Thursday, March 29, 2012

नेपालि क्रिकेट प्रेमि हरुको लागि खुसिको खबर शक्ति गोचन I.P L मा


विनोद पाण्डे, काठमाडौं, चैत १६- नेपाली स्टार शक्ति गौचनले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ट्रायल दिने भएका छन्। त्यसका लागि उनी बिहीबार नागपुर जाँदै छन्।
नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायाकेको सक्रियतामा शक्तिले राजस्थानमा आफ्नो खेल देखाउने अवसर पाएका हुन्। शनिबार युएईमा सम्पन्न विश्व ट्वान्टी-२० छनोटमा शक्तिले ह्याटि्रकसहित १६ विकेट लिएका थिए। त्यही प्रदर्शनबाट प्रभावित भएर दासानायाकेले व्यक्तिगत सम्बन्धका आधारमा राजस्थानका सहायक व्यवस्थापक रोमी विन्दरलाई शक्तिको खुबी सुनाएका थिए।


अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुषतर्फ ह्याटि्रक गर्ने पहिलो नेपाली खेलाडी बन्दा शक्ति प्रतियोगितामा सर्वाधिक विकेट लिने तेस्रो थिए। सोही प्रदर्शनका आधारमा शक्ति र नेपाली कप्तान पारस खड्कालाई प्रतिष्ठित क्रिकइन्फोले प्रतियोगिताको टप-११ सूचीमा समेटेको थियो। देब्रेहाते शक्तिले युएईको प्रतियोगितामा प्रतिओभर ४.९७ ले मात्र रन दिँदा ५ मेडन फालेका थिए, जुन विजेता आयरल्यान्डबाहेक अन्य टोलीकै भन्दा बढी हो।
दासानायाकेको प्रस्तावमा राजस्थानले शक्तिलाई ट्रायलमा लिन स्वीकृति जनाएको थियो। पारसका अनुसार नेपाल क्रिकेट संघ (क्यान) संघले शक्तिको आतेजाते हवाई टिकट मिलाइदिएको हो। अप्रिल ४ बाट हुने आइपिएलको पाँचौं संस्करणका लागि राजस्थानको बन्द प्रशिक्षण नागपुरमा चलिरहेको छ। शक्तिका अनुसार राजस्थानले उनलाई 'डेभलपमेन्ट' खेलाडीका रूपमा राख्न खोजेको हो। उनले नागरिकसँग भने, 'मैले यसलाई ठूलो अवसरका रूपमा लिएको छु।'
राजस्थानले अप्रिल ६ मा पञ्जावसँग पहिलो खेल खेल्दैछ। आइपिएलमा ७ विदेशी खेलाडी राख्ने प्रावधान छ। आइपिएलमा अनुबन्धित खेलाडीको तलब कम्तीमा २० हजार डलर रहने प्रावधान छ। भारतीय चलचित्र अभिनेत्री शिल्पा सेट्टीको संयुक्त स्वामित्वको राजस्थान सन् २००८ मा भएको पहिलो संस्करणको विजेता टोली हो। राजस्थानलाई विजेता बनाएका अस्ट्रेलियाका कीर्तिमानधारी स्पिनर शेन वार्न अहिले टोलीका प्रशिक्षक हुन्। गतवर्ष उनको संन्याससँगै राहुल द्रविडले यस सत्रबाट राजस्थानको कप्तानी गर्दैछन्। अस्ट्रेलियाका कार्यबाहक कप्तान शेन वाटसन, शन टैट, दिनेश चन्डिमाल, ब्राड हज, पाउल कोलिनउड, जोनाथन बोथा विदेशी खेलाडीका रूपमा खेलिरहेका छन्। अस्ट्रेलियाका खेलाडी राष्ट्रिय टोलीसँग क्यारेबियनमा व्यस्त रहेकाले राजस्थान विदेशी खेलाडीको खोजीमा रहेको बताइएको छ

Friday, March 23, 2012

भारतको सबभन्दा महङ्गो फिल्ममा सल्मान खान

बलिउड अभिनेता सलमान खान एकचोटी फेरी रेकर्ड तोड्नका लागि तयार भएका छन् । सलमानले छिट्टै हलिउड स्टार ज्याकी चे तथा कमल हासनको साथमा एक ठूलो लगानीको मेगा बजेट फिल्ममा अभिनय गर्ने भएका छन् ।
दक्षिण भारतीय फिल्मका चर्चित फिल्म निर्माता रविचन्द्रनले बनाउन लागेको ज्याकी चेनको सुपरहित फिल्म आर्मर अफ गडको सिक्वेलमा सलमानले अभिनय गर्ने भएका हुन् ।

