Friday, December 21, 2012

कमालको कम्प्युटर अबको ५ बर्षमा रे पत्याउनुस या न पत्याउनुस्

आजभोलि तपाईंलाई एउटा स्मार्टफोन भए केही चाहिँदैन, संसार मेरो मुट्ठीमा छ जस्तो लाग्न सक्छ होला। तर, धेरै पर्खनै पर्दैन, कम्प्युटरसँगै जोडिएर आउने नाम आइबिएमले गरेको पूर्वानुमान मान्ने हो भने पाँच वर्षभित्र कम्प्युटरमा क्रान्तिकारी परिवर्तन हुँदै छ। नयाँ कम्प्युटरले अब मान्छेका पाँच समवेदना हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने काम पनि गर्न थाल्नेछ। 
छुन सकिने कम्प्युटर 
आइबिएमकी रिटेल इन्डस्ट्री एक्सपर्ट रबिन स्कवार्टज भन्छिन्, अबको पाँच वर्षमा तपाईं मोबाइल र कम्प्युटरबाट छुन सक्नुहुनेछ। भविष्यमा यसले के के गर्न सकिन्छ त?
• अनलाइन सपिङ गर्नेहरूले लुगा वा अन्य सामान कम्प्युटर वा फोनबाटै छोएर हेरी किन्न सक्नेछन्।
• नेपालको कुनै गाउँमा बनेको सामान विकसित देशका ग्राहकहरूले आफ्नै देशबाट छोएर बुझेर अनलाइनबाट किन्न सक्नेछन्।
• हुम्लाका बिरामीलाई काठमाडौँमै बसेर डाक्टरले छोएर जाँच्न सक्नेछन्।
यी त भए फाइदाका कुरा। तर यसरी छुन सकिने भएपछि केही उरन्ठेउला ठिटाहरू पोर्न साइटतिर जाँदै युवतीका अंग प्रत्यंग छाम्न व्यस्त रहन थाले भने के गर्ने होला?
देख्न सक्ने कम्प्युटर
अहिलेको कम्प्युटरले फोटोलाई फोटोका रूपमा बुझ्दैन, बाइनरी डेटा अर्थात् शून्य र वनमा मात्र बुझ्छ। फोटोलाई चिनाउन क्याप्सन नलेखी हुन्न। तर, आइबिएमका इन्टेलिजेन्ट इन्फर्मेसन म्यानेजमेन्टका सिनियर म्यानेजर डा. जोन आर स्मिथका अनुसार पाँच वर्षमा कम्प्युटरले फोटो हेर्ने मात्र होइन, बुझ्नसमेत सक्नेछ।
• भविष्यमा कम्प्युटरले मेडिकल फोटोहरू स्क्यान गरेर डाक्टरहरूलाई समस्या पहिल्याउन सहयोग गर्नेछ।
• तपाईंले राख्नुभएका फोटो, सेयर गर्नुभएका फोटो आदिका आधारमा कम्पनीहरूले व्यक्तिगत रूपमा तपाईंको रुचिको रंग, आकार आदि मिल्ने सामान बेच्नेछ।
सुन्न सक्ने कम्प्युटर 
अहिलेका कम्प्युटरले ध्वनि बजाउन मात्र सक्छ। तर, आइबिएमका मास्टर इन्भेन्टर डा. डिमिट्री कानेभ्स्कीका अनुसार पाँच वर्षभित्र कम्प्युटरले चाहिएको आवाज सुन्न सक्नेछ। जसरी हाम्रो दिमागले आवाजका विभिन्न प्रवृत्ति बुझ्छन् र के महत्वपूर्ण हो भन्ने जानकारी दिन्छ, त्यसरी नै कम्प्युटरले अब आवाज सुन्न सक्नेछ। तर कम्प्युटरले हाम्रो दिमागले भन्दा पनि बढी काम गर्न सक्नेछ।
• भविष्यमा फोनले तपाईंको आवाजको विश्लेषण गरेर तपाईंको मूड थाहा पाउन सक्नेछ।
• कम्प्युटरले बच्चाको रुवाइको आवाज स्क्यान गरेर किन रोएको भन्ने बताइदिनेछ - भोकै भएकोले रोएको कि, प्यास लागेकोले रोएको कि, बिरामी भएकोले रोएको कि।
• रुख ढल्नुअघिको आवाज कस्तो हुन्छ? हामीले शायद सुनेका छैनौँ। तर, कम्प्युटरको प्रयोग गरी अब आवाज विश्लेषण गरी ढल्न लागेको रुख, भत्कन लागेको पुलको बारेमा अग्रिम सूचना पाइनेछ।
स्वाद थाहा पाउने कम्प्युटर 
कुन खानेकुराको स्वाद कस्तो हुन्छ? के खाँदा ठीक हुन्छ? आइबिएमका रिसर्च साइन्टिस्ट डा. लव वार्सनेका अनुसार पाँच वर्षभित्र कम्प्युटरले यो सब थाहा पाउनेछ।
• भविष्यमा व्यक्तिगत वेब एप्लिकेसन बन्नेछ र त्यसबाट तपाईंको स्वास्थ्यलाई विचार गर्ने गरी खानेकुरा खान सुझाव दिइनेछ।
• स्कूल जाने बच्चाहरूलाई के टिफिन लाने भनेर कम्प्युटरले सुझाव दिनेछ।

