Friday, December 21, 2012

कमालको कम्प्युटर अबको ५ बर्षमा रे पत्याउनुस या न पत्याउनुस्

आजभोलि तपाईंलाई एउटा स्मार्टफोन भए केही चाहिँदैन, संसार मेरो मुट्ठीमा छ जस्तो लाग्न सक्छ होला। तर, धेरै पर्खनै पर्दैन, कम्प्युटरसँगै जोडिएर आउने नाम आइबिएमले गरेको पूर्वानुमान मान्ने हो भने पाँच वर्षभित्र कम्प्युटरमा क्रान्तिकारी परिवर्तन हुँदै छ। नयाँ कम्प्युटरले अब मान्छेका पाँच समवेदना हेर्ने, सुन्ने, छुने, सुँघ्ने र स्वाद थाहा पाउने काम पनि गर्न थाल्नेछ। 
छुन सकिने कम्प्युटर 
आइबिएमकी रिटेल इन्डस्ट्री एक्सपर्ट रबिन स्कवार्टज भन्छिन्, अबको पाँच वर्षमा तपाईं मोबाइल र कम्प्युटरबाट छुन सक्नुहुनेछ। भविष्यमा यसले के के गर्न सकिन्छ त?
• अनलाइन सपिङ गर्नेहरूले लुगा वा अन्य सामान कम्प्युटर वा फोनबाटै छोएर हेरी किन्न सक्नेछन्।
• नेपालको कुनै गाउँमा बनेको सामान विकसित देशका ग्राहकहरूले आफ्नै देशबाट छोएर बुझेर अनलाइनबाट किन्न सक्नेछन्।
• हुम्लाका बिरामीलाई काठमाडौँमै बसेर डाक्टरले छोएर जाँच्न सक्नेछन्।
यी त भए फाइदाका कुरा। तर यसरी छुन सकिने भएपछि केही उरन्ठेउला ठिटाहरू पोर्न साइटतिर जाँदै युवतीका अंग प्रत्यंग छाम्न व्यस्त रहन थाले भने के गर्ने होला?
देख्न सक्ने कम्प्युटर
अहिलेको कम्प्युटरले फोटोलाई फोटोका रूपमा बुझ्दैन, बाइनरी डेटा अर्थात् शून्य र वनमा मात्र बुझ्छ। फोटोलाई चिनाउन क्याप्सन नलेखी हुन्न। तर, आइबिएमका इन्टेलिजेन्ट इन्फर्मेसन म्यानेजमेन्टका सिनियर म्यानेजर डा. जोन आर स्मिथका अनुसार पाँच वर्षमा कम्प्युटरले फोटो हेर्ने मात्र होइन, बुझ्नसमेत सक्नेछ।
• भविष्यमा कम्प्युटरले मेडिकल फोटोहरू स्क्यान गरेर डाक्टरहरूलाई समस्या पहिल्याउन सहयोग गर्नेछ।
• तपाईंले राख्नुभएका फोटो, सेयर गर्नुभएका फोटो आदिका आधारमा कम्पनीहरूले व्यक्तिगत रूपमा तपाईंको रुचिको रंग, आकार आदि मिल्ने सामान बेच्नेछ।
सुन्न सक्ने कम्प्युटर 
अहिलेका कम्प्युटरले ध्वनि बजाउन मात्र सक्छ। तर, आइबिएमका मास्टर इन्भेन्टर डा. डिमिट्री कानेभ्स्कीका अनुसार पाँच वर्षभित्र कम्प्युटरले चाहिएको आवाज सुन्न सक्नेछ। जसरी हाम्रो दिमागले आवाजका विभिन्न प्रवृत्ति बुझ्छन् र के महत्वपूर्ण हो भन्ने जानकारी दिन्छ, त्यसरी नै कम्प्युटरले अब आवाज सुन्न सक्नेछ। तर कम्प्युटरले हाम्रो दिमागले भन्दा पनि बढी काम गर्न सक्नेछ।
• भविष्यमा फोनले तपाईंको आवाजको विश्लेषण गरेर तपाईंको मूड थाहा पाउन सक्नेछ।
• कम्प्युटरले बच्चाको रुवाइको आवाज स्क्यान गरेर किन रोएको भन्ने बताइदिनेछ - भोकै भएकोले रोएको कि, प्यास लागेकोले रोएको कि, बिरामी भएकोले रोएको कि।
• रुख ढल्नुअघिको आवाज कस्तो हुन्छ? हामीले शायद सुनेका छैनौँ। तर, कम्प्युटरको प्रयोग गरी अब आवाज विश्लेषण गरी ढल्न लागेको रुख, भत्कन लागेको पुलको बारेमा अग्रिम सूचना पाइनेछ।
स्वाद थाहा पाउने कम्प्युटर 
कुन खानेकुराको स्वाद कस्तो हुन्छ? के खाँदा ठीक हुन्छ? आइबिएमका रिसर्च साइन्टिस्ट डा. लव वार्सनेका अनुसार पाँच वर्षभित्र कम्प्युटरले यो सब थाहा पाउनेछ।
• भविष्यमा व्यक्तिगत वेब एप्लिकेसन बन्नेछ र त्यसबाट तपाईंको स्वास्थ्यलाई विचार गर्ने गरी खानेकुरा खान सुझाव दिइनेछ।
• स्कूल जाने बच्चाहरूलाई के टिफिन लाने भनेर कम्प्युटरले सुझाव दिनेछ।

