Tuesday, July 31, 2012

जलदेबता:-"त्यसो भए तेरो बुढी पच !!!!!" :- कथा

एउटा दाउरे बुढी लिएर दाउराकाट्न गएछ !दाउरा काट्दाकाट्दै उसको बुढी पोखरीमा खसिछे"!

अनि उ डिलमा बसेर रुन थालेछ !केही समयपछि जलदेबता प्रकट भएर उसलाई रुनको कारण सोधेछन् ! अनि उसले पनि आफ्नी श्रीमती खसेर
रो'को भनेछन् ! 
दाउरे:-"प्रभु, मेरी बुढी यस पोखरीमा खसेकी छे, त्यो भइनभने त म
मरेतुल्य हुन्छु !

जलदेबता:-""तेरी बुढी कस्ति छे त?"

दाउरे:- "के भन्नु र. एन्जेलिनाको जस्तो ओठ.करिनाको जस्तो फिगर.
ऐश्वर्याको जस्तो आँखा,कट्रिनाको जस्तो अनुहार भएकि छे प्रभु "

जलदेबता:-"कसम?"

दाउरे:-"कसम, प्रभु"

जलदेबता:-"त्यसो भए तेरो बुढी पच !!!!!" 

सर्वोच्च अदालत द्वारा आजिवन सुविधा दिने अध्यादेश रोक्न अन्तरिम आदेश

१६ साउन, काठमाडौं । सर्वोच्च अदालतले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने अध्यादेश तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश ताहिर अलि अन्सारीको एकल इजलासले मुद्दाको अन्तिम टुङ्गो नलाग्दासम्म यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो । फैसलाबारे सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भन्नुभयो-’रिट निवेदनको टुङ्गो नलाग्दासम्म सेवा सुविधासम्वन्धी व्यवस्थालाई यथास्थितिमा अन्तरिम आदेश भएको छ ।’
साथै इजलासले राष्ट्रपति र प्रधानमन्त्रीलाई १५ दिनभित्र लिखित जवाफ दिन समेत भनेको छ । अन्तरिम संविधान विपरित सरकारले पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने अध्यादेश ल्याएकाले खारेजीको माग गर्दै अधिवक्ता भरत जंगमले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
सरकारले पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख, पूर्व प्रधानन्यायाधीशदेखि पूर्व गृहमन्त्रीसम्मलाई आजीवन गाडी, इन्धन, मर्मत खर्च, आबास लगायतका सुविधा दिन अध्यादेश जारी गरेको थियो ।
अध्यादेशले दिएको सुविधा
राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुखहरुको पद समाप्त भएपछि पनि अध्यादेशले निर्देशन गरे अनुसार राज्यकोषबाट खर्च बेहोरिदा हालको अवस्थामा मात्र २०६९ सालसम्म भएका भुतपूर्व पदाधीकारीहरुलाई वाषिर्क रु. ५० करोड लाग्ने कुरा स्पष्ट छ ।
यसरी खर्च लिने पदाधीकारीहरु मध्ये एक पूर्व प्रधानमन्त्रीका लागि मात्र ५ वर्षकालागि करीव रु. ४ करोड लाग्ने निम्न तालिकाबाट प्रष्ट्याइएकोछ ।
२०६५ साल जेष्ठ १५ गते संविधानसभा बसेपछि यो ४ वर्षको अवधिमा ४ जना प्रधानमन्त्री भईसकेका छन् । यसरी प्रत्येक वर्ष जसो प्रधानमन्त्री बदलीने हो भने, आउदो २० वर्षमा कति प्रधानमन्त्री बन्ने हुन् ? करीव ५० वर्षको हाराहारीमा पुगेका विपक्षी डा.वावुराम भट्टराईले कति वर्ष राज्यकोषबाट सुविधा उपभोग गर्न पाउने हुन् ? दुई दिन प्रधानमन्त्री भएपनि एक व्यक्तिले आजीवन सुविधा भोगेर राजनीतिको नाउँमा मुलुक र जनतालाई छलकपट गर्न पाउने र अधिकांश जनताले भने उनीहरुले गरेको कार्यबाट उब्जिएको ऋणभार बोक्नु पर्ने ?
यो अनुत्तरित प्रश्न साथै राखेर माथिको हिसाव हेर्दा एक व्यक्तिका लागि राज्यले ५० सौंैं करोड रुपिया व्यहोर्नु पर्ने हुन्छ 

Monday, July 30, 2012

वकार अहमदले पानीबाट चल्ने कार बनाए

अव पेट्रोलबाट होइन पानीबाट चल्छ कार


पाकिस्तानका एक इन्जिनियरले यस्तो कार बनाएका छन जो पेट्रोलले होइन् पानीले चल्द्छ। उनले बनाएको कारले हेर्नेहरुलाई अचम्मित पारिदिएको छ। पाकिस्तानका इन्जिनियर वकार अहमदले
राजधानी इस्लामावादमा बिहिवार सांसद वैज्ञानिक र विद्यार्थीहरुको अगाडी आफुले
बनाएको पानीबाट चल्ने कार प्रदर्शन गरेका थिए ।
...वकारले इन्धनको रुपमा पानीको प्रयोग गरेर आफ्नो कार चलाएका थिए । उनले पेट्रोलको ठाँउमा पानी प्रयोग गर्दे गाडी चलाएपछि प्रत्यक्षदर्शीहरु अचम्मित भएका थिए । इन्जिनियर वकारका अनुसार १००० सिसिको कार एक लिटर पानीले ४०
किलोमिटर कुद्न सक्दछ भने मोटरसाइकल १ लिटर पानीले १५० किलोमिटर चल्न सक्दछ । पाकिस्तानका प्रधानमन्त्री तथा अर्थमन्त्रीले पनि वकारको परियोजनालाई विशेष महत्व दिएका छन। साथै पाकिस्तान सरकारले वकारलाई सुरक्षासहित उनको पानीबाट चल्ने कार बनाउने फर्मुलालाई सुरक्षित राख्ने
बताएको छ।

