Monday, March 14, 2011

भिमसेन थापा बन्न तयार छुः बाबुराम




२९ फागुन, गोर्खा । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफुलाई पार्टीभित्रैबाट भिमसेन थापा बनाउन खोजेको भन्दै त्यसो भए आफु रेटिन तयार रहेको बताउनुभएको छ ।
जिल्ला विकास परिषद् गोर्खाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी हुनबाट पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पक्षले रोक्न खोजेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
जिल्ला परिषद् गोर्खाको उद्घाटन गर्दै डा. भट्टराईले जिल्लामा कांग्रेस र एमालेले पनि आफ्ना राम्रा कुरालाई समर्थन र नराम्रा कुरालाई बिरोध गरेर स्पष्ट मूल्याङ्कन गरेको तर पार्टीभित्रैको एउटा पक्षले आफुलाई सहन नसकेको बताउनुभयो ।
मलाई रोक्न खोज्नुभएछ, उहाँलाई धन्यवाद छ- भट्टराईले भन्नुभयो-’जनताका लागि काम गर्दा यदि जनतामाझ जान नदिने षडयन्त्र हुन्छ भने म भिमसेन थापा बन्न तयार छु ।’ भट्टराईले भिमसेन थापा जनतामाझ लोकपि्रय हुँदै गएपछि दरवारले उनलाई जेल हालेर जनतामाझ जान रोकेको इतिहास कोट्याउनुभयो ।
पार्टी भित्रकै नबमण्डलेहरुले आफुलाई जनतामा जान रोक्न खोजेको भन्दै भट्टराईले आफु रेटिन तयार रहेको तर जनतामा जान नछाड्ने बताउनुभयो ।
भट्टराईलाई जिल्ला परिषद्मा आउन रोक्न लागेको खवर पत्रपत्रिकामा पढेपछि उनका समर्थक जिल्लाबासी कार्यकर्ता भट्टराईलाई लिन दर्जनौं गाडी र मोटरसाइकलसहित खैरनीसम्म आएका थिए । नियमित जिल्ला जान भट्टराईलाई रोक्ने प्रयास भएकोमा दुखित बनेका गोर्खाबासीले यस पटक भव्य स्वागत गरेका हुन् ।
प्रचण्ड पक्षधरको दबाबमा कार्यक्रमको प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाशलाई बनाउने निर्णय भएको थियो तर भट्टराई पक्षको विरोधपछि अन्तिम समयमा निर्णयमा टिपेक्स लगाएर सच्याइएको थियो ।

Thursday, March 10, 2011



भारतीय सुटरले केन्द्रीय जेलमै गोली हाने
नेशनल टेलिभिजनका संचालक युनुस अन्सारीमाथि बिहीबार बिहान गोली प्रहार भएको छ । घटनालगतै प्रहरीले सुरक्षा जाँचमा संलग्न तीन जनालाई निलम्वन गरी एआइजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

अनुत्तरित प्रश्नहरु

प्रारम्भिक अनुसन्धानका निष्र्कष सार्बजनिक गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयले घटना भएको ५ घण्टापछि आयोजना गरेको पत्रकार सम्मेलनमा महत्वपूर्ण बिषयमा जवाफ दिन सकेन । अभियुक्त भाडाका सुटर थिए भनेको प्रहरीले उनलाई कसले कति पैसा दिएर भाडामा लिएको थियो भन्ने कुरा खोल्न चाहेनन् । यद्यपी गिरफ्तार अभियुक्तले आफुलाई १५ लाख रुपैयाँ दिएर युनुसको हत्या गर्न पठाएको बयानमा स्वीकारीसकेको छ ।

