Friday, March 16, 2012

मरेको ६ दिनमा बिउँतिइन् महिला




सबैलाई थाहा छ । मरेपछि बाँचिँदैन । तर यो यथार्थलाई चीनकी एक महिलाले चुनौति दिएकी छिन् । चीनको गुआंग्जी प्रान्तकी ९५ वर्षीया जिउफेंग नामकी महिला मरेको ६ दिनपछि बिउँतिएकी छिन् । सुन्दा कसैले पनि नपत्याउने घटनाबाट सुन्नेहरु त अचम्ममा परे नै मरेपछि पनि बाँच्ने ती महिलाका पति र आफन्तहरु पनि तिनछक परेका छन् ।
केही दिनपहिले टाउकोमा चोट लागेपछि उनको मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि उनका श्रीमान किंग वैंगले जिउफेंगको अन्तिम संस्कारको तयारी थालेका थिए । चिनिया परम्परा अनुसार मरेको केही दिनसम्म आफन्तहरुको लागि श्रद्धान्जीली दिन लासलाई घरमै राख्ने चलन छ ।
आफन्तलाई अन्तिम दर्शन गराउन जिउफिंगको शवलाई पनि काठको बाकमा राखिएको थियो । तर छैटौँ दिन जब किंग वैंगले श्रीमतीको शव भएको बाकस खाली देखे तब उनी झसंग भए । शव कसैले चोर्यो भन्ने उनलाई लाग्यो । तर ६ दिनअघि मरिसकेकी र अन्तिम संस्कारको तयारी भैरहेकी श्रीमतीलाई जब अकस्मात् उनले भान्सामा खाना बनाइरहेको देखे तब उनलाई सुरुमा त भुत हो की भन्ने लाग्यो । तर अन्तिममा भने ती महिला भुत नभएर साँच्चीकै उनकी श्रीमती नै थिइन् जो बिउँतिएर काठको मुर्दा बाकसबाठ उठेर भान्सामा पुगेकी थिइन् ।
डाक्टरहरुले यस्तो अवस्थालाई कृत्रिम मृत्यु भनेका छन् । यस्तो कृत्रिम मृत्युको अवस्थामा मान्छेको सास रोकिने तर शरीर तातै हुने गर्छ । ती महिलाको पनि सास रोकिएको देखेर उनी मरेको सम्भिmएर उनलाई अन्तिम संस्कार गर्न लागिएको थियो । तर पछि उनको फोक्सोले काम गरेपछि उनी उठेको हुनसक्ने चिकित्सकहरुको भनाइ छ 

2 comments:

  1. त्यस्तो अचेत अवस्था बाट उठेर कसैसंग नभेटी सिधै किचेनमा गएर खाना बनाउ व्यस्त , यो त अलि अपत्यारिलो भयो नि त हैन र ???

    ReplyDelete
  2. सायद अब यस्तै होला हैन त?

    ReplyDelete