Wednesday, July 25, 2012

दिमाखलाई रनभुल्ल पार्ने तस्विर हरु



हुनत यो संसारै विचित्र छ त्यसैले हरेक घटना तथा पात्रभित्र विचित्रको स्वरुप भेट्टाउन सकिन्छ ।
मात्र त्यस्तो विचित्रताको स्वाद ग्रहण गर्न कति सकिन्छ भन्ने मात्र हो । हामीले विचित्र संसारको यो स्तम्भवमा पनि पाठकको रुचीलाई ध्यान दिँदै स्वस्थ मनोरञ्जनका लागि आश्चर्यजनक लाग्ने विभिन्न घटना, सन्दर्भ तथा दृश्यहरुलाई प्रस्तुत गर्दै आएका छौँ ।
यहाँपनि हामीले केही त्यस्ता तस्वीरहरु प्रस्तुत गरेका छौँ जसलाई हेर्दा विचित्र नै लाग्छ ।
यी तस्वीरहरुलाई विभिन्न कोणबाट अथ्र्याउन सकिन्छ । यी तस्वीरभित्र ग्लामर, अश्लीलता, व्यंग सबै एकैठाउँमा भेट्टाउन सकिन्छ ।
हेरौँ दिमागै चाट्ने यी दश तस्वीर

Tuesday, July 24, 2012

पृथ्विनारायण शाह मगर थिए र त देशभक्त थिए



प्रदिप नेपाल

विश्वमा एउटै मात्र यस्तो एउटा देश छ, जो कहिल्यै, कसैको उपनिवेश भएन । विश्वका दुई सयको हाराहारीमा अहिले स्वतन्त्र भनिएका राष्ट्रहरू आफ्नो इतिहासको कुनै न कुनै कालखण्डमा बेलायत, फ्रान्स, स्पेनलगायतका युरोपेली मुलुकका उपनिवेश भए । नेपालमै पनि झन्डै त्यो दासताको छायाँ पसिसकेको थियो । काठमाडौँ कब्जा गर्ने उद्देश्यले पटनाबाट हिँडेको अंग्रेजी फौजलाई नेपाली फौजले सिन्धुलीगढीबाटै ओरालो नलाइदिएको भए आज हामी, हाम्रो नेपाल र हामी नेपालीको परिचय बोकेर उभिन पाउने थिएनौँ । सियो बनेर छिर्ने र फाली बनेर निस्किने बेलायती उपनिवेशवाद, खालि जयप्रकाश मल्ललाई सघाउन मात्र काठमाडौँ उपत्यकताभित्र छिर्न खोजिरहेको थिएन । काठमाडौं खाल्डामा राज गरेपछि नेपाल नामको बलियो अस्तित्वलाई समाप्त गरेर बेलायती साम्राज्यमा कहिल्यै घाम अस्ताउँदैन भन्ने उखान सार्थक तुल्याउन त्यो नेपाल छिर्ने कोसिसमा थियो । व्यक्तिगत रूपमा जति रिस उठे पनि नेपाल नाम गरेको स्वतन्त्र राष्ट्र भनिने परिचय पाएको यो नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले बेलायती उपनिवेशवादलाई पराजित गरेका थिए भन्न संकोच मान्नु भनेको कुनै पनि नेपालीले आफ्नै परिचयलाई तिरस्कार गर्नु हो ।

हाम्रा कतिपय समाजशास्त्रीहरूसमेत पृथ्वीनारायण शाहलाई 'विस्तारवादी' को आरोप लाउँछन् र ठकुरी क्षत्री भएको हुनाले उनी हरहिसाबले फटाहा हुन् भन्ने निष्कर्ष निकाल्छन् । थोरै अध्ययन गरिदिए यी दुवै भ्रम समाप्तै हुन्थे । पृथ्वीनारायण शाह ठकुरी थिएनन् जन्मले । उनी थिए खाँट्टी मगर । द्रव्य शाहबाट नेपालको इतिहास खोज्ने चलन छ नेपालमा । ती द्रव्य शाह मगर थिए र दौडबाटै तिनले लिगलिगकोटको राज्य जितेका थिए । मगर भएकै हुनाले तिनले गोर्खाका खड्कालाई पराजित गरेर त्यहाँ मगर राज्यको स्थापना गरेका थिए । द्रव्य शाहदेखि पृथ्वीनारायण शाहसम्मको ज्यानमा मगर जातिको शुद्ध रगत बगेको सच्चाइलाई सबैभन्दा पहिले, प्रदीप लाफा मगरले सार्वजनिक गरेका थिए । यो सच्चाइलाई नेपालका विद्वान्, स्वर्गीय हृषिकेश शाहले पुष्टि गरेका थिए । शाह राजाहरूको कुलदेवता मानिएको स्याङ्जाको आलमदेवीको पुजारी मगर हुनु, अत्यन्तै चर्चित मनकामना माईका पुजारी पनि मगर हुनु, फुपूचेला मामाचेलीको संस्कार नेपालका राजाहरूमा विद्यमान रहनुजस्ता घटनाले पृथ्वीनारायण शाहसम्मको मगरत्वलाई प्रमाणित गर्छन् । सेन राजाहरू मगर थिए भन्नेमा सायद कसैको विमति नहोला । पृथ्वीनारायण शाहको पहिलो विवाह तिनै सेन राजाकी छोरीसँग भएको थियो ।

हो, पृथ्वीनारायण शाहपछि नेपालको राजवंश वर्णशङ्कर हुँदै गयो । मगर रानीको माइतीसँग झगडा परेपछि पृथ्वीनारायण शाह, आफ्नो राज्य विस्तारको सपना बोकेर शिक्षादीक्षा लिन बनारसतिर लागे । त्यहाँ गएपछि उनले आफ्नो मगर मूललाई तिलाञ्जली दिए गङ्गा नदीको किनारमा । उनले गोत्र फेरे । राजपूत कन्यासँग बिहे गरे र क्षत्रीभन्दा माथिल्लो जात हुन जेजे गर्नुपथ्र्यो त्यो सबै गरे । पृथ्वीनारायण शाहपछि ठकुरी हुने प्रक्रियामा लागेका शाह राजाहरू सबै अयोग्य, स्वार्थी, स्त्रीलम्पट भएर आफ्नै खुट्टामा बन्चरो हान्न पुगे । विशेष गरेर पृथ्वीनारायण शाहका छोरा र नाति राजतान्त्रिक इतिहासका सबैभन्दा ठूला खलपात्र बन्न पुगे ।

