Thursday, March 10, 2011



भारतीय सुटरले केन्द्रीय जेलमै गोली हाने
नेशनल टेलिभिजनका संचालक युनुस अन्सारीमाथि बिहीबार बिहान गोली प्रहार भएको छ । घटनालगतै प्रहरीले सुरक्षा जाँचमा संलग्न तीन जनालाई निलम्वन गरी एआइजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।

अनुत्तरित प्रश्नहरु

प्रारम्भिक अनुसन्धानका निष्र्कष सार्बजनिक गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालयले घटना भएको ५ घण्टापछि आयोजना गरेको पत्रकार सम्मेलनमा महत्वपूर्ण बिषयमा जवाफ दिन सकेन । अभियुक्त भाडाका सुटर थिए भनेको प्रहरीले उनलाई कसले कति पैसा दिएर भाडामा लिएको थियो भन्ने कुरा खोल्न चाहेनन् । यद्यपी गिरफ्तार अभियुक्तले आफुलाई १५ लाख रुपैयाँ दिएर युनुसको हत्या गर्न पठाएको बयानमा स्वीकारीसकेको छ ।

अभियुक्तले यसअघि ५ जना ब्यक्तिको हत्या गरेको भन्दै मृतक भारतीय नागरिकको समेत नाम सार्बजनिक गरेको प्रहरीले अनुसन्धानकै क्रममा रहेको भन्दै थुप्रै तथ्य सार्बजनिक गर्न मानेको छैन् । घटनामा सुरक्षाकर्मीको संलग्नता रहेको आशंका गरिएपनि शाहीले भने सुरक्षामा बस्नेले ‘लापर्वाही’ गरेको स्वीकार गर्नुभयो । हातलेमात्र हैन मेसिनले समेत चेक गरिने सुरक्षाजाँच प्रकृयामा गुप्ताङ्गभित्र लुकाएर राखिएको भनिएको हतियार कसरी जेलभित्र पुग्यो ? उच्च सुरक्षामा राखिएका अपराधीलाई निरन्तर भेटिरहेको एक भारतीय नागरिकका बिषयमा समयमै जेल प्रशासनले किन चासो र सरोकार राखेन ? उच्चसुरक्षा अधिकारीलाई अन्सारीमाथि सुरक्षा खतरा रहेको भन्दै परिवारले जानकारी दिंदासमेत किन उनको सुरक्षामा ख्याल गरिएन ? चाल्र्स सोभराजसंग भेटन भन्दै २० औं दिनसम्म केन्द्रीय जेल जाने भारतीय को हुन ? किन भेटन चाहे भनेर किन जेल प्रशासनले सोध खोज गरेन ? ड्युटीमा रहेका प्रहरीलाई निलम्बन गर्ने प्रहरी प्रशासनले लापर्वाही गर्ने जेल प्रशासन र त्यसका नेतृत्वकर्तालाई किन कारवाही गर्दैन ?

बिहीबार घटना भएको केन्द्रीय जेल पछिल्ला दिनमा निकै बिबादित बनेको छ । केही दिनअघि अपहरणकाण्डमा केन्द्रीय जेलभित्र रहेका एक अपराधी अन्नपूर्ण कफि सपमा आठ लाख नगदसहित पक्राउ परेका थिए भने जेलभित्रै चक्रेमिलनले धन्दा चलाइरहेको सार्बजनिक भएको थियो । सोही जेलमा बिहीवार गोलीकाण्ड भयो ।

र प्रहरी जवानद्धय मनोजकुमार कार्की र तिलकराम चौधरी रहेका छन् । यस्तै महानगरीय प्रहरी आयुक्तको कार्यालयले कार्यविभागका प्रमुख प्रहरी प्रवत्ता एआइजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा उच्चस्तरीय छानविन समिति गठन गरेको छ । समितिमा सशस्त्र निर्देशनालयका डीआईजी परशुराम खत्री र आयुक्तको कार्यालयका एसएसपी माधव जोशी सदस्य रहनु भएको छ ।

No comments:

Post a Comment