गन्ध थाहा पाउने कम्प्युटर 
आइबिएमका रिसर्च म्यानेजर डा. हेन्ड्रिक हमानका अनुसार पाँच वर्षभित्र कम्प्युटरले गन्ध थाहा पाउन सक्नेछ।
• भविष्यमा खेतमा किसानहरूले सेन्सर राख्नेछन् र गन्धबाट कहिले बाली पाक्यो, थाहा पाउने छन्।
• यस्ता साना सेन्सरहरू फोनमा, भवनमा, कारमा सबै ठाउँमा राख्न सकिनेछ।
• तपाईंको फोनले गन्ध थाहा पाएर तपाईं कहिले बिरामी हुँदै हुनुहुन्छ भन्ने बारे बताउनेछ।
• अस्पतालहरूमा संक्रमणको खतरा सेन्सरले गन्धबाट थाहा पाउनेछ।

Tuesday, December 11, 2012

अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गर्दा प्रहरि फन्दामा

    इटहरी, मंसिर २७, जग्गेमा बिहे भइरहेका बेला तेस्रो व्यक्ति आएर बेहुलीलाई सिन्दूर हालेको दृश्य हामीले चलचित्रमा देखेका छौं, कथा र उपन्यासमा पढेका छौं । तर, वास्तविक जीवनमा यस्तै गर्न खोज्दा सुनसरीको इटहरीका एक युवक प्रहरी फन्दामा परेका छन् ।

इटहरी नगरपालिका ५ स्थित सगरमाथा टोलमा मंगलबार आयोजित विवाह समारोहमा स्थानीय नितेश चौधरीले अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गरेपछि उनी र उनकी आमा किस्नीसहित चारजना पक्राउ परेका हुन् । इटहरी ५ का शेरबहादुर विककी छोरी भूमा र झापा कोहबराका प्रकाश गजमेरको विवाह भइरहेका बेला नितेश बेहुलीलाई सिन्दूर हाल्न आइपुगेका थिए ।
बेहुलाबेहुलीको गाडा धुनेक्रम चलिरहेका बेला किस्नीले छोरा नितेशलाई सिन्दूर हाल्न उक्साएकी थिइन् । किस्नी सिन्दूरको बट्टा बोकेर आएकी थिइन् । नितेशले भूमासँग प्रेमसम्बन्ध रहेको दाबी गर्दै सरासर सिन्दूर छर्किदिएका थिए । त्यसपछि बिहेघर तनावग्रस्त बन्नपुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
बेहुलीलाई सिन्दूर नलागेपनि आक्रोशित जन्ती र स्थानीय बासिन्दाले नितेशलाई कुटपिट गरेका थिए । स्थानीय बासिन्दाले उनलाई लागूपदार्थ दुव्र्यसनीमा फसेको आरोप लगाएका छन् । घटनाको जानकारी पाएर आएको प्रहरीले नितेश, उनकी आमा किस्नी र नितेशका पक्षमा बोल्ने अञ्जली तामाङ र स्मिता चौधरीलाई प्रक्राउ गरेको थियो । स्थानीय युवाबाटै आफ्नी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास भएपछि जन्तिपक्ष रनभुल्लमा परेको थियो भने बैबाहिक कार्यक्रम पनि डेढ घण्टा अवरुद्ध बनेको थियो ।
लामो समयसम्मको छलफल र बेहुलाबेहुली बीचको गोप्य कुराकानी भएपछि नितेशले एकहोरो प्रेम गरेकाले सिन्दूर हाल्ने प्रयास गरेको निष्कर्ष निकाल्दै बैबाहिक कार्यक्रम सुचारु गरिए