गन्ध थाहा पाउने कम्प्युटर 
आइबिएमका रिसर्च म्यानेजर डा. हेन्ड्रिक हमानका अनुसार पाँच वर्षभित्र कम्प्युटरले गन्ध थाहा पाउन सक्नेछ।
• भविष्यमा खेतमा किसानहरूले सेन्सर राख्नेछन् र गन्धबाट कहिले बाली पाक्यो, थाहा पाउने छन्।
• यस्ता साना सेन्सरहरू फोनमा, भवनमा, कारमा सबै ठाउँमा राख्न सकिनेछ।
• तपाईंको फोनले गन्ध थाहा पाएर तपाईं कहिले बिरामी हुँदै हुनुहुन्छ भन्ने बारे बताउनेछ।
• अस्पतालहरूमा संक्रमणको खतरा सेन्सरले गन्धबाट थाहा पाउनेछ।

Tuesday, December 11, 2012

अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गर्दा प्रहरि फन्दामा

    इटहरी, मंसिर २७, जग्गेमा बिहे भइरहेका बेला तेस्रो व्यक्ति आएर बेहुलीलाई सिन्दूर हालेको दृश्य हामीले चलचित्रमा देखेका छौं, कथा र उपन्यासमा पढेका छौं । तर, वास्तविक जीवनमा यस्तै गर्न खोज्दा सुनसरीको इटहरीका एक युवक प्रहरी फन्दामा परेका छन् ।