शाह राजवंशलाई मगरबाट ठकुरी बनाउने अभियानमा सबैभन्दा ठूलो लगानी राजा महेन्द्रले गरेको तथ्य पनि इतिहासले बिस्तारै खुलाउँदै लगेको छ । पृथ्वीनारायण शाहलाई ठकुरी बनाउन उनको नाकमुनि जुँघा टाँस्ने काम राजा महेन्द्रबाटै भएको रहेछ । एकाध वर्षअघि फेला परेको पृथ्वीनारायण शाहको मौलिक सालिकमा जुँघा नभएको कुरो त्यतिबेलै सार्वजनिक भएको जानकारी अध्येता पाठकहरूसँग सुरक्षित होला भन्ने लाग्छ । अहिले त्यो मूर्ति नुवाकोट साततले दरबारमा पुगेको रहेछ ।

पृथ्वीनारायण शाहको यो भूमिकाका बारेमा नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति र नेपाल-चीन सम्बन्ध पुस्तकमा चिनियाँ प्राध्यापक वाङ चुङले यसरी लेखेका छन्, 'सन् १७६८ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण -खासगरी काठमाडौं उपत्यका) गरेपछि एउटा एकीकृत राजनीतिक शक्तिका रूपमा नेपालले आफ्नो दृष्टि हिमालयको मध्य इलाकाबाट बाहिरी संसारमा राख्न थाल्यो । ... शाहले नेपालको एकीकरण गरेपछि नेपालका शासकले उत्तरी हिमाली क्षेत्रका व्यापारिक मार्गको महत्त्वबारे पूरा जानकारी लिए र यस क्षेत्रका व्यापारिक मार्गको सुरक्षा र नियन्त्रण गर्नु नेपालको कूटनीतिक राजनीतिको मौलिक आधार बन्यो ।' यही रणनीतिको विशिष्ट परिभाषा हो पृथ्वीनारायण शाहले सार्वजनिक गरेको दुई ढुंगाबीचको तरुल सिद्धान्त । त्यही उपदेशमा पृथ्वीनारायण शाहले आफ्नो राष्ट्रियताको त्यस्तो सुन्दर परिभाषा दिएका छन् जसलाई उनीपछिका कुनै पनि शासकले अवलम्बन गरेनन्, गर्न चाहेनन् । पृथ्वीनारायण शाहले आफ्ना भाइभारदार र सन्तानलाई दक्षिणको बादशाहसँग सधैँ होसियार हुने उपदेश त्यसै दिएका थिएनन् ।

तिनै वाङ चुङले पृथ्वीनारायण शाहका बारेमा, सुरुमा गोर्खा राज्य विस्तार गर्ने महत्त्वाकांक्षी योजना लिएर नुवाकोटमाथि आक्रमण गरे पनि बनारस पुगिसकेपछि, भारतीय राजाहरूको बिजोक अवस्था देखेपछि उनी बेलायती उपनिवेशवादका विरुद्ध लड्नपर्ने टुंगोमा पुगेका थिए भनी निष्कर्ष निकालेका छन् ।

पृथ्वीनारायण शाह विस्तारवादी थिएनन्, बरु आर्थिक स्वावलम्बनका पक्षधर थिए भनी वाङ चुङले नेपालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश भनी प्रचारित गरिने आर्थिक स्वावलम्बनका निम्न बुँदाहरूलाई आफ्नो शोधग्रन्थमा यसरी उल्लेख गरेका छन्- -क) विदेशी महाजनलाई वीरगन्जबाट उँभो आउन नदिनु, यिनीहरू देशमा आए भने दुनियाँलाई कङ्गाल बनाई छोड्छन् । -ख) विदेशी कपडा लगाउन मनाही गर्नु, आफ्नो देशमा कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनु र बुन्न लगाउनु, त्यसो भएमा नगद विदेश जाँदैन । ... (घ) खानी भएका ठाउँमा गाउँ भए गाउँ अन्त सारी खानी चलाउनु, गरो बन्ने जग्गामा घर भए घर अरू जग्गामा सारी कुलो काटी खेत बनाई आवाद गर्नु । (ङ) विदेशी नाचगान र रागतानमा नभुल्नु, आफ्ना सयलका लागि त तीन सहर नेपालका नेवारहरूको नाच झिकाई हेरे पनि हुन्छ, यिनीहरूलाई दिएको नगद ता आफ्नै देशमा रहन्छ । (च) देशका जिनिस, जडिबुटी विदेश लैजानु र नगद खर्चनु आदि ।

बेलायती उपनिवेशवादका सियो बनेर आउने व्यापारीलाई नेपाल छिर्नै नदिने, आफ्नो खर्च आफ्नै उत्पादनबाट धान्ने शिक्षा दिने, आफूले जितेका तीन सहर नेपालका नेवारहरूको संस्कृतिको सम्मान गर्ने राजालाई कसरी विस्तारवादी भन्न सकिन्छ ?

