Wednesday, October 17, 2012

फर्सिमा कला

फर्सीलाई निकै सस्तो तरकारीको रुपमा लिइन्छ । हुनेखानेले त यसलाई गरीबको तिहुनको रुपमा पनि हेला गर्छन्, भलै फर्सी निकै गुणकारी तरकारी हो । केही वस्तुको भाउ सस्तो भयो भने त्यसलाई फर्सीको भाउ भन्ने गरिन्छ ।
तर दुइजना अमेरिकी कलाकारले भने हेला गरिने यो फर्सीमै अद्भुत कलाकारिता प्रस्तुत गरेर फर्सीको महत्व निकै बढाइदिएका छन् ।
रे भिलाफेन र एन्डी बर्गहोल्जले फर्सीमै विभिन्न अनुहार कुँदेर सबैलाई छक्क पारिदिएका छन् । उनीहरुले फर्सीमै निकै अनौठा मानव अनुहार खोपेका छन् । यी अनुहार हेर्दा इतिहासका विभिन्न पात्रको याद आउँछ र साँच्चीकै ती पात्रका शालिक हुन् की भन्ने लाग्छ ।
तर भ्रममा नपर्नुहोस् यी रे र एन्डीले फर्सीमा बनाएका मानव आकृतिका उत्कृष्ट कलाकारिता हुन् ।


Sunday, October 14, 2012

म र मेरो नया परिवारका सदस्य हरु















"माया नगरेपनि घृणा चाहि नगर्नु होला" -युबराज भट्टराई

Friday, October 12, 2012

एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल र युएईले बाँडे

नेपालका कप्तान पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी

12-oct  sharjah। एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल र युएईले बाँडेका छन् । शुक्रबार भएको फाइनल भिडन्तमा दुबै टोलीले समान २ सय ४१ रन बनाएपछि उपाधि बाँडेका हुन् । सन् १९९६ देखि एसीसी ट्रफी खेल्दै आएको नेपालले उपाधि उचालेको यो पहिलो पटक हो ।
युएईले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । जितका लागि अन्तिम ओभरमा १२ रन चाहिएकोमा नेपालले ११ रन मात्र बनायो । पहिलो बलमा नेपालले रन लिन सकेन भने दोस्रो र तेस्रो बलमा एक-एक रन बनाएको नेपालका लागि तेस्रो बलमा शक्ति गौचनले छक्का हानेर जितको आश जगाए ।
अन्तिम ओभरका ५ औं बलमा शक्तिले २ रन लिएपछि जितका लागि नेपाललाई अन्तिम बलमा २ रन चाहियो । अन्तिम बलमा उनले एक रन मात्र बनाउन सके । दोस्रो रनका लागि दौडिएका उनले डाइभ हान्दै रन जोड्ने प्रयास गरेपनि सकेनन् र खेल बराबरीमा सकियो ।
नेपालको सुरुवात भने निकै राम्रो थियो । पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका सुवाष खकुरेल ५५ र अनिल मण्डल ४४ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ र कप्तान पारस खड्काले ३१ रन बनाए । मल्ल र खड्काले ५९ रनको महत्वपूर्ण साझेदारी गरे । सदर भेसवाकरले ३६ बलमा ३८ रन बनाए ।
यसअघि शारजहाँ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले अकिव अलीको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । १ सय ३ बलको सामना गरेका उनी २ छक्का र ८ चौकाको मदतमा १ सय १ रनमा अविजित रहे भने कुर्राम खानले ६१ रन जोडे ।
स्कोर बोर्डमा रनको खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको कुनै समय युएईले कुनै समय २४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । नेपालको बलिङ र फिल्डिङ चल्न नसक्दा मध्यक्रमका व्याट्सम्यानहरुले युएईको पारी उकासेका थिए । नेपालका शक्ति गौचनले १० ओभरमा २ मेडन राख्दै ३६ रन दिएर ३ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए । नेपालका कप्तान पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने ।