Monday, August 6, 2012

‘क्यूरियोसिटी’ मंगल ग्रहमा अवतरण (तस्वीरसहित)




07 august sharjah । मंगल ग्रहमा जीवनको खोजीमा नासाको अभियान अन्तरगत रोवर्ट ‘क्यूरियोसिटी’ मंगलबार मंगल ग्रहमा सफलतापूर्वक अवतरण गरिएको छ । साढे ८ महिनाको समयमा ३ सय ५२ मिलियन माइल यात्रा तय गर्दै ‘क्यूरियोसिटी’ नेपाली समय अनुसार विहान सवा ११ बजे मार्समा अबतरण भएको हो ।
स्काईक्रेनमार्फत स्पेसक्राफ्ट मंगल ग्रहमा ल्याण्ड गरिएको थियो । अब मंगल ग्रहको तस्वीर समेत प्राप्त हुन थालेको नासाले जनाएको छ । यसबाट प्राप्त हुने तथ्यका आधारमा मंगलग्रहमा जीवन सम्भव भए नभएको पत्ता लाग्ने बताइएको छ ।
नासाका अनुसार क्यूरियोसिटीले मंगल ग्रहको सतह छुए लगतै उसँग जोडिएको तार काटेर अलग गरिएको थियो । क्यूरियोसिटीको मगल ग्रहमा अवतरण गराउनु एक महत्वपूर्ण उपलब्धी थियो, किन भने यसलाई सम्भव बनाउन २१ हजार २ सय ४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा मंगल ग्रहको जलवायुमा प्रवेश गराउनु थियो । त्यसमा सफलता पाएसँगै क्यूरियोसिटीले मंगल ग्रहको बायुमण्डलमा प्रवेश गरेको थियो ।
क्यूरियोसिटी कुनै पनि जीव तथा जीवास्मा खोज्न त असक्षम छ तर, यसले मावन जीवनका लागि उपयोगी तत्वहरु कार्बन, नाइट्रोजन, फस्फोरस, सल्फर र अक्सिजनको खोजी गर्नेछ ।
के हो क्यूरियोसिटीः ६ खुट्टा भएकोक्यूरियोसिटीको तौल ९ सय किलो छ । ३ मिटर उचाई भएको यसको गति औसत ३०मिटर प्रति घण्टा छ । यो रोवर्टले मंगल ग्रहमा २ वर्षसम्म काम गर्ने छ । उक्त समयमा क्यूरियोसिटीले कम्तिमा १९ किलोमिटर दुरी पार गर्नेछ । यो रोवर्टलाई नासाले २६ नोभेम्बर २०११ मा केप क्यानेवरल स्पेस स्टेशनबाट एटलस-५ नामक रकेटबाट प्रक्षेपणगरेको थियो । मंगलग्रहमा रेडियोआइसोटप जेनेरेटरबाट प्राप्त हुने विजुलीले चल्नेछ भने इन्धनका रुपमा प्लूटोनियम-२३८ को प्रयोग गरिएको छ ।