Wednesday, March 21, 2012

तपाईको कपालको मुल्य कति?

शैलुनमा गएर तपाइँले काटेको कपालको मुल्य कति पर्ला ? सहज उत्तर हो, कत्तिपनि पर्दैन । किनकी हामीले काटेको कपालको नाउँले पैसा दिने होइन की हामीले कपाल काटेबापत उल्टै पैसा तिर्नुपर्छ ।
तर मान्छेको पुर्पुरोमा लेखेपछि कसको के लाग्छ र ? ब्राजिलकी एक किशोरीले आफ्नो कपालको मुल्य झण्डै साढे ४ लाख रुपैयाँ तोकेकी छिन् । जन्मेदेखि नै कपाल नकाटेकी नतासा मोरेसले आफ्नो ५ फिट ३ इन्च लामो कपाल काटेर ३५ सय पाउण्ड अर्थात् ४ लाख ४६ हजार रुपैयाँमा बेच्ने योजना बनाएकी हुन् ।
रियो दी जेनेरियाकी बासिन्दा नतासाले यसअघि जिवनभर कपाल नकाट्ने बाचा गरेकी भएपनि अन्ततः कपाल काट्ने निष्कर्षमा पुगेक हिुन् । ५ फिट ४ इन्च अग्ली १२ वर्षीया नतासाले कपालको स्याहार गर्दागर्दै आफु थाकेको भन्दै काट्ने निर्णय गरेको बताइएको छ ।
नतासाले आफ्नो कपाललाई यतिधेरै स्याहार गर्नुपथ्र्यो की हप्तामा १ बोतल स्याम्पु त कपाल नुहाउँदैमा सकिन्थ्यो । हप्तामा ४ घण्टा कपाल पखाल्नमै बित्थ्यो भने कपाल कोर्दा दिनमा डेढ घण्टा लाग्थ्यो ।
हिँड्दा पनि कपालले बाटो छेक्ने हुनाले दुबै हातले चुल्ठा समाउनुपथ्र्यो । छोरीको कपाल लामो भएकाले गर्मी याममा पनि नतासाको घरमा पंगा चल्न पाउँदैनथ्यो । किनकी हावाले कपाल उडाएर पंखामा लगेर बेर्ने खतरा हुन्थ्यो । तर छोरीले कपाल काट्ने फैसला गरेपनि उनका बुवाआमा पनि खुसी भएका छन् । –एजेन्सीको सहयोगमा


1 comment: