Thursday, April 7, 2011

श्रीमती सहितअर्थमन्त्री (भरतमोहन अधिकारि ) अमेरिका सरकारि पैसामा घुम्न

.
                          देशको हाल बेहाल भो जे गरेनी पाइने भयो।संबिधान कहाँ छ

देश कै सबैभन्दा ठूलो आर्थिक स्क्यान्डल नक्कल भ्याट बिल प्रकरणमा मुछिएका ठूला औद्योगिक घरानालाई संरक्षण गर्न खोजेर विवादमा मुछिएका अर्थमन्त्री भरतमोहन अधिकारी आउँदो अप्रिल १२ तारिखमा श्रीमति ओमकुमारी अधिकारीलाई सँगै लिएर त्यता उड्न लागेका हुन्। सरकारी खर्चमा श्रीमती लिएर अमेरिका जाने पहिलो अर्थमन्त्रीको कीर्तिमान उनी बनाउँदैछन्। अमेरिकासित उनीहरुको पारिवारिक सम्बन्ध पनि छ। अमेरिकाको डल्लास र हुस्टनका ४/५ वटा पेट्रोल पम्पमा लगानी गरेका भनिएका सुदीप आचार्य भरतमोहनका छोरीज्वाइँ हुन्।
भरतमोहनले श्रीमतीमात्र हैन, आफ्नै घरमा पीएको काम गराइराखेका गणेश सुवेदीलाई पनि सरकारी कर्मचारी भन्दै ढाँटेर अमेरिका लैजाने भइसकेका छन्। यससम्बन्धी टिप्पणीमा अर्थमन्त्रीले हस्ताक्षर गरिसकेका छन्। गणेश पहिले ‘भ्याटमारा’ व्यापारी विनोद चौधरीकोमा काम गर्थे।

No comments:

Post a Comment