इटहरी नगरपालिका ५ स्थित सगरमाथा टोलमा मंगलबार आयोजित विवाह समारोहमा स्थानीय नितेश चौधरीले अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गरेपछि उनी र उनकी आमा किस्नीसहित चारजना पक्राउ परेका हुन् । इटहरी ५ का शेरबहादुर विककी छोरी भूमा र झापा कोहबराका प्रकाश गजमेरको विवाह भइरहेका बेला नितेश बेहुलीलाई सिन्दूर हाल्न आइपुगेका थिए ।
बेहुलाबेहुलीको गाडा धुनेक्रम चलिरहेका बेला किस्नीले छोरा नितेशलाई सिन्दूर हाल्न उक्साएकी थिइन् । किस्नी सिन्दूरको बट्टा बोकेर आएकी थिइन् । नितेशले भूमासँग प्रेमसम्बन्ध रहेको दाबी गर्दै सरासर सिन्दूर छर्किदिएका थिए । त्यसपछि बिहेघर तनावग्रस्त बन्नपुगेको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
बेहुलीलाई सिन्दूर नलागेपनि आक्रोशित जन्ती र स्थानीय बासिन्दाले नितेशलाई कुटपिट गरेका थिए । स्थानीय बासिन्दाले उनलाई लागूपदार्थ दुव्र्यसनीमा फसेको आरोप लगाएका छन् । घटनाको जानकारी पाएर आएको प्रहरीले नितेश, उनकी आमा किस्नी र नितेशका पक्षमा बोल्ने अञ्जली तामाङ र स्मिता चौधरीलाई प्रक्राउ गरेको थियो । स्थानीय युवाबाटै आफ्नी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास भएपछि जन्तिपक्ष रनभुल्लमा परेको थियो भने बैबाहिक कार्यक्रम पनि डेढ घण्टा अवरुद्ध बनेको थियो ।
लामो समयसम्मको छलफल र बेहुलाबेहुली बीचको गोप्य कुराकानी भएपछि नितेशले एकहोरो प्रेम गरेकाले सिन्दूर हाल्ने प्रयास गरेको निष्कर्ष निकाल्दै बैबाहिक कार्यक्रम सुचारु गरिए

