Friday, March 22, 2013

गगन थापा लाई मोहनराज बरालको उपदेश

मोहनराज बराल “मुन” / बेलायत

कुनैबेला मानवशास्त्री सुरेश ढकाल भन्ने थिए । सञ्चारमाध्यमले एउटा छवि निर्माण गरिदिएका कारण गगन, बाबुराम र रमेशको लोकप्रियता चुलिएको हो । ‘त्यसैले त गगन गैरकांग्रेसी, बाबुराम गैरमाओवादी र रमेश गैरप्रहरीमा बढी मन पराइएका छन् । फेरि मानवशास्त्रीले भनेका यी तिनमा रमेश खरेललाई आफ्नो प्रतिष्ठा बचाउन जति सजिलो छ बाकी दुईलाई पक्कै छैन भन्ने कुराको पुष्टी अहिले फेरि  बजारमा बाबुराममा देखिएको लोकप्रियताको गिरावटले दिन्छ । फेरि रमेश खरेलको केसमा कस्तो सरकार हुन्छ भन्नेमात्रै मुख्य प्रश्न हुन्छ । मानौ अहिले रमेश खरेलले केहि गरेनन भनेर कसैले प्रश्न सोध्न नपाउँदै उत्तर यति छिटो आउँछ कि विजय कुमार गच्छदार छन् त बरा के गरुन ?

सायद बाबुराममा नेपाली मिडिया र सामाजिक संजालहरुमा गिरावट आइरहेको  नजिकबाट देखेका गगन थापाले मिडियाबाटै प्रचण्डसँग चुनाव लडने उद्घोष गरेका छन्  । यो उद्घोष सँगै गगन थापालाई साहसी भन्दै उत्साह थप्नेहरु पनि उत्तिकै छन् । फेरि घमण्डी  र अहंकारी भनेर आलोचना गर्नेहरु नै उत्तिकै छन् । तर गगन थापाले के बुझ्न जरुरी छ भने आफु उभिएको यथार्थ धरातल के हो ? आफ्नो पाटी कुन हो ? आफ्नो पाटीका विचारहरु के के हुन् ? पाटीमा आफ्नो अवस्था र स्थान कस्तो छ ?पाटीले आफ्नो विचार सुन्छ कि नाई ? यी यावत कुराहरुलाई विचार गर्नैपर्ने हुन्छ ।

फेरि लोकतन्त्रमा विश्वास गर्छु । नेताहरु बुढा भए । अब युवाहरुको पालो भन्दै चर्को चर्को भाषण गर्दै हिँड्ने एक युवा नेता हुन् गगन थापा । के देशलाई साँच्चैनै लोकतान्त्रिक भएको देख्ने या लोकतन्त्रलाई देशमा संस्थागत गराउने हो भने पहिला आफ्नो पाटी नै लोकतान्त्रिक हुन जरुरी छ कि नै ? हिजोको २००७ सालदेखि हालसम्मको इतिहास हेर्नु भो भने तपाईहरु आफ्नैमा घात प्रति घातको राजनीति गर्दै आउनु भाको छ । देशले राम्रो र असल नेता मानेका किसनजी र गणेशमानहरु तपाईहरुकै यहि राजनैतिकका सहिदहरु भएका छन् । के लोकतन्त्रलाई संस्थागत गर्नेहो भने घात प्रति घातको राजनीतिलाई अन्त्य गर्न पर्छ कि ? फेरि देश युवाहरुले चलाउने हो भने किन दारी फुलेका ति बुढा शुसिल कोइरालालाई प्रधानमन्त्री बनाई पाम भन्दै पुछार समाएर डेकेन्द्र थापाको लास खोज्दै दैलेख पुग्नु भो ? युवा आउनु पर्छ मुखले भन्ने । हातले बुढाको पुछार पनि समाउने र खुट्टाले बुढाको पाहिला पाहिला पछ्यौना नछोड्ने ? के देश युवाहरुले हाक्ने हो भने पाटीमा युवाहरु आउन जरुरी छ कि नै ?

