Friday, March 22, 2013

गगन थापा लाई मोहनराज बरालको उपदेश

मोहनराज बराल “मुन” / बेलायत

कुनैबेला मानवशास्त्री सुरेश ढकाल भन्ने थिए । सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकप्रियता चुलिएको हो । ‘त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका छन् । फेरि मानवशास्त्रीले भनेका यी तिनमा रमेश खरेललाई आफ्नो प्रतिष्ठा बचाउन जति सजिलो छ बाकी दुईलाई पक्कै छैन भन्ने कुराको पुष्टी अहिले फेरि  बजारमा बाबुराममा देखिएको लोकप्रियताको गिरावटले दिन्छ । फेरि रमेश खरेलको केसमा कस्तो सरकार हुन्छ भन्नेमात्रै मुख्य प्रश्न हुन्छ । मानौ अहिले रमेश खरेलले केहि गरेनन भनेर कसैले प्रश्न सोध्न नपाउँदै उत्तर यति छिटो आउँछ कि विजय कुमार गच्छदार छन् त बरा के गरुन ?

सायद बाबुराममा नेपाली मिडिया र सामाजिक संजालहरुमा गिरावट आइरहेको  नजिकबाट देखेका गगन थापाले मिडियाबाटै प्रचण्डसँग चुनाव लडने उद्घोष गरेका छन्  । यो उद्घोष सँगै गगन थापालाई साहसी भन्दै उत्साह थप्नेहरु पनि उत्तिकै छन् । फेरि घमण्डी  र अहंकारी भनेर आलोचना गर्नेहरु नै उत्तिकै छन् । तर गगन थापाले के बुझ्न जरुरी छ भने आफु उभिएको यथार्थ धरातल के हो ? आफ्नो पाटी कुन हो ? आफ्नो पाटीका विचारहरु के के हुन् ? पाटीमा आफ्नो अवस्था र स्थान कस्तो छ ?पाटीले आफ्नो विचार सुन्छ कि नाई ? यी यावत कुराहरुलाई विचार गर्नैपर्ने हुन्छ ।

फेरि लोकतन्त्रमा विश्वास गर्छु । नेताहरु बुढा भए । अब युवाहरुको पालो भन्दै चर्को चर्को भाषण गर्दै हिँड्ने एक युवा नेता हुन् गगन थापा । के देशलाई साँच्चैनै लोकतान्त्रिक भएको देख्ने या लोकतन्त्रलाई देशमा संस्थागत गराउने हो भने पहिला आफ्नो पाटी नै लोकतान्त्रिक हुन जरुरी छ कि नै ? हिजोको २००७ सालदेखि हालसम्मको इतिहास हेर्नु भो भने तपाईहरु आफ्नैमा घात प्रति घातको राजनीति गर्दै आउनु भाको छ । देशले राम्रो र असल नेता मानेका किसनजी र गणेशमानहरु तपाईहरुकै यहि राजनैतिकका सहिदहरु भएका छन् । के लोकतन्त्रलाई संस्थागत गर्नेहो भने घात प्रति घातको राजनीतिलाई अन्त्य गर्न पर्छ कि ? फेरि देश युवाहरुले चलाउने हो भने किन दारी फुलेका ति बुढा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाई पाम भन्दै पुछार समाएर डेकेन्द्र थापाको लास खोज्दै दैलेख पुग्नु भो ? युवा आउनु पर्छ मुखले भन्ने । हातले बुढाको पुछार पनि समाउने र खुट्टाले बुढाको पाहिला पाहिला पछ्यौना नछोड्ने ? के देश युवाहरुले हाक्ने हो भने पाटीमा युवाहरु आउन जरुरी छ कि नै ?