Saturday, December 8, 2012

पृथ्वी ध्वस्त हुने समाचार गलत, कुनै प्रमाण छैन, NASA



                संसारको उत्पति पछी धेरै पटक भौगोलिक चुम्बक को ध्रुब परिवर्तन भएको बैज्ञानिकहरुले बुझेका छन । यदी तपाई ८००००० बर्ष पहिले बाचेको भए तपाईको हातमा भएको कम्पासको उत्तरी  ध्रुवले दक्षिण देखाएको हुन्थ्यो । किनकी चुम्बकिय कम्पासलाई पृथ्विको ध्रुवको आधारमा निर्धारण गरिन्छ ।यदी अहिलेको भौगोलिक चुम्बकिय ध्रुवहरु परिवर्तन भएको भए कम्पासको उत्तर र दक्षिण दिसाको निर्धारण १८० डिग्री गल्ती हुने थियो । पृथ्विको अन्त्यको दिनको बारेमा कुरा गर्ने धेरै साध्याकर्ताहरुले पृथ्विको चुम्बकिय ध्रुवहरुको परिवर्तनलाई पृथ्विलाई ध्वस्त पार्ने एउटा कारणको रुपमा व्याख्या गर्न खोजेका छन ।तर के त्यस्तै नाटकिय असर पर्ला त ? हामिसंग भएका  चुम्बकिय ध्रुव परिवर्तन हुदाका लाखौ वर्ष पुराना भौगोलिक र जिवावशेषका रेकर्डहरुलाई हेर्ने हो भने कुनै असर नपर्ने देखिन्छ ।
चुम्बिकिय ध्रुव परिवर्तन नियम हो अपवाद होइन । पृथ्विमा बितेका २० मिलियन वर्ष देखी चुम्बकिय ध्रुव परिवर्तन सुरुभएको हो र यो प्रत्येक २००,००० देखी ३००,००० वर्षमा हुनेगरेको थियो तर पछिल्लो पटक देखी दोब्बर लामो समय सम्म भएको छैन । पृथ्विको ध्रुव परिवर्तन सयौँ, हजारौँ बर्षमा एक पटक हुन्छ तर यो पुर्ण रुपले उल्टो भने होइन ।
बैज्ञानिकहरुले भौगोलिक चुम्बकको ध्रुव बितेका ३ मिलियन बर्षमा न्युनतम सय पटक भन्दा बढी भएको अनुमान गरेका छन । र त्यस्तो परिवर्तन जसले डायनोसरहरुलाई पृथ्विवाट हटायो प्रत्येक १ मिलियन बर्षमा हुने गर्थ्यो ।
समुन्द्रको गहिरो भुईँबाट लिएका सेडिमेन्ट चट्टानले बैज्ञानिकहरुलाई चुम्बकिय ध्रुव परिवर्तनको बारेमा चुम्बकिय क्षेत्रको गतिविधी र जिवावषेश आँकडा बीच सिधा सम्बन्ध देखाई  बताउन सक्छन । Mid-Atlantic Rift  को दुबै तर्फको समुन्द्रको भुइँमा रहने लाभाको स्थितिलाई पृथ्विको चुम्बकिय ध्रुवले निर्धारण गर्छ, जहाँ नर्थ अ मेरिकन र युरोप महादेसिय प्लेटहरु एक-अर्काबाट टाढिदै छन । जब लाभा जम्छ यसले त्यस बेलाको म्याग्नेटिक क्षेत्रको अवस्थितिलाई टेप रेकर्डरले जस्तै सुरक्षित राख्छ । पछिल्लो पटक ठुलो ध्रुव परिवर्तन ७८०,००० वर्ष पहिले भएको थियो, जसलाई वैज्ञानिकहरुले ” Brunhes-Matuyama Reversal” भन्ने नाम दिएका छन । त्यस बेलाका जिवावषेशले जनावर र बिरुवाहरुको जिवानमा ठुलो परिवर्तन नल्याएको देखाएका छन । गहिरो समुन्द्रबाट झिकेको सेढिमेन्ट कोरमा भएको अक्सिजनका आईसोटप्सको मात्राले पनि कुनै हिउँ सम्बन्धी (हिम पहिरो आदि) कुनै गतिविधी नभएको संकेत गर्दछ । यो परिवर्तनले पृथ्विको घुमाइको अक्षलाई कुनै असर पार्दैन न त हावापानी र हिमालय क्षेत्रमा कुनै असर पार्छ, यदी पर्थ्यो भने पहिलेको बरफ सम्बन्धी आँकडाले यस्तो प्रमाण दिन्थ्यो ।
पृथ्विको ध्रुवहरु अपरिवर्तनिय छैनन । प्राचिन छड चुम्बकको जस्तो निश्चित नभएर पृथ्विको म्याग्नेटिक क्षेत्रलाई प्रभाब पार्ने तत्वहरु यताउता घुमिरहन्छन । भौगर्वविदहरु पृथ्विको चुम्बकको कारण यसको केन्द्रको फलामको डल्लो र यसको वरिपरी रहेको तातो तरल धातुको समुन्द्रलाई मानेका छन । यो प्रकृयालाई सुपर कम्प्युटरद्वारा नमुनाकृत गर्न सकिन्छ । पृथ्विको केन्द्रमा रहेको पग्लेको फलामको बगाईले गर्दा बिजुलिको करेन्ट उत्पन्न हुन्छ जसले चुम्बकिय क्षेत्र बन्छ । पृथ्विको बाहिरी केन्द्रलाई बैज्ञानिकहरुले सिधै अध्ययन गर्न गाह्रो छ त्यसैले उनिहरु चुम्बकिय क्षेत्रको परिवर्तनलाई अध्ययन गरेर भित्रको परिवर्तनलाई अनुमान गर्छन । उत्तरी चुम्बकिय ध्रुव बिस्तारै भौगोलिक उत्तरी ध्रुव तिर सरिरहेको छ । यो उन्नाइसौ शताब्दिमा पत्ता लागेको भन्दा ११०० किलो मिटर सरिसकेको छ । यो पहिले भन्दा छिटो छिटो सरिरहेको छ । यसलाई वैज्ञानिकहरुले पोलहरु परिवर्तन हुन लागेको बताउछन । यो प्रती वर्ष ४० माईलको दरमा सरिरहेको छ । यो दर २० औँ शताब्दिमा १० माईल प्रतिवर्ष थियो ।
चुम्बकिय परिवर्तनको बाट अन्तिम दिन आउन सक्ने परिकल्पना सौर्य बतास आउन सक्ने डर देखाउछ । यो सुझावले गल्तिपुर्वक यो मान्छ कि पृथ्विको चुम्बकिय शक्ति, जसले सौर्य आँधी र सुर्यबाट निस्किएर आउन सक्ने केन्द्रिय पदार्थलाई रोक्छ, ले पृथ्विलाई छोटो समयको लागी छोडिदिने छ । चुम्बकिय क्षेत्र कमजोर हुन र पुन: दरिन केही समय लाग्न सक्छ तर पुर्णरुपले हराएको प्रमाण कहिलै भेटिएको छैन । कमजोर चुम्बकिय क्षेत्रले निश्चिता रुपले सुर्यको बिकिरणको मात्रा बढाउन सक्छ र कम देशान्तर भएको ठाँउहरुमा औरोरा (Aurora) को सुन्दर दृश्य देखिने छ तर त्यस्तो खतरा भने हुने छैन । पृथ्विको चुम्बकिय क्षेत्र कमजोर भए पनि सुर्यबाट आउने रडियसन र पदर्थलाई बाक्लो  वायुमण्डलले पनि छेक्ने छ ।
विज्ञानले भन्छ (भौगोलिक समय रेखाको अनुसार), चुम्बकिय पोलको परिवर्तन एउटा लाखौँ बर्षको अन्तरालमा हुन्छ । यध्यपि, चुम्बकिय ध्रुव परिवर्तनको कारक तत्वहरुको पुर्णरुपले पुर्वानुमान गर्न सकिदैन उत्तरी पोलले चालको दिशा परिवर्तन गर्न सक्छ । भौगोलिक इतिहासको करोडौँ बर्षको कुनै पनि  प्रमाण वा रेकर्डले चुम्बकिय ध्रुव परिवर्तनसँग जोडिएको २०१२ को पृथ्विको अन्तिमा दिनलाई खासै गम्भिररुपले लिनुपर्ने देखएको छैन । यो परिवर्तन बरु चुम्बकिय कम्पास उत्पादन कम्पनिको असल धन्दा गर्ने मौका बन्न सक्छ ।
नासाको वेबपेजबाट अनुवादित
सन्दर्भ श्रोत
Translator: Pradeep Sapkota
http://www.nasa.gov/topics/earth/features/2012-poleReversal.html

