Monday, March 14, 2011

भिमसेन थापा बन्न तयार छुः बाबुराम




२९ फागुन, गोर्खा । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले आफुलाई पार्टीभित्रैबाट भिमसेन थापा बनाउन खोजेको भन्दै त्यसो भए आफु रेटिन तयार रहेको बताउनुभएको छ ।
जिल्ला विकास परिषद् गोर्खाको उद्घाटन कार्यक्रमको प्रमुख अतिथी हुनबाट पार्टी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पक्षले रोक्न खोजेपछि भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।
जिल्ला परिषद् गोर्खाको उद्घाटन गर्दै डा. भट्टराईले जिल्लामा कांग्रेस र एमालेले पनि आफ्ना राम्रा कुरालाई समर्थन र नराम्रा कुरालाई बिरोध गरेर स्पष्ट मूल्याङ्कन गरेको तर पार्टीभित्रैको एउटा पक्षले आफुलाई सहन नसकेको बताउनुभयो ।
मलाई रोक्न खोज्नुभएछ, उहाँलाई धन्यवाद छ- भट्टराईले भन्नुभयो-’जनताका लागि काम गर्दा यदि जनतामाझ जान नदिने षडयन्त्र हुन्छ भने म भिमसेन थापा बन्न तयार छु ।’ भट्टराईले भिमसेन थापा जनतामाझ लोकपि्रय हुँदै गएपछि दरवारले उनलाई जेल हालेर जनतामाझ जान रोकेको इतिहास कोट्याउनुभयो ।
पार्टी भित्रकै नबमण्डलेहरुले आफुलाई जनतामा जान रोक्न खोजेको भन्दै भट्टराईले आफु रेटिन तयार रहेको तर जनतामा जान नछाड्ने बताउनुभयो ।
भट्टराईलाई जिल्ला परिषद्मा आउन रोक्न लागेको खवर पत्रपत्रिकामा पढेपछि उनका समर्थक जिल्लाबासी कार्यकर्ता भट्टराईलाई लिन दर्जनौं गाडी र मोटरसाइकलसहित खैरनीसम्म आएका थिए । नियमित जिल्ला जान भट्टराईलाई रोक्ने प्रयास भएकोमा दुखित बनेका गोर्खाबासीले यस पटक भव्य स्वागत गरेका हुन् ।
प्रचण्ड पक्षधरको दबाबमा कार्यक्रमको प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाशलाई बनाउने निर्णय भएको थियो तर भट्टराई पक्षको विरोधपछि अन्तिम समयमा निर्णयमा टिपेक्स लगाएर सच्याइएको थियो ।

No comments:

Post a Comment