Wednesday, February 29, 2012

राष्टको सम्पतिमा धोतिको बिगबिगि ।अर्को घटनाको फर्दाफास






   जय प्रसाद गुप्ता भ्रष्टचारको अभियोगमा हिरासतमा लिएको घटना सेलाउन नपाउदै  बनराज्य मन्त्रिका पिए  नगेन्द्र यादव घुस लिदा लिदै रङ्गेहात पक्राउ परेका छन ।
 राज्यमन्त्रीका पिए,छोइसाध्येका किन हुन्थे । बुधबार बिहानसम्म यिनको चुरीफुरी निकै थियो । लौ न मेरो यति काम गर्दिनुपर्यो भन्दै कोही हात तेर्साउन आइपुग्यो भने सजिलै ‘रेस्पन्स’गर्दैनथिए । काम गरे बापत मोटो रकम आउँछ भन्ने काइदा उनलाई पनि थाहा थियो ।त्यसैले उनले काम लिन आउनेहरुसित ल काम मिलाईदिन्छु भन्दै पैसा मागे । थोरै पैसादिएर ठूलो काम हुन्छ भने अनेक झण्झट किन बेहोर्ने ? त्यसैले रारा राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दाले पनि उनलाई पैसा दिएर काम गराउन खोजे ।
मन्त्रीका पीए भएपछि चानचुने ठाउँमा बसेर पैसालिने कुरो पनि भएन । त्यसैले उनले भव्य रेष्टुरेन्टमा उनीहरुलाई बोलाए । चियाखाजाको स्वाद लिँदै पैसाको बिटो गन्न थाले । यो चुरीफुरी क्षणभरमै चकनाचुर हुन्छ भन्नेउनलाई के थाहा ?
पाप धूरीबाट कराउँछ भने झैं रेष्टुरेन्टको ढोकाबाटै उनको पाप करायो । पैसा गन्दै गर्दा प्रहरी सहितको अख्तियारको टोली आफूकहाँ आइपुग्दा उनी छाँगाबाट खसे जस्ता भए । ओठ तालु सुके  । केहीबेर अघिसम्म पैसाको बिटो देखेर प्रफुल्ल भएको उनको अनुहार एकाएक कालोनिलो भए । फूर्तिसाथ अरुसित पैसा माग्ने बानी भएका यिनी क्षणभरमै लत्र्याकलुत्रुक भए ।अनि हात जोडेर बिन्तीभाऊ गर्न थाले ।
बिलौना गरेको भिडियो………

दिउसै ५० हजार घुस लिँदालिँदै पक्राउ परेकावन राज्यमन्त्रीका पीए नगेन्द्र यादवले शुरुमा आँशु नै झारौंला झैं बिन्ती गरे । प्रहरी र सञ्चारकर्मीको घेरामा रेष्टुरेन्टभित्रै कुर्सीमा बसेका उनले हात जोर्दै भने -’मलाई जोगाई दिनुस् सर । धेरै पैसा होइन । म ठूलो मान्छे पनि होइन । मेरो बालबच्चाको बिजोग हुन्छ । मलाई अब त्यो मन्त्रीले पनि हटाईदिन्छ । बचाउनुस् सर ।’
सँगै बसेर कागजपत्र बनाईरहेका अख्तियारका कर्मचारीले केही हुँदैन, नआत्तिनुस् भन्दै थिए । यादव अझै हात जोड्दै थिए । ‘लौ पानी खानुस्, नआत्तिनुस्’ भन्दै अख्तियारकै कर्मचारीले पानी ल्याउन अह्राए । एक गिलास पानी कलकल पिएर उनले मुख पुछे । प्रहरीले केही हुँदैन, नआत्तिनुस्, थोरै पैसा त  हो नि भनेर ढाडस दिएकाले पनि होला पानी खाएपछि उनको बिलौना कम हुन थाल्यो ।  पत्रकारले घूस लिएकोबारे जानकारी लिन लागेपछि उनले नेता झैं भाषण दिन थाले। ‘मलाई फसाईएको हो’ झुकेको टाउको केही ठाडो बनाउँदै उनले भने -’मधेसको मान्छे भनेर फसाईएको हो ।’ भ्रष्टाचारको आरोपमा जेल जाँदा जयप्रकाश गुप्ताको कुरा यिनलाई कण्ठै थियो । फोरम लोकतान्त्रिकका कार्यकर्ता समेत रहेका उनले भने-’कांग्रेस, एमाले भएको भए केही गर्दैनथिए । मधेसवादी भनेर षडयन्त्र गरे ।’
षडयन्त्र भयो भन्ने भिडियो………..

मन्त्रीको पीए भनेर चुरीफुरी गर्ने, दिउसै पैसाको बिटो लिएर घुस खाने, अनि पहिले लत्र्याकलुत्रुक परेर बिन्ती बिसाउने, अनि फेरि षडयन्त्र भयो भनेर फूर्ति गर्ने ! यि घुसखोरीका कुरा तपाईंलाई कस्तो लाग्यो कुन्नि 



   साभार अनलाईन खबरबाट 

No comments:

Post a Comment