बेलायती शासकहरू पृथ्वीनारायण शाहलाई मन पराउँदैनथे मात्र होइन, सकेसम्मको घृणा नै गर्थे । नेभर माक्र्सवेलले लेखेका पनि छन्, 'दक्षिण एसियाका भूपरिवेष्ठित पहाडी राज्यहरूमाथिको नियन्त्रण सुदृढ गराउनु बि्रटिस इन्डिया सरकारको निश्चित सुरक्षा रणनीति हो ।' यो सुरक्षा रणनीतिको अभियानमा बि्रटिस इन्डिया सरकारका विरुद्ध चट्टान बनेर उभिएका पृथ्वीनारायण शाहलाई जति सरापे पनि पश्चिमा इतिहासकारलाई सन्तुष्टि हुँदैन । त्यसैले सिल्भाँ लेभी वा यस्तै अन्य कुनै पश्चिमा इतिहासकारबाट पृथ्वीनारायण शाहका बारेमा लेखिएका कथित ऐतिहासिक टिपोटहरूमाथि विश्वास गर्न सकिँदैन । हो, जंगबहादुर शाहमार्फत राजा सुरेन्द्रलाई आफ्नो षड्यन्त्रको गोटी बनाइसकेपछि भने बेलायती उपनिवेशवाद नेपालका राजाहरूप्रति सहनुभूतिशील देखिन पुगेको छ ।

पृथ्वीनारायण शाहको विरोध गर्नुअघि एकपल्ट, निष्पक्ष मन बोकेर सोचौँ । यो सोच्ने काम नेपालका सबै नेपालीको हो । तथ्यहरूले भन्छन्- पृथ्वीनारायण शाह, आरम्भमा महत्त्वाकांक्षी र बनारस पुगेपछि देशभक्त राजा बनेका थिए, जसले त्यतिबेलाको जल्दोबल्दो बेलायती उपनिवेशवादविरुद्ध लडाइँ लड्ने हिम्मत गरेका थिए र त्यो लडाइँ जितेका थिए । नेपालीको दुर्भाग्य नै भनौं मन परेको छोरो गद्दीको हकदार हुने थिति बनाए पनि पृथ्वीनारायण शाहपछिका कुनै राजामा पनि यो देशभक्ति देखिएन । लम्पट शाह राजाहरूकै कारण नेपाल अर्धउपनिवेश बन्यो 

Monday, July 23, 2012

सौतिने आमा-छोरालाई बिहे गर्न अनुमति !



     बेमेल विवाहले कहिलेकाहीं अनौंठा समाजिक सम्वन्धलाई जन्म दिन्छ । यस्तै एक घटना भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा देखिएको छ । त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ ।

जिल्लाको नावाजगर थाना अन्तरगतको भटौली गाउँ पञ्चायतले ५२ वर्षीय जवाहर पासवानकी दोस्री श्रीमती २२ वर्षीया पुनम र उनका २३ वर्षीय सौतेनी छोरा बिकाशकुमार पासवानबीच प्रेम सम्वन्ध रहेकाले दुबैलाई सँगै बस्ने अनुमति दिएको हो । ८ वर्षअघि पहिलो श्रीमतीको मृत्यु भएपछि जवाहरले पुनमसँग विवाह गरेका थिए ।
विकास जवाहरका पहिलो श्रीमतीपट्टीका छोरा हुन् । वन विभागका गार्ड रहेका जवाहरले १० दिन पहिले गाउँ पञ्चायतमा उजुरी दिए- छोराले आफ्नो वैवाहिक जीवन विगार्न खोजेको भन्दै ।
पञ्च मालती यादवले दुबै पक्षको कुरा सुनेपछि नातामा आमाछोरा पर्ने उनीहरुलाई बिहे गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले फैसला सुनाउँदै भनिन्-’दुबै बयस्क छन् र आपसी सहमतिमा पति पत्नीका रुपमा रहन चाहन्छन्, त्यसैले यो पञ्चायत उनीहरुलाई विवाह गर्ने अनुमति दिन्छ ।’ पुनमले जवाहरसँगको सम्बन्धबाट दुई बच्चा जन्माएकी छन् । लफडा यतिमै मात्र सिमित छैन, विकास र जवाहर दुबैले बच्चामा दावी गरेका छन् । १४ वर्षको उमेरमै पुनमले जवाहरसँग विवाह गरेकी थिइन् 

Saturday, July 14, 2012

नेपालीको औषत आम्दानी ५८ हजार, ऋण १८ हजार ८ सय



२५.२ प्रतिशत नेपाली गरिवीको रेखामुनी


14 july सारजाह । तपाईको बाषिर्क आम्दानी कति ? धेरैको थोरै होला भने थोरैको धेरै । नेपालीको औषत आम्दानी भने ५८ हजार २ सय ७४ रुपैयाँ अर्थात ७ सय ४२ डलर पुगेको छ ।
अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६८/६९ अनुसार कुल राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आय ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको उल्लेख छ । पछिल्लो एक दशकमा नेपालीको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । १० वर्षअघि प्रतिव्यक्ति आय जम्मा ११ हजार १ सय ४४ रुपैयनँ मात्रै थियो । मौसम राम्रो भएकाले बढेको कृषि उत्पादन, पर्यटकहरुको आगमनमा भएको बृद्धि लगायतले नेपालको औषत आम्दानी बढाउन मदत गरेको हो ।
प्रतेकको टाउकामा ऋण कति ?
प्रतेक नेपालीको भागमा ऋण पनि बढेको छ । प्रतिवेदनका अनुसार प्रतिव्यक्ति ऋण १८ हजार ८ सय ६७ रहेको छ । यो गत वर्षको भन्दा ३ हजार २ सय ९१ ले बढी हो ।
गरिव जनसंख्या घटे
औषत आम्दानी बढेसँगै गरीबीको रेखामुनी रहेका नेपालीको संख्यामा पनि कमी आएको छ । जीवनस्तर मापण सर्वेक्षण तेस्रोले कुल जनसंख्याको २५.२ प्रतिशत नेपाली निरपेक्ष गरीबीको रेखामुनी रहेको देखाएको छ । यस्तै आयमा असमानता दर्शाउने गिनी सुचकांक पनि घटेर ०.३३ पुगेको छ ।
प्रतिपर्यटक प्रतिदिन खर्च ३९.९ डलर
प्रतिवेदनका अनुसार सन् २०११ मा नेपाल आउने पर्यटकहरुको संख्या अघिल्लो वर्षको भन्दा २२.१ प्रतिशतले बढेर ७ लाख ३६ हजार २ सय १५ पुगेको छ । नेपाल भ्रमणका क्रममा प्रतेक पर्यटकले प्रतिदिन ३९.९ डलर खर्च गरेका छन् भने पर्यटन क्षेत्रबाट २८ अर्ब ६३ करोड आय भएको छ । कुल ग्रहस्थ उत्पादनमा पर्यटन क्षेत्रले १.८ प्रतिशत येगदान दिएको छ भने १ लाख २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् 

Friday, July 13, 2012

हेर्नुस त कतै तपाईको पासवर्ड त लिक भएको छैन ?

