Sunday, April 14, 2013

हजुर यता पनि हेर्ने कि ? यदि तपाई छोराछोरी हुर्काउदै हुनुहुन्छ भने

521900_451416058209132_192771600_n


अभिभावकले बालबालिकासँग व्यवहार गर्दा निकै सतर्क रहनुपर्छ। बालमस्तिष्कमा कुनै पनि कुराको गहिरो छाप पर्छ। बालबालिकासँग नराम्रो व्यवहार गरियो भने भविष्यमा त्यसको परिणाम नकारात्मक हुनसक्छ। त्यसकारण अभिभावकले सचेत भएर बालबालिकासँग प्रस्तुत हुनुपर्छ। एकैछिनको असावधानीले भविष्यमा पछुताउनुभन्दा बेलैमा बुद्धि पुर्‍याउनु उपयुक्त हुन्छ। वास्तविक कुरा नबुझी बालबालिकाहरूलाई हप्काउनु हुँदैन। यसले उनीहरूमा नकारात्मक प्रभाव पर्छ। छोराछोरी बिग्रनु र सप्रनुमा आमाबुवाको विशेष भूमिका हुन्छ। त्यसकारण छोराछोरीलाई यी कुरा कहिल्यै नभनौं।
तँ नजन्मिएको भए हुन्थ्यो
धेरैजसो अभिभावक रिसाएका बेला छोराछोरीलाई यही भनेर गाली गर्छन्। क्षणिक आवेगमा बोलिएको यस्तो वाक्यले बालबालिकाको मनमा निकै उथलपुथल ल्याउँछ। आमाबुवाले त बोलिसकेपछि बिर्सेलान् तर छोराछोरीले कहिल्यै बिर्संदैनन्। यस्तो वाक्यबाट उनीहरू आफूलाई उपेक्षित महसुस गर्छन्। त्यसैलेजस्तै रिस उठे पनि अभिभावकले यस्तो कुराभन्नु हुँदैन।
आफ्नो भाइबाट केही सिक
सबै बालबालिकाको आ-आफ्नै क्षमता हुन्छ। त्यसैले अभिभावकको इच्छाअनुसार उनीहरू अघि बढ्न सक्दैनन्। छोराछोरीलाई अरूसिततुलना गरेर सम्झाउन खोज्नु उनीहरूको अवमूल्यन गर्नु हो। अझ हुर्किसकेका छोराछोरीलाई साना भाइ-बहिनीबाट केही सिक भनेर सम्झाउनु हुँदैन। आफूभन्दा सानाका अगाडि बेइज्जत हुनुपर्दा उनीहरूमा हीनताबोध हुन्छ। फलस्वरूप उनीहरू हुर्कने क्रमसँगै आमाबुवासित टाढिँदै जान्छन्। यसबाट कालान्तरमा अभिभावकलाई नराम्रो हुन्छ। त्यसैले अरूसँग तुलना गर्दा बालबालिकाको आत्मसम्मानमा नकारात्मक परिणाम आउँछ।
तिमी परिश्रम गर्दिनौ अभिभावकहरू बालबालिकाहरूबाट क्षमताभन्दा बढी सफलताको आशा गर्छन्। अपेक्षाअनुरूपको परिणाम नपाउँदा उनीहरू बालबालिका अल्छीभएको आरोप लगाउँछन्। बालबालिकाहरूका स-साना उपलब्धिमा पनि खुसी हुनुपर्छ। बालबालिकालाई धेरै मानसिक दबाब दिनु हुँदैन। उनीहरूको क्षमता पहिचान गरी व्यवहार गर्नुपर्छ। कहिलेकाहीँ अभिभावकलाई खुसी राख्न बालबालिकाहरू क्षमताभन्दा बढी गर्न खोज्छन्। यस्तो अवस्थामा तिमी परिश्रम गदैर् नौ भनियो भने नकारात्मक परिणाम आउन सक्छ। बढी श्रम गराएर बालबालिकाबाट उनीहरूको बालापन खोस्नु हुँदैन। उनीहरूको इच्छा एवं रुचिमा ध्यान दिएर व्यवहार गर्नुपर्छ।