रविचन्द्रनले एक अंग्रेजी अखबार सँगको कुराकानीमा भनेका छन्,’म ज्याकी चेनका साथ पछिल्लो केही वर्ष यो प्रोजेक्टका विषयमा कुराकानी गरिरहेको छ । फिल्मको कहानी अन्तराष्ट्रिय छ तरपनि यो भारतसँग जोडिएको छ ।’
यो फिल्मको बजेट ४ अर्ब भारु हुने बताइएको छ । यदि भनिएकै बजेटमा यो फिल्म बनेमा यो सबैभन्दा महंगो बलिउड फिल्म हुनेछ ।
खबर अनुसार यो फिल्ममा हिन्दी सहित तमिल तथा अंग्रेजी लगायतका भाषाको समेत प्रयोग हुनेछ 

काठमाडौमा मेट्रो रेल र फ्लाईओभर को नक्शा पास


१० चैत, काठमाडौं । अस्तब्यस्त काठमाडौंको यातायातलाई ब्यबस्थित बनाउन ल्याउने भनिएको काठमाण्डौं मेट्रो रेलको प्रारम्भिक खाका तयार भएको छ ।
रिङ रोडभित्र चार र रिङरोडको चक्कर लगाउने गरि एक गरि ५ वटा लाइन प्रस्ताव गरिएको रेलवे संजालले काठमाडौंका सवै मुख्य स्थानलाई जोड्ने छ । ६६ दशमलव १ किलोमिटर लामो रेलसंजालको मुख्य टर्मिनल रत्नपार्कलाई बनाउने प्रस्ताव गरिएको छ । कुल ३१ स्टेशन रहने काठमाडौं मेट्रो रेल्वेमा रिङरोडका ९ ठाउँ र रिङरोडभित्र शहिदगेड, जमल र नारायणहिटी गरि कुल १२ ठाउँमा रेल्वे लाइन परिवर्तन गर्ने ट्रान्सफर स्टेसन बनाउने प्रस्ताव गरिएको छ । अन्य २१ ठाउँमा यात्रु चढने र ओर्लने स्टेशन बनाउने प्रस्ताव गरिएको छ ।
काठमाडौं मेट्रो बनाउन सम्भाब्यता अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले प्रारम्भिक रिपोर्ट बनाई रेल बिभागलाई पेश गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाले अनलाइनखबरसँग भन्नुभयो- विभागले प्रारम्भिक रिपोर्ट तयार पारेको छ, आगामी साता पत्रकार सम्मेलन गरि यसलाई सार्वजनिक गर्ने छौं ।’
चार कोरियाली र दुई स्थानीय कम्पनीको संलग्नतामा करिव साढे ६ करोड रुपैयाँको लागतमा तयार पारिएको प्रारम्भिक प्रतिबेदनअनुसार यो रेल जमिनमुनी, जमिनमाथि र जमिनको सतहमा कुद्ने छ । रेल बिभागका इन्जिनियर राजेश्वरमा सिंहका अनुसार कुन कुन ठाउँमा कस्तो संरचना बन्ने भन्ने जानकारी विस्तृत अध्ययन प्रतिबेदनमा मात्र खुल्ने छ । रेल बिभागले सन् २०१२ को नोभेम्बरसम्म विस्तृत प्रतिबेदन तयार पार्ने समय दिएको छ ।
प्रतिबेदन अनुसार सवैभन्दा लामो रेल्वे लाइन हुनेछ रिङ रोडमा । २७ दशमलव ३५ किलोमिटर लामो यो रेल लाइनले रिङरोडका सवै चोकलाई जोडने छ । सवैजसो चोकमा यात्रु चढ्ने र झर्ने स्टेशन हुनेछन भने ९ मुख्य चोकमा रेल्वे लाइन परिवर्तन गर्न मिल्ने स्टेशन हुनेछन् ।
दोस्रो रेलवे कलंकीबाट सुरु भई सिनामंगलमा गएर टुंगिने छ । यस्तै लाइन नम्बर ३ गोंगोवुबाट सुरु भई तीनकुने पुगेर टुंगिने छ भने चौथो लाइन सात दोबाटोबाट सुरु भई शहरका भित्रि भाग छिचोल्दै नारायणगोपाल चोक पुगेर अन्त्य हुने छ । यस्तै पाँचौ लाइन बल्खुबाट सुरु भई चावहिल पुगेर अन्त्य हुने छ ।
यसैबीच बानेश्वरमा यसैवर्ष फ्लाइओभर बन्दैछ । फ्लाइओभरको डिजाइन स्वीकृत भइसकेको छ भने डिपिआर बन्द गरेको छ । सचिव सिटौलाका अनुसार आगामी वर्षसम्मका काम सक्ने गरी फ्लाइओभर निर्माणको तयारी भइरहेको छ ।
फ्लाइओभर ३ सय ४० मिटरको हुनेछ । सरकारी योजना अनुसार फ्लाइओभर बनेपछि माइतिघर तीनकुने सडकमा गुढ्ने ५५ प्रतिशतभन्दा बढी सवारी ओभरपास हुँदै बनेश्वर चोक कपार गर्छन् भने बाँकी सवारी मुनिबाटै बानेश्वर र शंखमूलतिर मोडिन्छन् ।

Wednesday, March 21, 2012

तपाईको कपालको मुल्य कति?

