Sunday, April 22, 2012

होसियार ! जुलाईदेखि इन्टरनेट नचल्न सक्छ बेलैमा सच्याउने कि

YRB


अहिले तपाई इन्टरनेट चलाउँदै हुनुहुन्छ तर जुलाई अर्थात अबको दुई महिनापछि तपाईको कम्प्युटरमा इन्टरनेट सुविधा नचल्न सक्छ । यसको अर्थ हो, जुलाई महिनादेखी फेसबुक, ट्विटर, अथवा अरुकुनै पनि साइट तपाई आफ्नो यो कम्प्युटरबाट खोल्न सक्नुहुन्न, तपाईको कम्प्युटरको इन्टरनेटसँगको नाता टुट्नेछ, यदि तपाईको कम्प्युटर प्रभावित भएको छ भने अनि तपाईले एफबिआइले भने झै केहि क्लिक गर्नु भएन भने । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ) ले दिएको चेतावनी हो यो । उसले भने झै नगर्ने प्रभावित कम्प्युटरहरुमा आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि कुनै साइट खुल्ने छैन । यसरी इन्टनेरसँग नाता टुट्ने कम्प्युटरको संख्या लाखौ हुन सक्ने एफबिआइले बताएको छ । यसैले यो पुरा समाचार पढ्नुहोस् र आफ्नो कम्प्युटरलाई बचाउँनुस् । अहिले नै केही क्लिकमात्र गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्नहुनेछ ।


भएको के हो ?
तपाईलाई इन्टरनेटका बारेमा थाहा भए ह्याकरका बारेमा पनि पक्कै थाहा होला । ह्याकरहरु इन्टरनेट मार्फत कम्प्युटरमा वा तपाईको डाटा भएको स्थानमा पुग्छन् । र तपाईका डाटाहरु चोरेर वा अरु कुनै किसिमले तपाईलाई दुख दिन्छन् ।

यस्तै अन्तराष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरहरुलाई प्रभावित पारिसकेका छन् । संख्याको हिसाबमा हेर्ने हो भने यसरी ह्याकरहरुले प्रभावित गरेका कम्प्युटरको संख्या लाखौमा हुन सक्छ । यस्ता ह्याकरहरुले विश्वभरी नै जालो फैलाएका छन् । तपाईले थाहै नपाई तपाईको कम्प्युटर पनि यस्ता ह्याकरहरुको निशाना बनिसकेको हुन सक्छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले यस्ता ह्याकरहरुबाट अमेरिकाको सरकारी कम्प्युटरलाई बचाउँन एउटा सुरक्षा सिस्टमको जालो बनाएको थियो । अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ । यसैले अब ह्याकरहरुको निशानाबाट बच्न प्रभावित कम्प्युटरबाट ह्याकरहरुको निशाना हटाउँन या थप कम्प्युटर वा डाटाहरुलाई बचाउँन त्यस्ता कम्प्युटरबाट आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि इन्टरनेट चलाउँन नमिल्ने बनाउँन लागिएको हो ।

अब के गर्ने त !
प्रभावित कम्प्युटरहरुबाट इन्टरनेट चलाउँन नमिल्ने बनाउँनु भन्दा पहिले एफबीआइले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर कम्प्युटर ह्याकरहरुबाट प्रभावित हो कि हैन हेर्न मिल्ने व्यवश्था गरिरहेको छ । यदि प्रभावित हो भने त्यहीँबाट सजिलै यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको पनि छ ।

एफबिआइले बताए अनुसार तपाईले आफ्नो कम्प्टर प्रभावित भएको छ कि छैन भन्ने थाहा पाउँन यो लिंकमा क्लिक गर्नु पर्ने छ । लिंक (http://www.dns-ok.us/)

मैले यो लिंकमा क्लिक गरेर आफ्नो कम्प्युटर प्रभावित भयो कि भएन भनेर जाँच गर्दा यस्तो देखियो ।



यसको अर्थ हो मेरो कम्प्युटर सुरक्षित छ । हरियो आए तपाईको कम्प्युटर पनि सुरक्षित नै रहेको थाहा हुन्छ ।

तर यदि यसको सट्टा रातो आयो भने सम्झनुस् तपाईको कम्प्युटर ह्याकरहरुबाट प्रभावित छ । के अब तपाईले असारदेखि इन्टरनेट चलाउँन पाउँनुहुन्न ? हैन, रातो आए यो लिंकमा जानुस् र आफ्नो कम्प्युटर फिक्स गर्नुस् । लिंक (http://www.dcwg.org/fix/)