तिम्रो संगत ठीक छैन
अभिभावकहरू छोराछोरीका साथीभाइका विषयमा प्रहरीले झैं सोधपुछ गर्छन्। कोसँग खेल्ने कोसँग नखेल्ने आदि कुराको निर्धारण पनि उनीहरू आफै गछर् न्। छोराछोरीका साथीहरूको मूल्याङ्कन पनि उनीहरू नै गर्छन्। बालबालिकाहरू साथीकामामिलामा निकै भावुक हुन्छन्। उनीहरू आफ्ना साथीका बारेमा नकारात्मक कुरा सुन्न रुचाउँदैनन्। बालबालिकाहरूलाई कुबाटोमा जान दिनु हुँदैन तर त्यसो भन्दैमा उनीहरूलाई हरेक समय तिम्रो संगत ठीक छैन भनेर चिढाउनु पनि हुँदैन।
यस्तो पहिरन लगाऊ त्यस्तो नलगाऊ
बाल्यावस्थामा विशेषगरी छोरीहरू पहिरन लगाउने कुरामा निकै सतर्क हुन्छन्। उनीहरू इच्छाअनुसारका पहिरनमा ठाँटिन मन पराउँछन् तर अभिभावकहरू आफ्नो इच्छा बालबालिकामाथि थोपर्न खोज्छन्। यसको परिणाम राम्रो हुँदैन। उनीहरू पहिरनका विषयमा गरिने नकारात्मक टीका-टिप्पणी मन पराउँदैनन्। त्यसकारण यस्तो पहिरन लगाऊ उस्तो नलगाऊ भन्नु हुँदैन। यस्तो पहिरन तिमीलाई सुहाउँछ भनेर सल्लाह भने दिन सकिन्छ।
तिमीले मलाई लज्जित बनायौ
अभिभावकले बालबालिकाहरूसित तिमीले गरेको गल्तीले मलाई लज्जित बनायौ भनेर ठाडै भन्नु राम्रो मानिँदैन। यसो गर्दा उनीहरू आफ्नो गल्ती लुकाउन थाल्छन्। त्यसैले बालबालिकाहरूले गल्ती गरे भने उनीहरूलाई ‘गल्ती मानवीय स्वभाव हो, अबदेखि यसो गरे राम्रो हुन्छ’ भनेर गल्ती सुधार्ने अवसर दिनुपर्छ। यसो गर्दा उनीहरूको आत्मविश्वास बढ्छ। अभिभावकको साथ पाए उनीहरू गल्ती महसुस गरी त्यसलाई स्वीकार गर्न पछि हट्दैनन्।
तिमी टेलिभिजनका कीरा हौ
बालबालिकाहरू कम्प्यटुरमा गेम खेल्न, टेलिभिजन हेर्न तथा साथीभाइहरूसँग फोनमा गफ गर्न रमाइलो मान्छन्। स्कुलबाट घर फर्किएपछि धेरैजसो बालबालिका यसै गर्छन्। यसमा उनीहरू तिमी टेलिभिजनका कीरा हौ’ भनेर हप्काउनुहुँदैन। टेलिभिजन बन्द गरी पढ्न दबाब दिनु हुँदैन। बरु उनीहरू लाई सबै कुराकोमहत्व बताउनुपर्छ, प्रेमपूर्वक सम्झाउनुपर्छ। उनीहरूलाई टेलिभिजन हेर्दा पढाइमा असर पर्छ, आँखा बिग्रन्छ भनेर सम्झाउन सकिन्छ। कहिलेकाहीँ बालबालिकालाई उनीहरूले मन पराउने कार्यक्रम हेर्न बोलाउनुपर्छ। यसो गर्दा उनीहरूलाई अभिभावकले आफ्नो ख्यालराखेको महसुस हुन्छ