Saturday, December 8, 2012

पृथ्वी ध्वस्त हुने समाचार गलत, कुनै प्रमाण छैन, NASA



                संसारको उत्पति पछी धेरै पटक भौगोलिक चुम्बक को ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई ८००००० बर्ष पहिले बाचेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी  ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकी चुम्बकिय कम्पासलाई पृथ्विको ध्रुवको आधारमा निर्धारण गरिन्छ ।यदी अहिलेको भौगोलिक चुम्बकिय ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिसाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्विको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्विको चुम्बकिय ध्रुवहरुको परिवर्तनलाई पृथ्विलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्न खोजेका छन ।तर के त्यस्तै नाटकिय असर पर्ला त ? हामिसंग भएका  चुम्बकिय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रेकर्डहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।
चुम्बिकिय ध्रुव परिवर्तन नियम हो अपवाद होइन । पृथ्विमा बितेका २० मिलियन वर्ष देखी चुम्बकिय ध्रुव परिवर्तन सुरुभएको हो र यो प्रत्येक २००,००० देखी ३००,००० वर्षमा हुनेगरेको थियो तर पछिल्लो पटक देखी दोब्बर लामो समय सम्म भएको छैन । पृथ्विको ध्रुव परिवर्तन सयौँ, हजारौँ बर्षमा एक पटक हुन्छ तर यो पुर्ण रुपले उल्टो भने होइन ।
बैज्ञानिकहरुले भौगोलिक चुम्बकको ध्रुव बितेका ३ मिलियन बर्षमा न्युनतम सय पटक भन्दा बढी भएको अनुमान गरेका छन । र त्यस्तो परिवर्तन जसले डायनोसरहरुलाई पृथ्विवाट हटायो प्रत्येक १ मिलियन बर्षमा हुने गर्थ्यो ।
समुन्द्रको गहिरो भुईँबाट लिएका सेडिमेन्ट चट्टानले बैज्ञानिकहरुलाई चुम्बकिय ध्रुव परिवर्तनको बारेमा चुम्बकिय क्षेत्रको गतिविधी र जिवावषेश आँकडा बीच सिधा सम्बन्ध देखाई  बताउन सक्छन । Mid-Atlantic Rift  को दुबै तर्फको समुन्द्रको भुइँमा रहने लाभाको स्थितिलाई पृथ्विको चुम्बकिय ध्रुवले निर्धारण गर्छ, जहाँ नर्थ अ मेरिकन र युरोप महादेसिय प्लेटहरु एक-अर्काबाट टाढिदै छन । जब लाभा जम्छ यसले त्यस बेलाको म्याग्नेटिक क्षेत्रको अवस्थितिलाई टेप रेकर्डरले जस्तै सुरक्षित राख्छ । पछिल्लो पटक ठुलो ध्रुव परिवर्तन ७८०,००० वर्ष पहिले भएको थियो, जसलाई वैज्ञानिकहरुले ” Brunhes-Matuyama Reversal” भन्ने नाम दिएका छन । त्यस बेलाका जिवावषेशले जनावर र बिरुवाहरुको जिवानमा ठुलो परिवर्तन नल्याएको देखाएका छन । गहिरो समुन्द्रबाट झिकेको सेढिमेन्ट कोरमा भएको अक्सिजनका आईसोटप्सको मात्राले पनि कुनै हिउँ सम्बन्धी (हिम पहिरो आदि) कुनै गतिविधी नभएको संकेत गर्दछ । यो परिवर्तनले पृथ्विको घुमाइको अक्षलाई कुनै असर पार्दैन न त हावापानी र हिमालय क्षेत्रमा कुनै असर पार्छ, यदी पर्थ्यो भने पहिलेको बरफ सम्बन्धी आँकडाले यस्तो प्रमाण दिन्थ्यो ।
