Wednesday, February 29, 2012

राष्टको सम्पतिमा धोतिको बिगबिगि ।अर्को घटनाको फर्दाफास






   जय प्रसाद गुप्ता भ्रष्टचारको अभियोगमा हिरासतमा लिएको घटना सेलाउन नपाउदै  बनराज्य मन्त्रिका पिए  नगेन्द्र यादव घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन ।
 राज्यमन्त्रीका पिए,छोइसाध्येका किन हुन्थे । बुधबार बिहानसम्म यिनको चुरीफुरी निकै थियो । लौ न मेरो यति काम गर्दिनुपर्यो भन्दै कोही हात तेर्साउन आइपुग्यो भने सजिलै ‘रेस्पन्स’गर्दैनथिए । काम गरे बापत मोटो रकम आउँछ भन्ने काइदा उनलाई पनि थाहा थियो ।त्यसैले उनले काम लिन आउनेहरुसित ल काम मिलाईदिन्छु भन्दै पैसा मागे । थोरै पैसादिएर ठूलो काम हुन्छ भने अनेक झण्झट किन बेहोर्ने ? त्यसैले रारा राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले पनि उनलाई पैसा दिएर काम गराउन खोजे ।
मन्त्रीका पीए भएपछि चानचुने ठाउँमा बसेर पैसालिने कुरो पनि भएन । त्यसैले उनले भव्य रेष्टुरेन्टमा उनीहरुलाई बोलाए । चियाखाजाको स्वाद लिँदै पैसाको बिटो गन्न थाले । यो चुरीफुरी क्षणभरमै चकनाचुर हुन्छ भन्नेउनलाई के थाहा ?
पाप धूरीबाट कराउँछ भने झैं रेष्टुरेन्टको ढोकाबाटै उनको पाप करायो । पैसा गन्दै गर्दा प्रहरी सहितको अख्तियारको टोली आफूकहाँ आइपुग्दा उनी छाँगाबाट खसे जस्ता भए । ओठ तालु सुके  । केहीबेर अघिसम्म पैसाको बिटो देखेर प्रफुल्ल भएको उनको अनुहार एकाएक कालोनिलो भए । फूर्तिसाथ अरुसित पैसा माग्ने बानी भएका यिनी क्षणभरमै लत्र्याकलुत्रुक भए ।अनि हात जोडेर बिन्तीभाऊ गर्न थाले ।
बिलौना गरेको भिडियो………

दिउसै ५० हजार घुस लिँदालिँदै पक्राउ परेकावन राज्यमन्त्रीका पीए नगेन्द्र यादवले शुरुमा आँशु नै झारौंला झैं बिन्ती गरे । प्रहरी र सञ्चारकर्मीको घेरामा रेष्टुरेन्टभित्रै कुर्सीमा बसेका उनले हात जोर्दै भने -’मलाई जोगाई दिनुस् सर । धेरै पैसा होइन । म ठूलो मान्छे पनि होइन । मेरो बालबच्चाको बिजोग हुन्छ । मलाई अब त्यो मन्त्रीले पनि हटाईदिन्छ । बचाउनुस् सर ।’
सँगै बसेर कागजपत्र बनाईरहेका अख्तियारका कर्मचारीले केही हुँदैन, नआत्तिनुस् भन्दै थिए । यादव अझै हात जोड्दै थिए । ‘लौ पानी खानुस्, नआत्तिनुस्’ भन्दै अख्तियारकै कर्मचारीले पानी ल्याउन अह्राए । एक गिलास पानी कलकल पिएर उनले मुख पुछे । प्रहरीले केही हुँदैन, नआत्तिनुस्, थोरै पैसा त  हो नि भनेर ढाडस दिएकाले पनि होला पानी खाएपछि उनको बिलौना कम हुन थाल्यो ।  पत्रकारले घूस लिएकोबारे जानकारी लिन लागेपछि उनले नेता झैं भाषण दिन थाले। ‘मलाई फसाईएको हो’ झुकेको टाउको केही ठाडो बनाउँदै उनले भने -’मधेसको मान्छे भनेर फसाईएको हो ।’ भ्रष्टाचारको आरोपमा जेल जाँदा जयप्रकाश गुप्ताको कुरा यिनलाई कण्ठै थियो । फोरम लोकतान्त्रिकका कार्यकर्ता समेत रहेका उनले भने-’कांग्रेस, एमाले भएको भए केही गर्दैनथिए । मधेसवादी भनेर षडयन्त्र गरे ।’
षडयन्त्र भयो भन्ने भिडियो………..

