Friday, March 23, 2012

भारतको सबभन्दा महङ्गो फिल्ममा सल्मान खान

बलिउड अभिनेता सलमान खान एकचोटी फेरी रेकर्ड तोड्नका लागि तयार भएका छन् । सलमानले छिट्टै हलिउड स्टार ज्याकी चे तथा कमल हासनको साथमा एक ठूलो लगानीको मेगा बजेट फिल्ममा अभिनय गर्ने भएका छन् ।
दक्षिण भारतीय फिल्मका चर्चित फिल्म निर्माता रविचन्द्रनले बनाउन लागेको ज्याकी चेनको सुपरहित फिल्म आर्मर अफ गडको सिक्वेलमा सलमानले अभिनय गर्ने भएका हुन् ।

रविचन्द्रनले एक अंग्रेजी अखबार सँगको कुराकानीमा भनेका छन्,’म ज्याकी चेनका साथ पछिल्लो केही वर्ष यो प्रोजेक्टका विषयमा कुराकानी गरिरहेको छ । फिल्मको कहानी अन्तराष्ट्रिय छ तरपनि यो भारतसँग जोडिएको छ ।’
यो फिल्मको बजेट ४ अर्ब भारु हुने बताइएको छ । यदि भनिएकै बजेटमा यो फिल्म बनेमा यो सबैभन्दा महंगो बलिउड फिल्म हुनेछ ।
खबर अनुसार यो फिल्ममा हिन्दी सहित तमिल तथा अंग्रेजी लगायतका भाषाको समेत प्रयोग हुनेछ 

No comments:

Post a Comment