यदि तपाईको याहु आई डि या जि मेल आई डि को पासवर्ड ह्याकर द्वारा लिक गराईएको छ छैन थाहा पाउन यो एड्रेसमा गएर तपाईको इमेल आई डि राखेर चेक गर्न सक्नु हुन्छ  है त





         अमेरिकी इन्टेरनेट फर्म याहूका लाखौं प्रयोगकर्ताको पासवर्ड ह्याकरहरुले लीक गरेका छन् । याहूका ४ लाख ५३ हजार भन्दा बढी प्रयोगकर्ताको पासवर्डलाई ह्याकरहरुले अनलाइनमा नै पोष्ट गरिदिएका छन् ।
समाचारहरुमा जनाइए अनुसार याहूसँगै जीमेलसहितका वेबसाइटका प्रयोगकर्ताह्रु पनि प्रभावित हुनसक्छन् । आफूलाई बताउने समूहले यसको जिम्मेबारी लिएको छ । साइबस विज्ञहरुले प्रयोगकर्ताहरुलाई आफ्नो पासवोर्ड परिवर्तन गर्न सल्लाहदिएका छन् ।
                                   http://labs.sucuri.net/?yahooleak
    


Sucuri Malware Labs

Sucuri on Twitter Sucuri on Facebook Sucuri on LinkedIn

Yahoo Leak Password CheckerHome  |  Notes  |  Malware data  |  Signatures  |  Tools  |  About

Check if your Yahoo Account has been compromised and is a part of the leak. More information about it here. If you have any question, please emaillabs@sucuri.net.


Was your email address exposed? Enter it below and we'll check to see if it was part of the leak.

Your email:  CHECK EMAIL


QUICK TIP: If your email was compromised, we recommend you follow these steps: ASK Sucuri: What should I do if my email is in the Yahoo Leak?
Sucuri Security

Tuesday, July 10, 2012

मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व



कुनैपनि व्यक्तिलाई मन पर्ने रंग अर्को व्यक्तिलाई मन नपर्न सक्छ । यसको अर्थ रंगको मामिलामा पनि मानिसहरु चूजी हुन्छन् ।
व्यक्तिले आफुलाई मन पर्ने रंगका लुगाफाटो वा अरु कुनैपनि उपयोगी साधनहरु खरीद गर्न चाहन्छ र प्रयोग गर्न चाहन्छ । तपाइँ हामी पनि कुनै खास रंगका कपडा वा सरसामान प्रयोग गर्न विशेष रुची देखाउँछौँ ।
हामीलाई कुनै रंग विशेष रुपमा मन पर्छ तर यसरी एउटा रंग मन पर्नु वा अरु रंगमा मन नजानुको कारण हामीलाई थाहा हुँदैन । हामीलाई कुनै खास रंग मन पर्नु र अरु रंग मन नपर्नुको अर्थ र त्यसले हाम्रो मानसिकतासँग राख्ने सम्बन्धको बारेमा पनि ख्याल हुँदैन ।
तर पछिल्लो अध्ययनले कुनै पनि व्यक्तिको रंगप्रतिको छनोटले उसको सोँच तथा व्यक्तित्व झल्काउँछ ।
व्यक्तिले कुन रंग मन पराउँछ भन्ने कुराबाट उसको शारीरिक, मानसिक, भावनात्मक तथा धार्मिक मनस्थितिको बारेमा गुह्य कुरा पत्ता लगाउन सकिने मनोविशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कुनैपनि व्यक्तिले आफ्नो व्यक्तित्व अनुसार नै रंगको चयन गर्छन् । आखिर कुन रंग रोज्ने व्यक्तिको चरित्र कस्तो हुन्छ त ?
· सेतो रंग – यो शुद्धताको संकेत हो । सेतो रंग आफ्नो मनपर्ने व्यक्तिको मन जित्न समेत कामयावी हुन्छ । सेतो रंगको पहिरन लगाउने व्यक्तिहरु देखावटीमा विश्वास नगर्ने खालका हुन्छन् । उनीहरु आफ्नो काममा शतप्रतिशत निपुर्णता चाहन्छन् । कुनैपनि काम अधूरो छाड्न चाहँदैनन् ।
· रातो रंग – आक्रामकताको प्रतिकको रुपमा रहेको रातो रंग मन पार्ने व्यक्ति घुमफिर गर्न रुचाउने खालका हुन्छन् । रातो रंग रुचाउने व्यक्तिहरु महत्वाकांक्षी हुनुका साथै चाहेको कुरा गरेरै छाड्ने प्रवृत्तिका पनि हुन्छन् । यिनीहरु आशावादी तथा जोसिला हुन्छन् ।
· गुलाबी रंग – माया तथा लगाबको प्रतिकको रुपमा रहेको गुलाबी रंग मन पार्ने खासगरी महिलाहरु जिन्दगीमा सधै सुरक्षा र अर्काको संरक्षण चाहने खालका हुन्छन् । उनीहरु सौन्दर्यप्रेमी हुन्छन् र सधै आकर्षक देखिन चाहन्छन् । उनीहरु विलासी जिवनका भोगी हुन्छन् ।
· सुन्तला रंग – सुन्तला रंग मन पराउने व्यक्तिहरु अरु आम मानिसभन्दा युनिक देखिन चाहने खालका हुन्छन् । व्यवहार कुशल हुने भएकाले उनीहरुको सामाजिक दायरा पनि फराकिलो हुन्छ । उनीहरु निडर, उत्सुक तथा चंचल स्वभावका हुन्छन् । यिनीहरुको व्यवहार थोरै ढुलमुले प्रवृत्तिको समेत हुनेगर्छ ।
· पहेँलो रंग – पहेँलो रंग मन पार्ने व्यक्तिहरु जिन्दगीमा सधै नयाँपन चाहन्छन् । यिनीहरु कल्पनाशील हुन्छन् । हँसिमजाक रुचाउने खालका हुन्छन् । सोँच स्पष्ट हुन्छ भने अरुलाई राम्रो सल्लाह दिने खालका हुन्छन् ।
· हरियो रंग – हरियो रंग आशाको प्रतिक हो । तथापि यस्तो रंग मन पराउने मानिसहरुमा आत्मविश्वासको कमी हुन्छ र उनीहरुको कमजोरीको फाइदा अरुले उठाउँछ । यिनीहरु समाजमा सक्रिय त हुन्छन् तर एक्लोपन उनीहरुको टाउको दुखाइ बन्दछ ।
· निलो रंग – निलो रंग मन पराउने व्यक्तिहरु अधिक संवेदनशील हुन्छन् । उनिहरु आफुमाथि पूरै नियन्त्रण गर्न सक्षम हुन्छन् र बहकाउमा लाग्दैनन् । विश्वासयोग्य हुन्छन् तर बढि चिन्ता गर्ने बानी यिनीहरुका लागि प्रत्युत्पादक बन्दछ ।
· कालो रंग – कालो रंग मन पराउने व्यक्तिहरुको व्यक्तित्व प्रभावशाली हुन्छ । यिनीहरुको व्यक्तित्व रहस्यमय समेत हुन्छ । यो वर्गका मानिसहरु आफ्नो भावनालाई अक्सर दबाएरै राख्छन् । एजेन्सि online khabar