Monday, November 26, 2012

तुईन जतिकै खतरा चाहि होईन

             इण्डोनेशियाको एक गाँउका बच्चाहरु स्कुल जान हरेक दिन आफ्नो ज्यान हत्केलामा राख्छन् । जावा प्राद्वीपको सुरो र प्लेमपंगन गाउँको बीचमा सयौँ मिटर अग्लो बाँसको पुलमा बच्चाहरु साइलकमा ओहर दोहोर गर्छन् ।
यसका बावजुत पनि उनीहरु स्कुल जान तयार छन् । उनीहरु एक हातले डोरी समाउँछन् र अर्को हातले साइकल । तस्वीरमा देखिएको जस्तै पुलबाट उनीहरुले ६ किलोमिटर हिड्नुपर्छ । उनीहरुसँग यो पुल भएर हिड्नुको विकल्प पनि नभएको डेली मेलले जनाएको छ ।
मुस्किलले एक हात चौडा काठ र बाँसले बनाइएका यी संयन्त्र मानिस हिड्नका लागि बनाइएका हैनन् । पानी आपूर्तिका लागि बनाइएको यो संयन्त्रमा जोडिएका साना काठमाथि कलिला बालबालिका साइकल कुँदाएर हिड्छन् । तीन माइल हिड्नुभन्दा यस्तै खतरनाक यात्रा गर्नु उनीहरुको प्राथमिकतामा परेको छ ।

अचम्मका तस्विर हरु

      तपाईले तल हेर्नु भएको तस्वीर एक साधारण क्यामाराबाटै खिचिएको छ । यो तस्वीर जापानका माकोतो आइदाले खिचेका हुन् । एक युवतीको सिउँदालाई खेतको बीचमा रहेको बाटोसँग मर्ज गरिएको छ । झट्ट हेर्दा युवतीको टाउको हुँदै बाटो जान्छ जस्तो लाग्छ ।
अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं ।