अभियुक्तले यसअघि ५ जना ब्यक्तिको हत्या गरेको भन्दै मृतक भारतीय नागरिकको समेत नाम सार्बजनिक गरेको प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै थुप्रै तथ्य सार्बजनिक गर्न मानेको छैन् । घटनामा सुरक्षाकर्मीको संलग्नता रहेको आशंका गरिएपनि शाहीले भने सुरक्षामा बस्नेले ‘लापर्वाही’ गरेको स्वीकार गर्नुभयो । हातलेमात्र हैन मेसिनले समेत चेक गरिने सुरक्षाजाँच प्रकृयामा गुप्ताङ्गभित्र लुकाएर राखिएको भनिएको हतियार कसरी जेलभित्र पुग्यो ? उच्च सुरक्षामा राखिएका अपराधीलाई निरन्तर भेटिरहेको एक भारतीय नागरिकका बिषयमा समयमै जेल प्रशासनले किन चासो र सरोकार राखेन ? उच्चसुरक्षा अधिकारीलाई अन्सारीमाथि सुरक्षा खतरा रहेको भन्दै परिवारले जानकारी दिंदासमेत किन उनको सुरक्षामा ख्याल गरिएन ? चाल्र्स सोभराजसंग भेटन भन्दै २० औं दिनसम्म केन्द्रीय जेल जाने भारतीय को हुन ? किन भेटन चाहे भनेर किन जेल प्रशासनले सोध खोज गरेन ? ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गर्ने प्रहरी प्रशासनले लापर्वाही गर्ने जेल प्रशासन र त्यसका नेतृत्वकर्तालाई किन कारवाही गर्दैन ?

बिहीबार घटना भएको केन्द्रीय जेल पछिल्ला दिनमा निकै बिबादित बनेको छ । केही दिनअघि अपहरणकाण्डमा केन्द्रीय जेलभित्र रहेका एक अपराधी अन्नपूर्ण कफि सपमा आठ लाख नगदसहित पक्राउ परेका थिए भने जेलभित्रै चक्रेमिलनले धन्दा चलाइरहेको सार्बजनिक भएको थियो । सोही जेलमा बिहीवार गोलीकाण्ड भयो ।

र प्रहरी जवानद्धय मनोजकुमार कार्की र तिलकराम चौधरी रहेका छन् । यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयले कार्यविभागका प्रमुख प्रहरी प्रवत्ता एआइजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा सशस्त्र निर्देशनालयका डीआईजी परशुराम खत्री र आयुक्तको कार्यालयका एसएसपी माधव जोशी सदस्य रहनु भएको छ ।

ने क पा एमाले का नेताहरुको दहि चिउरे कुरा

ने क पा एमाले का नेताहरुको  दहि चिउरे कुरा सुन्दा लाग्छ यिनी हरु अग्रगमन भन्दा पनि यथास्थिति  मा नै 
अल्झिरहेको भान हुन्छ 
जहिले पनि जुन नेता या नेत्रानि  हरु को कुरा गराइ  र बोलि चाली हेर्दा समाज र राष्ट्र को नया दिशा तर्फ उन्मुख हुने खालका न त कार्यक्रम नै छन् या व्यवहार नै ‌‍‍
ब सं २०६३ को जनान्दोलन  ले पहिले क पार्टी हरुलाई टेक्ने ठाउँ र ओत लाग्ने छहारी मिलेको छ 
गुमी सकेको हैसियत र स्थान मिलेको छ कुनै कुनै नेताहरु को अपबाद बाहेक 
जसले पार्टीमा हैकम चलाए पनि उसको स्थान जनता ले सडक मा पुर्याएका छन्  अझै पनि तिनै नेताहरु उनीहरु मार्फत मनोनयन गरिएका या पर्सियेका बोका या बाख्रा द्वारा नेपाली जनताले उपलब्धि गरको  शासन पद्दति लाई दोष र उही पुरानो संस्क्र्ती लाई बढुवा दिने खालका अभिव्यक्ति दिन लागिराखेका छन् 
यसै का उदाहरण हुन् हालसालै के. पि. ओली द्वारा सिफारिस गरिएका र झलनाथ द्वारा एक भिन्नै मन्त्रालय मा नियुक्ति गरिएका बिष्णु पौड्याल को अभिव्यक्ति  उनले सपथ खाने बितिकै रक्षा मन्त्रालय मा सैनिक हरुको बडो मुक्त कण्ठ ले प्रसंसा गाएर जनतालाई नै दिग्भ्रमित पर्ने काम गरे ! 
           सायद उनलाई तत्कालै लिबियामा घटेको घटनाले पिरलेको हुनुपर्छ नत्र भने किन  यस्तो कुरा  गरे थाहा पाउन सकिएको छोइन 
सायद के पि लाई यो विचार फुरेको होलाकी यदि त्यस बखत राजालाई उक्साएर सेना परिचालन गरेको भए  
यी माओबादी लाई लिबियाका राष्ट्रपतिले  जस्तो जनता मारेर  भए पनि त्यति बेलाको आन्दोलन रोकेर आफ्नो दुनो सोझ्याउने थिएकी भन्ने होला १