मन पर्ने रंगले बताउँछ तपाइँको व्यक्तित्व

कुनैपनि व्यक्तिलाई मन पर्ने रंग अर्को व्यक्तिलाई मन नपर्न सक्छ । यसको अर्थ रंगको मामिलामा पनि मानिसहरु चूजी हुन्छन् ।
व्यक्तिले आफुलाई मन पर्ने रंगका लुगाफाटो वा अरु कुनैपनि उपयोगी साधनहरु खरीद गर्न चाहन्छ र प्रयोग गर्न चाहन्छ । तपाइँ हामी पनि कुनै खास रंगका कपडा वा सरसामान प्रयोग गर्न विशेष रुची देखाउँछौँ ।
हामीलाई कुनै रंग विशेष रुपमा मन पर्छ तर यसरी एउटा रंग मन पर्नु वा अरु रंगमा मन नजानुको कारण हामीलाई थाहा हुँदैन । हामीलाई कुनै खास रंग मन पर्नु र अरु रंग मन नपर्नुको अर्थ र त्यसले हाम्रो मानसिकतासँग राख्ने सम्बन्धको बारेमा पनि ख्याल हुँदैन ।
तर पछिल्लो अध्ययनले कुनै पनि व्यक्तिको रंगप्रतिको छनोटले उसको सोँच तथा व्यक्तित्व झल्काउँछ ।
व्यक्तिले कुन रंग मन पराउँछ भन्ने कुराबाट उसको शारीरिक, मानसिक, भावनात्मक तथा धार्मिक मनस्थितिको बारेमा गुह्य कुरा पत्ता लगाउन सकिने मनोविशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार कुनैपनि व्यक्तिले आफ्नो व्यक्तित्व अनुसार नै रंगको चयन गर्छन् । आखिर कुन रंग रोज्ने व्यक्तिको चरित्र कस्तो हुन्छ त ?
· सेतो रंग – यो शुद्धताको संकेत हो । सेतो रंग आफ्नो मनपर्ने व्यक्तिको मन जित्न समेत कामयावी हुन्छ । सेतो रंगको पहिरन लगाउने व्यक्तिहरु देखावटीमा विश्वास नगर्ने खालका हुन्छन् । उनीहरु आफ्नो काममा शतप्रतिशत निपुर्णता चाहन्छन् । कुनैपनि काम अधूरो छाड्न चाहँदैनन् ।
· रातो रंग – आक्रामकताको प्रतिकको रुपमा रहेको रातो रंग मन पार्ने व्यक्ति घुमफिर गर्न रुचाउने खालका हुन्छन् । रातो रंग रुचाउने व्यक्तिहरु महत्वाकांक्षी हुनुका साथै चाहेको कुरा गरेरै छाड्ने प्रवृत्तिका पनि हुन्छन् । यिनीहरु आशावादी तथा जोसिला हुन्छन् ।
· गुलाबी रंग – माया तथा लगाबको प्रतिकको रुपमा रहेको गुलाबी रंग मन पार्ने खासगरी महिलाहरु जिन्दगीमा सधै सुरक्षा र अर्काको संरक्षण चाहने खालका हुन्छन् । उनीहरु सौन्दर्यप्रेमी हुन्छन् र सधै आकर्षक देखिन चाहन्छन् । उनीहरु विलासी जिवनका भोगी हुन्छन् ।
· सुन्तला रंग – सुन्तला रंग मन पराउने व्यक्तिहरु अरु आम मानिसभन्दा युनिक देखिन चाहने खालका हुन्छन् । व्यवहार कुशल हुने भएकाले उनीहरुको सामाजिक दायरा पनि फराकिलो हुन्छ । उनीहरु निडर, उत्सुक तथा चंचल स्वभावका हुन्छन् । यिनीहरुको व्यवहार थोरै ढुलमुले प्रवृत्तिको समेत हुनेगर्छ ।
· पहेँलो रंग – पहेँलो रंग मन पार्ने व्यक्तिहरु जिन्दगीमा सधै नयाँपन चाहन्छन् । यिनीहरु कल्पनाशील हुन्छन् । हँसिमजाक रुचाउने खालका हुन्छन् । सोँच स्पष्ट हुन्छ भने अरुलाई राम्रो सल्लाह दिने खालका हुन्छन् ।
· हरियो रंग – हरियो रंग आशाको प्रतिक हो । तथापि यस्तो रंग मन पराउने मानिसहरुमा आत्मविश्वासको कमी हुन्छ र उनीहरुको कमजोरीको फाइदा अरुले उठाउँछ । यिनीहरु समाजमा सक्रिय त हुन्छन् तर एक्लोपन उनीहरुको टाउको दुखाइ बन्दछ ।
· निलो रंग – निलो रंग मन पराउने व्यक्तिहरु अधिक संवेदनशील हुन्छन् । उनिहरु आफुमाथि पूरै नियन्त्रण गर्न सक्षम हुन्छन् र बहकाउमा लाग्दैनन् । विश्वासयोग्य हुन्छन् तर बढि चिन्ता गर्ने बानी यिनीहरुका लागि प्रत्युत्पादक बन्दछ ।
· कालो रंग – कालो रंग मन पराउने व्यक्तिहरुको व्यक्तित्व प्रभावशाली हुन्छ । यिनीहरुको व्यक्तित्व रहस्यमय समेत हुन्छ । यो वर्गका मानिसहरु आफ्नो भावनालाई अक्सर दबाएरै राख्छन् । एजेन्सि  online khabar 