शैलुनमा गएर तपाइँले काटेको कपालको मुल्य कति पर्ला ? सहज उत्तर हो, कत्तिपनि पर्दैन । किनकी हामीले काटेको कपालको नाउँले पैसा दिने होइन की हामीले कपाल काटेबापत उल्टै पैसा तिर्नुपर्छ ।
तर मान्छेको पुर्पुरोमा लेखेपछि कसको के लाग्छ र ? ब्राजिलकी एक किशोरीले आफ्नो कपालको मुल्य झण्डै साढे ४ लाख रुपैयाँ तोकेकी छिन् । जन्मेदेखि नै कपाल नकाटेकी नतासा मोरेसले आफ्नो ५ फिट ३ इन्च लामो कपाल काटेर ३५ सय पाउण्ड अर्थात् ४ लाख ४६ हजार रुपैयाँमा बेच्ने योजना बनाएकी हुन् ।
रियो दी जेनेरियाकी बासिन्दा नतासाले यसअघि जिवनभर कपाल नकाट्ने बाचा गरेकी भएपनि अन्ततः कपाल काट्ने निष्कर्षमा पुगेक हिुन् । ५ फिट ४ इन्च अग्ली १२ वर्षीया नतासाले कपालको स्याहार गर्दागर्दै आफु थाकेको भन्दै काट्ने निर्णय गरेको बताइएको छ ।
नतासाले आफ्नो कपाललाई यतिधेरै स्याहार गर्नुपथ्र्यो की हप्तामा १ बोतल स्याम्पु त कपाल नुहाउँदैमा सकिन्थ्यो । हप्तामा ४ घण्टा कपाल पखाल्नमै बित्थ्यो भने कपाल कोर्दा दिनमा डेढ घण्टा लाग्थ्यो ।
हिँड्दा पनि कपालले बाटो छेक्ने हुनाले दुबै हातले चुल्ठा समाउनुपथ्र्यो । छोरीको कपाल लामो भएकाले गर्मी याममा पनि नतासाको घरमा पंगा चल्न पाउँदैनथ्यो । किनकी हावाले कपाल उडाएर पंखामा लगेर बेर्ने खतरा हुन्थ्यो । तर छोरीले कपाल काट्ने फैसला गरेपनि उनका बुवाआमा पनि खुसी भएका छन् । –एजेन्सीको सहयोगमा


Sunday, March 18, 2012

ईमोजेन थोमस मोजमा ब्यस्त


          बेलायती ग्लामर मोडेल तथा टेलिभिजन स्टार इमोजेन थोमस आफ्नो सेक्सी छवीका कारण विश्वचर्चित छिन् । पछिल्लो समय ब्वायफ्रेन्ड एडम हर्सलेको साथ पाएपछि त उनको चमक अझै बढेको छ । इमोजेनले अहिले ब्वाइफ्रेन्डसँग थाइल्याण्डमा बिदा मनाइरहेकी छिन् ।
थाइल्याण्ड बसाइलाई सकेसम्म बढि रोमान्टिक तथा स्मरणीय बनाउने प्रयासमा उनी थिइन् । त्यसैले इमोजेन एडमसाग निकै कामुक हाउभाउमा बिकिनीमा सजिएर सामुदि्रक किनारामा प्रकट भइन् । खैरो हरियो बिकिनीमा लोर्के ठिटो साग मस्किरहेकी तरुनी इमोजेनले कहिले एडमसँग पानी छेप्दै रमाइलो गरिरहेकी थिइन् त कहिले उनको बुइ चढेर मज्जा लुटिरहेकी थिइन् । हेरौँ इमोजेनका यी अवतार । तस्वीरः एजेन्सी

Friday, March 16, 2012

लौ यस्तो पनि भुत निस्किएपछि हेर्नेको घुइँचो

लौ यस्तो पनि
भुत निस्किएपछि हेर्नेको घुइँचो
===============
२१ औं शताब्दीको युगमा भुत हुन्छ भनेर भन्यो भने तर्क बितर्क चल्ला । कसैले हुन्छ भन्लान् त कसैले हुँदैन भन्लान् । तर तपाई चाहिँ पत्याउनुहोस् या नपत्याउनुहोस्, इटहरा-७ दाम्राभिट्टामा एक सातादेखि लगातार अदृश्य शक्तिले सताइरहेको छ । यो घटनाले स्थानिय बासिन्दा समेत आर्श्चयमा परेका छन् । कसैले यो अदृश्य शक्तिलाई भुतको संज्ञा लिएका छन् त कसैले प्रेत जागृत भएको बताएका छन् ।