बादशाहको नयाँ लुगा



Indra Kshetri द्वारा

एकादेशमा एकजना बादशाह थिए-लुगाका ज्यादै शोखिन । उनले राज्यकोषको सबैजसो पैसा पोशाकमा खर्चिन्थे । उनको ध्यान पोशाकमा बाहेक अन्य केहिमा थिएन । "अन्य शासकहरू सभामा हुन्छन यी बादशाह चाहिँ ड्रेसिँग रूममा हुन्छन्" भन्ने कहावत नै चलेको थियो । उनि बस्ने सम्वृद्ध शहरमा सहस्र अपरिचित मानिसहरूको आवत-जावत भैरहन्थ्यो । तीनै मध्य एक दिन दुइजना ठगहरू पनि त्यहाँ आइपुगे । उनिहरूले आफुलाइ बुनकर भनेर परिचय दिए । सँसारमा सबैभन्दा सुन्दर,अलौकिक र असाधारण कपडा आफुहरूले मात्र बुन्न सक्ने भनेर उनिहरूले दावा गरे । लुगाको रँग र ढाँचा मात्र असाधारण होइन कि ति कपडामा अयोग्य र मूर्खहरू देखि अदृष्य हुने विलक्षण क्षमता पनि हुन्छ भनेर उनिहरूले बढाइ-चढाइ गरे ।

बादशाहले सोचे यो कपडा मेरो लागि उपयुक्त हुन्छ ।  "यी कपडा लगाएर मैले मेरो राज्यमा को अयोग्य र निकम्मा छ भन्ने पनि छुट्याउन सक्ने भएँ"-भनेर उनि मक्ख परे । उनले तुरून्तै ति बुनकरहरूलाइ बोलाएर उनको लागि त्यो अलौकिक पोशाक तुरून्तै तैयार गर्ने हुकुम दिए । यसको लागि बादशाहले उनिहरूलाइ ठूलो धनराशी भुक्तान गरे ।

ठगहरूले दुइटा तान लगाए र कपडा बुनिरहेको अभिनय गर्न थाले जवकि तानमा केहि पनि थिएन । उत्कृष्ट रेशम र प्राचिन सुद्ध सूति-धागोहरू उनिहरूले मगाए । ती सबै बहूमूल्य वस्तुहरू उनिहरूको अटाइचीहरूमा भरिन थाले जवकि उनिहरू कतै टाढा एकान्तमा रात-रात भर खाली तानहरूमा ब्यस्त थिए ।

कपडा कस्तो बनिरहेको होला भनेर बादशाहलाइ एकपल्ट हेर्ने इच्छा भयो तर उनले मनमनै अयोग्य र मूर्ख मानिसले देख्न नसक्ने भन्ने कुरा झट्ट सम्झिए अनि आफ्नो योग्यता र बुद्धिमत्ता प्रति सशँकित भए । त्यसैले आफ्नो पुरानो र सबैभन्दा विस्वासिलो मन्त्रीलाइ हेर्न पठाउने निधो गरे । उक्त विलक्षण पोशाकको बारेमा शहरमा हल्ला फैलिइसकेको थियो । शहरवासीहरू आ-आफ्ना छिमेकीहरू को-कति अयोग्य र मूर्ख रहेछन त भनेर जान्न ब्यग्र थिए ।