मन्त्रीको पीए भनेर चुरीफुरी गर्ने, दिउसै पैसाको बिटो लिएर घुस खाने, अनि पहिले लत्र्याकलुत्रुक परेर बिन्ती बिसाउने, अनि फेरि षडयन्त्र भयो भनेर फूर्ति गर्ने ! यि घुसखोरीका कुरा तपाईंलाई कस्तो लाग्यो कुन्नि 



   साभार अनलाईन खबरबाट 

सुत्केरि हुदा पुरै योनि सिलाईयो


नेपालगन्ज, फाल्गुन १७ - मध्य तथा सुदूरपश्चिमकै सबैभन्दा ठूलो सरकारी अस्पताल भेरी अन्चल अस्पतालका चिकित्सकको लापर्बाहीले एक सुत्केरीको योनी पूरै सिलाइएको खुलासा भएको छ ।
बाँकेको शम्शेरगञ्जकी १७ वषीर्या थारू युवती सुत्केरीहुँदा योनी सिलाइएको रहस्य खुलेको छ । सुत्केरी भएको दुई महिनापछि यौन सम्पर्क गर्न नमिलेपछि योनी सिलाइएको खुलेको हो । पुस १९ गते उनी नर्मल सुत्केरी भएकी हुन् । कलिलै उमेर बच्चा जन्माएकाले योनी केही च्यात्तिएको भन्दै डा कल्पना थापाको टिमले टाँका लगाएको हो । 'पिसाब मात्र गर्न मिल्ने गरी टाँका लगाइएको रहेछ,' युवतीका पतिले भने । पिसाब फेर्न पनि असजिलो भएपछि अस्पताल आउँदा सन्चो हुन समय लाग्ने भन्दै फर्काइएको उनले बताए ।
कोहलपुरस्थित जीवनज्योति मेडिकल हलमा स्वास्थ्य जाँच गराउने क्रममा योनी सिलाइएको पत्ता लागेको हो । मेडिकलका स्वास्थ्यकर्मीले उनलाई पुनः शल्यक्रिया गर्न भेरी अन्चल अस्पताल पठाएका हुन् । अस्पतालले आफ्ना स्वास्थ्यकर्मीको गल्ती स्वीकार्दै निःशुल्क शल्यक्रिया गरिदिने आश्वासन दिएको छ । अस्पताल प्रमुख डा नरेन्द्रकुमार रायले अन्जानबस यस्ता घटना हुने भन्दै त्यसबारे आफूले बुझ्ने बताए । युवतीको परिवारले लापर्बाही गर्ने चिकित्सकलाई कारबाही र पीडितलाई अस्पतालले उचित क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् ।

जनक नेपाल

Tuesday, February 28, 2012

अर्थले बजेट निाकासा नगरे मन्त्रीहरुले फागुन महिनाको तबल खान नपाउने


फागुन, काठमाडौँ । प्रधानमन्त्रीसहित मन्त्रीहरुको तलबभत्ताका लागि विनियोजित बजेट सात महिनामै सकिएको छ ।
अर्थ मन्त्रालयले तत्काल बजेट निाकासा नगरे मन्त्रीहरुले फागुन महिनाको तबल खान नपाउने भएका छन् । जम्बो मन्त्रिमण्डल बनेका कारण एक वर्षका लागि बिनियोजित बजेट सात महनिामै सकिएको हो । मन्त्रीहरुलाइ फागुनको तबल खुवाउन बजेट नभएकाले अर्थ मन्त्रालयसँग थप ६ करोड माग गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । चालू आर्थिक वर्ष २०६८/०६९ का लागि मन्त्रीहरुका तबलभत्तामा ६ करोड ७३ लाख रुपैयाँ छुट्याइएको थियो ।
सो रकम माघ महिनामै सकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । मन्त्रीहरुलार्य तलब खुवाउन प्रधानमन्त्री कार्यालयल ६ करोड रकम माग गर्दै मंगलबार अर्थमा पत्राचार गरेको छ । स्रोतका अनुसार पत्रमा आगाम पिाँच महिनाका लागि भन्दै रकम माग गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हालका मन्त्रीको तलब, भ्रमणभत्ता, होटलबास लगायत गरी मासिक १ करोड १० लाखसम्म खर्च हुँदै आएको छ ।
एउटै मन्त्रीले विभिन्न जिल्ला भ्रमण गर्दा महिनामा पाँच लाखसम लाने गरेका छन् । भदौयता एउटै मन्त्रीले १० पटकसम्म जिल्ला भ्रमण गरेका छन् । यसअघि पनि जिल्ला भ्रमण खर्च नपुगेको भन्दै प्रधानमन्त्री कार्यालयल अर्थसँग रकम मागेको थियो ।

