनी गाउँमा दुई वटा कालो हरिणको शिकार गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।
यो मुद्दाको फैशला आइतबार हुने बताइएको थियो । अदालतका न्यायाधिश पी सदाशिवमले सलमानको उक्त मुद्दा खारेज गरेका हुन् । राजस्थान सरकारले सलमानसँगै अन्य ४ व्यक्तिले भारतको दण्ड संविधानको बिरुद्धमा यो कदम चालेको भन्दै हालेको मुद्दा अदालतले खारेज गरेको हो 

Thursday, January 24, 2013

हास्न मन लागे यि फोटा हरु हेरेर हास्नुस

हास्नु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हाँस्ने मान्छेको आयू बढ्छ भनिन्छ । हँसिलो मान्छे अरुका नजरमा पनि राम्रो गनिन्छ । तर हाँस्ने वा मुस्कुराउनका लागि समेत त केही विषय चाहियो ।
हामीले हाम्रा पाठकवृन्दको यहीँ भावनालाई ध्यानमा राख्दै यहाँ खोजबिन गरेर केही त्यस्ता तस्वीर पस्केका छौँ, जो हेर्दा यहाँलाई रोचक लाग्नेछ र हाँसो छुटाउनेछ ।