इमान्दार र वफादार मन्त्री बादशाहको हुकुम तामेलीमा लागे । तर उनले जव ती ठगहरूले लुगा बुनिरहेको देखे उनि छक्क परे । उनी ती ठगहरूको कैरन देखेर हैरान भए । उनले केहि पनि देखेनन् तर त्यो कुरा उनले भन्न सकेनन् । दुबै ठगहरूले माननीय मन्त्रीज्यू अलौकिक कपडाको रूपरँग निरिक्षण गर्न पाल्नुभएकोमा बडो अनुग्रह प्रकट गरे । उनिहरूले खालि तानलाइ देखाएर पोशाकको बारेमा नाना थरिका बढाइ-चढाइ गर्न लागे । तर मन्त्रीले केहि पनि देख्न सकेनन् । त्यहाँ केहि भए पो देख्नु ! उनले मनमनै गुने – हे भगवान के म निकम्मा हूँ-के म मूर्ख हूँ ? के म मन्त्री हुन लायक छैन ? बाबै ! उनि मूर्ख र निकम्मा सावित हुन कदापी चाहन्नथे । अतः उनले पोशाक नदेखेको कुरा लुकाउने निश्चय गरे ।

एकजना ठगले सोधिहाल्यो- "कृपया पोशाक कस्तो लाग्यो ? निःशँकोच हामीलाइ भन्नुहोला ।" अहो सुन्दर,अति सुन्दर,अवर्णनीय ! वाह ! क्या रँग ! क्या बनोट !! बादशाहलाइ म यो देखि कति गद्-गद् भएँ भनेर भन्नेछु ।" बुढो मन्त्रीले बेजोड अभिनय ग-यो ।  "हामी धन्य भयौँ प्रभू !" ठगले भने । त्यस पछि बुनकरहरूले सबै रँग,कताइ,सिलाइ र डिजाइनको बारेमा एक-एक गरेर वर्णन गरे । बुढा मन्त्रीले ध्यानपूर्वक निरिक्षण गरे ताकि बादशाहलाइ यो सबको बारेमा सविस्तार बताउन सकियोस् । ठगहरूले पोशाकको लागि अरू रूपैयाँ,बहूमूल्य रेशम,थप सूती र सूनको धागोको लागि अनुरोध गरे जुन तानमा हैन कि उनिहरूको खजाना भण्डारमा जम्मा भयो । र पनि उनिहरूले तानमा कडा परिश्रम गरिरहेका थिए ।  मन्त्रीले बादशाह सामू अाफ्नो योग्यता र बुद्धमानीमा चार चाँद लाग्ने गरि कपडाको बडो गून गाए ।


बादशाहको अधिरता बढीरहेको थियो । उनहले अझ विस्वसनीय कर्मचारीलाइ पोशाक कहिले सम्म तैयार हुन्छ भनेर फेरि निरिक्षणमा पठाए । उ सँग पनि त्यहि कथा दोहोरियो जो बिचरा मन्त्रीसँग भएको थियो । उ पनि आफुलाइ निकम्मा मूर्ख सावित गर्न कहाँ चाहान्थ्यो र ? उसले पनि बादशाह समक्ष पोशाकको बारेमा बढाइ-चढाइ बखान ग-यो- "कुरै नगरूम् प्रभो,पोशाक देखेर म त स्तब्ध नै भएँ" ।


पूरा शहर त्यस चमत्कारी लुगाको बारेमा चर्चा गरिरहेको थियो । बादशाह पनि एक पटक तानमा गएर आफैँ हेर्न उत्सुक थिए । कपडाको निरिक्षण गरेर फर्केको विस्वासपात्र कर्मचारि र अर्को एकजना वफादार कर्मचारी सँलग्न एउटा टुकडी लिएर बादशाहको सवारी चल्यो-बेजोडको कपडाको निरिक्षणको लागि । बुनकरहरू बिना धागोको तानमा ज्यू-ज्यानले बुनाइमा तल्लीन भएको उनले पाए ।  "अति उत्तम" ! दुबैजना विस्वासिला अधिकृतहरूले जाली कुरा गरि हाले । " नजर लाइबक्स्योस मौसूफ, क्या रँग,क्या डिजाइन वाह !" खालि तान तिर देखाउँदै सबैजनाले देखेको जस्तो गरेर उनिहरूले प्रसँशा गाए ।  सम्राटले मनमनै सोचे- " यो के अचम्म हो ? मैले केहि देखिरहेको छैन ? बिनाश ! महाबिनाश !!