फेरि आफ्नो पाटीमा अहिले युवाहरुको अवस्था हेर्नुश त कस्तो छ । फेरि हिजो तपाईको पाटीमा के थियो युवाहरुको अवस्था तपाईलाई थाहा नै होला । बीपी कोइराला युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । किसुनजी सभामुख हुँदा जल्दोबल्दो युवा नै हुनुहुन्थ्यो । शेरबहादुर देउवापनि युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । २०१७ सालसम्मको स्थितिलाई हेर्ने हो भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा ४५ वर्षभन्दा कम उमेरका नेताहरूको संख्या  ९५ % को हाराहारीमा थियो । फेरि २०४५ साल जति बेला तपाई कक्षा ८ मा हुनुहुन्थ्यो । त्यो सालकै केन्द्रीय समिति हेर्ने हो भने पनि आधाभन्दा बढी युवाहरू नै थिए । तर त्यसपछि भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरूको सहभागिता क्रमश : खस्कँदै जान थाल्यो । यतिबेला आइपुग्दासम्म नेपाली कांग्रेस केन्द्रीय समितिमा ६० वर्ष उमेर नाघेकाहरूको बाहुल्यता छ । फेरि मुलुकको कूल जनसंख्याको ९३ प्रतिशत हिस्सा ६० वर्षभन्दा कम उमेरका हुँदा तपाईको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिमा अधिकांश नेताहरूको उमेर ६० वर्षभन्दा बढी उमेर हुनु भनेको के होला ? यो ज्यादै सोचनीय पक्ष हो कि हैन ?

हुन त सबैलाई थाहा छ कि तपाई पार्टीसँग पनि लड्नु भा कै हो । गणतन्त्रको नारा लगाउँदा राजद्रोहको मुद्दा लागेर जेल बस्ने तपाईलाई दरबारियाको ट्याग भिराउँदा हच्किनु भएन । फेरि जतिबेला २०६२ भदौमा पोखरामा ने बि संघको महाधिबेसन हुँदै थियो त्यो बेलामा तपाईकै पाटीको निर्देशनमा ढुंगाको छपनीले तपाई माथि प्रहार गरेका थिए । सुरेन्द्रराज ज्ञवालीले नै आफ्नो टाउकोमा बगेको रगतको प्रवाह नगरी तपाईलाई ठूलो दुर्घटनाबाट बचाएका थिए । तैपनि तपाई पछि हट्नु भएन । लडिनै रहनु भयो । के अब  पाटी प्रतिको तपाईको लडाई सकिएको हो ? फेरि तपाई र तपाईको पाटीलाई हेर्दा खिलराज काण्डमा तपाईको कुरा सुन्दा  तपाईहरु पंचायतकालिन अवस्थाका मुखिया र गाउँका दासी जनता झैँ लाग्छ ।

अहिले खिलराज काण्डमा काँग्रेस नेताले किर्ते गरे । जालसाँची गरे भन्दै हिड्नु हुन्छ । फेरि चुनावमा टिकट दिए लड़छु भन्नेकुरा नि गर्नुहुन्छ । फेरि तपाई मुखियाको दासी हो कि हैन ? यदि तपाई दासी नहुने भए किर्ते र जालसाँची गर्ने मुखियासँग किन लड्ने आँट गर्न सक्नुहुन्न ? मानौ तपाईको दासीहुने नेता साथी हुनेहरु धेरै भए । प्रदिप नेपालको झैँ नैतिकता देखाएर पाटीमा राजिनामा दिन सकिन्छ नि ? नेपाली काँग्रेसको इतिहास हेर्दा जसले पाटीमा अग्रगामी विचार दिन्छ त्यसले चुनाबमा टिकट पाउँदैन । यो कुराको उदाहरण २०५६ सालमा नरहरि आचार्य लगायतका अन्य नेताहरु र २०६४ सालको संबिधान सभाको चुनाबमा तपाई स्वयं हुनुहुन्छ । अनि फेरि तपाईलाई आफ्नै उमेर समुहका त्याग, तपस्या र समर्पणका बलिदानको कीर्तिमानी रचेर आएका माओबादी युवा नेताहरु जसको नाम न त मिडियामा नै सुन्न्थियो न त कतै । तिनै युवाहरु जनताको भोटले तपाईको मुखिया बाहरुलाई जितेर आउँदा तपाई पाटीको “टिका प्रथा” बाट छिर्नु भो । वास्तबमा तपाई गएको बाटो बाट त विभिन्न क्षेत्रका बिज्ञहरु  छिर्न पर्ने हो । यो बाटोबाट जाँदा आफ्ना उमेर समुहका दलित, जनजाती,उत्तपिडित,  सहिद परिवार, अपाङ्ग आदि देख्दा औडाहा चल्दो हो !