फेरि आफ्नो पाटीमा अहिले युवाहरुको अवस्था हेर्नुश त कस्तो छ । फेरि हिजो तपाईको पाटीमा के थियो युवाहरुको अवस्था तपाईलाई थाहा नै होला । बीपी कोइराला युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । किसुनजी सभामुख हुँदा जल्दोबल्दो युवा नै हुनुहुन्थ्यो । शेरबहादुर देउवापनि युवा अवस्थामै प्रधानमन्त्री बन्नुभएको हो । २०१७ सालसम्मको स्थितिलाई हेर्ने हो भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा ४५ वर्षभन्दा कम उमेरका नेताहरूको संख्या  ९५ % को हाराहारीमा थियो । फेरि २०४५ साल जति बेला तपाई कक्षा ८ मा हुनुहुन्थ्यो । त्यो सालकै केन्द्रीय समिति हेर्ने हो भने पनि आधाभन्दा बढी युवाहरू नै थिए । तर त्यसपछि भने नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरूको सहभागिता क्रमश : खस्कँदै जान थाल्यो । यतिबेला आइपुग्दासम्म नेपाली कांग्रेस केन्द्रीय समितिमा ६० वर्ष उमेर नाघेकाहरूको बाहुल्यता छ । फेरि मुलुकको कूल जनसंख्याको ९३ प्रतिशत हिस्सा ६० वर्षभन्दा कम उमेरका हुँदा तपाईको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिमा अधिकांश नेताहरूको उमेर ६० वर्षभन्दा बढी उमेर हुनु भनेको के होला ? यो ज्यादै सोचनीय पक्ष हो कि हैन ?

हुन त सबैलाई थाहा छ कि तपाई पार्टीसँग पनि लड्नु भा कै हो । गणतन्त्रको नारा लगाउँदा राजद्रोहको मुद्दा लागेर जेल बस्ने तपाईलाई दरबारियाको ट्याग भिराउँदा हच्किनु भएन । फेरि जतिबेला २०६२ भदौमा पोखरामा ने बि संघको महाधिबेसन हुँदै थियो त्यो बेलामा तपाईकै पाटीको निर्देशनमा ढुंगाको छपनीले तपाई माथि प्रहार गरेका थिए । सुरेन्द्रराज ज्ञवालीले नै आफ्नो टाउकोमा बगेको रगतको प्रवाह नगरी तपाईलाई ठूलो दुर्घटनाबाट बचाएका थिए । तैपनि तपाई पछि हट्नु भएन । लडिनै रहनु भयो । के अब  पाटी प्रतिको तपाईको लडाई सकिएको हो ? फेरि तपाई र तपाईको पाटीलाई हेर्दा खिलराज काण्डमा तपाईको कुरा सुन्दा  तपाईहरु पंचायतकालिन अवस्थाका मुखिया र गाउँका दासी जनता झैँ लाग्छ ।

अहिले खिलराज काण्डमा काँग्रेस नेताले किर्ते गरे । जालसाँची गरे भन्दै हिड्नु हुन्छ । फेरि चुनावमा टिकट दिए लड़छु भन्नेकुरा नि गर्नुहुन्छ । फेरि तपाई मुखियाको दासी हो कि हैन ? यदि तपाई दासी नहुने भए किर्ते र जालसाँची गर्ने मुखियासँग किन लड्ने आँट गर्न सक्नुहुन्न ? मानौ तपाईको दासीहुने नेता साथी हुनेहरु धेरै भए । प्रदिप नेपालको झैँ नैतिकता देखाएर पाटीमा राजिनामा दिन सकिन्छ नि ? नेपाली काँग्रेसको इतिहास हेर्दा जसले पाटीमा अग्रगामी विचार दिन्छ त्यसले चुनाबमा टिकट पाउँदैन । यो कुराको उदाहरण २०५६ सालमा नरहरि आचार्य लगायतका अन्य नेताहरु र २०६४ सालको संबिधान सभाको चुनाबमा तपाई स्वयं हुनुहुन्छ । अनि फेरि तपाईलाई आफ्नै उमेर समुहका त्याग, तपस्या र समर्पणका बलिदानको कीर्तिमानी रचेर आएका माओबादी युवा नेताहरु जसको नाम न त मिडियामा नै सुन्न्थियो न त कतै । तिनै युवाहरु जनताको भोटले तपाईको मुखिया बाहरुलाई जितेर आउँदा तपाई पाटीको “टिका प्रथा” बाट छिर्नु भो । वास्तबमा तपाई गएको बाटो बाट त विभिन्न क्षेत्रका बिज्ञहरु  छिर्न पर्ने हो । यो बाटोबाट जाँदा आफ्ना उमेर समुहका दलित, जनजाती,उत्तपिडित,  सहिद परिवार, अपाङ्ग आदि देख्दा औडाहा चल्दो हो !