के म मूर्ख हूँ ? के म सम्राट हुन लायक छैन ? बाफ्रे बाफ ! तर प्रकटमा उनले गफ दिए-"अहो,अति सुन्दर ! " खालि तान हेरेर उनले सहमतिमा टाउको हल्लाए । उनले केहि देखिरहेका छैनन भन्ने कुरा बताउन सक्ने माइकालाल को त्यहाँ ? उनको पूरै टुकडी हे-या हेरै भयो । कसैले केहि देखिरहेको थिएन तर बादशाह सँगै सबैले स्वरमा स्वर मिलाइरहेका थिए- "सुन्दर,अति सुन्दर !" अनि सबैजनाले बादशाहलाइ उनले गर्न लागेको भब्य शोभायात्रामा यो बेजोड कपडा लगाउने बिन्ति चढाए ।  सबका मूखमा कपडाको वाहवाही फैलियो । बादशाहले दुबै बुनकरलाइ एक-एक वटा तक्मा प्रदान गरे जसमा बुनकरको प्रसस्ति कुँदिएको थियो ।

शोभायात्रा अघि रातभरी बडा परिश्रम गरेर उनिहरूले कपडा तैयार गरे,कपडा तानबाट निकाले जस्तो गरे,ठूलो कैँचीले हावामा काटे र अन्तमा घोषणा गरे-" बादशाहको नयाँ लुगा तैयार भयो ।" अनि राजालाइ बडो यत्नसँग त्यो पोशाकले सुशोभित गरे । सम्पूर्ण भारदारहरूका समक्ष उनिहरूले नयाँ लुगाको बारेमा सविस्तार गफ दिए । सबै भारदारहरूले "बिल्कूल बिल्कूल" भनेर सही थापी रहे ।

भब्य तैयारी पछि बादशाहको शोभायात्रा शुरू भयो । सवारी मन्त्रीले सवारी चलाए । गल्ली र घरका झ्याल-ढोकाबाट नरनारीहरूले नारा लगाए-" अहो,क्या राम्रो बादशाहको नयाँ लुगा ।" निकम्मा र मूर्ख हुने डरले बादशाह नाँगै हिँडीरहेको कुरा भन्ने हिम्मत कसैमा थिएन । यस्तो अजिबको कपडा पहिले कसैले देखेको थिएन ।
शोभायात्रा अघि बढीरहेको थियो । भीडबाट एकजना बालक फ्याट्ट करायो-"महाराज त नाँगै छन् ! खै कहाँ छ नयाँ लुगा ?

एकले अर्कोलाइ अर्कोले अर्कोलाइ कानेखुशी ग-यो- "बालकले भन्यो बादशाह त नाँगै छन् ।"

अनि एक कान दुइकान मैदान हुँदै सबैतिर फैलियो-"बालकले भन्यो बादशाह त नाँगै छन् ।"

अन्तमा पूरा शहर करायो-"बादशाह त नाँगै छन् ।" 

 बादशाह लगलगी काँप्न थाले । तर पनि उनको अभिमानले उनलाइ पछि हट्न के दिन्थ्यो-उनले तन्नम नाँगै झन छाती फुलाएर शोभायात्रा अघि बढाए ।

                                  ( भाव साभारः डेनिश साहित्यकार हान्स सी एण्डरसनको लघुकथा "एम्परर्स न्यू क्लोथ" ) 


(द्रष्टब्यः यस्ता सहस्र बादशाहहरू बजारमा नाँगै घुमिरहेका छन् । निकम्मा र अयोग्य भैइने भयले सबै ताली ठोकिरहेका छन् । नग्न बादशाहहरूले यत्र-तत्र टाँग अडा्इरहेका छन्-ह्याँकुलाले पेलीरहेका छन् । बालकहरूलाइ साँचो नबोल्न घर देखि पाठशाला सम्म सिकाइएको छ रे भन्ने सुनिएको छ 

nepai movie songs bal garera tyo man yata...................