तेजन खड्काको रिपोर्ट

गाउँमा भुत निस्किएपछि मोरङको इटहरामा-७ सिक्किमे टोलमा भुतको चर्तिकला हेर्नेको भीड लागेको छ । भुत निस्किएपछि दैनिक हजारौंको संख्यामा भुतको चर्तिकला हेर्न आउनेहरूको कमी छैन । सुरूमा गाउँघरमा मनमाया बस्नेतको परिवारलाई भूतले दुःख दिएको हल्ला चल्यो ।

जग्गा आफ्नै भएपनि त्यो स्थानमा बुहारीकी दिदी मनमाया घर बनाएर विगत ४ वर्षदेखि बस्दै आएकी थिइन्। मान्छे पिच्छे भिन्नाभिन्नै कुरा सुनेपछि ८७ वर्षीया हरिमाया सिलवालको पनि मन अडिएन र दिउँसो अढाइ बजेतिर अदृष्य शक्ति हेर्न मनमायाको घर पुगिन् ।
उनी पुग्नासाथ अदृष्य शक्तिले चर्चिकला देखाउन थालिहाल्यो । हरिमाया भन्छिन्, ‘म पुग्नासाथ घरभित्रका नाङ्ला, बट्टा निकाल्दै आँगनमा फाल्न थाल्यो । म हेरेको हेर्‍यै भएँ’, उनी थप्छिन, ‘बजियाले गरिवको घरमा मात्र कति दुःख दिएको अन्तै जानु नि’ मात्र भनेको थिएँ त्यसले त कोठा भित्र डालोमा राखेको चामल ल्याएर मेरो अगाडि थुपारिदियो । मलाई उठाउन दुई घण्टा लाग्यो ।
स्तब्ध अनि भावूक बन्दै बुधवार दिउँसो मनमायाको घरमा भेला भएका झण्डै डेढ सय स्थानीय वासिन्दाका अगाडि हरिमायाले भनिन्, ‘८७ वर्षकी भएँ, आजसम्म यस्तो कहींकतै न त देखेको थिएँ न सुनेको र भोगेको नै थिएँ’, उनी भन्छिन्, ‘अनेक गर्छ, चामल त पोख्यो खोले त उचाल्न सके पो भनिसक्दा तातो खोले घोप्ट्याइ दियो । म बुढी यो उमेरमा के पो देखिरहेकी छु ।’ कहिले ढुंगा हान्छ, घरको बेराका भाटा निकालिदिन्छ । स्थानीय प्रत्यक्षदर्शीले हरिमायाका कुरामा कुरा थप्दै सामूहिक प्रतिक्रिया दिए ।

त्यसो त यो घटनाको भुक्तभोगी हरिमाया मात्रै होइनन् । हरिमायाका छोरा ध्रुव सिलवाल अदृष्य शक्तिले दिएको दुःखबाट हैरान भइसकेको बताउँछन् । सिलवाल भन्छन्, ‘गत साउन ४ गते देखि लगातार दुःख दिइरहेको छ । शुरु शुरुमा घरमा ढुंगा फाल्थ्यो । केहि दिनपछि शिशाका टुक्रा फाल्न थाल्यो । कहिलेकाँही त प्वालबाट सुतिरहेको मान्छेको सल समेत तानिदिन्थ्यो । बाहिर निस्केर हेर्दा निष्पट अध्याँरो मात्र, केही देखिन्नथ्यो । अति भएपछि हामीले गाउँसमाजमा कुरा राख्यौं । छिमेकीहरूले चोरले दुःख दिएको अड्कल गरे ।’ उनी भन्छन्, ‘त्यसपछि समाजले रातभर घरको सुरक्षा दियो । गाउँका कसैले रुखमा चढेर घरमा निगरानी गरे । कसैले हतियार बोकेर पहरा दिए तर एकसाता कडा सुरक्षा दिँदा पनि भौतिक उपस्थिति केही देखिएन । यद्यपि अदृष्य शक्तिले दुःख दिन छोडेन ।’
भूतप्रेतको ज्यादती बढेपछि केही दिनअघि बस्नेत परिवारले घर वरिपरि लिपपोत गर्यो । भोलिपल्ट विहान लिपपोत गरेको ठाउँमा ६ वटा पाइला देखिए । पाइला देख्ने प्रत्यक्षदर्शी दुर्गाप्रसाद सिलवालका अनुसार पाइलामा अर्को चमत्कार देखियो । उनी भन्छन्, ‘पाइला सबै उमेर समूहका मानिससँग मिल्ने थिए । केटाकेटीसँग दाँज्यो केटाकेटीसँगै मिल्ने, वृद्ध-वृद्धासँग दाँज्दा वृद्ध-वृद्धासँग नै मिल्ने ।’ यस घटनाले दाम्राभिट्टावासीमा अझ कौतुहता सहितको त्रास फैलियो । अदृष्य शक्तिको कथा यतिमा नै सकिदैन ।
वैदेशिक रोजगारमा गएका छोरालाईसमेत दैवी शक्तिले दुःख दिन थालेपछि माइला छोरा विकास काम छोडेर घर फर्किएको बताउँछन । विकास भन्छन्, ‘मलाइ दुःख दिएको तीन वर्ष भयो, त्यति वास्ता गर्दिन थिएँ । घरमा अचानक आगो सल्केको देखेपछि प्रत्यक्ष देख्न र भोग्न पाएँ ।’ विकासका अनुसार घरमा कहि कतै आगो बालेको थिएन, अचानक फुसको छानो भएको घरको धुरीमा आगो बलेपछि हार गुहार गर्यौं र आगो निभायौं ।