पृथ्विको ध्रुवहरु अपरिवर्तनिय छैनन । प्राचिन छड चुम्बकको जस्तो निश्चित नभएर पृथ्विको म्याग्नेटिक क्षेत्रलाई प्रभाब पार्ने तत्वहरु यताउता घुमिरहन्छन । भौगर्वविदहरु पृथ्विको चुम्बकको कारण यसको केन्द्रको फलामको डल्लो र यसको वरिपरी रहेको तातो तरल धातुको समुन्द्रलाई मानेका छन । यो प्रकृयालाई सुपर कम्प्युटरद्वारा नमुनाकृत गर्न सकिन्छ । पृथ्विको केन्द्रमा रहेको पग्लेको फलामको बगाईले गर्दा बिजुलिको करेन्ट उत्पन्न हुन्छ जसले चुम्बकिय क्षेत्र बन्छ । पृथ्विको बाहिरी केन्द्रलाई बैज्ञानिकहरुले सिधै अध्ययन गर्न गाह्रो छ त्यसैले उनिहरु चुम्बकिय क्षेत्रको परिवर्तनलाई अध्ययन गरेर भित्रको परिवर्तनलाई अनुमान गर्छन । उत्तरी चुम्बकिय ध्रुव बिस्तारै भौगोलिक उत्तरी ध्रुव तिर सरिरहेको छ । यो उन्नाइसौ शताब्दिमा पत्ता लागेको भन्दा ११०० किलो मिटर सरिसकेको छ । यो पहिले भन्दा छिटो छिटो सरिरहेको छ । यसलाई वैज्ञानिकहरुले पोलहरु परिवर्तन हुन लागेको बताउछन । यो प्रती वर्ष ४० माईलको दरमा सरिरहेको छ । यो दर २० औँ शताब्दिमा १० माईल प्रतिवर्ष थियो ।
चुम्बकिय परिवर्तनको बाट अन्तिम दिन आउन सक्ने परिकल्पना सौर्य बतास आउन सक्ने डर देखाउछ । यो सुझावले गल्तिपुर्वक यो मान्छ कि पृथ्विको चुम्बकिय शक्ति, जसले सौर्य आँधी र सुर्यबाट निस्किएर आउन सक्ने केन्द्रिय पदार्थलाई रोक्छ, ले पृथ्विलाई छोटो समयको लागी छोडिदिने छ । चुम्बकिय क्षेत्र कमजोर हुन र पुन: दरिन केही समय लाग्न सक्छ तर पुर्णरुपले हराएको प्रमाण कहिलै भेटिएको छैन । कमजोर चुम्बकिय क्षेत्रले निश्चिता रुपले सुर्यको बिकिरणको मात्रा बढाउन सक्छ र कम देशान्तर भएको ठाँउहरुमा औरोरा (Aurora) को सुन्दर दृश्य देखिने छ तर त्यस्तो खतरा भने हुने छैन । पृथ्विको चुम्बकिय क्षेत्र कमजोर भए पनि सुर्यबाट आउने रडियसन र पदर्थलाई बाक्लो  वायुमण्डलले पनि छेक्ने छ ।
विज्ञानले भन्छ (भौगोलिक समय रेखाको अनुसार), चुम्बकिय पोलको परिवर्तन एउटा लाखौँ बर्षको अन्तरालमा हुन्छ । यध्यपि, चुम्बकिय ध्रुव परिवर्तनको कारक तत्वहरुको पुर्णरुपले पुर्वानुमान गर्न सकिदैन उत्तरी पोलले चालको दिशा परिवर्तन गर्न सक्छ । भौगोलिक इतिहासको करोडौँ बर्षको कुनै पनि  प्रमाण वा रेकर्डले चुम्बकिय ध्रुव परिवर्तनसँग जोडिएको २०१२ को पृथ्विको अन्तिमा दिनलाई खासै गम्भिररुपले लिनुपर्ने देखएको छैन । यो परिवर्तन बरु चुम्बकिय कम्पास उत्पादन कम्पनिको असल धन्दा गर्ने मौका बन्न सक्छ ।
नासाको वेबपेजबाट अनुवादित
सन्दर्भ श्रोत
Translator: Pradeep Sapkota
http://www.nasa.gov/topics/earth/features/2012-poleReversal.html