बादर जस्तो नाचिने भएर बादर नाच भनेको हो african dance

Tuesday, March 8, 2011

युबराज भट्टराई झापाली: yubaraj

युबराज भट्टराई झापाली: yubaraj

जापान प्रस्थान नायक राजेश हमाल

नायक राजेश हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् । आफ्नो व्यक्तिगत कामले जापान जान लागेको महानायक हमालले हामिलाई जानकारी दिए । उनले भने, 'यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो ।'  रातदिन चलचित्रमा ब्यस्त हुने महानायकले सो ब्यस्तता बाट मुक्ती पाउन र रमाइलो गर्न तथा जापानमा रहेका आफन्तहरूसँग भेटघाट गर्न जापान जान लागेको बताए ।

भर्खरै मात्र चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन सकेर बसेका हमालले छायाँकनमा रहेको चलचित्र 'सौर्य' को बाँकी काम जापानबाट फर्केपछि गर्ने बताए । सधै काम मा ब्यस्त देखिने महानायक भन्छन्, 'सधैं कति काम मात्र गर्नु? कहिले काहीं त यसो रमाईलो पनि गर्न पर्‍यो नि ।' 

करिब ४ हप्ताको भ्रमणमा जापान जान लागेका नायक हमाल अप्रिल १० तारिखका दिन नेपाल फर्कने बताइएको छ । जापानमा उनले आफ्ना को-को आफन्तलाई भेट्ने छन् त? यो कुरालाई उनका सहयोगीले खोल्न भने चाहेनन् ।


युबराज भट्टराई झापाली: yubaraj

युबराज भट्टराई झापाली: yubaraj

yubaraj

कृष्ण प्रसाद भट्टराई र बाबुराम भट्टराई यस्ता किन थिए र छन्

नेपालको राजनीति इतिहासमा दुइ हस्ती जनता द्वारा लोकप्रिय राजनितिमा सक्षम
तर पार्टी भित्र चरम रुपमा शोषित नेताहरु हुन र थिए । ति हुन कृष्ण प्रसाद भट्टराई र बाबुराम भट्टराई हुन ।
नेपाली काङ्रेसका सस्थापाक नेता किसुन जि गिरिजा कोईरालाबाट प्रताडित नेता हुन यिनिले (किसुन्जी )तत्कालीन नेपालको बिषम परिस्थिती मा अन्तरिम सरकारका प्रधानमन्त्री भएर नेपाललाई सन्क्रमण कालीन अवस्था बाट सरल तरिका ले निकास दिएका थिए । समयमा चुनाब गराउनु र २०४७ नेपालको सम्बिधान लेख्नु महान कार्य थिए तर यिनै नेतालाई गिरिजा कोइरालाले तेजोबध गरिरहे ।
नेपाली काङ्रेसको जनाआधर खस्किएको बेला किसुन जि लाई बलिको बोको बनएर २०५३ को मध्याबधी निर्बचनमा बहुमत ल्याएर प्रधानमन्त्री बनेका किसुनजी लाई रुवाउदै राजिनमा गराए गिरिजाले त्यसपछी राजनिती जिबन बाट निस्कृय रहेर ८६ बर्ष को उमेरमा स्वर्गाहरण
प्राप्त गरे