अझ मनमायाकी जेठी बुहारी सीता बस्नेतको भोगाइ सुन्दै जिरिङ्ग हुने खालको छ । उनी भन्छिन्, ‘साँझपख नै ढोकामा ढ्याक-ढ्याक पार्छ कोही आयो कि भनेर खोलेर हेर्दा केही देखिँदैन । मध्यरातमा घरका वारमा ट्वाक्क- ट्वाक्क पारिरहन्छ । परिवार नै वाहिर निस्केर हेर्यो, सुनसान हुन्छ, केहि देखिदैन । कहिलेकाँही बाँसका ठूटाले घोचिदिन्छ । ठूटा, घोचा घरको छानामाथि फालिदिन्छ ।’ सीताले बेलिविस्तार लगाउँदै आफ्नो भोगाइ सुनाइन् ।
भूत प्रेत र पिचासका विषयमा नाक खुम्च्याउनेहरू समेत यसबेला तीन छक्क भएका छन् । स्थानीय महेन्द्र निमाविका शिक्षक पशुपतिनाथ बड्तौलाको पेन्ट तानेको घटना सुनाउँदै अर्का शिक्षक तुलसी रिजाल भन्छन्, ‘हल्ला सुनेर हेर्न आउनेलाईसमेत अदृष्य शक्तिले दुःख दिइरहेको छ’, रिजाल थप्छन्, ‘हेर्दा हेर्दै कसैको कपाल तान्छ, कसैको लुगा तान्छ, भौतिक रुपमा प्रत्यक्ष अगाडि केही देखिदैन’, रिजाल यो घटनाले विज्ञानलाई चुनौति दिएको बताउँछन् ।
भूत पिसाचको स्थायी समाधानका लागि बस्नेत परिवारले धेरै धामी झाँक्रीसँग सहयोग मागिसकेको छ । अक्षता फ्याँक्ने, धुपबाती बाल्ने, अण्डा कुखुराको भोग दिने र भाकल पूरा गर्ने सबै काम बस्नेत परिबारले गरिसक्यो । यद्यपि प्रेतले दिने समस्या जिउँका तिउँ छ । एउटा घटना सुनाउँदै बुहारी सीता भन्छिन्, ‘हामीले हिन्दु मात्र होइन, इस्लामिक धामीलाई समेत लगायौं उनले एउटा कवाज गाड्न लगाए तर अदृश्य शक्ति टसको मस भएको छैन ।’ पछिल्लो समय दिएको दुःखले आजित भएको बस्नेत परिवारले मंगलबार प्रहरीसँग समेत गुहार माग्यो । झण्डै अढाई घण्टा प्रहरीले बस्नेत परिवारको घरमा सुरक्षा दियो । तर त्यो अवधिमा कुनै प्रतिक्रिया देखिएन । सुरक्षाबाट फर्किएका इटहरा प्रहरी चौकीका इन्चार्ज देवी प्रसाद खरेलले भने ।
बुधवार अपरान्ह मनमाया बस्नेतलाई अचानक अदृष्य शक्तिले छोप्यो । दुई घण्टासम्म बेहोस भएकी बस्नेत एक्कासी बेहोस भएपछि गाउँमा ठूलै खैलाबैला मच्चियो । तीन दिनयता समय समयमा बेहोस भईरहेकी मनमायालाई अदृष्य शक्तिले अन्य कुनै चमत्कार देखाउन नसकेपछि बेहोस पार्ने गरेको उनकी बहिनी इन्दिरा सिलवालको ठम्याइ छ । उनी भन्छिन्, ‘धेरैजना मान्छे भएको बेला कुनै पनि प्रतिक्रिया नदेखाई मनमाया र परिवार माथि आइलाग्ने गर्छ ।’ उ आइलागेपछि बेहोस हुने, काँप छुट्ने लक्षणहरू देखिने गरेको बताउँदै उनले तीन दिनयता यस्तो घटना चारपटक दोहोरिएको बताइन ।