Monday, July 9, 2012

सोमबार तीन लाखभन्दा बढी कम्प्युटरमा इन्टरनेट बन्द हुने


कसरी पत्ता लगाउने कम्प्युटरमा खतरनाक भाइरस छ–छैन ?



२५ असार, काठमाडौं । सोमबार तपाईको कम्प्युटरमा इन्टरनेट बन्द हुनसक्छ । किनकी ह्याकरहरुले भारइस पठाएकाले अमेरिकी जाँच एजेन्सी एफबीआईले विश्वभरका तीन लाखभन्दा बढी कम्प्युटरमा इन्टरनेट बन्द गर्दैछ । इन्टरनेट सेवा ठप्प हुने अधिकतम कम्प्युटर अमेरिकाका पर्नेछन् भने एक भाग अन्य देशका पनि हुनेछन् ।
एफबीआईले सन् २०११ को नोभेम्बरमा ह्याकरहरुको एक गिरोहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइसर पठाएका थिए । उक्त गिरोहले विभिन्न सरोबरबाट भाइसर पठाएका कम्प्युटरको प्रयोगकर्ताले जबरजस्ती विभिन्न विज्ञापन हेर्नु पर्नेछ, जसका कारण उक्त गिरोहले पैसा पाउने छ । बताइएअनुसार उक्त गिरोहले यसरी १.४० करोड डरल कमाएको छ ।
उनीहरुले इन्टरनेटमा डोमेन नेम लुक अप नामक एक कार्यप्रणाली कब्जा गरेर यस्तो गरेका हुन् । अहिले पनि थुप्रै कम्प्युटरहरुमा उक्त गिरोहले पठाएको भाइरसको असर बाँकी रहेको एफबीआईका आधिकारीह्रुले बताएका छन् । समाचार एनेज्सी रोयटर्सका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनहिरुले अवरुद्ध गरिने इन्टरनेट सेवा छिट्टै सुचारु गर्ने आश्वासन दिएका छन् ।
कसरी पत्ता लगाउने भाइरस छ छैन
आफ्नो कम्प्युटरको उक्त भाइसर छ भने केही सेकेण्डमा नै पत्ता लगाउन सक्नु हुनेछ । वेभसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा पुछारमा जानुहोस र Agree मा क्लिक गर्नुहोस । त्यसपछि खुल्ने पेजमा हरियो रंगको व्यानर देखिए खुसी हुनुहोस । किनकी तपाई कम्प्युटर उक्त खतरनाक भाइसरबाट सुरक्षित छ । रातो रंगको व्यानर देखिएमा भने तपाईको कम्प्युटरमा पनि उक्त गिरोहले पठाएको भाइसर छ भन्ने प्रष्ट हुनेछ । तर, तपाई इन्टीभाइरसलाई एक्टिभ गरेर त्यसलाई हटाउन सक्नु हुनेछ ।
यस्तै तपाई म्यानुअल्ली पनि यसलाई जाँच गर्न सक्नु हुनेछ । माइक्रोसफ्ट विण्डज प्रयोग गर्नु हुन्छ भने Start menu मा क्लिक गर्नुहोस र रनमा जानुहोस् । त्यहाँ cmd.exe टाइप गरेर इन्टर थिच्नुहोस् । अब कालो रंगको कमाण्ड विण्डो खुल्नेछ, जसमा ipconfig /all टाइप गरेर इन्टर थिच्नुहोस । त्यहाँ जुन जानकारी आउँछ, त्यसमा हेर्नुहोस कि तपाईको कम्प्युटरको आईपी एड्रेस र डीएनएस सर्वर तल दिइएको नम्बरमा मिल्छ कि मिल्दैन । तल दिइएको नम्बरको सिरिजसँग मिल्यो भने तपाईको कम्प्युटरमा भइरस छ भनेर जान्नुपर्छ ।
यस्तै एप्पल प्रयोग गर्नुहुन्छ भने System Preferences मा जानुहोस् । Network छान्नुहोस् र  connection used for internet access मा क्लिक गर्नुहोस् । त्यसपछि Advanced मा क्लिक गर्नुहोस् र  DNS tab मा क्लिक गर्नुहोस ।
भाइसर भएको कम्प्युटरको आईपी र डीएनएस सर्वर नम्बर
5.255.112.0 बाट 85.255.127.25
67.210.0.0 बाट 67.210.15.255
93.188.160.0 बाट 93.188.167.255
77.67.83.0 बाट 77.67.83.255
213.109.64.0 बाट 213.109.79.255
64.28.176.0 बाट 64.28.191.255
कम्प्युटरमा भाइस भेटिए के गर्ने
यस खतरनाक भाइरस हटाउने उपाय पनि इन्टरनेटमा नै छ । फ्रि भाइरस स्क्यान एण्ड रिमुबर सफ्टवेयरका लागिwww.dcwg.org/fix/ मा जान सक्नु हुनेछ । त्यसअघि तपाईले आफ्नो महत्वपूर्ण डाटाहरु भने ब्याकअप राख्न नभुल्नु होला ।
एजेन्सीको सहयोग