मकाउ - नेपाल 'फ्रि भिसा' सम्झौता हुने




              पूर्ण बस्नेत, सांघाई (चीन) फागुन १७ - 'अन अराइभल' भिसा रोकेको डेढ वर्षपछि चीनको विशेष प्रशासनिक क्षेत्र मकाउले नेपालसँग 'फ्रि भिसा' सम्झौताको तयारी गरेको जनाएको छ। मंगलबार सरकारी मुख्यालयमा सर्वियासँग फ्रि भिसा सम्झौता गरेपछि मकाउका प्रशासन तथा न्याय मन्त्रालयका अधिकारीले नेपाल र रुससँग पनि छिट्टै सम्झौता हुने बताएका हुन्।





'मकाउले द्विपक्षीय भिसा सम्झौता गरेको सर्विया ९४ औँ देश हो, संभवत तीन महिनाभित्रै नेपाल र रुस यो सूचीमा संलग्न हुनेछन्', मन्त्रालयका निर्देशक लाइलेङ किटलाई उद्धृत गर्दै मकाउ डेली टाइम्सले लेखेको छ।

सरकारले ठूलो मिहिनेतपछि अमेरिका तथा क्यानडासँग फ्रि भिसा सम्झौता गरेको जनाउँदै किटले मकाउका नागरिकको अन्तर्राष्ट्रिय सम्मान तथा पर्यटन वृद्धिका लागि यसो गर्नु आवश्यक भएको तर्क गरेका छन्।


चीनका लागि सर्वियाली राजदूतसँग भिसा सम्झौतामा हस्ताक्षर गरेपछि मकाउकी प्रशासन तथा न्याय मन्त्री फ्लोरिण्डा चाङले दुई देशबीच घनिष्ठ सम्बन्ध विकास गरी धेरै पर्यटक भित्र्याउन यस्तो कदम चालिएको बताइन। चाङले भनिन्, 'विश्व समुदायसँग सांस्कृतिक तथा आर्थिक सम्बन्ध वृद्धि गर्न हामी अन्य देशहरूसँग पनि यस्तो सम्झौता गर्ने तयारीमा छौँ।'

गैरकानुनी नेपाली कामदारको संख्या बढेको र उनीहरू लागू पदार्थको कारोबारमा समेत संलग्न भएको आरोप लगाउँदै १ जुलाई २०१० देखि मकाउले नेपाल सहित बंगलादेश, श्रीलंका, पाकिस्तान, भियतनाम र नाइजेरियाका नागरिकलाई 'अन अराइभल' भिसा बन्द गरेको थियो। त्यसयता काठमाडौँस्थित चिनिया दूताबासबाट भिसा लिएर आउने नेपालीले मात्र मकाउमा प्रवेश पाउँथे।

फ्रि भिसा सम्झौता भएमा एसियाकै ठूलो क्यासिनो बजार मकाउमा नेपालीलाई प्रवेश सहज हुनेछ। स्रोतका अनुसार फ्रि भिसा सम्झौता भ्रमणका लागि मात्र हुनेछ तर कामका लागि मकाउ आउन पनि यसले सहज बनाउने छ। मकाउमा करिब दुई हजार पाँच सय नेपाली कार्यरत छन्।

मकाउ समेत हेर्ने हङकङस्थित महावाणिज्य दूताबासले फ्रि भिसा सम्झौताको तयारीबारे अहिलेसम्म जानकारी नआएको जनाएको छ। 'फ्रि भिसा सम्झौताबाट नेपालले फाइदा लिन सक्छ, तर मकाउ सरकारले अहिलेसम्म त्यसबारे हामीलाई जानकारी दिएको छैन', वाणिज्यदूत किरण शाक्यले भने, 'दुई देशबीच त्यस्तो सम्झौता भयो भने नेपालीलाई मकाउ प्रवेश सहज हुन्छ, मकाउका पर्यटकलाई नेपाल जान प्रोत्साहन पनि हुन्छ।'

बिश्वकै साहसिक यात्रि

सगरमाथाको चुचुरोमा सानोबाबु सुनुवार र लाक्पाछिरी शेर्पा (मे २१, २०११) । एपीपीआई
mt everest


