Friday, November 25, 2011

क्या जमाए किराँतीहरुले बेल्जियममा तङनाम



 • सन्तोष न्यौपाने / बेल्जियम
मान्छे जुनसुकै ठाउँमा पुगोस् उसका लागि आफ्नै कला संस्कृति र संस्कार प्यारो हुन्छ । देशभित्र मात्रै होइन बिदेश पुगेका पनि आफ्ना चाडपर्व उत्तिकै उतसाहका साथ मनाउँछन् । बेल्जियमको आन्तरपेन शहरमा किरात समुदायको मुख्य चाड मध्येको एक उधौलि पर्व तथा चासोक तङ्नाम मनाए ।
बेल्जियममा कुनै पनि कार्यक्रम समय भन्दा धेरै अबेर सुरु हुने गर्दथ्यो । वरिस्ठ भन्नेहरुबाट धेरै भाषण गरिन्थ्यो तथा आयोजकले बोल्नकालागि  समय दिने गर्दथे । तर किरात समुदायले गरेको यस कार्यक्रम समयमै सुरु भएको थियो भने भाषण गर्न दुतावास बाहेक अन्यलाई दिइएन । उता ब्यवस्थापन पनि शशत्त रहेको थियो । जसले गर्दा समय सदुपयोग तथा कार्यक्रम सन्देश मुलक बन्न सफल बन्यो ।
कार्यक्रममा उपस्थितहरुले बेल्जियममा आगामि दिनहरुमा गर्ने विभिन्न कार्यक्रमहरु यसै किसिमले गर्न सके भने केहि परिवर्तन हुने आशा छ ।
किरात संस्कृति अनुसार नयाँ फलेका खाद्यान्न उभौलि पर्वका अवशरमा पितृलाई चढाईन्छ र त्यसपछि खान थालिन्छ । यो पर्व प्रकृतिकलाई उत्पादनका लागि कृतज्ञता व्यक्त गर्ने पर्व पनि हो । युरोपेली मुलुकमै भएपनि किराँत समुदायले उधौलीका अवशरमा धान चुटेको र बिभिन्न जीवजन्तुको नक्कल गर्दै नाँचे ।
अरु कार्यक्रममा भन्दा उधौली मनाउन धेरै सहभागी जम्मा भएका थिए । बेल्जियममा बस्दै आएका हरेक जातिले आफ्ना चाडपर्व यसरी नै मनाउँछन् ।
प्रवासमा गरिने यस्ता कार्यक्रमले नेपालीलाई एकै थलोमा जम्मा हुने अवशर त दिन्छ नै बिभिन्न जातीय संस्कार र संस्कृतिलाई संरक्षण गर्न पनि उत्तिकै सहयोग गरिरहेको छ ।

No comments:

Post a Comment