मरेको ६ दिनमा बिउँतिइन् महिला




सबैलाई थाहा छ । मरेपछि बाँचिँदैन । तर यो यथार्थलाई चीनकी एक महिलाले चुनौति दिएकी छिन् । चीनको गुआंग्जी प्रान्तकी ९५ वर्षीया जिउफेंग नामकी महिला मरेको ६ दिनपछि बिउँतिएकी छिन् । सुन्दा कसैले पनि नपत्याउने घटनाबाट सुन्नेहरु त अचम्ममा परे नै मरेपछि पनि बाँच्ने ती महिलाका पति र आफन्तहरु पनि तिनछक परेका छन् ।
केही दिनपहिले टाउकोमा चोट लागेपछि उनको मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान किंग वैंगले जिउफेंगको अन्तिम संस्कारको तयारी थालेका थिए । चिनिया परम्परा अनुसार मरेको केही दिनसम्म आफन्तहरुको लागि श्रद्धान्जीली दिन लासलाई घरमै राख्ने चलन छ ।
आफन्तलाई अन्तिम दर्शन गराउन जिउफिंगको शवलाई पनि काठको बाकमा राखिएको थियो । तर छैटौँ दिन जब किंग वैंगले श्रीमतीको शव भएको बाकस खाली देखे तब उनी झसंग भए । शव कसैले चोर्यो भन्ने उनलाई लाग्यो । तर ६ दिनअघि मरिसकेकी र अन्तिम संस्कारको तयारी भैरहेकी श्रीमतीलाई जब अकस्मात् उनले भान्सामा खाना बनाइरहेको देखे तब उनलाई सुरुमा त भुत हो की भन्ने लाग्यो । तर अन्तिममा भने ती महिला भुत नभएर साँच्चीकै उनकी श्रीमती नै थिइन् जो बिउँतिएर काठको मुर्दा बाकसबाठ उठेर भान्सामा पुगेकी थिइन् ।
डाक्टरहरुले यस्तो अवस्थालाई कृत्रिम मृत्यु भनेका छन् । यस्तो कृत्रिम मृत्युको अवस्थामा मान्छेको सास रोकिने तर शरीर तातै हुने गर्छ । ती महिलाको पनि सास रोकिएको देखेर उनी मरेको सम्भिmएर उनलाई अन्तिम संस्कार गर्न लागिएको थियो । तर पछि उनको फोक्सोले काम गरेपछि उनी उठेको हुनसक्ने चिकित्सकहरुको भनाइ छ 

Thursday, March 8, 2012

तपाईको एप्पल नया मोडेलमा बजारमा आउदै

एप्पल कम्पनीले आइप्याडको नयाँ संस्करण सार्वजनिक गरेको छ । एक वर्षअघि आइप्याड टू बजारमा ल्याएको एप्पलले बुधबार सार्वजनिक गरेको नयाँ आइप्याडको नाम आइपड थ्री भने राखिएको छैन ।
नयाँ आइप्याडआउँदो मार्च १६ मा बजारमा आउने छ । आइप्याड टू भन्दा नयाँ आइप्याण्ड ४ गुणा छिटो काम गर्ने बताइएको छ । एउटा रेटिना डिस्प्ले, ५ मेगापिक्सेल क्यामेरा तथा ४ जी एलटीइ क्षमता रहेको छ ।
यो आइप्याण्डको स्त्रिmन ४० इन्चको टेलिभिजनको स्त्रिmन भन्दापनि तिक्ष्ण बताइएको छ । साथै यसमा सुपरफास्ट क्वाडकोर ए फाइभ एक्स प्रोसेसर रहनेछ । यसको मुल्य ४ सय ९९ देखि ८ सय २९ अमेरिकी डलर पर्ने एप्पल कम्पनीले बताएको छ ।
नयाँ आइप्याड सार्वजनिक गर्दै एप्पलका वरिष्ठ उपाध्यक्ष फिल सिलरले आइप्याडको ब्याट्री १० घण्टा टिक्ने । नयाँ आइप्याण्ड ०.३७ इन्च मोटो र तौल ६ सय ५३ ग्राम रहेको सनप्रन्सिस्कोमा भएको समारोहमा जानकारी दिइयो ।पारम्भिक जानकारि अनुसार यसको नेपालि मुल्य ७८ हजार सम्म हुने जानकारिमा आएको छ ।