मुखिया बाको कस्तो दासी भने गोबिन्दराज जोशीलाई भ्रस्टाचारी भनेर सम्मानित अदालतले जेल हाल्दा खै स्वागत ? उल्टै किन जेल भनेर लबिङ्ग गरिरहदा उता आफ्नै उमेर समुहका माओबादी युवाहरु आफ्ना नेता बिरुद्द  लडाकुको रासनपानीमा भ्रस्टाचार गरेको भएर आन्दोलन गर्दा कस्तो पोल्दो हो । जेलर शिव पौडेल जसलाई ठेक्का पट्टा बिबाद भएर अर्को कैदीले हत्या गरेका थिए । यिनलाई लागेको मुद्धा फिर्ता र सहीद घोषणा गर्नुपर्ने, राहत दिनुपर्ने अडान राखेर नेपाल बन्द गर्दा ति युवाहरु जसले आफ्ना बेपत्ता भएकाको खोजिकोलागि या आफ्ना सहिद परिवारलाई तपाईहरुले कैदीको लागि जति हर्कत गर्नु भो जति देशलाई बन्दक बनाउनु भो त्यो यिनले नगर्दा कति पोल्दो हो ।
गगन थापा जी,
तपाई स्वीकार गर्नुस या नगर्नुस । तपाई पाहिला दासता बाट मुक्त हुनैपर्छ ! पहिला पाटीमा लड़नुस । यस्तो होस् न हिजो देवकोटाले शंकर लामिछाने लाई “रेपिटेसन अफ सेम लाईन ह्याज नो मिनिंग”भन्दा नि लामिछाने साहित्यमा आए झैँ अहिलेको युवाहरु पनि राजनीतिमै आउन न । थापा जी तपाई पाटी मै लड्न पर्ने यावत कुरा छन् । तर तपाईको टिकट सुरक्षित नै नगरी प्रचण्ड सँग चुनाव लडने चुनौती दिँदा तपाईलेनै टिकट पाउने के भर ? तपाईको पार्टी त्यहि हो २०६४ मा नि टिकट पाउनु भएन । नेता उही हुन् । जति चर्को कुरा गरे पनि तपाई कान्छो को कान्छो नै हो टिकट पाउन । तपाईले प्रचण्डलाई चुनौती दिईराख्दा तपाईलाई सरल सहयात्रीले चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन भन्दै चुनौती दिएका छन् ! फेरि हिमाल शर्माले  तपाईलाई सालिन र सभ्य तरिकाबाट जवाफ फर्काएका छन् उनको उत्तर यस्तो छ
“प्रीय मित्र गगन थापाजी, अलि हतार भयो की ? आफ्नो जेन्टलनेस नघटाउनु होस् । सर्वप्रथम निर्वाचनको ग्यारेन्टी गरौं । पहिला कांग्रेस पार्टिबाट टिकट पक्का गर्नुस् । हामी पनि तपाईको च्यालेञ्ज सामना गर्न आतुर छौ ।”

हिमाल शर्मा तिनै हुन् तपाई हजुरको मुखियाबाको फेरिया समातिरहँदा सरकारी शिक्षाको सुधार भन्दै नेताहरुले आफ्नो छोरा छोरी सरकारी स्कुलमा हाल्नपर्छ भन्दै चीनमा एम बि बिएस गर्दै गरेको छोरालाई झिकाएर नेतालाई चुनौती दिने हुन् हिमाल शर्मा । जनतालाई नपचेको र लोक लाई नै हँसाउने गरि जेलरलाई सहिद बनाउनै पर्छ भनेर हजुर प्रधानमन्त्री सँग धर्ना दिन जाँदा राष्टसंघले कारवाही गर भनेका भैरबनाथ गणका मानवअधिकार हननको आरोपीलाई बढुवा नगर भनि घर्ना दिने हुन् हिमाल शर्मा । फेरि तपाई सडकमा आन्दोलन गर्दा र मिडियामा ठुलो ठुलो अक्षरको समाचार र फोटो आउँदा तपाईकै जस्तै माग लिएर भैरवनाथ गणमा तपाईकै नेताले टाउकोको मुल्य तोकिएर नर्कको जीवन बिताएका बन्दि पनि हुन् हिमाल शर्मा ।