Wednesday, October 17, 2012

फर्सिमा कला

फर्सीलाई निकै सस्तो तरकारीको रुपमा लिइन्छ । हुनेखानेले त यसलाई गरीबको तिहुनको रुपमा पनि हेला गर्छन्, भलै फर्सी निकै गुणकारी तरकारी हो । केही वस्तुको भाउ सस्तो भयो भने त्यसलाई फर्सीको भाउ भन्ने गरिन्छ ।
तर दुइजना अमेरिकी कलाकारले भने हेला गरिने यो फर्सीमै अद्भुत कलाकारिता प्रस्तुत गरेर फर्सीको महत्व निकै बढाइदिएका छन् ।
रे भिलाफेन र एन्डी बर्गहोल्जले फर्सीमै विभिन्न अनुहार कुँदेर सबैलाई छक्क पारिदिएका छन् । उनीहरुले फर्सीमै निकै अनौठा मानव अनुहार खोपेका छन् । यी अनुहार हेर्दा इतिहासका विभिन्न पात्रको याद आउँछ र साँच्चीकै ती पात्रका शालिक हुन् की भन्ने लाग्छ ।
तर भ्रममा नपर्नुहोस् यी रे र एन्डीले फर्सीमा बनाएका मानव आकृतिका उत्कृष्ट कलाकारिता हुन् ।


Sunday, October 14, 2012

म र मेरो नया परिवारका सदस्य हरु















"माया नगरेपनि घृणा चाहि नगर्नु होला" -युबराज भट्टराई

Friday, October 12, 2012

एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल र युएईले बाँडे

नेपालका कप्तान पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी

12-oct  sharjah। एसीसी ट्रफी एलिट कप क्रिकेटको उपाधि नेपाल र युएईले बाँडेका छन् । शुक्रबार भएको फाइनल भिडन्तमा दुबै टोलीले समान २ सय ४१ रन बनाएपछि उपाधि बाँडेका हुन् । सन् १९९६ देखि एसीसी ट्रफी खेल्दै आएको नेपालले उपाधि उचालेको यो पहिलो पटक हो ।
युएईले प्रस्तुत गरेको २ सय ४२ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । जितका लागि अन्तिम ओभरमा १२ रन चाहिएकोमा नेपालले ११ रन मात्र बनायो । पहिलो बलमा नेपालले रन लिन सकेन भने दोस्रो र तेस्रो बलमा एक-एक रन बनाएको नेपालका लागि तेस्रो बलमा शक्ति गौचनले छक्का हानेर जितको आश जगाए ।
अन्तिम ओभरका ५ औं बलमा शक्तिले २ रन लिएपछि जितका लागि नेपाललाई अन्तिम बलमा २ रन चाहियो । अन्तिम बलमा उनले एक रन मात्र बनाउन सके । दोस्रो रनका लागि दौडिएका उनले डाइभ हान्दै रन जोड्ने प्रयास गरेपनि सकेनन् र खेल बराबरीमा सकियो ।
नेपालको सुरुवात भने निकै राम्रो थियो । पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरेका सुवाष खकुरेल ५५ र अनिल मण्डल ४४ रनमा आउट भए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३२ र कप्तान पारस खड्काले ३१ रन बनाए । मल्ल र खड्काले ५९ रनको महत्वपूर्ण साझेदारी गरे । सदर भेसवाकरले ३६ बलमा ३८ रन बनाए ।
यसअघि शारजहाँ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले अकिव अलीको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । १ सय ३ बलको सामना गरेका उनी २ छक्का र ८ चौकाको मदतमा १ सय १ रनमा अविजित रहे भने कुर्राम खानले ६१ रन जोडे ।
स्कोर बोर्डमा रनको खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको कुनै समय युएईले कुनै समय २४ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो । नेपालको बलिङ र फिल्डिङ चल्न नसक्दा मध्यक्रमका व्याट्सम्यानहरुले युएईको पारी उकासेका थिए । नेपालका शक्ति गौचनले १० ओभरमा २ मेडन राख्दै ३६ रन दिएर ३ विकेट लिए भने बसन्त रेग्मीले १ विकेट लिए । नेपालका कप्तान पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने ।