Friday, July 6, 2012

Features of Galaxy S III


सामसुङ कम्पनीले उत्पादन गरेको नयाँ संस्करणको स्मार्टफोन ग्यालेक्सी एस थ्री आजदेखि नेपाली बजारमा आएको छ । गएको मे लण्डनमा सार्वजनिक गरिएको यो ग्याजेटलाई सामसुङ कम्पनीको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली बजारमा ल्याएको हो । नेपाली बजारमा यसको मुल्य ६९ हजार तोकिएको छ ।
के के छन् ग्यालेक्सी एस थ्री का विशेषता ?
सामसङ कम्पनीको अघिल्लो संस्करणको स्मार्टफोन ग्यालेक्सी एसटू भन्दा यो फोन केही ठूलो छ । यसको ४ दशमलब ८ इन्च ठूलो स्त्रिmन रहनुका साथै अन्य केही अत्याधुनिक विशेषता समेत रहेको बताइएको छ । यसमा स्मार्ट स्टे भनिने प्रविधिको उपयोग गरिएकाले खोलेपछि प्रयोगकर्ताले हेरुन्जेल स्त्रिmन बन्द हुँदैन ।
यसको अर्को रोचक विशेषता भनेको एस भ्वाइस सेवा हो । वास्तवमा यो स्मार्टफोनमा प्रयोगकर्ताको आवाज मुताविक काम गर्ने एउटा सफ्टवेयर राखिएको हुन्छ । सो सफ्टवेयरले अलार्म अफ भन्ने जस्ता वाक्य बुझेर स्मार्टफोनमा लागेको अलार्म बन्द गर्छ । साथै कन्ट्याक्ट लिष्टमा भएको साथीलाई फोन गर्न अंग्रेजी भाषामा बोलेर निर्देशन दिएमा स्मार्टफोनमा भएको सफ्टवेयरले आफै फोन डायल गर्छ ।
यो स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जिबीको र्याम राखिएको छ भने ३२ जिबी सम्मको मेमोरी अटाउन सक्छ । गुगलको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोनको अर्को विशेषता भनेको मोबाइलमा फोन उठाउँदा कि प्याड थिच्नु पर्दैन । फोन कल आउँदा सेट कानमा लग्ने बित्तिकै फोन उठिहाल्छ । यो मोबाइल सेटमा ८ मेगापिक्सेलको क्यामेरा छ । यो स्मार्टफोनको अर्को फाइदा भनेको एकैपटक मोबाइल स्त्रिmनमा दुइवटा काम गर्न सकिनु हो । स्त्रिmनमा एकैपटक दुइवटा डिस्प्ले गर्न सकिन्छ । जस्तै कुनै इन्टरनेट साइट हेर्दै गर्दा अर्को भिडियो हेर्न मन लाग्यो भने पप अप प्ले मा भिडियो पनि हेर्न सकिन्छ । साथै यो स्मार्टफोनमा फेस अनलक नामको सेवा पनि उपलब्ध छ । जस अनुसार फोन सेटलाई खोल्न प्रयोगकर्ताको अनुहार प्रयोग गर्न सकिन्छ ।
कालो र निलो रंगमा उपलब्ध यो स्मार्टफोनमा प्लास्टिकको खोल छ । १ सय ३३ ग्राम तौलको यो फोनसेट ५.३८ इच्च लामो, २.७८ इन्च चौडा तथा ०.३४ इन्च मोटो छ । साथै यसले ४ जी नेटवर्कमा समेत काम गर्छ ।
सामसुङ ग्यालेक्सी एस थ्री का अन्य विशेषता निम्न छन् ः
१. एडोब फ्लास सफ्टवेयरमा भिडियो तथा आवाज प्ले गर्नसक्छ ।
२. कम्प्युटर तथा अन्य ग्याजेटमा प्रयोग हुने सामान्य युएसबी केबल प्रयो गरेर ब्याट्री चार्ज गर्न सकिन्छ ।
३. यसमा वायरलेस चार्जिङ सेवा छ । कुनैपनि प्लग वा तारबिना नै चार्जिङ गर्न सकिन्छ ।
४. यसको ब्याट्री फेर्न सकिने सुविधा छ साथै यसको ब्याट्रीको क्षमता पनि उच्च छ ।
५. यसबाट एचडिएमआइ सेवा छ । जस अन्तरगत स्मार्टफोनमा बजाइएका भिडियोहरु टेलिभिजनमार्फत हेर्न सकिन्छ ।







Thursday, July 5, 2012

गर्भवति महिलाका लागि बिरालो महा हानिकारक(FOR PREGNANT WOMEN CAT IS VERY DANGEROUS

सामान्यतय बिरालो सबैका घरमा पालिन्छ । कतिपय मुसामार्नका लागि बिरालो पाले पनि यसलाई हेर्ने दृष्टिकोण भने फरक फरक छन । 

       बिरालोले बाटो काट्यो भने शुभसाइत हुँदैन भन्ने आममान्यता छ। आममानिस यो परम्परालाई आत्मसात गर्छन्। तर त्यो अप्रमाणित कुरो हो। गर्भवती महिलाका लागि बिरालो नजिक जानु अशुभ हो भन्ने कुरा चाहिँ प्रमाणित भइसकेको छ। यदि गर्भवती महिला बिरालोको सम्पर्कमा आइन् भने जन्मने बच्चा मानसिक वा शारीरिक रूपमै अशक्त हुन सक्छ। जन्मने बच्चाको दिमागमा गम्भीर असर परेको हुन्छ अथवा अनिमियाको सिकार भने पक्कै हुने बताइएको छ। कतिपय परिस्थितिमा त बच्चा गम्भीर अवस्थामा नै जन्मने गरेको भेटिएको छ। बिरालोमा टाक्सोप्लाज्मा गोन्डाइ नामको जीवाणु हुने गर्छ। जसको संक्रमणले भू्रणलाई खतरा उत्पन्न हुने गरेको विज्ञहरूले बताएका छन्।