गगन थापा जी,
तपाई देशको हिरो नै हो । मिडियाको हिरो पनि हो । तर यो नभुल्नुस तपाईको देशप्रतिको योगदानको बारेमा लेखिँदा अक्षरको रंग सधै कालो नै हुन्छ । तर हिमाल शर्माहरुको यदि लेखियो भने कालो रंगको अक्षर भैकन रातो हुन्छ । फेरि तपाईले प्रचण्डलाई कालो अक्षरले दिएको चुनौतीमा हिमालहरुको रातो अक्षरले लेखिएको जवाफले कत्तिको पोल्यो
? तपाईलाई याद नै होला रामायणमा वालीले रामलाई मर्ने बेलामा के भन्छ भने मलाई नमारेको भए सीतालाई त म “तु”  ल्याईदिने थिएँ । वालीले त्यसो भन्नु र तपाईले पार्टीले टिकट दिए भन्नु उही नै हो ।

थापा जी यो कलियुग हो । ‘दियो भने’, ‘गरे भने ‘र ‘भए भने ‘जस्ता कुरा किन गर्नु हुन्छ । साँच्चै प्रचण्डलाई चुनौती हो भने भन्ने मात्रै हैन प्रचण्ड उठेको ठाउँमा यदि पाटीले टिकट दिएन भने स्वतन्त्र रुपमा नि लड़छु भनेर मैदानमा आउनुहोला । के अठोट, चुनौती र बहादुरी यहि हैन र ? नत्र “चुनाव जित्ने एजेण्डाले हो । अनुहारले हैन ।

आफूलाई धुरी बनाउँदै सस्तो प्रचारवाजी र हल्ला गरेर जनसमुदायमा भ्रम छर्ने प्रवृती राम्रो संस्कार होइन” भनेर हिमाल शर्मा ले भने झैँ हुनेछ । यथार्थको धरातलमा उभिएर फलाक्नु पर्छ । देशमा योजनाबिनाको पार्टीको हिरो र दिशाबिहिन पार्टी अर्कोको योजनामा लत्तारिने पार्टीको दासीहरु हुनुभन्दा पहिला आफ्नो पार्टीलाई एक योजना दिएर अरु पार्टीपनि आफ्नो पार्टीमा लत्तारिने बनाउनुहोस । तपाई फलानोसँग लड़छु भनेर फुर्ति दिनै पर्दैन ।  फेरि एक दासी जसले फलानोसँग चुनाब लडेर या चुनाव जितेर पनि आखिर हुने दासीनै हो भने यो फुर्ति किन ? के टिके सभासद भएर संबिधान सभाको प्रचण्ड जस्तै “उही ड्याङको मूला” भएका गगन थापालाई हिमाल शर्माको उत्तर काफी छैन र ?

Wednesday, March 20, 2013

*जानी राखे राम्रो *


# साङ्ग्ला आफ्नो टाउको काटिएपनि धेरै हप्ता सम्म बाँच्न सक्छ।

# मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।

# आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

# Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।

# मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,०००(एक लाख) पल्ट
धड्किन्छ ।

# University of London मा गरिने सबै important meeting हरुमा "Jermy
Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।


# दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।

# हात्ती नै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।


# मानिसको शरीरको सबै हड्डीहरु मध्ये बाट एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।


# हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।


# हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।


# महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउँछन ।


# महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।


# कलर नमिसाउने हो भने coca-cola को रंग हरियो हुन्थ्यो ।


# हात्तीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।


# संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर धेरै हुने गरेको छ ।


# धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ।


# उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।


# गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।


# संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic,
Chinese, Russian र Spanish हो ।


# देउताको नाम बाट नजुराइएको एउटै planet पृथ्वी (Earth) हो ।


# हामी जन्मिदा शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।


# डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।


# आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।


# उल्लुनै यस्तो चरा हो जसले निलो कलर देख्न सक्छ ।


#जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।


#मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।


#Ostrich को आँखा उसको दिमागभन्दा ठुलो हुन्छ ।


धन्यवाद तपाईको महत्वपुर्ण समयको लागि।

Sunday, March 17, 2013

पाँच पतिहरुकि एक्लि श्रिमति

                नयाँ दिल्ली, चैत ५ (एजेन्सी) - पौराणिक धर्मग्रन्थ महाभारतमा द्रौपदीका पाँच पति थिए। ठ्याक्कै उस्तै सुनिने गरी भारतकी एक २१ वर्षीया युवती राजो वर्माका अहिले पाँच पति छन्। महाभारतमा जस्तै सबै दाजुभाइ। अनि त्यसमा जस्तै पालैपालो उनी दाजुभाइसँग सुत्ने गर्छिन्।
कभर एसिया प्रेसले उनको फोटो कथा छापेपछि पश्चिमी ट्याब्ल्वाइडहरुका लागि यो अनौठो खबर बनेको छ। राजो सुरुमा आफूलाई अनौठो लागे पनि अहिले बानी परिसकेको बताउँछिन्।
आधिकारिक रुपमा भने उनका एक पति मात्र छन् २१ वर्षका गुद्दु। चार वर्षअघि १८ वर्ष पुगेपछि उनले विहे गरेका थिए। तर गाउँको चलन अनुसार गुद्दुका दाजुहरु ३२ वर्षका बाज्जु, २८ वर्षक सन्त राम, २६ वर्षका गोपाल र १८ वर्षका दिनेश सबैलाई उनले पति स्वीकार गर्नुपर्‍यो। 
उनीहरुको एउटा बच्चा पनि छ १८ महिनाको। राजोलाई छोराको बुबा को हो थाहा छैन।

चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन थापा!!




सरल सहयात्री
युवा नेता गगन थापाज्यू,

एकजना राजनैतिक सहकर्मीका रुपमा म तपाईलाई देशको राजनीतिमा एउटा उर्जाशील भविष्य बोकेको युवा नेताका रुपमा चिन्दछु । देशले तपाईमा जागृत उर्जाको सदुपयोग लामो समय गर्न पाउनुपर्छ । तपाईप्रति अपेक्षा राख्ने एउटा तप्काको चाहना हो यो । साथसाथै तपाईले बिर्सन नहुने अर्को सत्य के हो भने, धेरै जुझारु राजनैतिक युवा नेताहरुलाई नेपालको राजनैतिक कालो बादलले छोपेर राखेको छ । तपाई ती ‘भाग्यमानी’ युवाभित्र पर्नुहुन्छ, जो त्यो बादलभन्दा बाहिर देखिन सक्नुभएको छ । त्यसको मूख्य भुमिकामा तपाईको योगदानको साथसाथ संञ्चार जगतको ठूलो भूमिका रहेको कुरामा सायद तपाईभित्र पनि विवाद नहोला ।

saralजे होस, मेरो विषय तपाइको प्रसंसा गर्नु होइन । वरु तपाईको पछिल्लो अभिव्यक्तिप्रति सुझाव गर्नु हो । केही समय अगाडि तपाईले कुनै कार्यक्रममा बोल्नुभएको थियो ‘म प्रचण्ड लडेको कुनै पनि क्षेत्रवाट लडेर जित्ने छु’ । मलाइ लागेको थियो – कहिलेकाहिं युवाहरुमा संवेगको उत्कर्षको रुपमा यस्ता अभिव्यक्ति हुन्छन् नै, जुन मेरो समेत अनुभव हो । तर रेग्मी नेतृत्वको चुनावी सरकार बन्नासाथ अनलाइनखबरमार्फत तपाईले सो अभिव्यक्ति दोहोर्‍याएर मलाई प्रतिक्रिया लेख्न बाध्य बनाउनुभएको छ ।