बाबुराम भट्टराई ने क पा ए माओबाद का प्रभाब शाली नेता का रुपमा गनिन्छ्न तर पार्टी मा एक्दमै निम्छरा नेता हुन बाबुराम पार्टीमा सधै जसो प्रचन्द को प्रिय जस्तो देखिने तर उनै बाट पीडित नेता बाबुराम्
जन्युद्द को चरम उत्कर्शमा प्रचन्ड बाट मारिने योजना परेका तर बिभिन्न शक्ती र जन दबाब ले बाचेका नेता हुन यिनी ।
गणतन्त्र स्थापना भए पछी पनि र खुल्ला राजनिती जिबनमा पनि बाबुराम प्रचन्डका शिकार हुन । बिभिन्न पार्टी बाट पनि बाबुरामलाई प्रधानमन्त्री को लागी सरात्मक हुँदा बिरोध गर्ने झलनाथ को मन्त्रि मन्डलमा मा बाबुरामको नाम को अर्थमन्त्रीमा प्रस्ताब गर्दा बिरोध गरि भरतमोहन को नाम प्रस्ताब गर्ने प्रचण्ड जनता ले बाबुराम लाई प्रधानमन्त्री स्वीकार गर्दा बिरोध गरि ए माले लाई समर्थन गर्ने प्रचण्ड
जुन पार्टी मा त्यो मान्छेको महत्व स्वीकार गरिन्न भने तही पार्टीमा किन अल्मलि राख्ने बाबुराम जी
तपाई जस्तो दुर्दरसीनेता नेपालले पौने छोइन तर तपाई यसरी नै प्रचण्डको जेल लाएको कपाल को गार्ड बनेर बस्नु भयो भने तपाइको हाल किसुन जी जस्तो हुन्छ न गर्न सक्नु हुन्छ न लगाउन नै इतिहास ले तपाई जस्ता नेता एक दिबलिया सन्काहा र घमण्डी नेताको पुछर बनेर सकिनु भो भनेर हाम्रा सन्तति ले न पढून मेरो अर्ति
गिरिजा, माधब, खड्ग प्रसाद ओली र प्रचण्ड राष्ट्र र जनता लागि काउसो हो यिनी हरुलाई न फाल्न सकिन्छ त्यसैले विचार गर्नुस बेला बितेपछी गर्न खोजे पाईन नभन्नु होला जनताले पत्याउने छोइनन
बाबुराम किन यसरि प्रचण्डको अत्याचार सहेर बस्छन यसको खोजि नीति गर्ने बेला आएको छ
कि कुनै संघिन अपराध त गरेका छोइनन बाबुरामले जुन प्रचण्डको हातमा छ नत्र भने एक स्थापित नेता किन यस्तो मरेको बिरालो काखी च्यापेर थिमीको उकालो कि गोर्खाका भट्टराई हुन् नै यस्ता

Monday, March 7, 2011

नेपालका प्रधानमन्त्री

पद मा पुगेपछी नेपालका हरेक प्रधानमन्त्री ले यसरी नै जनतालाई हेर्ने गर्छन्,उनिहरु ले त प्र म बनाउने दल र आफ्ना आसेपासे लाई मात्र देखने  गरेकाछन तेसैले अब बन्ने नयाँ संबिधानमा नेपाली नागरिकले प्रत्क्षय  चुनेका नेतालाई प्रम बनाउने संबिधान बनाउनु पर्छ,कुकुरको जस्तो बफादार रहन्छन दल प्रति होइन  यहाँ हेर्नुस त जनताका प्रधानमन्त्री बयानाकुलर पनि हेर्न नजान्ने यस्ताले देशको यावत समस्या हरु कसरि हेर्लान ...?घुम्ने मेच माथि अन्धो मान्छे!! जय नेपाल