काठमाडौ, फाल्गुन १७ - पहिलो पटक प्याराग्लाइडिङ देख्दा लाक्पाछिरी शेर्पाले एउटा सपना देखेका थिए, घरमाथिका अग्ला खुम्बु हिम शृंखलाको चुचुराबाट त्यसमा बसेर उड्ने ।
सगरमाथाको तेस्रो सफल आरोहणपछि उनले थाहा पाए, प्याराग्लाइडिङ भयानक गहिरा हिम खाल्डो हुँदै चुचुराहरूबाट तल र्झने सबभन्दा सजिलो, छिटो र आकर्षक तरिका हो ।
अक्टोबर २०१० मा लाक्पाले एउटा प्याराग्लाइडर भाडामा लिए । केही किला ठोकेर पाल लगाए । अनि घरमाथिको डाँडाबाट उडाए । त्यसबेला उनी झन्डैले एउटा रूखमा ठोक्किएका । अलिकतिले केही भएन । तर प्याराग्लाइडरको पखेँटा नराम्ररी कच्याककुचुक भयो । त्यो बनाउन र प्याराग्लाइडिङ सिकाउने गुरु खोज्न लाक्पा पोखरातिर हान्निए, जहाँ बग्रेल्ती प्याराग्लाइडर भेटिन्छन् ।
लाक्पा वर्षौंअघि एउटा टापुमा भेटिएका सानोबाबु सुनुवारकोमा पुगे । उनले लाक्पाको ग्लाइडर मर्मत गरिदिए । अनि दुईले एउटा रोमाञ्चकारी योजना पनि त्यहीं बनाए ।
योजनाअनुसार विश्वकै अग्लो शिखर सगरमाथा चढ्नु पर्थ्यो, त्यहाँबाट सकेसम्म पर प्याराग्लाइडिङ गरेर उड्नु पर्थ्यो, साइकल चढेर खोलाहरू नदीमा मिसिने ठाउँमा पुग्नु पर्थ्यो, नदीमा कायाक (एक खाले रोमाञ्चकारी ढुंगा, जसमा एक जना मात्रै बस्न र चलाउन मिल्छ) गर्दै सीमा पार गरी भारतीय नदी गंगामा पुग्नु पर्थ्यो, अनि गंगामा डुंगा खियाउँदै भारतीय समुद्रसम्म पुग्नु पर्थ्यो । खेल, साहस र मित्रताको संयोजनले बनेको यो योजना आफैंमा अद्वितीय थियो ।
२८ वर्षीय सानोबाबुसँग हिमाल चढेको अनुभव थिएन । ३९ वर्षीय लाक्पाले कहिल्यै कायाक गरेका थिएनन् । उनलाई पौडिनसम्म पनि आउँदैनथ्यो । सन् २०११ को अपि्रलमा यी दुईले आवश्यक उपकरणहरू भाडामा लिए । रोमाञ्चक यात्राका लागि आधारभूत योजना बनाए । अनि सगरमाथा चढ्न निक्लिए । गएको मे २१ मा सर्वाेच्च शिखरबाट प्याराग्लाइडर उडाउनेमा उनीहरू तेस्रो थिए । ८ हजार ८ सय ६५ मिटर अग्लो ठाउँबाट चराझैं उडेर उनीहरूले नयाँ विश्व रेकर्ड पनि राखे ।
कोसी नदीमा कायाक गर्दागर्दै सानोबाबु एउटा भुमरीमा परे, लाक्पा डुबे । तर तिनले त्यो कसैगरी पार गरे । यात्रा जारी राखे । योजनाअनुसार अन्तिममा डुंगा खियाउँदै भारतीय समुद्र पार गरेपछि उनीहरू अपरिचित देशमा पुगे । त्यहाँ उनीहरूको घाँटीमा चक्कु तेस्र्याइयो र उनीहरू लुटिए । फलफूलको रूखका बोक्रा र पात खाएर उनीहरूले ज्यान जोगाए । ८ सय ५० किलोमिटर दूरीमा डुंगा खियाएपछि उनीहरू बंगालको खाडीमा पुगे । गएको जुन २७ मा उनीहरू सगरमाथादेखि भारतीय समुद्रसम्म पुग्ने पहिलो यात्री भए ।
'समुद्रको किनारमा पुगेपछि हामी निकै अत्तालियौं,' सानोबाबु भन्छन्, 'किनभने हामी ठूलठूला राता बिच्छीहरूबाट घेरिएका थियौं ।'
पछि उनले त्यसको तस्बिर साथीहरूलाई देखाएपछि पो थाहा पाए, उनले खतरनाक बिच्छी भनेका ती राता प्राणी निरापद गँगटाहरू रहेछन् । यी दुईलाई अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ समुदायले कदर गर्‍यो । नेपाली सञ्चार माध्यमले राष्ट्रिय नायक भनेर प्रचार गरे । पश्चिमा रोमाञ्चक यात्रीहरूले उनीहरूको साहसिक, सरल र एकदमै कम खर्चमा गरिएको यात्राको प्रशंसा गरे । यो यात्रामा कुनै सामाजिक सञ्चारको अभियान थिएन, व्यावसायिक घरानाको प्रायोजन थिएन, रोमाञ्चकारी यात्राको कुनै वेबसाइट पनि थिएन । थियो त अत्यावश्यक सामग्री थियो । अनि थियो नयाँ दृष्टि, सिर्जना र मित्रता ।


प्रकाशित मिति: २०६८ फाल्गुन १७ ०८:४८ 
अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस।
कूपया Copy-Paste नगर्नुहोस्।
अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।
* प्रतिकृया
* क्याप्चा[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ] 
नोट:गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।