Thursday, March 29, 2012

नेपालि क्रिकेट प्रेमि हरुको लागि खुसिको खबर शक्ति गोचन I.P L मा


विनोद पाण्डे, काठमाडौं, चैत १६- नेपाली स्टार शक्ति गौचनले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ट्रायल दिने भएका छन्। त्यसका लागि उनी बिहीबार नागपुर जाँदै छन्।
नेपालका श्रीलंकाली प्रशिक्षक पुबुदु दासानायाकेको सक्रियतामा शक्तिले राजस्थानमा आफ्नो खेल देखाउने अवसर पाएका हुन्। शनिबार युएईमा सम्पन्न विश्व ट्वान्टी-२० छनोटमा शक्तिले ह्याटि्रकसहित १६ विकेट लिएका थिए। त्यही प्रदर्शनबाट प्रभावित भएर दासानायाकेले व्यक्तिगत सम्बन्धका आधारमा राजस्थानका सहायक व्यवस्थापक रोमी विन्दरलाई शक्तिको खुबी सुनाएका थिए।


अन्तर्राष्ट्रिय क्रिकेटमा पुरुषतर्फ ह्याटि्रक गर्ने पहिलो नेपाली खेलाडी बन्दा शक्ति प्रतियोगितामा सर्वाधिक विकेट लिने तेस्रो थिए। सोही प्रदर्शनका आधारमा शक्ति र नेपाली कप्तान पारस खड्कालाई प्रतिष्ठित क्रिकइन्फोले प्रतियोगिताको टप-११ सूचीमा समेटेको थियो। देब्रेहाते शक्तिले युएईको प्रतियोगितामा प्रतिओभर ४.९७ ले मात्र रन दिँदा ५ मेडन फालेका थिए, जुन विजेता आयरल्यान्डबाहेक अन्य टोलीकै भन्दा बढी हो।
दासानायाकेको प्रस्तावमा राजस्थानले शक्तिलाई ट्रायलमा लिन स्वीकृति जनाएको थियो। पारसका अनुसार नेपाल क्रिकेट संघ (क्यान) संघले शक्तिको आतेजाते हवाई टिकट मिलाइदिएको हो। अप्रिल ४ बाट हुने आइपिएलको पाँचौं संस्करणका लागि राजस्थानको बन्द प्रशिक्षण नागपुरमा चलिरहेको छ। शक्तिका अनुसार राजस्थानले उनलाई 'डेभलपमेन्ट' खेलाडीका रूपमा राख्न खोजेको हो। उनले नागरिकसँग भने, 'मैले यसलाई ठूलो अवसरका रूपमा लिएको छु।'
राजस्थानले अप्रिल ६ मा पञ्जावसँग पहिलो खेल खेल्दैछ। आइपिएलमा ७ विदेशी खेलाडी राख्ने प्रावधान छ। आइपिएलमा अनुबन्धित खेलाडीको तलब कम्तीमा २० हजार डलर रहने प्रावधान छ। भारतीय चलचित्र अभिनेत्री शिल्पा सेट्टीको संयुक्त स्वामित्वको राजस्थान सन् २००८ मा भएको पहिलो संस्करणको विजेता टोली हो। राजस्थानलाई विजेता बनाएका अस्ट्रेलियाका कीर्तिमानधारी स्पिनर शेन वार्न अहिले टोलीका प्रशिक्षक हुन्। गतवर्ष उनको संन्याससँगै राहुल द्रविडले यस सत्रबाट राजस्थानको कप्तानी गर्दैछन्। अस्ट्रेलियाका कार्यबाहक कप्तान शेन वाटसन, शन टैट, दिनेश चन्डिमाल, ब्राड हज, पाउल कोलिनउड, जोनाथन बोथा विदेशी खेलाडीका रूपमा खेलिरहेका छन्। अस्ट्रेलियाका खेलाडी राष्ट्रिय टोलीसँग क्यारेबियनमा व्यस्त रहेकाले राजस्थान विदेशी खेलाडीको खोजीमा रहेको बताइएको छ

No comments:

Post a Comment