कार्लौस स्लिम ६९ अर्ब डलर सहित फेरि विश्‍वका धनी





  march 8  sharjah        विश्‍वका धनीहरुको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले यस वर्ष पनि कार्लौस स्लिमलाई नै 'संसारको सबैभन्दा धनी' व्यक्ति रहेको दावी गरेको छ। फोब्सको सूचीमा उनी लगातार तेस्रो पटक सबैभन्दा धनीको पहिलो नम्बरमा रहन सके। फोब्सले आफ्नो अनलाइनमा उनलाई राखेर कभर स्टोरी तयार भएको जनाएको छ।




हरेक वर्ष निकालिने सूचीमा पहिलो स्थानमा टिकिरहेका मेक्सिकोका यी ७२ वर्षीय धनीसँग ६९ अर्ब डलर (७६७ खर्ब रुपियाँ) बराबरको सम्पत्ति छ।

अमेरिका र युरोप आर्थिक मन्दीले छटपटाइरहेको अवस्थामा यी धनीले राजनीतिक नेताहरुलाई भनेका छन, 'तिमीहरु अहिले गलत गरिरहेका छौं।' पाँच दशकको मिहेनतपछि उनले यति धेरै सम्पत्ति आर्जन गरेका हुन्। उनले बजेटमा रहेका समस्या सुल्झाउन सुझावसमेत दिए। 'विश्‍वलाई म साधारणरुपमा हेर्छु। राजनीतिक नेताहरुले जसरी समाधान गर्ने सोच राखेका छन् त्यो सहि छैन,' उनले भने, 'समस्या समाधानका लागि उनीहरुले फरक तरिका अपनाउनेतिर ध्यान दिएका छैनन्।'
टेलिकम्युनिकेसन उनको सबैभन्दा ठूलो व्यवसाय हो। सँगै उनको वित्तिय संस्था, खनिज, रियलस्टेट, निर्माण क्षेत्र, ठूला उद्योगमा समेत ठूलै लगानी छ। १९९० को अन्त्यतिर सरकारी स्वामित्वमा रहेको फोन कम्पनी टेलम्याक्स निजीकरण भएपछि उनी सफलताको शिखरमा लगातार चढ्न सफल भए। उनको युरोप र अमेरिकी टेलिकफोन कम्पनीमा समेत लगानी छ।

सूचीको दोस्रो स्थानमा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स छन्। उनीसँग ६१ अर्ब डलर छ। अमेरिकी लगानीकर्ता वारेन बफेट ४४ अर्ब डलर सम्पत्तिसँगै तेस्रो स्थानमा छन्।

यता छिमेकी भारतका धनी मुकेश अम्बानी फोब्सको सूचीमा १९ औं स्थानमा पुगेका छन्। उनीसँग २२ अर्ब ३० करोड डलर बराबरको सम्पत्ति छ

Wednesday, March 7, 2012

बिश्वमा कुनै कुनै मानिसले यस्तो पनि गर्छन र पनि उनि हरु जिबित नै रहन सफल


       सामान्य तय मानिस  जो सरल काम गर्न पनि डराउछन तर  मानिस यति हद सम्म पनि गर्छन कि जो देख्नेको पनि सातो मात्र जादैन आङ्ग पनि सिरिङ्ग र जिरिङ्ग समेत हुन्छ 
ट्राफिक सिग्नलमा एक मानिसले बिपरित लाईनमा कुदिराखेका गाडि बिचबाट बाटो क्रस गरद्छ







ल हेर्नुस यो भिडियो







यो भिडियो खाडिमुलुकमा त्यहाको लोकल नागरिक ले बिभिन्न होडबाजि गर्ने क्रममा गाडिका एकापटिका पाङ्ग्राले मात्र गाडि कुदाउदै छन

Tuesday, March 6, 2012

"माया नगरेपनि घृणा चाहि नगर्नु होला" -युबराज भट्टराई

Friday, March 2, 2012

सारीमा सजिइन् सन्नी लियोन






भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी लियोन अहिले क्यानडा फर्किसकेकी छिन् । तर क्यानडा फर्केपनि उनको भारतीय शैली पनि उत्रिसकेको रहेनछ । सायद पोर्न फिल्ममा काम गर्ने महिलालाई सारीमा सजिएको देख्नु कठिन नै हुन्छ होला ।
तर सन्नीले भने आफ्नो पोर्नस्टारको छवीलाई फेरी एकपटक लुकाउँदै आफ्नो सुन्दरतालाई सारी र ब्लाउजमा धपक्कै बालेकी छिन् । उनले सारीमा सजिएर खिचाएको तस्वीर हालै टि्वटरमा अपलोड गरेकी छिन् । जसमा उनले एक शालीन भारतीय महिलाको रुपमा कोमल पोज दिएकी छिन् ।
सन्नीले साडीमा सजिएको तस्वीर आफ्नो अहिलेसम्मको सबैभन्दा राम्रो तस्वीर भएको बताएकी छिन् । उनलाई साडीमा देख्दा प्रसंसकहरु पनि दंग छन् ।