मुखिया बाको कस्तो दासी भने गोबिन्दराज जोशीलाई भ्रस्टाचारी भनेर सम्मानित अदालतले जेल हाल्दा खै स्वागत ? उल्टै किन जेल भनेर लबिङ्ग गरिरहदा उता आफ्नै उमेर समुहका माओबादी युवाहरु आफ्ना नेता बिरुद्द  लडाकुको रासनपानीमा भ्रस्टाचार गरेको भएर आन्दोलन गर्दा कस्तो पोल्दो हो । जेलर शिव पौडेल जसलाई ठेक्का पट्टा बिबाद भएर अर्को कैदीले हत्या गरेका थिए । यिनलाई लागेको मुद्धा फिर्ता र सहीद घोषणा गर्नुपर्ने, राहत दिनुपर्ने अडान राखेर नेपाल बन्द गर्दा ति युवाहरु जसले आफ्ना बेपत्ता भएकाको खोजिकोलागि या आफ्ना सहिद परिवारलाई तपाईहरुले कैदीको लागि जति हर्कत गर्नु भो जति देशलाई बन्दक बनाउनु भो त्यो यिनले नगर्दा कति पोल्दो हो ।
गगन थापा जी,
तपाई स्वीकार गर्नुस या नगर्नुस । तपाई पाहिला दासता बाट मुक्त हुनैपर्छ ! पहिला पाटीमा लड़नुस । यस्तो होस् न हिजो देवकोटाले शंकर लामिछाने लाई “रेपिटेसन अफ सेम लाईन ह्याज नो मिनिंग”भन्दा नि लामिछाने साहित्यमा आए झैँ अहिलेको युवाहरु पनि राजनीतिमै आउन न । थापा जी तपाई पाटी मै लड्न पर्ने यावत कुरा छन् । तर तपाईको टिकट सुरक्षित नै नगरी प्रचण्ड सँग चुनाव लडने चुनौती दिँदा तपाईलेनै टिकट पाउने के भर ? तपाईको पार्टी त्यहि हो २०६४ मा नि टिकट पाउनु भएन । नेता उही हुन् । जति चर्को कुरा गरे पनि तपाई कान्छो को कान्छो नै हो टिकट पाउन । तपाईले प्रचण्डलाई चुनौती दिईराख्दा तपाईलाई सरल सहयात्रीले चुनाव नै लड्ने भए सिन्धुपाल्चोक आउ गगन भन्दै चुनौती दिएका छन् ! फेरि हिमाल शर्माले  तपाईलाई सालिन र सभ्य तरिकाबाट जवाफ फर्काएका छन् उनको उत्तर यस्तो छ
“प्रीय मित्र गगन थापाजी, अलि हतार भयो की ? आफ्नो जेन्टलनेस नघटाउनु होस् । सर्वप्रथम निर्वाचनको ग्यारेन्टी गरौं । पहिला कांग्रेस पार्टिबाट टिकट पक्का गर्नुस् । हामी पनि तपाईको च्यालेञ्ज सामना गर्न आतुर छौ ।”