Monday, August 6, 2012

‘क्यूरियोसिटी’ मंगल ग्रहमा अवतरण (तस्वीरसहित)




07 august sharjah । मंगल ग्रहमा जीवनको खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे मार्समा अबतरण भएको हो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको थियो । अब मंगल ग्रहको तस्वीर समेत प्राप्त हुन थालेको नासाले जनाएको छ । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगलग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
नासाका अनुसार क्यूरियोसिटीले मंगल ग्रहको सतह छुए लगतै उसँग जोडिएको तार काटेर अलग गरिएको थियो । क्यूरियोसिटीको मगल ग्रहमा अवतरण गराउनु एक महत्वपूर्ण उपलब्धी थियो, किन भने यसलाई सम्भव बनाउन २१ हजार २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मंगल ग्रहको जलवायुमा प्रवेश गराउनु थियो । त्यसमा सफलता पाएसँगै क्यूरियोसिटीले मंगल ग्रहको बायुमण्डलमा प्रवेश गरेको थियो ।
क्यूरियोसिटी कुनै पनि जीव तथा जीवास्मा खोज्न त असक्षम छ तर, यसले मावन जीवनका लागि उपयोगी तत्वहरु कार्बन, नाइट्रोजन, फस्फोरस, सल्फर र अक्सिजनको खोजी गर्नेछ ।
के हो क्यूरियोसिटीः ६ खुट्टा भएकोक्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति औसत ३०मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ । उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ । यो रोवर्टलाई नासाले २६ नोभेम्बर २०११ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस-५ नामक रकेटबाट प्रक्षेपणगरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम-२३८ को प्रयोग गरिएको छ ।


Tuesday, July 31, 2012

जलदेबता:-"त्यसो भए तेरो बुढी पच !!!!!" :- कथा

एउटा दाउरे बुढी लिएर दाउराकाट्न गएछ !दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे"!

अनि उ डिलमा बसेर रुन थालेछ !केही समयपछि जलदेबता प्रकट भएर उसलाई रुनको कारण सोधेछन् ! अनि उसले पनि आफ्नी श्रीमती खसेर
रो'को भनेछन् ! 
दाउरे:-"प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे, त्यो भइनभने त म
मरेतुल्य हुन्छु !

जलदेबता:-""तेरी बुढी कस्ति छे त?"

दाउरे:- "के भन्नु र. एन्जेलिनाको जस्तो ओठ.करिनाको जस्तो फिगर.
ऐश्वर्याको जस्तो आँखा,कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु "

जलदेबता:-"कसम?"

दाउरे:-"कसम, प्रभु"

जलदेबता:-"त्यसो भए तेरो बुढी पच !!!!!" 