तपाईले चुनाब जित्नुहोला, वा हार्नुहोला त्यो भविष्यको कुरा हो । तर, अघिल्लो चुनावको तीतो सत्य के छ भने एमालेका जिम्वेवार नेताहरुले काठमाण्डौंभित्र तत्कालीन माओवादीसंगको सहकार्यलाई खिल्ली उडाउदै ‘१६ औं क्षेत्रमा मात्रै सहकार्य गर्नुपर्ला π’ भन्ने अभिव्यक्ति दिएका थिए । परिणामतः माधव नेपाल नै हारेर काठमाण्डौमा एमालेको नील भयो । भलै यस्ता उदाहरण र तथ्यांकहरु राजनीतिका लागि सान्दर्भिक मानिँदैनन् । तर, फलेको फल नुहिएको हुन्छ भन्ने नेपाली उखान चाहिँ सार्वभौम छ । तपाईले देखाएको घमण्डले युवाहरुको उर्जालाई मुडाग्रहमा रुपान्तरण गर्ने जवरजस्त कोशिस गरेको छ ।

थापाजी, हामीले आजको परिवेशमा राजनीतिको केही प्रवर्गबारे अलि गहिरो बहस गर्न आवश्यक भएको छ । दक्षता र राजनीतिवीच के फरक छ ? यसले समाजमा के असर पारिरहेको छ ? यसले राजनीतिमा र पार्टिभित्र कस्तो प्रकारको असर पारिरहेको छ ? यो अध्ययनमात्र होइन, हरेक पार्टीभित्रको कार्यान्वययनको विषय बनाउने गरी बहसको आवश्यकता छ । आजको हाम्रो समाजमा बुद्धिजीवी र राजनीतिज्ञवीचको मूख्य भिन्नता भनेकै वुद्धिजीवीहरु दक्ष तर मनोगत हुने, तथा राजनीतिक व्यक्तिले दक्षतामा ध्यान नदिने र व्यावहारवादी हुने भएको छ । वुद्धिजीवीहरु आफ्ना मनोगत अध्ययनलाई समाजका अन्तरविरोधसंग मेलै नखाने गरी हुबहु प्रयोग गरियोस् भन्ने ठान्छन् । आफुलाई देशको सबभन्दा उत्तरदायित्व भएको अब्बल व्यक्ति ठान्छन् । यता राजनैतिक व्यक्तिहरु यथार्थसंग खेल्दै अगाडि बढेका हुन्छन् । भलै दक्षता पूर्ति गर्ने कुरासँग मेल नखाँदा उनीहरुको विरोध हुने गरेको छ । जस्तोसुकै भएता पनि कोठामा बसेर हजारौं किताव अध्ययन गर्नेभन्दा समाजमा गएर हजारौं अन्तरविरोधसंग खेल्ने व्यक्तिले परिस्थितिको ठीक ठीक मूल्यांकन गर्न सकेका हुन्छन् र तिनैले देशलाई ठीक तरिकाले अगाडि लैजान सक्छन् ।

अहिलेको परिवेशमा कुशलता र दक्षताले कुशल राजनीतिज्ञलाई सघाउने र कुशल राजनीतिज्ञले दक्षहरुको सहयोग लिने सौहार्दता हुनपर्नेमा यी दुबै प्राणीहरु आफ्नो दुनो सोझ्याउनमा मस्त छन् । तर, वुद्धिजीवी र राजनीतिज्ञमध्ये वुद्धिजीवीको मनोगत हठ नै सबैभन्दा खराब हो । उनीहरु समाजको अन्तरविरोधहरुलाई सही तरिकाले मूल्यांकन गर्न चुकेका हुन्छन् र आफ्नो वौद्धिक मूर्खताबाट पछारिँदासमेत चेत खाँदैनन् । तपाई आफैं भन्नुस् यी दुई प्राणीमध्ये तपाई कुनचाहिँमा पर्नुहुन्छ ? अर्थात यी दुबैको संयोजनमा बनेको एक शालीन, उर्जाशील र अपेक्षाकृत युुवा बन्ने अभियानमा हनुहुन्छ ? यो छनौटको चुनौति हामी आम युवाकै हो, जसमा तपाई अलग हुनुहुन्न ।