महिनावारि रोकिएको १५ बर्ष पछि बच्चाको जन्म







         सामान्यतया ४५ वर्षपछि महिलाको महिनावारी रोकिन्छ । महिनावारी रोकिएपछि बच्चा पाउने कुरै भएन । तर भारतमा भने एक महिलाले ६५ वर्षको उमेरमा छोरो पाएकी छिन् । पश्चिम बंगालको रामपुर गाउँकी जसपाल कौर नामकी महिलाले बच्चा जन्माएपछि धेरैले त्यसलाई चमत्कार भनेका छन् । अझ रोचक कुरा त के भने ती महिलाले महिनावारी रोकिएको १५ वर्षपछि छोरो पाएकी हुन् ।
६५ वर्षकी जसपालका श्रीमान झण्डै ७० वर्षका छन् । ४० वर्षअघि बिहे गरेका ती दुइ दम्पती बुढेशकालमा छोरो जन्मिएपछि मख्ख परेका छन् । नपरुन् पनि किन ? जसपालले त यो चमत्कारै भएको बताइन् ।
महिनावारी सुकिसकेकी महिला जसको श्रीमान पनि टाढामाथिको जून भैसकेका छन्, त्यस्तीले कसरी छोरो पाइहोलिन् भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो । वास्तवमा ६५ वर्षकी महिलाले सामान्य तबरबाट बच्चा जन्माउने त कुरै भएन । त्यसैले ती महिलाले पनि टेष्ट ट्युव प्रविधिबाट बच्चा जन्माएकी हुन् । वास्तवमा उनले अरु कुनै दाता महिलाको डिम्ब बाट गर्भाधारण गरेकी हुन् ।
प्रसुति अस्पतालमा चिकित्सकहरुले टेष्टट्युवमा उक्त डिम्ब र ७० वर्षका श्रीमानको शुक्रकिटबीचमा गर्भाधान गराएर भ्रुणलाई ती महिलाको पाठेघरमा राखिएको थियो । अन्ततः ३२ हप्तापछि उनले छोरालाई जन्म दिइन् 

नामै न सुनेका दल खारेजिमा


                पटक-पटकको ताकेतापछि पनि हिसाबकिताब नबुझाएपछि निर्वाचन आयोगले ११ वटा दल खारेज गरेको छ । ती दलहरु आयोगको सूचनालाई अटेर गरी सम्पर्कमा नआएपछि शुक्रबार खारेज गरिएको हो ।
खारेजीमा परेका दलहरूमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल, प्रजातान्त्रिक शान्ति पार्टी, नेपाल जागृति दल, नेपाली जनतन्त्र पार्टी, प्रजातान्त्रिक शक्ति पार्टी, राष्ट्रिय जन एकता पार्टी, नेपाली राष्ट्रिय जन भावना पार्टी, राष्ट्रवादी मिलन केन्द्र नेपाल दल र प्रजातान्त्रिक जनमुक्ति पार्टी छन् । नेकपा (मालेमा केन्द्र) भने यसअघि एकीकृत नेकपा (माओवादी) सँग एकीकरण भइसकेको छ । आयोगले भने उक्त पार्टीलाई पनि खारेजीको सूचिमा राखेको छ ।
'आयोगले आयव्यय बुझाउन पटक-पटक गरेको ताकेता ११ वटा दलले वास्ता नगरेकाले खारेज गरिएको हो' आयोगका उपन्यायाधिवक्ता बद्रीप्रसाद ओलीले ईकान्तिपुरसित भने ।
१८ वटा दलले तोकिएको समयमा आयव्यय नबुझाएपछि सातदिनभित्र सम्पर्कको लागि सूचना जारी गरेको थियो । त्यसमध्ये ७ वटा सम्पर्कमा आएपछि सय रुपैयाँको दरले जरिवाना गरिएको छ ।

Thursday, March 1, 2012

नङका विचित्र कला (फोटो फिचर)



              वास्तवमा नङ पनि सरीरको सुन्दरता बढाउने एउटा अंग हो ।
धेरै मानिसले नङको सिंगारपटारमा ध्यान नदिने भएपनि कतिपय भने नङका पारखी हुन्छन् । लामा नङ पाल्ने तथा पालिस लगाएर चिटिक्क पार्ने मामिलामा पुरुष भन्दा महिला कैयौँ कदम अगाडि हुन्छन् ।
हामीकहा नङको कलाको कुरा गर्दा लामा र पालिसदार नङ बनाउने भन्ने मात्र बुझिन्छ तर पश्चिमा देशका तरुनीहरु भने नङलाई विभिन्न आकारप्रकारमा ढाल्ने गर्छन् । कतिपयले त नङलाई पेस्तोल आकारको समेत बनाउँछन् ।
हेरौँ नङका विचित्र कला . एजेन्सी