Saturday, December 8, 2012

पृथ्वी ध्वस्त हुने समाचार गलत, कुनै प्रमाण छैन, NASA



                संसारको उत्पति पछी धेरै पटक भौगोलिक चुम्बक को ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई ८००००० बर्ष पहिले बाचेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी  ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकी चुम्बकिय कम्पासलाई पृथ्विको ध्रुवको आधारमा निर्धारण गरिन्छ ।यदी अहिलेको भौगोलिक चुम्बकिय ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिसाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्विको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्विको चुम्बकिय ध्रुवहरुको परिवर्तनलाई पृथ्विलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्न खोजेका छन ।तर के त्यस्तै नाटकिय असर पर्ला त ? हामिसंग भएका  चुम्बकिय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रेकर्डहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।
चुम्बिकिय ध्रुव परिवर्तन नियम हो अपवाद होइन । पृथ्विमा बितेका २० मिलियन वर्ष देखी चुम्बकिय ध्रुव परिवर्तन सुरुभएको हो र यो प्रत्येक २००,००० देखी ३००,००० वर्षमा हुनेगरेको थियो तर पछिल्लो पटक देखी दोब्बर लामो समय सम्म भएको छैन । पृथ्विको ध्रुव परिवर्तन सयौँ, हजारौँ बर्षमा एक पटक हुन्छ तर यो पुर्ण रुपले उल्टो भने होइन ।
बैज्ञानिकहरुले भौगोलिक चुम्बकको ध्रुव बितेका ३ मिलियन बर्षमा न्युनतम सय पटक भन्दा बढी भएको अनुमान गरेका छन । र त्यस्तो परिवर्तन जसले डायनोसरहरुलाई पृथ्विवाट हटायो प्रत्येक १ मिलियन बर्षमा हुने गर्थ्यो ।
समुन्द्रको गहिरो भुईँबाट लिएका सेडिमेन्ट चट्टानले बैज्ञानिकहरुलाई चुम्बकिय ध्रुव परिवर्तनको बारेमा चुम्बकिय क्षेत्रको गतिविधी र जिवावषेश आँकडा बीच सिधा सम्बन्ध देखाई  बताउन सक्छन । Mid-Atlantic Rift  को दुबै तर्फको समुन्द्रको भुइँमा रहने लाभाको स्थितिलाई पृथ्विको चुम्बकिय ध्रुवले निर्धारण गर्छ, जहाँ नर्थ अ मेरिकन र युरोप महादेसिय प्लेटहरु एक-अर्काबाट टाढिदै छन । जब लाभा जम्छ यसले त्यस बेलाको म्याग्नेटिक क्षेत्रको अवस्थितिलाई टेप रेकर्डरले जस्तै सुरक्षित राख्छ । पछिल्लो पटक ठुलो ध्रुव परिवर्तन ७८०,००० वर्ष पहिले भएको थियो, जसलाई वैज्ञानिकहरुले ” Brunhes-Matuyama Reversal” भन्ने नाम दिएका छन । त्यस बेलाका जिवावषेशले जनावर र बिरुवाहरुको जिवानमा ठुलो परिवर्तन नल्याएको देखाएका छन । गहिरो समुन्द्रबाट झिकेको सेढिमेन्ट कोरमा भएको अक्सिजनका आईसोटप्सको मात्राले पनि कुनै हिउँ सम्बन्धी (हिम पहिरो आदि) कुनै गतिविधी नभएको संकेत गर्दछ । यो परिवर्तनले पृथ्विको घुमाइको अक्षलाई कुनै असर पार्दैन न त हावापानी र हिमालय क्षेत्रमा कुनै असर पार्छ, यदी पर्थ्यो भने पहिलेको बरफ सम्बन्धी आँकडाले यस्तो प्रमाण दिन्थ्यो ।