हिमाल शर्मा तिनै हुन् तपाई हजुरको मुखियाबाको फेरिया समातिरहँदा सरकारी शिक्षाको सुधार भन्दै नेताहरुले आफ्नो छोरा छोरी सरकारी स्कुलमा हाल्नपर्छ भन्दै चीनमा एम बि बिएस गर्दै गरेको छोरालाई झिकाएर नेतालाई चुनौती दिने हुन् हिमाल शर्मा । जनतालाई नपचेको र लोक लाई नै हँसाउने गरि जेलरलाई सहिद बनाउनै पर्छ भनेर हजुर प्रधानमन्त्री सँग धर्ना दिन जाँदा राष्टसंघले कारवाही गर भनेका भैरबनाथ गणका मानवअधिकार हननको आरोपीलाई बढुवा नगर भनि घर्ना दिने हुन् हिमाल शर्मा । फेरि तपाई सडकमा आन्दोलन गर्दा र मिडियामा ठुलो ठुलो अक्षरको समाचार र फोटो आउँदा तपाईकै जस्तै माग लिएर भैरवनाथ गणमा तपाईकै नेताले टाउकोको मुल्य तोकिएर नर्कको जीवन बिताएका बन्दि पनि हुन् हिमाल शर्मा ।

गगन थापा जी,
तपाई देशको हिरो नै हो । मिडियाको हिरो पनि हो । तर यो नभुल्नुस तपाईको देशप्रतिको योगदानको बारेमा लेखिँदा अक्षरको रंग सधै कालो नै हुन्छ । तर हिमाल शर्माहरुको यदि लेखियो भने कालो रंगको अक्षर भैकन रातो हुन्छ । फेरि तपाईले प्रचण्डलाई कालो अक्षरले दिएको चुनौतीमा हिमालहरुको रातो अक्षरले लेखिएको जवाफले कत्तिको पोल्यो
? तपाईलाई याद नै होला रामायणमा वालीले रामलाई मर्ने बेलामा के भन्छ भने मलाई नमारेको भए सीतालाई त म “तु”  ल्याईदिने थिएँ । वालीले त्यसो भन्नु र तपाईले पार्टीले टिकट दिए भन्नु उही नै हो ।

थापा जी यो कलियुग हो । ‘दियो भने’, ‘गरे भने ‘र ‘भए भने ‘जस्ता कुरा किन गर्नु हुन्छ । साँच्चै प्रचण्डलाई चुनौती हो भने भन्ने मात्रै हैन प्रचण्ड उठेको ठाउँमा यदि पाटीले टिकट दिएन भने स्वतन्त्र रुपमा नि लड़छु भनेर मैदानमा आउनुहोला । के अठोट, चुनौती र बहादुरी यहि हैन र ? नत्र “चुनाव जित्ने एजेण्डाले हो । अनुहारले हैन ।

आफूलाई धुरी बनाउँदै सस्तो प्रचारवाजी र हल्ला गरेर जनसमुदायमा भ्रम छर्ने प्रवृती राम्रो संस्कार होइन” भनेर हिमाल शर्मा ले भने झैँ हुनेछ । यथार्थको धरातलमा उभिएर फलाक्नु पर्छ । देशमा योजनाबिनाको पार्टीको हिरो र दिशाबिहिन पार्टी अर्कोको योजनामा लत्तारिने पार्टीको दासीहरु हुनुभन्दा पहिला आफ्नो पार्टीलाई एक योजना दिएर अरु पार्टीपनि आफ्नो पार्टीमा लत्तारिने बनाउनुहोस । तपाई फलानोसँग लड़छु भनेर फुर्ति दिनै पर्दैन ।  फेरि एक दासी जसले फलानोसँग चुनाब लडेर या चुनाव जितेर पनि आखिर हुने दासीनै हो भने यो फुर्ति किन ? के टिके सभासद भएर संबिधान सभाको प्रचण्ड जस्तै “उही ड्याङको मूला” भएका गगन थापालाई हिमाल शर्माको उत्तर काफी छैन र ?

No comments:

Post a Comment