Saturday, July 14, 2012

नेपालीको औषत आम्दानी ५८ हजार, ऋण १८ हजार ८ सय



२५.२ प्रतिशत नेपाली गरिवीको रेखामुनी


14 july सारजाह । तपाईको बाषिर्क आम्दानी कति ? धेरैको थोरै होला भने थोरैको धेरै । नेपालीको औषत आम्दानी भने ५८ हजार २ सय ७४ रुपैयाँ अर्थात ७ सय ४२ डलर पुगेको छ ।
अर्थ मन्त्रालयले शनिबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०६८/६९ अनुसार कुल राष्ट्रिय आयका आधारमा प्रतिव्यक्ति आय ५८ हजार २ सय ७४ रुपैयाँ पुगेको उल्लेख छ । पछिल्लो एक दशकमा नेपालीको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । १० वर्षअघि प्रतिव्यक्ति आय जम्मा ११ हजार १ सय ४४ रुपैयनँ मात्रै थियो । मौसम राम्रो भएकाले बढेको कृषि उत्पादन, पर्यटकहरुको आगमनमा भएको बृद्धि लगायतले नेपालको औषत आम्दानी बढाउन मदत गरेको हो ।
प्रतेकको टाउकामा ऋण कति ?
प्रतेक नेपालीको भागमा ऋण पनि बढेको छ । प्रतिवेदनका अनुसार प्रतिव्यक्ति ऋण १८ हजार ८ सय ६७ रहेको छ । यो गत वर्षको भन्दा ३ हजार २ सय ९१ ले बढी हो ।
गरिव जनसंख्या घटे
औषत आम्दानी बढेसँगै गरीबीको रेखामुनी रहेका नेपालीको संख्यामा पनि कमी आएको छ । जीवनस्तर मापण सर्वेक्षण तेस्रोले कुल जनसंख्याको २५.२ प्रतिशत नेपाली निरपेक्ष गरीबीको रेखामुनी रहेको देखाएको छ । यस्तै आयमा असमानता दर्शाउने गिनी सुचकांक पनि घटेर ०.३३ पुगेको छ ।
प्रतिपर्यटक प्रतिदिन खर्च ३९.९ डलर
प्रतिवेदनका अनुसार सन् २०११ मा नेपाल आउने पर्यटकहरुको संख्या अघिल्लो वर्षको भन्दा २२.१ प्रतिशतले बढेर ७ लाख ३६ हजार २ सय १५ पुगेको छ । नेपाल भ्रमणका क्रममा प्रतेक पर्यटकले प्रतिदिन ३९.९ डलर खर्च गरेका छन् भने पर्यटन क्षेत्रबाट २८ अर्ब ६३ करोड आय भएको छ । कुल ग्रहस्थ उत्पादनमा पर्यटन क्षेत्रले १.८ प्रतिशत येगदान दिएको छ भने १ लाख २० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् 

No comments:

Post a Comment