सर्वोच्च अदालत द्वारा आजिवन सुविधा दिने अध्यादेश रोक्न अन्तरिम आदेश

१६ साउन, काठमाडौं । सर्वोच्च अदालतले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । फैसलाबारे सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भन्नुभयो-’रिट निवेदनको टुङ्गो नलाग्दासम्म सेवा सुविधासम्वन्धी व्यवस्थालाई यथास्थितिमा अन्तरिम आदेश भएको छ ।’
साथै इजलासले राष्ट्रपति र प्रधानमन्त्रीलाई १५ दिनभित्र लिखित जवाफ दिन समेत भनेको छ । अन्तरिम संविधान विपरित सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने अध्यादेश ल्याएकाले खारेजीको माग गर्दै अधिवक्ता भरत जंगमले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सरकारले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्व प्रधानन्यायाधीशदेखि पूर्व गृहमन्त्रीसम्मलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आबास लगायतका सुविधा दिन अध्यादेश जारी गरेको थियो ।
अध्यादेशले दिएको सुविधा
राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखहरुको पद समाप्त भएपछि पनि अध्यादेशले निर्देशन गरे अनुसार राज्यकोषबाट खर्च बेहोरिदा हालको अवस्थामा मात्र २०६९ सालसम्म भएका भुतपूर्व पदाधीकारीहरुलाई वाषिर्क रु. ५० करोड लाग्ने कुरा स्पष्ट छ ।
यसरी खर्च लिने पदाधीकारीहरु मध्ये एक पूर्व प्रधानमन्त्रीका लागि मात्र ५ वर्षकालागि करीव रु. ४ करोड लाग्ने निम्न तालिकाबाट प्रष्ट्याइएकोछ ।
२०६५ साल जेष्ठ १५ गते संविधानसभा बसेपछि यो ४ वर्षको अवधिमा ४ जना प्रधानमन्त्री भईसकेका छन् । यसरी प्रत्येक वर्ष जसो प्रधानमन्त्री बदलीने हो भने, आउदो २० वर्षमा कति प्रधानमन्त्री बन्ने हुन् ? करीव ५० वर्षको हाराहारीमा पुगेका विपक्षी डा.वावुराम भट्टराईले कति वर्ष राज्यकोषबाट सुविधा उपभोग गर्न पाउने हुन् ? दुई दिन प्रधानमन्त्री भएपनि एक व्यक्तिले आजीवन सुविधा भोगेर राजनीतिको नाउँमा मुलुक र जनतालाई छलकपट गर्न पाउने र अधिकांश जनताले भने उनीहरुले गरेको कार्यबाट उब्जिएको ऋणभार बोक्नु पर्ने ?
यो अनुत्तरित प्रश्न साथै राखेर माथिको हिसाव हेर्दा एक व्यक्तिका लागि राज्यले ५० सौंैं करोड रुपिया व्यहोर्नु पर्ने हुन्छ 

Monday, July 30, 2012

वकार अहमदले पानीबाट चल्ने कार बनाए

अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार


पाकिस्तानका एक इन्जिनियरले यस्तो कार बनाएका छन जो पेट्रोलले होइन् पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरुलाई अचम्मित पारिदिएको छ। पाकिस्तानका इन्जिनियर वकार अहमदले
राजधानी इस्लामावादमा बिहिवार सांसद वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले
बनाएको पानीबाट चल्ने कार प्रदर्शन गरेका थिए ।
...वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए । उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरु अचम्मित भएका थिए । इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४०
किलोमिटर कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ । पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाई विशेष महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने
बताएको छ।

Wednesday, July 25, 2012

दिमाखलाई रनभुल्ल पार्ने तस्विर हरु



हुनत यो संसारै विचित्र छ त्यसैले हरेक घटना तथा पात्रभित्र विचित्रको स्वरुप भेट्टाउन सकिन्छ ।
मात्र त्यस्तो विचित्रताको स्वाद ग्रहण गर्न कति सकिन्छ भन्ने मात्र हो । हामीले विचित्र संसारको यो स्तम्भवमा पनि पाठकको रुचीलाई ध्यान दिँदै स्वस्थ मनोरञ्जनका लागि आश्चर्यजनक लाग्ने विभिन्न घटना, सन्दर्भ तथा दृश्यहरुलाई प्रस्तुत गर्दै आएका छौँ ।
यहाँपनि हामीले केही त्यस्ता तस्वीरहरु प्रस्तुत गरेका छौँ जसलाई हेर्दा विचित्र नै लाग्छ ।
यी तस्वीरहरुलाई विभिन्न कोणबाट अथ्र्याउन सकिन्छ । यी तस्वीरभित्र ग्लामर, अश्लीलता, व्यंग सबै एकैठाउँमा भेट्टाउन सकिन्छ ।
हेरौँ दिमागै चाट्ने यी दश तस्वीर