गगनजी, विषयलाई केहीबेर फरक प्रसंगमा मोडेर चर्चा गरौं । वास्तवमा तपाई र मेरो वीचमा के-के भिन्नता होलान् ? सामान्यतया भन्न सकिएला । जस्तैः तपाई नेपालको सबभन्दा पुरानो पार्टी नेपाली कांग्रेसको नयाँ उर्जाशील कार्यकर्ता हुनुहुन्छ र म अहिलेको नेपालको ठूलो र नयाँ पार्टी एनेकपा माओवादीको उर्जाशील कार्यकर्ता हुँ । तपाईले आफ्नो पार्टीको दर्शनअनुसार सडक संघर्षबाट आफ्नो जीवनको उर्जाशील समय राजनीतिमा खर्च गर्नुभएको छ र मैले मेरो पार्टीको दर्शनअनुसार त्यो समय जनयुद्धको मोर्चामा खर्चिएको छु । तपाई लोकतान्त्रिक गणतन्त्रका लागि लडें भन्नुहुन्छ र म जनवादी गणतन्त्रको लागि लडें भन्छु । तपाई शान्तिपूर्ण संघर्षको कुरा गर्नुहुन्थ्यो र म सशस्त्र युद्धमा विश्वास राख्थें । तपाई समानुपातिकबाट सभासद हुनुभयो र म क्यान्टोनमेन्टभित्र बसिदिँदा देशमा केही हुन्छ की भन्ने ठानेर बसें । आज राजनीतिको चासो राख्ने सबैले सजिलै तपाइलाई चिन्न सक्छन् तर मलाई शायद एकाध कसैले मात्र चिन्ला ।

तपाई र ममा के समानता छ ? यो पनि हेर्ने कोशिस गरौं । सामान्यतया तपाईले विद्यार्थी राजनीतिवाट राजनीतिको शुरुवात गर्नुभयो र मैले पनि त्यहींबाट । तपाई राजतन्त्रको विरुद्धमा सडकमा खडा हुनुभयो, म पनि राजतन्त्रको विरुद्ध युद्धमोर्चामा खडा भएँ । तपाईले पार्टीभित्रको कु-परम्पराको विरुद्धमा निरन्तर आवाज उठाउनु भएको छ र म पनि आफ्नो पार्टीभित्र लडिरहेको छु । अबको राजनीतिमा युवाहरुको भूमिका पार्टी तथा सरकारमा अगाडि हुनुपर्छ भन्ने मान्यता तपाई राख्नुहुन्छ र म पनि त्यही मान्यता राख्छु । अबको राजनीति दक्ष र रोजगारसहितका युवाले गर्नुपर्छ भन्ने तपाई ठान्नुहुन्छ र म पनि त्यही भन्दै आइहेको छु ।