सन्दर्भ स्रोत :
sangalo
http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.usatoday.com/tech/news/story/2012-04-20/internet-woes-infected-pcs/54446044/1

Friday, April 20, 2012

पेन्सिलका मुर्ति १ हजार देखि ८ हजार डलर सम्ममा

कला भनेको मानिसको विचित्रको सिर्जना हो ।
कलाकारिताको प्रयोगबाट धर्तिमा भएका जुनसुकै पदार्थलाई पनि मनमोहक बनाउन सकिन्छ, जसलाई देख्नेले वाह भनोस् ।
अमेरिकाकी एक महिलाले लेख्नको लागि प्रयोग गरिने पेनसिलको प्रयोग गरी विचित्रका कला प्रस्तुत गरेकी छिन् ।
उनले पेन्सीलको प्रयोगबाट निकै मनमोहक तथा अद्भुत मूर्ती तथा आकृतिहरु तयार पारेकी छिन् ।
म्यासाच्युसेट्सकी जेनिफर मेस्ट्रे नामकी ती कलाकारले विभिन्न रंगका पेनसिललाइ एक आपसमा जोडेर कलात्मक मूर्ती तयार पार्ने गरेकी छिन् ।
एउटा मूर्ती बनाउन झण्डै १ हजार वटा पेनसिलको प्रयोग गर्नुपर्ने उनी बताउँछिन् ।
उनले १३ वर्षदेखि यसरी पेन्सिलका मूर्ती बनाइरहेकी छिन् ।
 एउटा मूर्ती तयार पार्न दुइ महिनासम्मको समय लाग्ने गरेको उनको भनाइ छ ।
 त्यस्ता पेन्सिलका मर्ूर्तिलाई १ हजार देखि ८ हजार डलर सम्ममा बेच्ने गरेको उनी बताउँछिन् ।
 हेरौँ उनका केही पेन्सिलका मूर्ती

Wednesday, April 4, 2012

उडने कार सफल परिक्षण भिडियो सहित


  तुरुन्तै उड्न  पाए हुन्थ्यो भनेर तपाई  सोच्दै हुनुहुन्छ र यो चाहना पुरा हुन सकिराखेको छैन भने न आतिनुस अब  तपाईको यो कल्पना  चाडै पुरा हनेछ ।
नेदल्याण्डमा बनेको ‘पीएभी वन’ (The Personal Air and Land Vehicle) नामक नयाँ उड्ने कारको परिक्षण सफलतापूर्वक सम्पन्न भएको उत्पादक कम्पनीले जनाएको छ । गएका दुई साता भएका परिक्षण सफल रहेको सो कम्पनीले सोमबार जनाएको छ ।
तीन पाङ्ग्रे यो नयाँ कार सानो चिटिक्क परेको छ । गुड्दा गुड्दै उड्नुपरेमा कारको माथि राखिएका हेलिकोप्टरका जस्ता पङ्खा खुल्छन र यो फटाफट आकाशमा हेलिकोप्टर झैं उड्छ । फेरि जमिनमा ल्याण्ड गरेपछि यसका पंख्या खुम्चिन्छन र मजाले गुड्न थाल्छ ।
गुड्दा र उड्दा यो कार करिव एक सय ८० किलोमिटर प्रति घण्टा गतिमा चल्ने उत्पादक कम्पनीका सिइओ रोवर्ट डिङमान्सेले वताए । जस्तोसुकै ठाउँमा पनि ल्याण्ड गर्न सकिने यो उडने कारलाई उड्न करिव १ सय ६५ मिटरको मैदान आबश्यक पर्ने छ ।
उत्पादकले यो कार सुरक्षित भएको पनि दावी गरेका छन् । उड्दा उड्दै इन्जिन फेल भए पनि पंखा घुमिरहने छन र सुरक्षित रुपले अबतरण गर्न सकिने छ ।
                                           

                        उडने कारको सफल परिक्षणको भिडियो



कारको चर्चासँगै ग्राहकहरुबाट अर्डर आउन सुरु गरेको भन्दै कम्पनीले छिटै ब्यबसायीक उत्पादन थाल्ने बताएको छ।हेरौँ भबिस्य हाम्रै हातमा छ यदि सरल र सहज रुपमा यो प्राप्त भयो भने हामि हाम्रो सपना साकार पार्ने छौँ ।