Tuesday, March 8, 2011

जापान प्रस्थान नायक राजेश हमाल

नायक राजेश हमाल यहि मार्च १० तारिखका दिन बिहिबार साँझ आठ बजे थाई एयरको बिमानबाट जापान प्रस्थान गर्दैछन् । आफ्नो व्यक्तिगत कामले जापान जान लागेको महानायक हमालले हामिलाई जानकारी दिए । उनले भने, 'यो मेरो नितान्त व्यक्तिगत भ्रमण हो ।'  रातदिन चलचित्रमा ब्यस्त हुने महानायकले सो ब्यस्तता बाट मुक्ती पाउन र रमाइलो गर्न तथा जापानमा रहेका आफन्तहरूसँग भेटघाट गर्न जापान जान लागेको बताए ।

भर्खरै मात्र चलचित्र 'हात लाग्यो शून्य' को छायाँकन सकेर बसेका हमालले छायाँकनमा रहेको चलचित्र 'सौर्य' को बाँकी काम जापानबाट फर्केपछि गर्ने बताए । सधै काम मा ब्यस्त देखिने महानायक भन्छन्, 'सधैं कति काम मात्र गर्नु? कहिले काहीं त यसो रमाईलो पनि गर्न पर्‍यो नि ।' 

करिब ४ हप्ताको भ्रमणमा जापान जान लागेका नायक हमाल अप्रिल १० तारिखका दिन नेपाल फर्कने बताइएको छ । जापानमा उनले आफ्ना को-को आफन्तलाई भेट्ने छन् त? यो कुरालाई उनका सहयोगीले खोल्न भने चाहेनन् ।


No comments:

Post a Comment