Sunday, April 22, 2012

होसियार ! जुलाईदेखि इन्टरनेट नचल्न सक्छ बेलैमा सच्याउने कि

YRB


अहिले तपाई इन्टरनेट चलाउँदै हुनुहुन्छ तर जुलाई अर्थात अबको दुई महिनापछि तपाईको कम्प्युटरमा इन्टरनेट सुविधा नचल्न सक्छ । यसको अर्थ हो, जुलाई महिनादेखी फेसबुक, ट्विटर, अथवा अरुकुनै पनि साइट तपाई आफ्नो यो कम्प्युटरबाट खोल्न सक्नुहुन्न, तपाईको कम्प्युटरको इन्टरनेटसँगको नाता टुट्नेछ, यदि तपाईको कम्प्युटर प्रभावित भएको छ भने अनि तपाईले एफबिआइले भने झै केहि क्लिक गर्नु भएन भने । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ) ले दिएको चेतावनी हो यो । उसले भने झै नगर्ने प्रभावित कम्प्युटरहरुमा आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि कुनै साइट खुल्ने छैन । यसरी इन्टनेरसँग नाता टुट्ने कम्प्युटरको संख्या लाखौ हुन सक्ने एफबिआइले बताएको छ । यसैले यो पुरा समाचार पढ्नुहोस् र आफ्नो कम्प्युटरलाई बचाउँनुस् । अहिले नै केही क्लिकमात्र गर्नुभयो भने तपाईँ त्यो स्थितिबाट बच्नहुनेछ ।


भएको के हो ?
तपाईलाई इन्टरनेटका बारेमा थाहा भए ह्याकरका बारेमा पनि पक्कै थाहा होला । ह्याकरहरु इन्टरनेट मार्फत कम्प्युटरमा वा तपाईको डाटा भएको स्थानमा पुग्छन् । र तपाईका डाटाहरु चोरेर वा अरु कुनै किसिमले तपाईलाई दुख दिन्छन् ।

यस्तै अन्तराष्ट्रिय ह्याकरहरुले विश्वका धेरै कम्प्युटरहरुलाई प्रभावित पारिसकेका छन् । संख्याको हिसाबमा हेर्ने हो भने यसरी ह्याकरहरुले प्रभावित गरेका कम्प्युटरको संख्या लाखौमा हुन सक्छ । यस्ता ह्याकरहरुले विश्वभरी नै जालो फैलाएका छन् । तपाईले थाहै नपाई तपाईको कम्प्युटर पनि यस्ता ह्याकरहरुको निशाना बनिसकेको हुन सक्छ । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआइ)ले यस्ता ह्याकरहरुबाट अमेरिकाको सरकारी कम्प्युटरलाई बचाउँन एउटा सुरक्षा सिस्टमको जालो बनाएको थियो । अब त्यो सिस्टमलाई सट डाउन गर्न लागिएको छ । यसैले अब ह्याकरहरुको निशानाबाट बच्न प्रभावित कम्प्युटरबाट ह्याकरहरुको निशाना हटाउँन या थप कम्प्युटर वा डाटाहरुलाई बचाउँन त्यस्ता कम्प्युटरबाट आगामी जुलाई ९ तारिख अर्थात् असार २५ गते सोमबारपछि इन्टरनेट चलाउँन नमिल्ने बनाउँन लागिएको हो ।

अब के गर्ने त !
प्रभावित कम्प्युटरहरुबाट इन्टरनेट चलाउँन नमिल्ने बनाउँनु भन्दा पहिले एफबीआइले आफ्नो सेक्युरिटी पार्टनरको वेबसाइट www.dcwg.org मा गएर कम्प्युटर ह्याकरहरुबाट प्रभावित हो कि हैन हेर्न मिल्ने व्यवश्था गरिरहेको छ । यदि प्रभावित हो भने त्यहीँबाट सजिलै यो समस्यालाई कसरी समाधान गर्ने उपाय सिकाइएको पनि छ ।

एफबिआइले बताए अनुसार तपाईले आफ्नो कम्प्टर प्रभावित भएको छ कि छैन भन्ने थाहा पाउँन यो लिंकमा क्लिक गर्नु पर्ने छ । लिंक (http://www.dns-ok.us/)

मैले यो लिंकमा क्लिक गरेर आफ्नो कम्प्युटर प्रभावित भयो कि भएन भनेर जाँच गर्दा यस्तो देखियो ।



यसको अर्थ हो मेरो कम्प्युटर सुरक्षित छ । हरियो आए तपाईको कम्प्युटर पनि सुरक्षित नै रहेको थाहा हुन्छ ।

तर यदि यसको सट्टा रातो आयो भने सम्झनुस् तपाईको कम्प्युटर ह्याकरहरुबाट प्रभावित छ । के अब तपाईले असारदेखि इन्टरनेट चलाउँन पाउँनुहुन्न ? हैन, रातो आए यो लिंकमा जानुस् र आफ्नो कम्प्युटर फिक्स गर्नुस् । लिंक (http://www.dcwg.org/fix/)



सन्दर्भ स्रोत :
sangalo
http://www.fbi.gov/news/stories/2011/november/malware_110911
http://www.usatoday.com/tech/news/story/2012-04-20/internet-woes-infected-pcs/54446044/1

No comments:

Post a Comment