पृथ्विको ध्रुवहरु अपरिवर्तनिय छैनन । प्राचिन छड चुम्बकको जस्तो निश्चित नभएर पृथ्विको म्याग्नेटिक क्षेत्रलाई प्रभाब पार्ने तत्वहरु यताउता घुमिरहन्छन । भौगर्वविदहरु पृथ्विको चुम्बकको कारण यसको केन्द्रको फलामको डल्लो र यसको वरिपरी रहेको तातो तरल धातुको समुन्द्रलाई मानेका छन । यो प्रकृयालाई सुपर कम्प्युटरद्वारा नमुनाकृत गर्न सकिन्छ । पृथ्विको केन्द्रमा रहेको पग्लेको फलामको बगाईले गर्दा बिजुलिको करेन्ट उत्पन्न हुन्छ जसले चुम्बकिय क्षेत्र बन्छ । पृथ्विको बाहिरी केन्द्रलाई बैज्ञानिकहरुले सिधै अध्ययन गर्न गाह्रो छ त्यसैले उनिहरु चुम्बकिय क्षेत्रको परिवर्तनलाई अध्ययन गरेर भित्रको परिवर्तनलाई अनुमान गर्छन । उत्तरी चुम्बकिय ध्रुव बिस्तारै भौगोलिक उत्तरी ध्रुव तिर सरिरहेको छ । यो उन्नाइसौ शताब्दिमा पत्ता लागेको भन्दा ११०० किलो मिटर सरिसकेको छ । यो पहिले भन्दा छिटो छिटो सरिरहेको छ । यसलाई वैज्ञानिकहरुले पोलहरु परिवर्तन हुन लागेको बताउछन । यो प्रती वर्ष ४० माईलको दरमा सरिरहेको छ । यो दर २० औँ शताब्दिमा १० माईल प्रतिवर्ष थियो ।
चुम्बकिय परिवर्तनको बाट अन्तिम दिन आउन सक्ने परिकल्पना सौर्य बतास आउन सक्ने डर देखाउछ । यो सुझावले गल्तिपुर्वक यो मान्छ कि पृथ्विको चुम्बकिय शक्ति, जसले सौर्य आँधी र सुर्यबाट निस्किएर आउन सक्ने केन्द्रिय पदार्थलाई रोक्छ, ले पृथ्विलाई छोटो समयको लागी छोडिदिने छ । चुम्बकिय क्षेत्र कमजोर हुन र पुन: दरिन केही समय लाग्न सक्छ तर पुर्णरुपले हराएको प्रमाण कहिलै भेटिएको छैन । कमजोर चुम्बकिय क्षेत्रले निश्चिता रुपले सुर्यको बिकिरणको मात्रा बढाउन सक्छ र कम देशान्तर भएको ठाँउहरुमा औरोरा (Aurora) को सुन्दर दृश्य देखिने छ तर त्यस्तो खतरा भने हुने छैन । पृथ्विको चुम्बकिय क्षेत्र कमजोर भए पनि सुर्यबाट आउने रडियसन र पदर्थलाई बाक्लो  वायुमण्डलले पनि छेक्ने छ ।
विज्ञानले भन्छ (भौगोलिक समय रेखाको अनुसार), चुम्बकिय पोलको परिवर्तन एउटा लाखौँ बर्षको अन्तरालमा हुन्छ । यध्यपि, चुम्बकिय ध्रुव परिवर्तनको कारक तत्वहरुको पुर्णरुपले पुर्वानुमान गर्न सकिदैन उत्तरी पोलले चालको दिशा परिवर्तन गर्न सक्छ । भौगोलिक इतिहासको करोडौँ बर्षको कुनै पनि  प्रमाण वा रेकर्डले चुम्बकिय ध्रुव परिवर्तनसँग जोडिएको २०१२ को पृथ्विको अन्तिमा दिनलाई खासै गम्भिररुपले लिनुपर्ने देखएको छैन । यो परिवर्तन बरु चुम्बकिय कम्पास उत्पादन कम्पनिको असल धन्दा गर्ने मौका बन्न सक्छ ।
नासाको वेबपेजबाट अनुवादित
सन्दर्भ श्रोत
Translator: Pradeep Sapkota
http://www.nasa.gov/topics/earth/features/2012-poleReversal.html

No comments:

Post a Comment