हरेक क्षेत्रमा युवाहरुको सक्रिय भूमिकाले मात्र यो देशको परिवर्तन संभव छ भन्ने मान्यता सायद हामी दुवैजना राख्छौं । सायद धेरै भिन्नता र समानतामध्य माथिका केही मुख्य कुरा हुन सक्लान् π तर, माथि उल्लेखित समानता वा असमानताका आधारमा मूल्यांकन गर्ने हो भने तपाई र मेरो वीचखासै फरक हुनु नपर्ने हो । हामीवीचको फरकमध्ये महत्वपूर्ण फरक अर्को पनि छ । गगन थापा राजनैतिक मिडियाको हिरो हो । त्यसमा कसैको दुईमत छैन । यसमा युवाहरुले गर्व गर्नुपर्छ । मेरो कुनै अपसोच छैन । तर, मेरो थप कुरा यतिमात्र हो, तपाईमात्र त्यस्तो युवा सुपरम्यान होइन, जो यो देशको राजनीतिक कायपलट एक्लैले गर्न सक्नुहुन्छ । तपाइलाई यो जानकारी हुन जरुरी छ कि तपाई बराबरका युवाहरु देशको राजनीतिमा धेरै छन् । फरक यति हो, उनीहरुका साथमा तपाइका साथमा जस्तो मिडिया छैन । अर्थात सबैले चिन्नु र सबैलाई जित्नुमा धेरै फरक छ भन्ने कुरा तपाइजस्तो वौद्धिक राजनीतिक युवा नेताले बुझ्नै पर्छ । साथसाथै देशमा विकाश भइरहेको मिडिया र आर्थिक सामाजिक रुपले पछाडि रहेको समाजको अन्तरविरोध वीचमा फरक छुट्याउनै पर्छ । अन्यथा निकै ठूला वादशाह पनि आज जंगलको बास बसेर मन्दिरको भ्रमण गर्दै समय व्यतीत गर्छन् भन्ने कुरालाई नजर अन्दाज गर्नुहँुदैन । व्यक्तिलाई चिन्नु र व्यक्तिलाई छान्नुका वीचमा आकाश र जमीनको फरक छ ।

सबभन्दा धेरै व्यक्तिलाई देखेको र सुनेको आधारमा चुनावमा जितिने हो भने आजभन्दा २० वर्ष अगाडि नै राजेश हमाल नेपालका राष्ट्रपति भइसक्ने थिए होलान । त्यो अर्कै कुरा हो । नायक फिलिम हेरेर देशलाई परिवर्तन गर्छु भन्ने सपना प्रचण्डले पनि नदेखेका होइनन् । तर, सिष्टमलाई परिवर्तन गर्न व्यक्ति महत्वपूर्ण भएता पनि आम रुपमा जनतालाई परिवर्तनको एजेण्डा जानकारी हुन अत्यावश्यक छ । कोही युवा हँुदैमा, देश बन्ने पनि होइन र कोही बुढा हुनेवित्तिकै देश बर्वाद हुने पनि होइन । मूल रुपमा आवद्ध भएको पार्टीको संस्थागत मान्यता के हो, त्यो नै देशका लागि काम लाग्ने चिज हो ।

अन्तमा, यावत कुरा गर्नुको मेरा लक्ष तपाईलाई प्रचण्ड उठ्ने चुनावक्षेत्रबाट भड्काएर प्रचण्डलाई सुरक्षित गर्नु होइन । यथार्थको धरातलमा तपाई हुनुहुन्छ भने र देशमा केही गरौं भन्ने लागेको छ भने तपाई अरुलाई पछार्ने अभियानमा नलाग्नुस् र आफु कहाँबाट जित्न सक्नुहुन्छ, त्यहीँबाट जितेर केही गर्ने सोच राख्नुस् । होइन भने तपाई आजको युवा नेता होइन, पूर्वाग्रहले ग्रसित परम्परागत सोच भएको र उमेरले मात्र युवा नेता कहलिनु हुनेछ । होइन, तपाईलाई चुनौतीमै खेलेर, दुनियाँलाई देखाएर अर्थात मिडियामा हिरो कहलिएर नै आजको युवाहरुको भुमिका राजनीतिमा पर्याप्त छ भन्ने लाग्छ भने धेरै ठूला कुरा नगरिकन मेरो जिल्ला सिन्धुपाल्चोकमा आउनुस् र कम्तिमा कांग्रेसलाई सिन्धुपाल्चोकमा जिताएर देखाउनुस् । तपाईलाई सायद धेरै मान्छेले मान्न सक्छन् । तर, तपाई कतै जाँदैमा वा आउँदैमा तपाईका पछि दगुर्ने गणेशमानजीका पालाका ‘भेडाहरु’ आज कहाँ छन् र देशमा ?

     युग मगर द्वारा लिखित