अब औषधी पनि निःशुल्क



 बाबुराम सुवेदी
धरान/डाक्टरहरुको काम बिरामी जाँच्ने र औषधी लेख्ने हो । तर, यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक डाक्टर भने साह्रै अनौठा छन् । उनलाई चिन्नेजान्नेहरु भगवान्को अवतारसमेत भन्न पछि पर्दैनन् । प्राध्यापक डाक्टर सञ्जीव शर्मा छन् नै त्यस्ता ।
उनी कार्यालय समयमा बिरामी जाँच्ने र औषधी लेख्ने त गर्छन् नै, त्यसबाहेकको समय रोगी खोज्दै गरीब बस्तीहरु चहार्छन् । मृगौला रोग विशेषज्ञ डा. शर्माले चार वर्षदेखि मृगौला रोगीको खोजी र रोगबाट बच्ने उपायका बारेमा निःशुल्करुपमा सचेतना जगाउँदै हिँडेका छन् ।
खोजी अभियानमा शर्माले धेरै रोगी भेटे । तीमध्ये धेरैजसो रोगी आफ्नो रोग निको पार्न औषधी किन्ने पैसा नभएका भेटिएपछि डा. शर्मा आजभोलि निःशुल्क औषधी व्यवस्था गर्ने अभियानमै पो जुटेका छन् ।
‘बस्तीहरुमा औषधी किनेर खाननसक्ने बिरामी थुप्रै भेटिए’ उनले भने, ‘त्यसैले औषधीको खोजीमा लाग्यौं ।’ नेपालका औषधी कम्पनीहरुसँग आग्रह गरेपछि मधुमेह, उच्च रक्तचाप र मृगौला रोगसम्बन्धी औषधी निःशुल्क मागिएको उनले बताए । मागिएका औषधीहरु सोमबारदेखि बीपी प्रतिष्ठान हातामा निःशुल्क वितरण गर्न सुरु गरिएको छ ।
ती औषधीहरु केएचडीसी कार्यक्रमअन्तर्गत बस्तीमा भेटिएका गरीब बिरामीहरुलाई वितरण गरिने अभियन्ता डा. शर्माले जनाए । ‘अहिले एक सय २५ जना बिरामीको लागि औषधी तयारी छ’ ब्लाष्टसँग उनले भने, ‘त्यस्ता गरिब बिरामीको चाप हेरेर थप औषधी मगाउन सक्छौं ।’ प्रतिष्ठानबाहिरका चिकित्सकहरुले सिफारिस गरेको र साँच्चै गरिब बिरामीको लागि पनि त्यो औषधी दिन सकिने उनले बताए ।
केएचडीसी कार्यक्रमको प्रभावपछि डेनमार्कमा रहेका धराने डा. अमृत राईले ११ लाख रुपैयाँको एन्टिवायोटिक औषधी निःशुल्क पठाएका छन् । ती औषधी पनि निःशुल्करुपमा वितरण गरिनेछ । डा. राईले सामाजिक संस्था जीएमएमार्पmत् औषधि पठाएर अमूल्य सहयोग गरेको डा. शर्मा बताउँछन् । त्यो एन्टिवाइटिक किनेर खानुपर्दा एकजनालाई १५ देखि २० हजार रुपैयाँसम्म लाग्ने बताइएको छ ।
रोट्र्‍याक क्लब अफ धरान घोपाको सहयोगमा औषधी वितरण कक्ष सञ्चालन गरिएको छ । त्यसबाहेक केएचडीसी कार्यक्रममा लामो समयदेखि लागिपरेका प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुको पनि सहभागिता रहनेछ ।

Sunday, March 6, 2011

परिवार को माया " लघु कथा

""

         पहिलो पल्ट को विदेश बसाइको २ बर्षसकेर छुट्टी मा दुबई हुदै काठमाडौँ रवाना भए आफन्त , इस्टमित्र अनि नेपाल आमाको स्पर्श गर्ने मनमा उमङ्ग र कौतुहलता का बीच काठमाडौँ पुंगे काठमाडौँ को केहिदिनको बसाई मार्फत आफ्नो जन्म घर झापा लागें
दमक पुग्दा साझ को ६ बजीसकेको थियो ।
कति खेर परिवार संग भेट्ने तिब्र इच्छा का साथ रतुवा पुल पारी काका को घर तिर लागें बसको यात्राको थकान ता छदै थियो आफन्त संगको मिलन ले मनमा खुसि पनि उतिकै थियो
छोरो भोकायो होला भनेर काकीले भलाकुसरिलाई थाती राख्दै छिट छिटो खाना तयार गरेर बोलाउनु भयो ।
तामाको तरकारी, काँक्रोको अचार, कचौरामा कालो दाल अनी भातको छेउमा घिउ हाल्दै काकिले भन्नु भो ''विदेशमा मिठो मिठो खा होलास् मिठो नमिठो जस्तो भएपनी खा बाबु'' बिदेशमा तीन दिनको चिसो बासी भात फ्रिजबाट झिकेर खाएको झलझली याद आयो ।
मन थाम्न सकिन आखा रसाएछन भक्कानिएछु काकीले के भयो भनेर सोध्नु भयो निकै बेरमा खाना सर्कियो भनेर टारे ।
रात भरी निन्द्रा लागेन परिबार को माया र स्नेह मन पोली रह्यो